February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

अध्यक्ष ओली पार्टीलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा कसैसँग पनि छलफल नै गनुभएन

कृष्णहरि श्रेष्ठ, अध्यक्ष गल्छी गाउँपालिका, धादिङ


वि.स. २०२७ साल देखि कल्लेरी गा.बि.स. वडा नं २ को वडा अध्यक्ष भै स्थानीय जनप्रतिनिधिका रुपमा जनताको सेवा गर्दै आउनुभएका कृष्णहरि श्रेष्ठ अहिले गल्छी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।
नेकपा मालेले पञ्चायतलाई उपयोग गर्ने नीति अनुसार वि.स. २०४३ सालमा जनपक्षीय उम्मेदवार भई जिल्ला पन्चायतको सदस्य हुनुभयो । बहुदलिय व्यवस्थाको स्थापना पछि श्रेष्ठ वि.स. २०५४ सालबाट २०५९ साल सम्म बैरेनी गा.बि.स. अध्यक्ष हुनुभयो । वि.स. २०६१ साल देखि दुई पटक बैरेनी गाउँ कमिटी नेकपा एमाले पार्टी अध्यक्ष तथा जिल्ला कमिटिको सदस्य हुनुभयो । नेकपा एमालेको तर्फबाट गाउँ पालिकाको अध्यक्षमा निर्वाचित भएर २०७४ साल जेठ सात गते पछि जनताको पक्षमा पुनः सक्रियता देखाउनुभएको छ । हाल नेकपा एमालेमा आएको विभाजन पश्चात नेकपा एकीकृत समाजवादीमा क्रियाशिल हुनुहुन्छ । विकास निर्माण र राजनीतिका विविध विषयमा केन्द्रीत रहेर कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले उहाँकै कार्यकक्षमा गरेको विशेष अन्तवार्ताः


० तपाई गल्छी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि विकासका कामहरु कसरी अघि बढाउनुभएको छ ?

म २०७४ साल जेठ सात गते गल्छी गाउँपालिकाको अध्यक्ष पदमा बहाल गरेको हुँ । सुरुमा मैले तीन वर्ष भित्रमा गाउँमा खानेपानीको समस्या समाधान गरिनेछ साथै जनतालाई काकाकुल बन्ने परिस्थितिको अन्त्य गर्छु भनेको थिएँ । त्यसैले पहिलो नम्बरमा खानेपानीका योजनाहरु अघि बढाइयो । हाम्रो गाउँपालिकाको चुली र दलाङ भन्ने ठाउँमा खानेपानीको एकदमै ठुलो समस्या थियो । ती आयोजनाहरु हामीले तीन वर्षभित्रमा सम्पन्न गर्ने भनेका थियौं । तर, पूर्णिमा प्रोजेक्टले हामी काम गछौं भनेका कारण अहिलेसम्म पनि रोकिएको अवस्था हो । तथापि काम सम्पन्न ग।ाउनका लागि भरखरै सम्झौता भएको छ । यसरी ती आयोजनाहरु पुरा हुदैछौं । हामीले पचास लाख रुपैयाको लगानीमा दलाङ खानेपानी आयोजना सम्पन्न गर्दैछौं । म २०५४ सालमा बैरेनी गाउँपालिकाको अध्यक्ष हुँ । अहिले २०७४ सालमा तीन वटा गाउँ विकास मिलेर बनेको एक पालिकामा पनि म नै अध्यक्षमा निर्वाचित भएको छु । त्यसैले पनि जनताका समस्या मलाई राम्ररी थाह छ ।
हामीले पछिल्लो अवधिमा विकास निर्माणका नाममा डाँडाकाँडा भत्काउने काम ग¥यौं । २०७२ सालको महाभूकम्पबाट यो गाउँपालिका नराम्ररी तहस नहस भएको थियो । त्यसपछि घर बनाउन भनेर राज्यले तीन लाख रुपैया दिने घोषणा गरे अनुसार सम्झौता गरे पनि पहिलो किस्ता स्वरुप मात्रै पचास हजार दियो । सरकारले दिएको पचास हजार रुपैयाले सामान किनेर लैजाँदा भाडा पनि नउठ्ने अवस्था आयो । त्यसैकारण एउटा मात्रै घर भएका ठाउँमा पनि बाटो बनाउन लाग्यौं । यसरी एक घरमा बाटो पु¥याउनका लागि पाँच छ लाख रुपैया सम्म पनि खर्च गरियो । गल्छी गाउँपालिकाका आठवटा वडामा झण्डै पाँच सय किमी कच्ची बाटो मात्रै खनिएको छ । स्तारोन्नति र कालोपत्रे गर्ने काम भएको छैन । यसरी यी बाटोमा झण्डै नौ सय मिटर जत्ति ढलान गरिएको छ । वषौं समय लाग्दा कतिपय बाटो बनाएको नबनाई पनि भएका छन् । यसलाई व्यवस्थित गर्नका लागि धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।


० कोभिड–१९ को प्रभावका कारण नेपाल भर नै प्रभाव प¥यो । यो अवधिमा सरकार प्रमुखको हैसियतमा के के कामहरु गर्नुभयो ?
कोभिड–१९ को नियन्त्रणमा सक्रियताको हिसावले गल्छी गाउँपालिका पहिलो नै हुनुपर्ने हो । २०७६ साल चैत्र ११ गते को सुरु देखि नै हाम्रा गाउँ पालिकामा बाहिरबाट आएका मानिसहरु पहिचान गर्दा ८३ जना रहेछन् । त्यो चाहिँ भारत, कत्तारलगायत विदेशबाट आउनेहरुको संख्या हो । ति मानिसहरुलाई घर घरमा स्वास्थ्यकर्मी पठाएर जानकारी लियौं । त्यसपछि आइसोलेसन र होम क्वारेन्टाइन भनेर घरमै राख्ने व्यवस्था मिलायौं । साथै बागेश्वरी स्कूलमा पनि त्यसका लागि बस्नकै लागि छुट्टै व्यवस्थापन मिलाइयो । यसरी पाँच÷ छ महिनासम्म दुई हप्तासम्म राख्ने र निको भएपछि पठाउने गरी लगातार २८÷३० जनालाई दैनिक सेवा दिँदै आइयो । यो गाउँपालिका बिभिन्न जिल्ला र राजधानीको पनि नाका पर्ने भएकाले रसुवा, नुवाकोट र काठमाडौंबाट आउनेहरुको अवस्था चिहिल बिह्हिल बन्यो । इट्टा कारखानाका मजदूरहरु असाध्यै पीडा पाएको देखियो । हामीले कतिपयलाई त गाडी खोजेर पनि घर पु¥याउने व्यवस्था ग¥यौं । यसरी कतिपयलाई सुरुमा बेल्खु खोला कटाउने भनियो । तर, पछि त्यहि अलपत्र परेर प्रहरी रोकिदिने यतै फर्काइदिने जस्ता कामहरु भए । त्यसपछि गाउँपालिकाले हाम्रो स्कूलका गाडीहरुसमेत प्रयोग गरी पश्चिम दाङ र पूर्वका इटहरीसम्मका अलपत्र परेका मान्छेलाई पठाउने काम गरेका थियौं । यसरी यो विश्वब्यापी महामारीको अवधिमा झण्डै पचास लाख रुपैयाँ गाउँपालिकाले खर्च गर्न बाद्य भयो । यसरी कोभिडका बिरामीहरुलाई हामीले गुणस्तरीय खानाको व्यवस्था गरी क्नारेन्टाइनमा बस्नेहरु सबैलाई सन्तुष्ट बनाउने काम गरियो । यो अवधिमा बिरामी धेरै भएपनि कोहि पनि हताहत हुनु परेन । तर, यसपटक भने तीन जना जत्तिको कोभिडकै कारण निधन भयो ।


० गाउँपालिकाले हालसम्म कतिवटा ऐन र कानूनहरु बनाएको छ ?

संंघ र प्रदेशको अधिकारसँग नबाझिने गरी ३५ वटा कानून बनेका छन् । स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि हामीले बनाएका कानून अनुसारै गर्नुपर्छ भनेर लागेका छौं ।


यो गाउँपालिकामा आयस्रोत कति छ ?
गल्छी गाउँपालिकामा ढुंगाखानीहरु छैनन् । तथापि बालुवा खानी भने छन् । म २०५४ सालमा बैरेनी गाउँ विकास समितिको अध्यक्ष भएपछि नै यहाँका खानीहरु उपयोग गरिँदै आइएको छ । अहिले त बिस्तारै सकिन लागेको पनि छ । तर, सात करोडमा बालुवाको ठेक्का दिएका छौं । यसरी अन्यसमेत गरी झण्डै नौ करोड जत्ति आन्तरिक आयस्रोत हाम्रो गाउँपालिकामा छ । कानून बिपरित चोरी पैठारी गर्नेहरुलाई जरिवाना गरिएको छ ।


ठूलो राजमार्गले छोएको गल्छी गाउँपालिकामा अस्पतालको व्यवस्थाका लागि पनि सोच बनाउनु भएको छ कि ?
हाम्रो गाउँपालिकाको पाल्चोक भन्ने ठाउँमा एउटा सामुदायिक आयुर्वेद अस्पतालको निर्माण सम्पन्न गरि उद्घाटन हुँदैछ । अहिले बैरेनी स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्दैछौं । त्यसका लागि भवन पनि निर्माण भइरहेको छ । यो अस्पतालका लागि १८ करोड ५९ लाख रुपैया सरकाले नै बजेट दिने भनिएकोमा हामीले बोलपत्र आव्हान गर्दा करिब १२ करोडमा आएको छ । यसरी झण्डै ३५ प्रतिशत नै कम मूल्यमा बोलकबोल भएको छ । अहिले तदारुकताका साथ काम भइरहेको छ । अहिले हामी कहाँ पालिका बनेर निर्वाचित नहुँदासम्म तीनवटा स्वास्थ्य चौकीहरु थिए । ति सबैमा कर्मचारीहरको व्यवस्था गरिँदै छ ।


० सुरुमा स्थानीय तहमा दरबन्दी बमोजिमका कर्मचारीहरुको पनि व्यवस्था हुन सकिरहेको थिएन । यहाँको पालिकामा कस्तो अवस्था रह्यो ?

स्थानीय तहको निर्वाचन अघि नै सिंहदरबारको अधिकार गाउँ गाउँमा भनियो । तर, दुई वर्षको अवधिमा पनि कर्मचारीहरुको दरबन्दी पुरा हुन सकेन । एउटा सचिवले आठवटा गाउँ पालिका हेर्नुपर्ने विकराल अवस्था बन्यो । हिजो यो पालिकामा तीन वटा गाउँ विकास समिति हुँदा तीन वटा सचिव त थिए । गाउँपालिका बनेपछि केहि समय त त्यो अवस्था पनि रहेन , यसरी लामो समयसम्म कर्मचारीको अभाव रह्यो । अहिले चाहिँ स्वास्थ्य, शिक्षा, उद्योग, कृषि र भेट्नरीमा पनि दरबन्दी पूर्ण छ । अव देखि त तर हामीले दरबन्दी नआए पनि अस्पतालमा डाक्टर राखिसकेका छौं । एक्सरे र भिडिओ मेसिन हाम्रै अस्पतालबाट हुन सक्छ ।


० तपाई लामो समय देखि कम्युनिस्ट पार्टीमा लागेर काम गर्नुभयो । कम्युनिस्टहरुको झण्डै दुई तिहाई बहुमतको सरकार पार्टीभित्रकै व्यवस्थापन मिलाउन नसक्दा गिर्न पुग्यो । यो अवस्थालाई कसरी हेर्नुभएको छ ?
मलाई पहिला साहुको छोरा भन्थे । साहुको छोरा कम्युनिस्ट पार्टीमा लाग्नु हुँदैन । साहुको सम्पत्ति बाड्नुपर्छ भनेर भनिन्थ्यो । म पनि जनतालाई सम्पत्ति दिन तयार भएर कम्युनिस्ट पार्टीमा लागेको हुँ । हामी एमाले, माले हुँदै आजको स्थितिमा आइपुगियो । सूर्यचिन्ह्र लिएको पनि झण्डै ३० वर्ष भइसकेको छ । ३० वर्षसम्म माया गरेर यो अवस्थामा ल्याइएको छ । अहिले झण्डै दुईतिहाई मत ल्याएको पार्टी छिन्नभिन्न बनाए । जनताले पाँच वर्षका लागि म्यण्डेट दिएका थिए । राम्रो काम गरेको भए ३० वर्षसम्म कसैले चिहाउन सक्तैनथ्यो । अहिले पनि भरखरै केपी शर्मा १० औ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । आठौं र नवौं महाधिवेशनमा मरिमेटेर जिताउन लागेका थियौं । किनकी १४ वर्षसम्म जेल नेल र हत्कडी लगाएर बिताएका कारण पार्टीमा हाम्रो सहानुभूति थियो । तर, अहिले पछिका दिनमा बुद्धि बिगार्नुभयो । ओलीमा घमण्ड बढि भयो । त्यसैकारण अहिलेको अवस्था आयो । हामी हामीले गत वर्ष ७७ जिल्लाका हामीहरु जम्मा भएर गत साल भएको प्रतिनिधि भेलामा कुनैपनि हालतमा पार्टी फुटाउनु हुँदैन भनेका थियौं । त्यो सम्पूर्ण छलफल र कुराकानी हुँदा अष्टलक्ष्मी, भीम रावल, सुरेन्द्र पाण्डेहरु माधव नेपालतर्फ नै थिए । आखिरमा पार्टी दुई टुक्रा नै भयो । पार्टी अध्यक्ष देशकै प्रधानमन्त्री भएपछि पार्टी भित्रका सबै जनालाई मिलाएर अघि बढ्नुपर्दथ्यो । यसकारण नै हामी कम्युनिस्टहरुको दूरभाग्य नै बन्न पुग्यो । अध्यक्ष ओलीले झण्डै सत्तरी वर्ष उमेर पुग्दा पनि पार्टीलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा कसैसँग पनि छलफल नै गनुभएन । गुट तयार गर्नुभयो । एमाले फुटेर माले बनेकै कारण ४२ ठाउँमा एक हजारसम्मको भोटले एमालेका उम्मेदवारहरुले हारेका थिए । अन्यथा त्यहि समयमा बहुमत आउनेथियो । गिरिजा प्रसाद कोइरालाले संसद विघटन गर्दा पनि आफ्नै कारण थियो । तथापि अहिले पनि हाम्रै पार्टीका साथीहरुले बुद्धि नपु¥याउँदा यो अवस्था आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.