January 13, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चुनावमा अमेरिकन र यूरोपियन समर्थित उम्मेदवार बाहेक यूक्रेनमा नोमिनेशन समेत गर्न दिईएन

1 min read

यूक्रेनका पूर्ब राष्ट्रपति भिक्टर यानुकोभिच ले सन २००४ मा आफुले चुनाव जितेको भएतापनि बढ़ी रक्तपात नहोस र मिलो निपर नदी रातोमा परिणत नहोस भनी आफुले सत्ता त्यागीदिएको बताएका थिए । सो साल यूक्रेनमा चुनाव भै यनकोभिचले जितेका थिए । तर सारा पश्चिमी शक्तिहरू लागेर चुनावमा धाँधली भएको भन्दै “ Orange revolution “ गराए । यानुकोभिचले step Down गरेपछी भिक्टर युकसेंकोलाई पश्चिमाहरूले राष्ट्रपति पदमा पदासीन गराए । तर ती यूकसेंकोले सन २००९ को चुनावमा ५% मत पनि प्राप्त गर्न सकेनन । तिनै यानुकोभिचले भारी बहुमतले चुनाव जीते ।
तर यानुकोभिचलाई दोश्रो पटक पनि कार्यकाल पूरा गर्न नदिई सन २०१४ मा मैदान रिभोलूसन मार्फत पुनः अपदस्थ गराइयो । उनले त्यतिबेला पनि शक्ति प्रयोग नगÞरी खुरुक्क पद र देश नै त्यागी दिएर रुस तर्फÞ पलाएन भए । मैदान रिभोलूसन पनि अमेरिकी र यूरोपियनहरूकै उक्साहट र सहयोगमा भएको थियो । मैदान रिभोलूसनको क्षणमा अमेरिकी सीनेटर तथा सन २००८ का राष्ट्रपति पदका पराजित उम्मेदवार जÞोन म्याक्केन र ओबामा प्रशासनकी यूरोपीय मामिला सम्बन्धि उपविदेशमन्त्री भिक्टोरिया नूलांड घटना स्थलमै उपस्थित भएर उपद्रवीहरूलाई सम्बोधन गरेका थिए । अझ भिक्टोरियाले त यूरोपियनहरूले आन्दोलनकारीहरूलाई पूरा सहयोग नगरेको भन्दै अत्यन्त निच शब्दमा गाली समेत गरेकी थिइन ।
मैदान रिभोलूसन पश्चात भयेको चुनावमा अमेरिकन र यूरोपियन समर्थित उम्मेदवार बाहेक अन्यलाई नोमीनेसन फायल समेत गर्न दिईएन । चुनाव मै खड़ा भएका उम्मेदवारहरूमध्ये पनि यूरोप समर्थित उम्मेदवारलाई पश्चिम यूक्रेनका नवनाजÞीहरूले टिकीसक्नु गराएनन । नर्मनीले चाहेको उम्मेदवार बक्सिंगमा स्वर्ण पदक जितेका पूर्ब ओलम्पिक खेलाड़ी भितालि क्लीच्कोलाई यति निरुत्साहित गरियो की उनी शुरूमै चुनावी खेलबाट बाहिरिए । अमेरिकी चढ़ानामा नपरेकी पूर्व प्रधानमन्त्री यूलिया तिमोसेंको अमेरिका समर्थित उम्मेदवार पेट्रो पोरोसेंकÞोसंग पराजित भइन ।
तिनै पोरोसेंकÞोको कार्यकालमा पूर्वी यूक्रेनको ड़नवास क्षेत्रमा रूसी भाषी जनताहरू माथी घोर अत्याचार भयो । पोरोसेंकÞो प्रशासनले ड़नवासका रूसीभाषीहरूलाई लखेटी तिनीहरुको सम्पत्ति हड़प्न भनी नवनाजÞी उपद्रवकारीहरूलाई युक्रेनी सेनाको बर्दीमा ड़नवासमा पठाएको थियो । त्यसपछि ड़नवासका जनताले पनि हतियार उठाउन बाध्य भएका हुन् । दुई वर्षको अन्तरालमै त्यसक्षेत्रको संघर्षमा १४,००० भन्दा बढ़ीले ज्यान गुमाए । अरबौं डलरको धनमालको नोक्सानी भयो र लाखौं मानिसहरू रुसमा शरण लिन पुगे । सन् २०१६ मा जर्मनी र फ्रान्सको प्रयासले रुसको सहयोगमा यूक्रेन सरकार र ड़नवासका विद्रोहीहरूबीच बेलारुसको राजधानी मिन्स्कमा एउटा सहमती भयो ।
अहिलेका युक्रेनि राष्ट्रपति जेलेंन्स्कीको कार्यकालमा शुरूदेखिनै Minsk Accord लाई बेवास्ता गरदै अघि बढ़न खोजेपछि आजको अवस्था सिर्जना भएको हो । सन् २०१४ का अमेरिकी चहेता पेट्रो पोरोसेंकÞोले पनि सन् २०१९ को चुनाव जित्न सकेनन । यसरी अमेरिकाले रुचाएको व्यक्ति दोश्रो पटक जनताद्वारा अस्वीकृत भएका छन् । यसको अर्थ अमेरिकाले क्षमताहिन , अनुशासनहिन र जनताको इच्छा विपरितका व्यक्तिहरूलाई जबरजस्ति नेतृत्वमा बसाऊदै आएको देखिदैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.