October 6, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

वातावरणीय प्रभाव मुल्यांकन बिनै निकुञ्जमा सांसद बमको होटल


मन्त्री आलेले गरेको मन्त्रीस्तरीय निर्णय संरक्षण ऐन बिपरित


काठमाडौं । मुगुको रारा छायाँनाथ नगरपालिकामा रहेको रारा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ८ को प्रक्रिया पुरा नगरी संघीय संसद सदस्य गोपाल बहादुर बमलाई होटल सञ्चालनका लागि अनुमति दिइएको छ । रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत ‘रारा रामसार लेक साइट मेनेजमेन्ट प्लान’ समेत स्वीकृत भइसकेको अवस्थामा परिसरमा रहेका सैनिक क्याम्पलगायतका र्भौतिक संरचनाहरु त्यसक्षेत्र बाहिर लैजानुपर्नेमा उल्टै पाँच वर्षका निमित्त म्याद थप गरिएको छ ।
नारायणहिटी संग्राहलयमा बतास ग्रुपले तयार गरेको संरचना हटाए पनि पर्र्यटन तथा नागरिक उड्ययनमन्त्री मन्त्री प्रेम बहादुर आलेले आफैले निर्णय गरी आफ्ना पार्टीका सांसद बमको होटललाई वातावरणीय अध्ययन प्रतिवेदन बिनै २०७८ जेठ ७ गते पहुँचका आधारमा मन्त्रीस्तरीय निर्णयबाट म्याद थप गरिदिएका हुन् । मन्त्री आले वन मन्त्री हुँदा रुखले कार्वनडाइअक्साइड फाल्ने र अक्सिजन दिने नयाँ विषय प्रतिपादन गरेको भन्दै चर्चामा थिए । कोभिड–१९ को महामारीमा डोटी जिल्लामा अक्सिजन लिएर गई आफनो नाम सिलिण्डरमा प्रिन्ट गरी राखेका थिए । यसरी उट्पट्याङ काममा एक नम्बरका आले माधव नेपालको सरकारमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारीमा छन् ।
नेपालको कुनैपनि राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्र, संरक्षित क्षेत्र, शिकार आरक्षण क्षेत्रमा सर्वोपरी हित बाहेक अन्य कुनैपनि ब्यापारिक प्रयोजनका लागि सेवा सञ्चालन गर्न पाइदैन । हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को नियम ६ मा राष्ट्रिय निकुञ्जभित्र निषेधित कार्यहरु कानुनी प्रक्रिया पुरा नगरी निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको सर्वोपरी हितको निमित्त नभई व्यक्तिगत मुनाफाका लागि ठाडो आदेशबाट मन्त्री स्तरीय निर्णय गरी राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा चर्चित रारा तालको किनारामा यो होटल सञ्चालन गर्न अनुमति दिइएको छ ।
मन्त्री आले २०७८ साल असोज २२ गते देउवा सरकारको पर्यटन मन्त्रीमा पुनःनियुक्ति भएका थिए । उनले कतिपय होटल र क्यासिनोमा राजस्व नतिर्नेहरु माथि निर्मम कारबाही गरिरहेको भन्ने समाचार आएपनि आफ्नै पार्टी नेकपा (एकिकृत समाजवादी) का संसद गोपाल बहादुर बमलाई भने छुट दिएका छन् । यो छुटमा आलेले राम्रै शुभलाभ प्राप्त गरेको स्रोतको दाबी छ । मुगु र जुम्ला जिल्लासम्म फैलिएको रारा राष्ट्रिय निकुञ्जमा पाँच किमी लम्बाई र ३ किमी चौडाई भएको १६७ मिटर गहिरो रारा तालको अन्तर्राष्ट्रिय महत्वलाई समेत होटलका संरचनाले कुरुप बनाउने छ । रारा तालको स्वच्छता, सुन्दरता र अस्थित्वमा नै संकट पार्ने अवस्थाको सिर्जना भएको छ । यसबाट बिभिन्न खालको चराचुरुङ्गीहरु लोप हुने अवस्था पनि सिर्जना नहोला भन्न सकिदैन । साथै हालसम्मको अध्ययनले वन्य जन्तुहरु पनि होटलकै नजिक गैर कानुनी तरिकाले मार्ने कामहरु भइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका होटलहरु नजिकै गैडाहरु मारिने क्रम बढेपछि संरक्षणविदहरुले हटाउन सुझाव दिएका थिए ।
जसका कारण लोपन्मुख चराचुरुङ्गी र वन्यजन्तुहरु नै लोप हुने अवस्था छ । यसरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ बमोजिम राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र कुनै सेवा सञ्चालन गर्न दिदा कुनै कार्य विधि नै नबनाई सोहि स्थानमा पुन सञ्चालन गर्न पाउने २०७८ जेठ ७ गते होटलको म्याद दुई वर्ष थप्ने कार्य गरिएको छ । निकुञ्जभित्र होटल सञ्चालन गर्न दिने गरी निर्णय गर्दा पनि कुनै टेण्डर सूचना प्रकाशन गरिएको छैन ।
मुगु जिल्लाबाट नेकपा एमालेकातर्फ निर्वाचित सांसद गोपाल बहादुर बम पछिल्लो पटक किसान श्रेष्ठ, प्रेम बहादुर आलेसँगै माधव नेपालको पक्षमा लागेर शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन मत हालेका थिए । हाल उनी नेकपा (एकीकृत समाजवादी)मा छन् । कौडीको मूल्यमा लिज सम्झौता गरी दिइएको होटलले मासिक लाखौं रुपैया आम्दानी गर्ने गरेको छ । तर, बमले भने मासिक ६ हजार मात्रै भाडा तिर्ने गरी पाँच वर्षको लिजमा प्राप्त गरेका हुन् । उनले यो होटल २०५६ साल देखि नै लिजमा लिएर सञ्चालन गर्दै आएका छन् । यस विषयमा प्रतिक्रियाका लागि सांसद बमको मोबाइलमा पटक पटक सम्पर्क गर्दा पनि सफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.