April 19, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेकपा एसमा सच्चिएलान् त पुराना गतिविधि ?

राममणि पोखरेल

अन्तत नेकपा एमाले विभाजित भयो । या नेताहरुको भनाईमा चोइटियो । नेकपा एमाले बनेको लगभग तीस वर्ष वितेको मानिन्छ । नेपालमा बहुदलिय व्यवस्था स्थापना भएको लगभग ९ महिना पछि दुई धारमा रहेका कम्यूनिष्ट घटक नेकपा माक्सवादी र नेकपा माले मिलेर नेकपा एमाले बनेको थियो ।
एकीकरणको काम पोखरामा गरिएको थियो । एकीकरणको काम सकेर काठमाण्डौमा दृष्टि साप्ताहिकको कार्यालयमा आएर नेकपामाले पार्टीलाई माक्सवादीसँग एकता गरेर वागमतीमा सेलाइयो भन्ने एक जना नेता जो धेरै पल्ट मन्त्री भए, जिवितै छन् ।
अर्को नेतापूर्व मालेका जो आर्थिक हिनामिनामा देशव्यापि रुपमा वदनाम छन । ट्याङकी प्रकरण, कोरोना भाइरसको संक्रमक रोगबाट नेपाली जनतालाई वचाउनकुनै मित्र राष्ट्रले दिएको औषधि हिनामिना र कमिशन खाए वापत वदनाम छन् । उनी पनि नेकपा एमालेका शक्तिशाली नेताको रुपमा गणना हुन्छन् । उनी पनि माक्सवादीसँग एकताको पक्षमा थिएनन ।
कुनै बेला जवानीको जोशमा आफ्नै सहयात्री, सहयोगी संगठनात्मक दृष्टिले एकै तहमा बसेकी महिलाको शरीरको सम्वेदनशिल स्थानमा छोइदिए वापत पार्टी वैठकमा खपकी खाएका, आलोचित भएका व्यक्ति पनि आफूलाई पार्टी पंक्तिमा शक्तिशाली सम्झन्छन् छन अझै पनि ।
यसरी विगतका गतिविधिको मुल्यांकन गर्दा नेकपा एमाले पंक्तिमा आर्थिक रुपमा भ्रष्टता बढेको र नैतिक रुपमा क्रमिक रुपले नेताहरु स्खलित भएका दृश्य नयाँ होइन ।
विश्वको परिस्थिति, मित्र राष्ट्रहरुको सल्लाह र नेपाली जनताको दवावको कारणले लोकतन्त्रप्राप्ति पछि जनताका प्रतिनिधिले बनाएको संविधानका आधारमा भएको आम चुनावमा विगत २०१९ साल देखि विभाजित दुईधारका कम्यूनिष्टहरु निकट हुने प्रकृया प्रारम्भ भयो । फलस्वरुप ०७४ सालको आमनिर्वाचनमा सहमतीको आधारमा निर्वाचनमा गए ।
जनताको जनमत बटुल्न र वहुमत प्राप्तगर्न सफल भए । फलस्वरुप जनताको चाहना अनुरुप पार्टीगत एकता समेत हुन गयो । आम जनतामा ठूलो लहर देखियो । यो लहरको विशेषता के रहयो भने नेपाली जनतामा सामन्तवाद, पुँजीवाद, विस्तारवाद विरुद्ध छन् । चाहे ती हिंसामार्फत परिवर्तन चाहे वा नचाहे पनि ती शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत र समानताको उदधोष गरुन् ।
हिंसामा विश्वास गर्ने शक्तिलाई पनि कुनै बेला नेपाली जनताले वहुमत दिए । शान्तिपूर्ण प्रतिस्पर्धावादी शक्ति त हितैषि छँदै थियो । जनताको चाहना थियो । यी दुबै शक्ति एक होउन् । तर एकताका मापन भने फरक थिए । ती नेता कार्यकर्ता र जनताका चाहना कै प्रतिफल पार्टीका नेताले व्यक्ति विशेषता र अर्केको हैसियतले एकीकरणको घोषणा त भयो, गरियो । तर भावनाको पालना भएन, गरिएन ।
विश्व प्रसिद्ध कम्यूनिष्ट नेता माओत्सेतुङ भन्नु हुन्छ – कुनै पनि राजनैतिक पार्टीको आयु, निश्चित उद्देश्य पुरा गरे पछि स्वतः कमजोर हुँदै जान्छ । एकल बहुमतको सरकार बनाए पछि नेकपा एमालेको आयु स्वतः समाप्त भएको देखियो ।
नेकपा एमालेका ७० प्रतिशत नेता र कार्यकर्ता सैद्धान्तिक, बैचारिक,आर्थिक र नैतिक रुपले पतोन्मुख हुन थालेका थिए । तलदेखि माथिसम्म र माथि देखि तलसम्म कमाउ र मै मात्र खाउँको स्थितिमा थिए । अनुशासन, नैतिकताको कुनै मापन थिएन । लुटन कमाउन पाए हुन्थ्यो । यो संस्कृति ट्यांकीमा पैसा राख्ने नेता कै अनुशरण थियो । नेकपा एमालेका नेता कार्यकर्ताले मुलुकमा जस्तो सुकै गलत र अपराध पूर्ण काम गरे पनिकुनै खाले सजाय गर्ने पद्धति अपनाइएन । कुनै कालखण्डमा दरवारका छोरा नाती राजकुमार जस्तै । नेकपा एमालेका नेता कार्यकर्ताले मुलुकमा जस्तो सुकै गलत र अपराध पूर्ण काम गरे पनि कुनै खाले सजाय गर्ने पद्धति अपनाइएन । कुनै कालखण्डमा दरवारका छोरा नाती राजकुमार जस्तै परम्परा कायम गरियो ।
स्टेशनरी पसलमा गएर डटपेन किने जस्तै तरिकाले पार्टी सदस्यता दिइयो । शिक्षा दिक्षा दिइएन । नेकपा एमालेको सदस्यताको कार्ड लिए पछि, मैले समाजमा जे गरे पनि हुन्छ । कालो धन्दा गाँजा, चरेश अफिमको व्यापार, तरुनी छोरी विदेश पठाउने बेच्ने घरमा ल्याएर दुई चार दिन सुताउने भ्रष्टचार गर्ने, सरकारी योजना निर्माणमा धाधली गर्ने । नराम्रो काम गर्ने । त्यहीबाट आएको रकम घाम पार्टीका नेतालाई नजराना चढाउने, नैतिकवान होइन्छ । स्यावासी पाईन्छ आदि । यस्ता थुप्रै उदाहरण दिन सकिन्छ । नेकपा एमालेकै जनवर्गिय संगठन छ, अखिल नेपाल महिना संघ । यसको सांगठनिक ढाँचा माथि केन्द्र देखि पालिकासम्म छ । यसमा उदयमान मध्यम वर्गीय महिलाहरु समेटिएका छन, सिमान्तकृत महिला कुनै तहको संगठनमा समेटिएका छैनन् ।
आजभन्दा १० बर्ष पहिला नेपालको पश्चिमी भागमा वसोवास गर्ने वादी जातका महिलाले आफूमाथि भएको अन्याय शोषणको विरुद्ध आफ्नै आवाज सत्ता र देशका अन्य तहका बुद्धिजिवी र प्रशासनलाई सुनाउन, देखाउन न्याय पाउँ भनेर अर्धनग्न अवस्थामा सिंहदरवारको गेटमा धर्ना दिए । सत्ताले लाठी चार्ज ग¥यो । न्यायका साटो अखिल नेपाल महिला संघको केन्द्रीयतहका नेतृहरुले आँखा सन्काएर, मुख बङ्ग्याएर भने ‘राणी’हरुले पोई खोजेका, तिर्धे पुरुषलगाई दिनु उचित हुन्छ, तर ती वादी जातिका महिलाको बनोट र मेरा शरीरको बनोट एकै प्रकारको छ भन्ने अथार्थलाई बुझ्न सकेनन ।
नेकपा एमालेको केन्द्रीय सदस्य भएको राज्यले पत्याएर प्रदेश माननीय भएर, मुख्य मन्त्रीको पदमा आशिन व्यक्तिले सोझी बालिका खडका नामकी २८ वर्षको तरुणीलाई जीवन साथी बनाउदछु भनेर आफ्नो स्वार्थ सिद्ध गर्ने पछि अस्वीकार गर्नु, अपराध होइन ? के त्यो कर्म उचित थियो त ? भगेरे अक्षरमा छापामा समाचार आयो । पार्टीले मुख्यमन्त्रीलाई स्पष्टिकररण माग्न समेत सकेन, त के भयो ? उल्टै बालिका खडकालाई निरुत्साही र अपमानित गरियो । जवज र सूर्य छापको नामबाट आहत भएका जनता हात उठाएर विरोधमा कसिदै छन् । जुरमुराएका छन् । तिनको मनोवल उठाउँन प्रयत्न गरांै । माधव कुमार नेपालको अगुवाई भएको पार्टीको पुनः गठन नै निश्चयनै एउटा नैतिकवान र सैद्धान्तिक विचारवान व्यक्तिहरुलाई समेटेर जनहितको पार्टी बनाउने छ ।
के.पी.ओली, ईश्वर पोखरेल, गोकुल वास्कोटा, भानुभक्त ढकाल, बिष्णु रिमाल, महेश वस्नेत, जस्ता सैद्धान्तिक रुपमा स्खालित भएका व्यक्तिहरु यस पार्टीमा सामेल भए भने यस पार्टीको पनि अस्तित्व रहने छैन । कम्यूनिष्ट आदर्श समाजको लागि नेपाली जनताले ठूलो त्याग गरेका छन । त्यस्तो त्याग अझै गर्न तयार छन । त्यस्तो त्यागी जनताको उचित प्रतिनिधित्व गर्ने पार्टीको आवश्यक्ता छ । नकी तस्कर, ठेकदार, काला वजारियालाई प्रोत्साहन गर्ने षडयन्त्र मुलुक र राष्ट्रघात गर्ने पार्टीको । जवज र सूर्य छापको अस्तित्व अब नेपाली जनतामा नामेट भएको छ । राष्ट्रको विकल्प नेकपा एकीकृत समाजवादी पार्टी नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.