January 13, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सद्दाम हुसेनको प्रफुल्लता र अमेरिकाको दानवता

लेखकः नजिबुल्लाह अन्सारी


सद्दाम हुसेन ईराकका सबैभन्दा शक्तिशाली पाँचौं राष्ट्रपति थिए । उनले २६ लीटर आफ्नै रगतले कुरआन लेख्न लगाए । त्यो आज पनि ईराकमा छ । आफ्नो कार्यकालमा उनले धेरै निःशुल्क हस्पिटल, बिद्यालय र मस्जिदहरू निर्माण गरे। उनको शासनकालमा ईराकको अर्थव्यवस्था निकै बलियो भएको थियो । सद्दामको कार्यकालमा ईराकका जनता सबैभन्दा राम्रो जीवनयापन गरेका थिए । सन् १९८० मा युनाईटेड नेशन्सले सद्दामलाई युनेस्को अवार्डले सम्मानित ग–यो । उनले निर्माण गराएको उमुल्मारी मस्जिदलाई अझै पनि पर्यटकहरु टाढा टाढाबाट हेर्न आउँछन् । यो मस्जिदको मिनार स्कड मिसाइलको आकारमा छ । जुन मिसाइलद्वारा सद्दामले इजरायलमा हमला गरेका थिए । त्यस मस्जिदका मिनारहरु ४५ मी. अग्ला छन् र आज पनि शत्रुको मुटुमा त्यसको डर पसिरहेको छ । इराकको विकासका लागि सद्दाम हुसेनले जे गरे आजसम्मको इतिहासमा त्यति विकास कसैले गर्न सकेको छैन । उनको शासनकालमा इराक विज्ञान प्रबिधिको क्षेत्रमा निकै विकसित मानिन्थ्यो । उनले कैयौं ल्याबहरु निर्माण गरे । जसले एकसेएक वैज्ञानिक उत्पादन गरे । उनको शासनकालमा ईराकले आधुनिक मिसाइलहरुको निर्माणमा सफलता हासिल ग¥यो । अन्तर्राष्ट्रिय म्यागेजिन न्यु इन्टरन्यासनलिष्टका अनुसार इराक सद्दामको शासनकालमा सबैभन्दा सम्पन्न मुलुक थियो । उनले धेरै बाटा र विद्यालयहरू निर्माण गरे । उनको शासनकालमा ईराकमा शिक्षा सबैलाई अनिवार्य गरियो; हरेक नागरिकलाई ओैपचारिक पढाइ अनिवार्य थियो । उनको लोकप्रियताले सबै रेकर्ड तोडेको थियो ।
उनी आफ्नो समयमा अरब देशका सबैभन्दा शक्तिशाली ब्यक्ति थिए। अमेरिकाले कैयौंपटक सद्दामको हत्याको प्रयास गरेको थियो । त्यो भएर सद्दाम हुसेन कतै बाहिर निस्किनु पर्दा आफूसँग मिल्दो अनुहार र जीउडाल भएको ब्यक्ति (हमसकल) लाई गाडीमा पहिला पठाएर अनि मात्र आफू निस्किने गर्थे । उनी पहिला मानिस थिए जसलाई बैज्ञानिकद्वारा परीक्षण गराएर मात्र खानपीन गराइन्थ्यो ।सद्दाम हुसेनले ईराकलाई विश्वको सबभन्दा बलियो राष्ट्र बनाउनका निम्ती आफ्नो पूरा जीवन अर्पण गरका थिए । उनी कहिल्यै पूरा निन्द्रा सुतेनन् । सद्दाम हुसेन राती कहाँ हुन्थे कसैलाई थाहा हुँदनथ्योे । सद्दामले आफ्नो देशमा कडाइका साथ कानून लागू गरे । उनको शासनकालमा नेताहरुलाई भोग बिलाशी जीवनयापन गर्न सख्त मनाही थियो । उनले आफ्नो सरकारबाट कैयौं मन्त्रीलाई यसकारणले निलम्बित गरे कि उनीहरु आफ्ना लक्जरी गाडीमा साजसज्जा गरेर रवाफका साथ मन्त्रालय आए ।
सद्दाम हुसेन फिजिक्स, इतिहास र मिलिटरी साइन्समा पोख्त थिए । उनको शासनकालमा इराक मिलिटरी साइन्सको क्षेत्रमा उचाईमा पसगेको थियो । उनको लाइब्रेरीमा संसारभरिका इतिहास र बिज्ञान विषयका पुस्तकहरू उपलब्ध हुन्थ्यो । उनी स्वयं पनि एक लेखक थिए । उनको लेख आज पनि संसारभर पढिन्छ । सद्दाम हुस्सेनको जन्म सन् १९३७ अप्रिल २८ का दिन तिक्रित शहरमा भयो । यो त्यही शहर हो जहाँ कुनै बेला सलाउद्दीन अय्युबी जस्ता बहादुर जन्मेका थिए । हुसेनको जन्म अघि नै उनका पिताको देहान्त भएको थियो । उनको पालनपोषन आमाले गरे । उनका काकाले उनलाई बग्दाद लगे । त्यहाँ उनले शिक्षा हासिल गरे । उनले टेक्नोलोजीको पनि शिक्षा हासिल गरे । उनी केही समयमै इराकको कमाण्डर बन्न पुगे । उनले विश्वको प्रसिद्ध विश्वबिद्यालय जामिया अल् काहिरामा तालिम हासिल गरे । त्यही विश्वविद्यालयमा मुहम्मद मुर्सी र यासिन आर्फा जस्ता राजनेता जन्मेका थिए ।

सद्धाम हुसैन


सद्दाम हुसेन न्याय दिने शासकको रूपमा चिनिए । एकपटक उनको छोराबाट गोली चलेका कारण एउटा समारोहलाई क्षति पुग्दा उनले आफ्ना छोराका रोल्स रोइस गाडी सबै जलाइदिएका थिए । सद्दाम हुसेन इराकका सबैभन्दा दानी ब्यक्तिमध्ये एक थिए । उनले अमेरिकाको एउटा चर्चलाई करोडौं रकम दान गरे । फलतः अमेरिकाका जनताले उनलाई डेट्रोइट शहरको साँचो प्रदान गरेका थिए । कमै मान्छेलाई थाहा छ कि सद्दामले आफ्नो रगतले कुरआन लेख्न लगाएका थिए । यसका लागि उनले लगातार तीन वर्षसम्म रगत दिए । त्यो कुरआन आज पनि मुलमारी मस्जिदमा यथावत छ । सद्दामको सबैभन्दा ठूलो गल्ती कतारमाथि हमला गर्नु थियो । उनलाई कसैद्वारा गलत खबर पुगेको थियो कि कतारले ईराकको तेल चोर्दैछ । उनको कतार हमलाले गर्दा पूरै अरब जगतमा डर र त्रासको वातावरण सिर्जना भयो । इस्लामी राष्ट्रहरु दुई भागमा बाँडिए ।
सद्दाम हुसेनको फैसला र चुनाव निष्पक्ष हुने गर्र्दथ्यो । तर, पनि उनलाई आफ्नो फैसलाको पश्चत्ताप हुने थियो । सद्दाम हुसेनले एक वर्षमै इराकमा बिज्ञान र प्रविधिमा धेरै उन्नति गरे जसले गर्दा अमेरिकालाई डर हुन थाल्यो । कहीँ इराकले परमाणु बम बनाउन सफलता पाउने त होइन ? त्यही कारणले अमेरिकाले इराकमा हमला ग¥यो । अमेरिका र ब्रिटेनले सद्दाम हुसेनलाई १५८ जनाको हत्या र परमाणु बम राखेको भन्ने आरोप लगाए र ईराकमा आफ्नो सेना तैनात गरे। जर्ज बुशको आदेशले सद्दाम हुसेनमाथि मुद्दा चलाइयो । यसको मूल उद्देश्य इराकलाई तहसनहस पार्नु र प्यालेस्टाइनको स्वतन्त्रतालाई रोक्नु थियो । सद्दामको पक्षमा बहस र वकालत गर्ने उनका दुई वकिललाई पनि मृत्युदण्ड दिइयो । सद्दाम हुसेनको मुद्दाको फैसला सुनाउनुअघि अदालतका न्यायधीशहरूलाई हेरफेर गरियो र त्यही भयो जे अमेरिकाले चाहेको थियो ।
सद्दाम हुसेनलाई ३० डिसेम्बर, २००६ का दिन फाँसीको सजायँ सुनाइयो । सद्दाम हुसेनले वजू गरे, नमाज अदा गरे र कुरआन पढ्दै फाँसीको प्लेटफर्मतिर बढे । उनको दायाँ हातमा कुरआन र बायाँ हातमा तस्बीर थियो । फाँसी लाग्नुअघि उनले जल्लादलाई कुरआन दिए । र अल्लाह अकबर भन्दै फाँसीमा झुण्डिए । उपस्थित भीडमा त्रासको माहोल थियो । तर, सद्दामको अनुहारमा प्रफुल्लता र शान्ति थियो । उनलाई फाँसी दिने दिन इस्लाम धर्मावलम्बीहरुको चाड बक्र ईद थियो । एकतर्फ मुस्लिमहरु जनावरहरुलाई कुर्बानी दिइरहेका थिए भने अर्कोतर्फ अमेरिकाले सद्दामलाई बली चढाइरहेको थियो । फाँसी चढ्नुअघि उनको अनुहारमा कुनै डर थिएन । उनले कुरआनका आयतहरु भट्याइरहेका थिए । सद्दाम हुसेनले फाँसीको समयमा लगाउने लुगा पनि लगाएनन् । सद्दाम हुसेन पहिलो ब्यक्ति थिए जसको मृत्यु संसारभरिका मानिसहरुले देखे । त्यहाँ खटिएका सबै सुरक्षाकर्मी रुन थाले किनभने उनीहरुले इतिहासमा अहिलेसम्म उनी भन्दा राम्रो ब्यक्ति देखेका थिएनन् ।
इतिहासमा पहिलोपटक एउटा इराकी राष्ट्रपतिको मृत्युको कारण अमेरिकी सेनाहरुको आँखामा पनि आसुँ थियो । उनलाई फाँसी दिंदा अमेरिकी सुरक्षाकर्मी एदोल्फ रोजेर्सनले रुँदै भने, “हामीले सद्दामसँग धोखा गरेका छौं । हामी हत्यारा हौं । सद्दाम हुसेन मान्छेका मनहरुमा राज गर्न सफल थिए । जब उनलाई फाँसीको सजायँ सुनाइयो तब धेरै अमेरिकी सैनिकहरुले आफ्नो पदबाट रजीनामा दिए । सद्दाम हुसेन भारतका पनि निकट मित्र थिए र त्यसैकारण भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले उनका छोराहरुको नाम राखेकी थिइन् । अमेरिकी जासुसी एजेन्सीका अनुसार सद्दाम हुसेन केही दिन अरू जीवित रहेका भए मस्जिद अल अक्सा मुसलमानहरुको अधीनमा हुने थियो । अमेरिकाले सद्दामलाई फाँसी दिन सफल भए पनि मानिसहरुको मनबाट उनलाई मार्न सकेन । साँचो कुरा त यो हो कि आज पनि सद्दाम हुसेन मानिसहरुको मन–मस्तिष्कमा ज्युँदै छन् ।
(लेखक मुस्लिम मुक्ति मोर्चाका सचिव हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.