March 25, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

कुनै देश बिगार्न छ भने त्यो देशको संस्कृति बिगारे पुग्छ,अध्यक्ष ओली

जनसांस्कृतिक महासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली



जनसांस्कृतिक महासंघलाई योजनाबद्ध ढंगले कसरी गतिशील बनाउने ? र, अधिक भन्दा अधिक रुपमा आफुलाई आकर्षक र आ–आफ्ना विद्याबाट कसरी प्रस्तुत गर्ने विषयहरु छन् । हाम्रा अगाडि दुई प्रकारका जिम्मेवारीहरु रहेका छन् । एउटा हाम्रो जस्तो देश जुन भौगोलिक, सामाजिक, र सांस्कृर्तिक विविधाले धनी छ । विविधता मात्रै होइन, सास्कृर्तिक हिसावले पनि गौरवपूर्ण इतिहास छ । दुनियाका अगाडि देखाउन लायक इतिहास छ । हाम्रा पूर्वजहरुले असाधारण ढंगले आफ्ना सभ्यता र संस्कृतिको विकास गरेका छन् । संस्कृतिका अनेक विद्याहरुको विकास गरेका छन् । साथै सामाजिक जीवनलाई खाने, लाउने र बाच्ने जीवन बिताउने मात्रै नभएर जीवनलाई जीवन जस्तो बनाउने क्रममा खोज, अनुसन्धान र आविश्कारहरु गरेका छन् । साथै अनौठो ढंगले सफलताहरु पनि प्राप्त गरेका छन् । त्यसका लागि हामी गर्व गर्न सक्छौं ।
हाम्रै पूर्वजहरुले वास्तवमा संस्कृति भन्ने चिज निकालेका हुन् । भाषा, लिपी र संगीतलाई ताल, धुन, छन्द लगायत हाम्रै पूर्वजहरुको आवश्कारहरु हुन् । दुनियामा कहि पनि दोहोरी हुँदैन । जुन नेपपालमा हुन्छ । यो दोहोरी गीतका लागि आँशुकवि नै चाहिन्छ । कविता बनाउँदै भन्नुपर्दा साधारण कविले नेपालमा सक्तैन । यहाँ शास्त्रिय नृत्य र बाद्यबाधनहरु पनि छन् । शास्त्रिय धुन र रागहरु जति बेला लिपीको विकास भएकै थिएन । त्यो समयमा पनि स्मरण रहोस् भन्नका लागि आफ्नै ज्ञानहरुलाई मन्त्रको रुपमा संगठित गर्ने, विकास गर्ने र लयवद्ध बनाएर त्यसलाई संपे्रषण गर्ने तरिकाहरु थिए । जुन हाम्रा पूर्वजहरुले गर्दै पनि आए ।
हाम्रो संस्कृति यत्ति धेरै पुरानो छ, जसको हामीले गौरव मात्रै होइन खोज अनुसन्धान, रक्षा, पुनःर्ताजगी र समयअनुकूल बनाउनका लागि आवश्यक छ । हामीले टुङ्गा पनि सुन्यौ, नयाँ धुन सुनेपछि कति राम्रो हुँदो रहेछ ? डम्फु जस्ता बाद्यबाधकहरु पनि त्यसरी नै परिस्कृत हुँदैछन् । एउटा क्षेत्र मात्रै हैन, साहित्य, कलाका अन्य क्षेत्रहरु र संस्कृतिका बिभिन्न पक्षहरु हाम्रा गौरवान्वित छन् । हामी संस्कारजन्य कुराहरुमा मात्रै अल्झिरहेका छैनौं । जीवन सञ्चालनका लागि आवश्यक पर्ने वस्तु संस्कार मात्रै होइन, जीवनलाई सहज रुपमा जिउनका लागि सबल, संस्कृतिको पनि विकास गर्न जरुरी छ । हाम्रो संस्कृति अत्यन्तै मूल्यवान छ र हामीले बिस्तार गर्न सक्यौ भने त्यसको मिठास दुनियाँले बुझ्दै जानेछन् । त्यसको रस नबसेसम्म त्यसको मेलो पाइदैन । हाम्रा राग, ताल र धुनमा के छ ? दुनियाले मेलो नपाएको हुन सक्छ ।
आज आधुनिक चेतना र रुपान्तरणको माध्यम संस्कृति भएको छ । लोकतन्त्रलाई प्रवल र सबल बनाउने माध्यम पनि संस्कृति नै भएको छ । हामीले एउटा विषयमा ख्याल राख्नैपर्दछ । कुनै देश बिगार्न छ भने त्यो देशको संस्कृति बिगारे पुग्छ । हामीहरु माथि सांस्कृतिक हमलाहरु भइरहेका छन् । यो सांस्कृतिक हमलाबाट जोगिन, अन्य हमलाबाट पराजित गर्न र हाम्रो संस्कृतिलाई जीबित राख्न र हावी बनाउन हामी सक्तछौं । यसका लागि हाम्रा संस्कृतिका बिभिन्न पक्षहरुलाई र समाजका जिवन्तका लागि, समाजका बिभिन्न रंगहरुलाई अभिव्यक्त गर्नका लागि सबै जना लाग्न जरुरी छ ।
विहिवार मात्रै म जुम्लाको सिजा उपत्याकामा गएको थिए । त्यहाँ पनि नेकपा एमालेको पक्षमा जनसागर उर्लिएको छ । पार्टी प्रवेशको लहर चलिरहेको छ । जुन एउटा संस्कृतिको उद्गम स्थल नै हो । वास्तवमा १२ भाइ मष्ट देउता र नौ बहिनी भगवति देबीहरुको त्यहाँको मौलिक प्रचलन त्यस उपत्याकामा नयाँ खालको समाज र संस्कृति विधमान थियो । त्यहाँ जुन राज्य प्रणाली सुरु गरियो । धेरै वर्षसम्म अघि बढिरह्यो । कहिले सिंजा, कहिले डोटी र कहिले दुल्लुमा राजधानी बनाएर सञ्चालन गरिएको थियो । दुल्लुमा अहिले पनि हजारौं वर्ष अघिको सभ्यता देख्न सकिन्छ । धेरैअगाडि देखि डम्मरु बजाएर, त्रिशुल बोकी नाचेर सुरु गरिएको सभ्यता हो । यो सभ्यता शैव र शांख्य दर्शनबाट सुरु गरिएको हो । यो यहिबाट भएको हो भन्ने प्रमाणित शिवको जन्मबाटै प्रष्ट हुन्छ । शाख्य दर्शनका प्रणेता कपिलमुनि पनि यहिका थिए । अष्टाङ्ग योगका निर्माता पतञ्जली ऋषि पनि नेपालकै थिए । यसरी यहि ठाउँको सेरोफेरोमा ज्ञान, संस्कृति र सभ्यताका प्रारम्भ र विकास भएको छ । यसलाई अघि बढाउन गरिबी र पछौटेपनका कारण संयोजन गर्न नसकिएको मात्रै हो । आज हामी हामी हाम्रो संस्कृतिको संरक्षण र विकास गर्न सक्ने अवस्थामा पुगेका छौं । जुन काम हामीले गर्नैपर्दछ ।
अहिले कालिकोट दैलेख लगायतका हिमाली जिल्लाहरु, हिमाल पारीका जिल्लाहरु र तराईका जिल्लाहरुमा एमाले प्रवेशको लहर चलेको छ । साथै यसबाट देशको सार्वभौम सत्ता जोगाउने लहर चलेको छ । लोकतन्त्र र देशको भौगोलिक रक्षा गर्नका साथै संविधानको सहि ढंगले रक्षा गर्न, कार्यन्वयन गर्न र आवश्यकता अनुसार परिमार्जनका साथ अघि बढाउन, सुशासनका साथ देशलाई अघि बढाउन, समृद्ध नेपाल सुखि नेपालीको लागि तयार गर्ने लहर हो । जुन लहर सास्कृतिक क्षेत्रबाट पुरा हुनेछ ।

अध्यक्ष ओलीले शुक्रबार जनसास्कृर्तिक महासंघको ८औं अधिवेशनलाई सम्वोधन गर्दा व्यक्त विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.