January 23, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सहमति पालना गर्ने एक नम्बर नेता प्रचण्डः

पूर्वसचिव, ईन्जिनियर भीम उपाध्याय


सत्ता सहमति पालन गर्ने र नगर्ने नेताहरूः,
१. सुशील कोइरालाले २०७२ को संविधान बनेपछि सत्ता गठबन्धन एमालेलाई प्रधानमन्त्री दिने भनेर गरेको सहमति लत्याएका थिए । त्यसपछि सरकारको सत्ता परिवर्तन गर्न आनाकानी गर्दा बेकारमा समय ब्यर्थमा बिताएर पदबाट हटेका थिए । त्यही कारणले नेपाली कांग्रसले सबै संवैधानिक प्रमूख पदहरु गुमाउन पुग्यो ।
२. त्यसपछि एमाले र माओवादीको सरकार बन्यो, केपी शर्मा ओली प्रधानमन्त्री बने । सभामुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपसभामुख सबै पद नेपाली कांग्रेसले गुमाउन पुग्यो, बामपन्थी गठबन्धनले कब्जा ग¥यो ।
३. त्यो बेला ओली र प्रचण्डबीच पनि ९÷९ महिना सरकार आलो पालो चलाउने भनेर सहमति भएको थियो । तर, ओलीले पनि त्यो सहमति पालन गरेनन् । माओवादी एवं नेपाली कांग्रेस मिलेर उनलाई अविश्वासको मतबाट सत्ताच्युत गर्न लागेपछि ओली हटे । त्यसपछि नेपाली कांग्रेस र माओवादीबीच सरकार बन्यो ।
४. माओवादीका प्रचण्ड नेकाको समर्थनमा प्रधानमन्त्री बने । प्रचण्डले प्रधानमन्त्री र सरकार सफलतापूर्वक संचालन गरे । यिनीहरु बीच पनि सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । र, प्रचण्डले आफुले गरेको सहमति बमोजिम समय पूरा हुनासाथ शेरबहादुरलाई पधानमन्त्रीमा समर्थन गर्दै सहजै सत्ता हस्तान्तरण गरे ।

प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा माओवादी केन्द्र


५. त्यही प्रधानमन्त्री शेरबहादुरले माओवादी मन्त्रीलाई जिम्मा नदिएर हल्लाएर राख्न विनाविभागीय मन्त्रीमा राखेर र विनाकाममा अन्य दलका मन्त्रीहरु थपेर इतिहासमै ६४ जनाको अभूतपूर्व र अभविष्यवाला जम्बो मन्त्रिमण्डल बनाए । त्यो सरकारले ०७४ सालमा गणतान्त्रिक संविधानको पहिलो चुनाव सम्पन्न गरेको थियो ।
६. निर्वाचनमा एमाले र माओबादीको चुनावी मोर्चाबाट बामपन्थी लहर आयो। चुनावमा नेपाली कांग्रेसको पत्ता साफ भयो । सबै जसो देउबाका मन्त्रीहरू चुनावमा नराम्ररी हारे र नेपाली कांग्रेसले जनमत गुमायो । तर शेरबहादुर नेपाली कांग्रेसले नराम्ररी हारेर पनि तत्कालै सरकार छाडेनन् । सत्ता लम्बाईरहे, जनमत गुमाई सकेर पनि भटाभट सरूवा र राजनीतिक नियुक्ति गर्दै गए ।
७. चुनावपछि करिब दुईतिहाई बहुमत पाएर एमाले र माओबादीबीच समझदारी गरेर आलोपालो सरकारको नेतृत्व गर्ने गरी ०७४ फागुन ३ गते केपी शर्मा ओली पुनः,प्रधानमन्त्री बने । यिनी सत्ता हात पारे पछि असाध्यै मात्तिदै गए । २०७८ साल पुष ५ गते र पछि गरी दुई चोटी संसद भंग गर्दै दुई चोटीनै मध्यावधि चुनाव गर्ने घोषणा गरे ।
८. एमाले भित्रकै र विपक्षीदलहरू मिलेर संसद ब्युताएर ओलीलाई बार्दली पुर्याए। प्रदेशबाट पनि ओलीहरूलाई खेदेर बार्दली पु¥याए ।
९. अहिले फेरि केपी शर्मा ओली बाहेक सबै दल र नेताहरूको अत्यधिक समर्थनमा २०७८ साल असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।
नेपालको इतिहासमा सौह्रार्द्रका साथ सहजै सत्ता हस्तान्तरण गर्ने एक मात्र नेता प्रचण्ड बन्न पुगेका छन् । पहिलो पल्ट प्रधानमन्त्री बन्दा पनि प्रचण्डले कुनै आनाकानी नगरी सर्लक्क राजीनामा गरेर विपक्षी दल बनेका हुन् ।
त्यसैले प्रचण्डलाई अहिले राजनेता स्टेट्सम्यान भन्न थालिएको छ । अहिले पनि उनी जत्तिको संतुलित, सहमति, पद्दतिको पालन गर्ने गम्भीर नेताको गुण अरुमा देखिएको पनि पाईदैन ।
आफ्ना सबै एजेन्डाहरुलाइ संवैधानिक हैसियत दिन सफल प्रचण्ड आफू किङ हैनन्, किङमेकर हुन् । उनी जत्तिको ईमान्दार भएर राजनैतिक सहमति पालन गर्न सक्ने नेपालमा नेता अरू देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.