January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

रसिया र युक्रेनबीच द्वन्द्वको भित्री रहस्य के हो ?

प्राध्यापक डा. जे.एन. पाण्डे ‘हिमाली’, चिकित्सक, नेपालको पहिलो पेट रोग विज्ञ/ दार्शनिक



रसिया र यक्रेनबीचको अहिले भइरहेको युद्ध हेर्दा बिगततर्फ समिक्षा गर्न जरुरी छ । जनमानसले नबुझेर नै रुस बिभाजन भयो भनेका छन् । रुस विभाजन भएको हैन । रुस हैन खासमा सोभियत संघ मात्रै विभाजन भएका हो । सोभियत संघमा १६ वटा राज्य थिए । ति राज्यहरुमा एकता थियो । अहिले रसियाका १४ वटा छिमेकी राष्ट्रहरु छन् । यी मध्ये रसियाको सामुन्द्रिक पहुँच अत्यन्तै राम्रो छ । मंगोलियालगायतका भूपरिबेष्टित देशहरुमा रुसले सहयोग गर्दै आएको थियो । यहाँ एक खालको प्रणालीको विकास भएको थियो ।


त्यो समयमा समाजवादी र पुँजिवादी गरी विश्व दुई ध्रुवमा विभाजित थियो । सोभियत संघ भित्रको जेठो दाई नै रसियालाई भनिन्छ । त्यो रसियामा आर्थिक पूर्वाधारहरु खनिज, पेट्रोलियम पदार्थहरु, साइबेरियाको जंगलमा काठका लागि घना जंगलले भरिएको थियो । जहाँ निर्यातका लागि ठूलो सम्भावना थियो । यसरी रसियाले त्यो समयमा साना राष्ट्रहरुलाई आफ्ना साधन र स्रोतहरु बाडेर उत्थान गरिरहेको थियो ।


साच्किकै भन्दा रसियनहरु आत्मिय थिए । भोलि के हो होला भनेर उनीहरुले कल्पना नै गरेनन् । केबल आफुसँग संगत गरेका सबै देशहरु समृद्ध होउन भन्ने मात्रै सोच बनायो । त्यसै अनुरुप बिभिन्न देशहरुमा संरचना निर्माण गरिदियो । कुनै ठाउँमा शिक्षाका संरचना बनाइदिए, कसैलाई कागज उत्पादन, कलकारखाना, कृषि उत्पादनका संरचना गराए । उनीहरुलाई लागेको थियो, सधै हामी यसरी नै अघि बढ्नेछौं ।
अफ्सोच सोभियत संघ विरुद्ध ग्रायण्ड डिजाइन भयो । त्यसको पात्र थिए गोर्वाचोव । गोर्वाचोवलाई हातमा लिएर उनीहरु सत्तामा पु¥याईदिए । ब्रेजनेभ पनि सोभियत संघमा स्थिर हुन सकेन । समाजवादलाई नै उन्मुलन गरी साम्यवादतर्फ गयौं भनेर प्रक्षेपण गरीसकेका थिए । तर, पछि चाहिँ गोर्वाचोभलाई छिटो भन्दा छिटो सरकारमा पु¥याउनुपर्ने अवस्था आयो ।
गोर्वाचोवले प्रेस्त्रोइका र ग्लास्तोनव भन्ने दुई विचार लिएर आए । त्यहि नै समग्र सोभियत संघका लागि विष भयो । अर्कोतर्फ एल्सिन पनि पश्चिमा राष्ट्रहरुको पक्षका रहेछन् । यि दुई जनाकै कारण सोभियत संघ नै भंग हुन पुग्यो ।


बर्लिनको पर्खाल सोभियत संघलाई बचाउने मजबुत किल्ला थियो । पश्चिमाहरुले त्यो किल्ला तोड्न चाहन्थे । पश्चिमाहरुले नेटोका सैनिकहरु बर्लिनको पर्खालबाट सोभियत संघ तर्फ लउने छैनन् भनेर विश्वास गर्दा गर्दै जब बर्लिनको पर्खाल भत्काइयो । तब नेटोका सैनिकहरु पूर्वी युरोपमा लगेर थुपार्न थालियो ।
संसारमा बलियो र दुब्लोबीच झगडा हुँदा सबैले दुब्लोको पक्ष लिन्छन् । त्यो स्वाभाविक प्रक्रिया नै हो । किनकी युक्रेन चाहि एकदमै सानो छ । तथापि उसैले नै निहुँ खोजिरहेको छ । वास्तवमा यल्सिनले सोभियत संघलाई विघटन गराउनु नै सबै भन्दा दूर्भाग्य नै थियो । अहिलेको लडाई पनि त्यसैको परिणाम हो ।


युक्रेन पाँच सय वर्ष देखि उपनिवेश थियो । टर्कीका सम्राट आतमान एम्पायरको उपनिवेशमा युक्रेन बसिरहेको थियो । उसले रसियामा पनि हमला गरेको थियो । रसियनहरु वंशानुगत नै खैरो कपाल भएकाहरु हुन् । यसरी खैरो रुप रंग भएकाहरुलाई रुसी भनिन्छ । जब आतमान इम्पाएरलाई रसियाका इम्पाएरले उन्मुलन गरिदिए, त्यसपछि क्रिमियालाई पनि उक्त समयमा रसियन सेना रगत बगाएर कब्जामा लिएको क्षेत्र हो ।


किन लिएको थियो क्रिमियालाई रसियाले ?
क्रिमियालाई रसियाले खायो भनेर हल्ला मच्चाउनुको अर्थ के हो भने क्रिमियाको श्रीबास्तोबोल नामक एक टापु छ । जुन सामारिक हिसावले महत्वपूर्ण छ । उक्त स्थानमा नेटोको (नर्थ एट्लान्टिक सन्धि संगठन)ले सैनिक आधार शिविर बनाउन खोजिरहेको थियो । त्यहि विषय रसियालाई जानकारी भएको कारण आफ्नो क्षेत्रलाई लिएको हो । क्रिमिया धेरै टाढा भएका कारण सन् १९५५ मा उक्रेनलाई लिजमा दिएको थियो । जब रसियन फेडरेशन टुक्रियो, त्यसपछि क्रिमियालाई उक्रेनले लिएको थियो । त्यहि क्षेत्र रसियाले फिर्ता लिएको हो । यसमा हामी जस्ता साना देशले चिन्ता लिनुपर्ने विषय नै होइन । यो रसियाको आक्रमण होइन ।


उक्रेनको अस्थित्व कहिले भयो ?
उक्रेनमा जारको शासनमा थियो । उक्रेन पहिला स्वतन्त्र राज्यको हैसियतमा थिएन । सोभियत संघको पतन पश्चात निर्माण भएको एक राज्य नै उक्रेन हो । त्यसैकारण पतन भइसकेपछि पनि उक्रेन, बेलारुस र रसिया जहिले पनि एकीकृत भएर समाजवादीकालमा पनि काम गर्दर्थे । यसरी यी गणराज्यहरुमा राजनीतिक चासो र सहकार्य बढि थियो ।
यी दुबै स्लाभियन राष्ट्रहरु हुन् । स्लाभियन भनेको एक खालको जाति नै हो । त्यस अन्तर्गत रोमानिया, बुल्गेरिया, हंगेरी, पोल्याण्ड, बेलारुस, उक्रेन, स्टोनिया, लात्भिया र रसियालगायत पर्दछ । यी देशमा खाटी आर्य जातिहरु पाईन्छ । जुन इरानबाट उत्तरतर्फ लागेका हुन् । तथापि स्टोनिया, लात्भिया र इत्तवा चाहिँ हिटलरको समयमा जर्मनीसँग बढि हिमचिम भयो । र त्यसतर्फ नै भासियो ।
सोभियत संघले यी राष्ट्रहरुलाई अत्यन्तै राम्रो सहयोग गरेको थियो कुनै भेदभाव गरेको थिएन । सोभियत संघका रसियनहरुले त्यो समयमा आफ्ना जनताकै हैसियतमा उद्दार गरेका थिए । सोभियत संघका गणराज्यहरुमा धेरै प्रकारका उद्योग धन्दाहरु सञ्चालन गरे । रसियामा केबल सैन्य हतियार मात्रै राखे । जसले गर्दा कालन्तरमा ठूलो धोखा हुन पुग्यो ।


उक्रेनको भूगौलिक अवस्था
उक्रेन दुई भागमा बिभाजित छ, पूर्व उक्रेन र पश्चिम उक्रेन । पश्चिम उक्रेनीहरु जार शासनको समयमा पोल्याण्ड, रुमानियाहरुलाई आफ्नो अधिनस्त बनाएको क्षेत्र छ । त्यो क्षेत्रमा रसियनलाई मान्छे नै नगन्ने खालका मान्छेहरु छन् । तपापि रसियनहरु सहेर बसिरहेका थिए । पूर्वी उक्रेनका बासिन्दाहरु भने सहनसिल छन् । पश्चिम उक्रेनका बासिन्दाहरु रसियनलाई अति नै देख्न नसहने प्रवृतिका छन् । जब बर्लिनको पर्खाल भत्कियो, यो राष्ट्र पनि पूर्वी युरोपको युरोपियन युनियनमा आवद्ध हुन खोज्यो । किनकी यसमा रणनीतिक महत्व थियो । यसबाट रुसलाई आफ्नो जुँगामा सिधै आगो लगाएको जस्तो सम्झियो । सलाई कोरेर आगो लगाउने काम उक्रेनले गर्न पुग्यो । अहिले रसियाले उक्रेनमा गर्न खोजेका कार्य नै सलाई कोरेर रुसको जुँगामा आगो लगाएको उक्रेनलाई दिएको प्रतिक्रिया मात्रै हो । ठूलो देशले सानो देशमाथि हडपेको भन्ने होइन ।
भारत र चीन जस्ता हाम्रा छिमेकीहरु २०४६÷०४७ देखि बनेका राष्ट्रहरु हुन् । जबकी हाम्रो राष्ट्र चाहि आदिकालदेखि नै बनेका थिए । हाम्रो आदीकाल देखिको इतिहास, भाषा, संस्कार र संस्कृति छ । त्यसैकारण दक्षिण र उत्तरका छिमेकीले हडप्छन् भनेर म मान्न तयार छैन । तथापि हामी सम्हालिन र चेत पलाउन चाहिँ पर्छ नै । हामीले राष्ट्रवादी सोच राख्न नसक्दा एमसीसीको परियोजना आउनु नै हो ।


अब के हुन्छ ?
भ्लादमीर जेलेन्स्की उक्रेनमा जन्मिएका यहुदी हन् । यसरी रसियालाई द्वन्द्व बढाउनका लागि यहुदीहरुको पनि विशेष हात छ । अहिलेको द्वन्द्व नै उक्रेनलाई सिधै युरोपमा लानुपर्छ भन्ने विषयले गर्दा भएको हो । उक्रेनमा पनि भाइचार देखाएर बस्ने मान्छेहरु पनि छन् । यस अघि पनि दुईवटा राष्ट्रपति बनिसकेका थिए । रुसले अहिले अतिक्रमण गर्ने उद्देश्यले युद्द गरेको होइन । उक्रेनले रसियनसँग ज्यादतीको व्यवहार गर्दा यो अवस्था आएको हो । उसले आफ्नो जुँगामा सलाई कोरेर आगो लगाउँदा हाछ्यु त गर्नै पर्दछ । त्यहि मात्रै हो ।


निकास के हो ?
सोभियत संघ (सीआइएस कन्ट्री)मा अहिले पनि केहि राष्ट्रहरु आवद्ध छन् । यो आर्थिक सहकार्य पनि हो । रसियाको हावापानी र भौगोलिक अवस्था हेर्दा सिआइएस समाजबादी बाटोमा अग्रसर हुनैपर्दछ । यो वैदेशिक राजनीतिक प्रभावहरु व्यापारिक लक्ष्य पुर्ति गर्नका लागि आएको छ । रसियामा घनघोर प्राकृतिक स्रोतहरु छन् । पूर्वको याकुचिया भनेको केहि सभ्य देश हो । त्यहाँ पनि फुटाउनका लागि प्रयास गरिएको छ । उता कुरिन्सको टापु र भ्लादिबास्तकमा जापनिजहरु प्रयोग गरिएको छ । उत्तर कोरिया मात्रै पुँजीबाद विरोधी देश भएका कारण बचिरहेको छ । अहिले हरेक देशले समृद्धि खोजिरहेको छ । त्यसका लागि ब्यापार गरेको छ व्यापारका लागि प्रशस्त मुनाफा खोजिन्छ । मुनाफाका हिसावले भएका विषयहरु नै अहिलेको द्वन्द्व हो । तथापि उक्रेनका जनताहरुले यो विषयलाई बुझ्न जरुरी छ । केहि उदण्ड नाजीपनका मान्छेहरुले नबुझेका कारण उक्रेनका थोरै जनसंख्याले धेरै जनसंख्यामाथि दुःख दिएका हुन् । अन्ततः रसियाले आफ्नो घरको सुरक्षा आफै गर्नपाउनुपर्दछ । नेपाललगायतका संसारभरका कुनै पनि देशले चिन्ता लिन जरुरी छैन । यदि उनीहरुले सहि ठह¥याएको भए, हिजो सहयोग गर्छु भनेर उद्घोष गर्ने तर, अहिले किन सहयोग गरेनन् त । संसारका गरिब राष्ट्रहरुलाई खेलाउने र दुःख दिने काममा त उनीहरु नै लागिरहेका छन् ।


सिया भालु जस्तै
रसियाले आफुलाई भालु भन्छ । पश्चिमा बाघले आक्रमण गर्दा रसियन भालुले सहेर बसिरहेको छ । कुनै बेला नजिक आएर गिज्याएपछि उसको चिथर्नुबाहेक अन्य बिकल्प पनि त हुँदैन । त्यसैले अहिलेको घट्ना घटेको हो । यो त एक खालको घरायसी मामिला हो । यसमा नेपाललगायत देशले बोल्नुपर्ने कुनै कारण नै छैन । युक्रेनका शासकहरुका कारण निहत्था जनताले जाडोको कठिन समयमा दुःख पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.