January 17, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

२०६२/०६३ सालका जस्ता आन्दोलनबाट मात्रै सुधार गर्न सकिन्छ कि ?

नरसिंह ब्यञ्जनकार, वडा अध्यक्ष वडा नम्बर १० ललितपुर महानगरपालिका

नरसिंह ब्यञ्जनकार, वडा अध्यक्ष वडा नम्बर १० ललितपुर महानगरपालिका
वि.स. १९९७ सालमा ललितपुरको च्यासल स्थित मावली घरमा जन्मनुभएका नरसिंह व्यञ्जनकार काठमाडौं महानगरपालिकासँगै जोडिएको वडा ललितपुर महानगरपालिका — १० का वडा अध्यक्ष हुनुहुन्छ । बाबु हिरामान व्यञ्जनकार र आमा लानुथकु ब्यञ्जनकारको माहिलो सन्तानका रुपमा जन्मनुभएका नरसिंह व्यञ्जनकार चार छोरी र दुई छोराका पिता हुनुहुन्छ । शिक्षातर्फ स्वअध्यनबाट राजनीति तर्फ आकर्षित बन्नुभएका उहाँ बिगतमा समाजसेवा बापत गरेको योगदान स्वरुप अहिले शालिक निर्माण गरिने भएको छ ।
२०२९ साल देखि हालसम्म पनि उहाँ त्यहि वडाका अध्यक्ष पदमा निर्वाचित हुदै आउनुभएको छ । हाल ६५५४ जना जनसंख्या रहेको यो वडामा २०६८ सालको जनगणना अनुसार १७२९ घरधुरी रहेका छन् । यो वडामा मुलूककै ठूलो इन्जिनियरिङ अध्ययन संस्थान देखि पाटन संयुक्त क्याम्पस जस्ता शैक्षिक संस्थाहरु छन् । ब्यञ्जनकार झण्डै ४० वर्ष वडाअध्यक्ष भएर आम नागरिकको सुःख दुःखमा सहभागि हुनुुभयो । पछिल्लो पटक वडा अध्यक्ष भएको पनि झण्डै पाँच वर्ष अवधि पुग्न लागेको छ । जनतासँग अत्यन्तै लोकप्रिय छबि बनाउनुभएका वडा अध्यक्ष ब्यञ्जनकारसँग डायरी एक्सप्रेस साप्ताहिकका लागि सुवर्ण थापाले उहाँको कार्यकक्षमा गरेको वार्ताः


० तपाई पछिल्लो पटक निर्वाचित हुनुभएको पनि झण्डै पाँच वर्ष पुग्न लाग्यो । जनताका पक्षमा के कस्ता कामहरु गर्नुभयो ?
हामीले सोचे जस्तो केहि काम गर्न सकिरहेका छैनौं ।


तपाईले किन जनताको चाहना अनुसार काम गर्न सक्नुभएन ?
यहाँका प्राविधिकहरुले हामीले भने अनुसार कामै गर्दैनन् । अहिले पुरानो बजेट सिद्धिएर नयाँ बजेट आउने बेला भइसकेको छ । तर, तत्कालै गर्नुपर्ने महत्वपूर्ण काम पनि भएका छैनन् ।


तपाईको वडा पनि व्यवस्थित सहर बनेको छैन । किन प्लानिङ गर्न सक्नुभएन ?
यहाँका प्राविधिक इन्जिनियरहरु राम्ररी कामै गर्दैनन् । तब कसरी सहर व्यवस्थित बन्छ ?
हाम्रो सानो कामका लागि पनि प्राविधिकहरु ठीक ढंगले काम गर्दैनन् । मैले एउटा पाटी निर्माणका लागि मेयर चिरी बाबु महर्जन कहाँ गएर टेलिफोन गराएँ । तै पनि कुनै मतलव राख्दैनन् । कसरी काम गर्ने ?


० यसरी काम गर्दा कर्मचारी बाधक बनेका किन ऐन कानून सम्मत नभएर हो कि ?
ऐन कानून हरु पनि हामी अनुकूल छैनन् । भन्ने बेलामा मात्रै सिंहदरबारको अधिकार गाउँ –गाउँमा भनिन्छ । तर, भएको चाहिँ छैन । एउटा सामान्य सिफारिसका लागि जनताहरु भौतारिन परिरहेको छ ।


० बीचको समयमा कर्मचारीले चलाए । तर, अहिले त तपाईहरु नै ऐन बनाएर काम गर्न सक्नुुहुन्छ । यो अवस्थामा पनि काम गर्न सकिएन भने पछि कसरी होला त ?
हेनुहोस् खाइरहेको मानिसलाई बन्द गराउन निकै कठिन हुँदो रहेछ ।


यसको विकल्प के देख्नुभएको छ ? करारमा कर्मचारी राखेर काम गर्नुपर्छ कि ? स्थायी कर्मचारीले सहयोग गरेनन् भन्नुभयो नि ?
२०६२/०६३ सालमा भएका आन्दोलनबाट मात्रै सुधार गर्न सकिन्छ । यसरी व्यापक आन्दोलन गरेर त्यसको माध्यमबाट मात्र सुधार हुन सक्ला ।


० कर्मचारीले चलाएको अवस्थामा भन्दा तपाईहरु आएपछि धेरै काम भएका छन् होला नी ?
हो सुधार गर्न निकै कठिन भएको छ ।


० जनताको मत त ४०÷५० वर्ष देखि नै तपाई माथि छ । सेवा कसरी दिनुहुन्छ ?
बीचको अवधिमा कहिले कारोना भाइरसको महामारीले काम गर्न सकिएन । देशको विकासका लागि प्राविधिकहरु इमान्दार हुनुपर्दछ ।


० तपाई लामो समय वडा अध्यक्ष हुनुभयो । यो क्षेत्रमा सहरीकरण गर्न किन अवरोध भयो ?

कामको कार्यन्वयन गर्ने भनेको कर्मचारीले हो । उनीहरु कामै गर्दैनन् कसरी सहरीकरण हुन्छ ?


तपाईहरुले करारमा कर्मचारी भर्ना गरेर पनि त जनताका कामहरु गर्नुप¥यो नि ?
हामी कहाँ कर्मचारी सरुवा गर्न त सकिदैन । कसरी करारमा कर्मचारी भर्ना गर्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.