February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पाँचखाल नगरपालिकामा बिद्युतको बक्यौता ४४ लाख

हुक लगाएर नगरपालिकाले गैर कानूनी काम गरेको स्थानीयबासीकै गुनासो
पाँचखाल/ काभ्रेको पाँचखाल नगरपालिकाले विद्युतको झण्डै ४४ लाख बक्यौता राखेको छ । नगरपालिकाले राखेका १७ सय वटा सडक बत्तिको बक्यौता आएको बताईन्छ । नगरपालिकाको हालसम्मको बक्यौता ४० लाख र सडकबत्तिको समेत गरी ४४ लाख रुपैया बक्यौता रहेको छ । नगरपालिकाले बिना सम्झौता जबर्जस्ती सडकबत्ति जोडेको छ । नगरपालिकाले गैर कानूनी किसिमले हुक लगाएर बत्ति बालेको छ ।


बजार मूल्य ३५ सय पर्ने अटोमेटिक बत्तिको नगरपालिकाले पाँच हजार रुपैयामा लिने गरेको सुत्रको दाबी छ । तर, वडा नम्बर ६ का अध्यक्षले रामशरण दुलालले चाहिँ पाचै हजार चाहि नहुनुपर्ने भन्दै अनभिज्ञता जाहेर गरे । वडाअध्यक्ष दुलालसँग सम्पर्क गर्दा आफ्नो वडामा १५० वटा र अन्य १२ वटा वडामा ६० वटाका दरले बत्ति जडान गरेका बताए । यसरी बत्ति जडान गरेको समयमा नै विद्युत प्राधिकरणसँग सम्झौता गरी काम गरेको बताएका थिए । तर, सम्झौता चाहि देखाएका छैनन् । नेकपा एमालेका पाँचखाल नगर अध्यक्ष विष्णु पौडेलले चाहिँ यो नगरपालिकाले सम्झौता बिनै एकलौटी रुपमा बत्ति जडान गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.