अति नै हेपिएको नेपाल– भारत कुटनीति

डा. प्रेम सिंह बस्न्यात, सेवानिवृत ब्रिगेडियर जनरल, नेपाली सेना
१. प्रधानमन्त्री पत्नी आरजु राणाले भारतीय जनता पार्टी (भा.ज.पा.) का नेता डा विजय चौथाइवालेलाई नेपालमा बोलाएर “राखी” बाधेकी देखियो । त्यो काम नेपालका लागि भन्दा पनि नेपाली प्रधानमन्त्रीको कुर्सी न फुत्कियोस भन्नको लागि थियो ।
२. प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तालमेल मिलाउन शेर बहादुर पत्नी भारतीय नेताहरुको घर घर पुगिन् । श्री मानको कुर्सी दरो बनाउन ।
३. भारतीय निम्तोमा औपचारिक भ्रमणमा गएका नेपाली प्रधानमन्त्री शेर बहादुर देउवाले पदको खिल्ली उडायर भारतीय जनता पार्टीको कार्यालय पुगेर टोपी फुकाली दर्शन गरे । नेपाली इतिहासमा यो भन्दा लाचारी काम विक्रम सम्बत् २०१७ पछि कहिले पनि भएको थिएन ।
४. भारतीय सुरक्षाबल (एसएसबी) ले महाकालीको तुइन काटीदिएर नेपाली युवा जयसिंह धामीको नदीमा खसेर हत्या गरिएको विषयमा प्रधानमन्त्री देउवा र उनको पार्टी नेपाली कांग्रेसले एक शब्द पनि बोलेन ।
५. नेपालको प्रधान मन्त्रीले भारतीय राजदूत बिनय मोहन क्वात्रालाई विदाइ गर्न प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दहाल प्रतण्ड र माधव नेपाल स्वयं लैनचौर दरबार पुगेर ताबेदारी देखाए । यो इतिहासमै निर्लज्ज भन्दा पनि देशको प्रधानमन्त्री पुरै नांङ्गिएको नजिर हो ।
६ . भर्खरै भन्दैछन् “ नेपालको जल बिद्युत जति भारतलाई दिनु पर्छ, नत्र भारत रिसाउछ , अनि हाम्रो बिजुली किन्दैन भारतले” ।
माथिका सबै घटना र ताबेदारीहरु शेर बहादुर देउवाको कार्यकालमा भारत मार्फत “जस” पाइयोस र देउबा दम्पत्तिको शीर ठाडो होस् भन्ने हो । अलिकति नेपालको लागि भलो चिताको पनि हुन सक्छ ?
भारत सरकार ले के ग¥यो त ?
१ .केहि दिन अघि मात्रै मात्रै प्रधानमन्त्री शेर बहादुर देउवा, माधव कुमार नेपाल र प्रचण्डले लैनचौर दरबारमा पुगेर घुडा टेकेर बिदाइ गरेका भारतीय राजदूत बिनय मोहन क्वात्रा अहिले भारत सरकारकोे विदेश सचिव भएका छन् । उनले नेपाल सरकारलाई भनेका थिए “प्रबुद्ध समूह” (इपीजी) ले दिएको प्रतिवेदन भारत सरकारको हातमा परेको छैन । हामीलाई थाहा छैन । त्यो प्रतिबेदन भारत सरकारसँग होइन उनै इपिजी समुहसँग होला” । भारत सरकार लाई थाहा छैन ।
२ . शेर बहादुरले देउवाले भरखरै उद्धघाटन गरेको गौतम बुद्ध एयरपोर्ट, भैरहवा चीन सरकारले बनाएको भनेर भारतीय साउथ ब्लक र रिसर्च एण्ड एनालाइसिस विङ “रअ” को योजनामा भारतीय प्रधानमन्त्री मोदीलाई चीनले बनाएको त्यो बिमान स्थलमा मोदीको खुट्टा टेक्न नपरोस भनी लुम्बिनीमा अर्कै हेली प्याड बनाइ मोदीलाई लुम्बिनी उतारिदै छ । यो प्रधानमन्त्री शेर बहादुर देउवाका लागि लाज नहोला तर नेपाल को कुटनैतिक इतिहासमा “कालो धब्बा” हो भने नेपाल सरकार लाई दिल्लीका होटेलहरुमा नेपालीहरुलाई भनिने “बहादुर” बनाइएको हो ।
३. तिनै बिदेश सचिब क्वात्राले भैरहवा बिमान स्थल सुरक्षित न हुँदा छुट्टै हेली प्याड बनाउनु परेको समेत बताएका छन्, दिल्लीको एक पत्रकार सम्मेलनमा । के यो भनाइ देशको बेइजयति होइन त ? नेपालमा एक लाख जत्ति सेना, झन्डै पौने २ लाख प्रहरी (सशस्त्र र जनपथ) त्यसपछि हजारौ राष्ट्रिय अनुसन्धान बिभागका लागि झनै ठुलो बेइज्जती भयो । भारतीय सेनाका मानार्थ महारथीहरु लगायत, नेपाल प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतलाई लाज लाग्नु पर्छ । अनि अन्तरराष्ट्रिय अपमान भएको एकिन हुनै पर्छ । के तपाईंहरु असक्षम भएकै हो त ? भीभीआइपी सुरक्षामा !
४. प्रधानमन्त्री देउबाले भारत जाँदा मोदीलाई मागेको भैरहवा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा भैरहवा र महेन्द्रनगरबाट भित्र बाहिर गर्ने ह्रवाइरुटबारे लात मारेको छ, भारतले ।
५. नेपाली राजदुत डा. शंकर शर्माको एग्रिमो भारतले तीन महिना लगाएर स्वीकृति दियो । देउबा सरकारको लागि यो अर्को बेइज्जती थियो ।
परिणाम के त ?
१. प्रधानमन्त्री देउवा पत्नीले भारतीय नेतालाई राखी बाधेको ?
२. प्रधानमन्त्री देउवा पत्नी भारतीय नेताको घर घर पुगेको ?
३. प्रधानमन्त्री शेर बहादुर देउवा भारतीय जनता पार्टीको कार्यालय पुगी दन्डवत् गरेको ।
४. लैनचौर दरबारमा पुगेर भारतीय राजदुत विनय मोहन क्वात्रालाई शेरबहादुर देउवा लगायतले शरणमं गरी बिदाइ गरेको ।
५. नेपालका बिद्युत उत्पादन भारत लाई दिन्छु भनी घोषणा गरेको ।
अन्तमा
यो प्रमाणमा आधारित सोधाई हो । कुनै ब्यक्ति वा दल प्रति बैरभाब छैन । तर नेपालको इज्जत हुनु पर्छ भन्ने देशप्रेमीहरुको लागि पक्कै पनि पिडाबोध भएको हुनै पर्छ । मलाई पिडा भएर यी प्रश्नहरु राखेको छु । धन्यवाद !