January 13, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि पाकिस्तानी राजदूत शाहको भेट


काठमाडौं । १४ फेबुवरी २०२२ को साझ नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेका छन् । भेट अध्यक्ष नेपालको निवास कोटेश्वरमा भएको थियो । नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वतर्फको प्रयासको निरन्तरतामा यो शिष्टाचार भेट हो ।
राजदूतले नेपालसँग प्रधानमन्त्रीको हैसियतमा विभिन्न हैसियतमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनमा सराहनीय योगदान गरेकोमा प्रशंसा गरे । राजदूतले नेपाल र पाकिस्तानबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि नेपालले आफ्नो योगदानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । श्री नेपालले राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धको निरन्तरता र थप प्रगतिको कामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.