October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

डोल्पा, मुगु, हुम्लामा छिटै केन्द्रीय प्रशारणको बिद्युत पुग्नेछ–कार्यकारी निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् । सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पु¥याइएको बताएका हुन् । उनले कर्णालीको बिकट ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सवै स्थानमा बिद्युत पु¥याइने जानकारी दिए ।
दूरदराजमा रहेका जनतालाई विद्युत पु¥याउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनको भनाई छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा बिद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रशारणको बिद्युत पुराउने बताउनुभयो । उहाले बिकट गुम्वामा पनि बिद्युतको पहुँच पुराउन प्रतिवद्ध रहेको धारणा राखे ।


पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायु सशक्तिकरण र एक लाख त्सोक पुजा चैत्र तीन देखि हुने भएको बताइएको छ । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगायत विश्वभरको महमारी रोग र अनिकालको बिषम परिस्थीति सवै निर्मुल भई सवै ठाँउमा मंगल हुनको निम्ति लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो । हरेक बर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.