October 10, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

० माधवजी जत्ति विधिको उलंघन गर्ने नेता कुनै छैनन

सत्य नारायण मण्डल अध्यक्ष, नेकपा एमाले प्रदेश नम्बर २

० घरमा आगो लगाएर पुरै भष्म बनाई खरानी लगेर प्रभु तपाई महादेव हुनुस् भन्दै दक्षिणपन्थी देउवाजीलाई खरानी घस्ने माधवजीलाई कुन चाहिँ जनताले कम्युनिस्ट भनेर बुझ्ला ?
० लोकतन्त्रमा दुई ठाउँबाट पराजित मानिस प्रधानमन्त्री बन्छ, संसारमा यो भन्दा लज्जा केहि हुन्छ ?
० तलको हाम्रो आधार कमजोर छैन ।
० चोइटिएका कारण क्षति नै नभएको भन्ने बिल्कुलै होइन ।
० माधवजीले १५/१६ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नुभयो ।
० कम्युनिस्ट पार्टीको पद्धतिबाट निर्वाचित भएर एक मत वा एक सय मत किन नहोस् हार त हारै हो नी ?
० माधवजीले कहिल्यै पनि प्रतिस्पर्धा नै गर्नुपरेन ।
० छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलनलाई जोड्दै गएर मुलधारको पार्टी कसले बनायो ?
० लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको अध्यक्षलाई साधारण सदस्यबाट कारबाही गर्ने अधिकार यिनीहरुलाई कसले दियो ?
० जनताको अभिमतबाट यो स्थानमा पुगेको कम्युनिस्ट पार्टीलाई पश्चिमाबाट प्रभावित अदालतको आडमा परमादेशबाट प्रधानमन्त्री जन्माएका छन् ।
० लोभी पापीहरुको नेतृत्व माधवजीले गर्नुभएको छ ।
० आफ्नो व्यक्तिगत स्वार्थका लागि विधान मिचेर वामदेवजीलाई उपमहासचिव बनाउनुभएको हो ।
० आगामी असोज ५—७ सम्म पार्टीको विधान महाधिवेशन र त्यसपछि मंसिर १०—१२ मा महाधिवेशन गर्नेछौं ।
० पश्चिमाहरुको सेवा गर्न माधव नेपालले क्रिश्चियनहरुको पैसामा होलीवाइन पिएका हैनन् ?
० प्रचण्डलाई उकास्ने र भड्काउने माधवजी नै हुन् ।
० माधव नेपाल सामान्त मात्रै हैन महासामान्त हुन् ।


वि.स. २००८ साल साउन १५ गते कंकालिनी नगरपालिका, हनुमाननगर, सप्तरीमा बुवा डोमी मण्डल र आमा तेतरी देवी मण्डलका सुपुत्रका रुपमा जन्मनुभएका सत्य नारायण मण्डल नेकपा एमालेका स्थायी सदस्य तथा प्रदेश नम्बर दुईका अध्यक्ष हुनुुहुन्छ । २०२६ सालमा विद्यार्थी हुँदा नै सुस्ता र महेशपुरमा भारतीय अतिक्रमणका विरुद्धमा विद्यार्थी आन्दोलन चलिरहँदा देखि नै सक्रिय रुपमा सहभागि बन्नुभयो । बि.स. २०२८ सालमा नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) समूहको सदस्य बन्नुभएका मण्डल सप्तरी जिल्ला कमिटीको सदस्य समेत बन्नुभयो । कम्युनिस्ट पार्टीमा लागे बापत २०३१ सालमा ४२ महिना र पछि पटक पटक गरी तीन महिनासमेत जम्मा ४५ महिना जेल जीवन बिताउनुभएको छ । नेकपा एमालेका पुराना र इमान्दार नेता मध्येका एक मण्डल २०३८ सालमा सिराहा जिल्ला कमिटीको सदस्य, २०४४ सालमा सिराहा जिल्ला कमिटीको सचिव हुँदै २०४६ साल भदौमा सिराहा जिल्लाको विष्णुपुरकट्टिमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनमा सक्रिय रहि भूमिका निर्वाह गर्नुभएको थियो । चौथो महाधिवेशनबाट झलनाथ खनाललाई बिदाई गरी मदन कुमार भण्डारीलाई महासचिव बनाइएको थियो । वि.स. २०४६ सालमा सगरमाथा अञ्चल कमिटीको सदस्य भई २०४९ सालमा सम्पन्न पार्र्टीको पाचौं महाधिवेशनमा पर्यवेक्षक बनेर भाग लिनुभएका मण्डल २०६५ सालमा बुटवलमा सम्पन्न ८औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुका साथै २०७१ सालमा सम्पन्न ९औं महाधिवेशनबाट पोलिट व्यूरो सदस्य तथा स्थायी कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०४८ सालमा राष्ट्रिय सभाको सदस्य, २०७० सालको दोस्रो संविधानसभामा नेकपा एमालेबाट संविधानसभाको सदस्य तथा २०७४ सालमा सप्तरी क्षेत्र नम्बर एक (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँसँग प्रदेश २ मा नेकपा एमालेको पार्टी संगठनमा फुटले पु¥याएको असर र आगामी रणनीतिका सम्बन्धमा डायरी एक्सप्रेस साप्ताहिकका कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेको विशेष अन्तर्वार्ताः


० तपाई नेकपा एमाले प्रदेश दुईका अध्यक्ष हुनुहुन्छ । अहिले नेकपा एमालेमा आएको फुटका कारण पहिल्यै देखि कमजोर संगठन भएको एमाले झन कमजोर बनेको छ । संगठन बिरुतारलाई कसरी अघि बढाउनुहुन्छ ?
तपाईले सोध्नुभएको कुरा स्वाभाविकै हो । प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगले जालझेलपूर्ण व्यवहारबाट फुट गराइएको छ । त्यसको हामीले कानूनी रुपमा पनि प्रतिपाद गर्दैछौं । तथापि प्रदेश नम्बर दुईमा एमाले केन्द्रीय कमिटीका ३१ जना सदस्य मध्ये १५ जना चोइटिएका छन् । यसरी हाराहारीकै संख्यामा चोइटिएर माधव नेपालतर्फ जानुभएको छ । हामी संस्थापन तर्फ मात्रै १६ जना छौं । प्रदेशसभाभित्र पनि एमालेको तेस्रो स्थान थियो । त्यसमा बिभिन्न जालझेल र षडयन्त्र गर्दै मलाई थाह नै नदिइकनै संसदीय दलको नेता अर्कोलाई बनाइयो । त्यस अघि म नै संसदीय दलको नेता थिएँ । त्यो समयमा सभामुखलाई झुक्याएर निर्णय गराइयो । अहिले तराईका मात्रै पनि नभनौ कतिपय जनप्रतिनिधिहरु सानो लोभमा फसेर पार्टीको भलाई र एकताका बारेमा नसोची निजी स्वार्थमा लागेको छन् । यसरी निजी स्वार्थमा लागेका नेताहरु बाहेक स्थानीय तह वडा र पालिकामा रहेका जनप्रतिनिधिहरुको अधिकांश संख्या भने एमालेमै रहेको छ । जुन हाम्रो प्रदेशमा झण्डै साढे १२ सयको हाराहारीको संख्यामा छन् । त्यसैकारण तलको हाम्रो आधार कमजोर छैन । माथिको नेतृत्व मेची महाकाली अभियानमा मनोनित गरिएका केन्द्रीय सदस्यहरु जुन लोभी पापीहरु छन्, उनीहरुले हाम्रो पार्टी माथि कुठाराघात गरेका छन् । तर, महाधिवेशनबाट निर्वाचित भएका दुई ÷चार जना पनि माधव नेपालसँग गएका छैनन् । यसै गरी जनतामा अहिले पनि पार्टीको संस्थापन प्रति अति ठूलो विश्वास छ ।
हाम्रो पाटीका अध्यक्ष केपी शर्मा ओली प्रतिको मधेशमा जसरी विरोधी भन्दै चार वटा आँप झर्दा के हुन्छ भन्दै अनेक प्रकारको लान्छाना लगाएका थिए । उहाँको नाम सुन्ने बित्तिकै मधेश विरोधी भनेर आरोप लगाउने गर्दर्थे । ति सबै कुराहरु हराएर गएका छन् । धेरै मानिसहरु जो केपी ओलीको नामै सुन्न चाहदैनथे तिनीहरु नै पार्टीमा प्रवेश गरेका छन् । केपी ओलीको राष्ट्रियता प्रतिको दह्रो अडान नै त्यसको खास कारण हो । खास गरी भारतीय जी मिडियाका सम्पादक सुधिर चौधरीलाई हिन्दीमा अन्तवार्ता दिएपछि त्यसले ठूलो प्रभाव बनायो । जसले हाम्रो पार्टीको विरोध गर्दर्थे, उनीहरले सकरात्मक रुपमा लिए । त्यसैकारण हामी जनतामा कुनै हालतमा पनि कमजोर छैनौं । अहिले देखिएका केहि सांसदहरु पनि फर्किनेवला छन् । किनकी २०७५ साल जेष्ठ २ गते अघिको संरचनामा फर्किने हाम्रो समझदारी भएको छ । त्यसलाई पार्टीले अपनत्व ग्रहण गरेको छ । त्यसैले पनि कैयौं जिल्लाका अधिवेशनबाट निर्वाचित नेतृत्वहरु पनि फर्किदैछन् ।


अहिले माधव नेपालको समूह अर्को पार्टी खोल्दा पनि ग्राउण्डमा कुनै असर परेको छैन भन्नुभएको हो ?
हामी षडयन्त्रका शिकार भएका छौं, साथै नेपालको राष्ट्रियता प्रति इमान्दार बनेनौं । त्यसमा कि त हाम्रो अज्ञानता हो कि ? किन हामी देशी विदेशी प्रतिक्रियावादीको षडयन्त्रमा परिरहेका छौं ? कुनै पनि असर परेको छैन भन्न त मिल्दैन । १०÷२० जना नेताहरु गए पनि उनका परिवारमा रहेका मतदाताका हिसावले पनि त २० जनाको परिवारमा ६० भोट भयो । यसरी त्यो पनि त क्षति नै हो । चोइटिएका कारण क्षति नै नभएको भन्ने बिल्कुलै होइन । सानो खटिरा वा ठूलो पिलो जे भएपनि पाकेपछि मानिसलाई अलि अलि पीडा त भै हाल्छ नी ।


अबको निर्वाचनमा पनि गठबन्धन संस्कारको विकास हुने देखिन्छ । निर्वाचनसम्म न कार्यगत एकताका आधारमा निर्वाचन लड्ने भनेका पनिन् । नेकपा माओवादी, जसपा र माधव नेपालको नेकपा एकीकृत समाजवादी मिलेर निर्वाचनमा गठबन्धन गर्ने भन्ने सुनिएको छ । विरोधी मोर्चाका कारण नेकपा एमालेलाई ठूलो क्षति होला नी ?
तपाईले सुनेका नेताहरु चाहे शेर बहादुर देउवा हुन्, प्रचण्ड वा माधव नेपाल जो कोहि हुन् । उहाँहरुको बुझाई भन्दा नेपाली जनताको बुझाई माथि छ । घरमा आगो लगाएर पुरै भष्म बनाएर खरानी लगेर प्रभु तपाई महादेव हुनुस् भन्दै दक्षिणपन्थी देउवाजीलाई खरानी घस्ने माधवजीलाई कुन चाहिँ जनताले कम्युनिस्ट भनेर बुझ्ला ? नेपाली जनताहरु कमजोर छैनन् । दोष त हामी नेपाली नेताहरुमा छ । उहाँहरुलाई नेपाली जनताले हिजो जस्तो कम्युनिस्ट भनेर हेर्ने छैनन् । माधवजी हिजो दुई/दुई ठाउँबाट पराजित हुनुभयो । पार्टीलाई कुन स्थानमा पु¥याउनुभयो ? १५÷१६ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नुभयो । माधवजीले कहिल्यै पनि प्रतिस्पर्धा नै गर्नुपरेन । सबैले उहाँको समर्थन गरे । सबैले नेता माने । कम्युनिस्ट पार्टीको पद्धतिबाट निर्वाचित भएर एक मतले वा एक सय मत किन नहोस् हार त हारै हो नी ? एक कार्यकाल त स्वीकार गर्नुपर्दैन ? नेपालको कम्युनिस्ट आन्दोलनमा केपी ओलीको कुनै योगदान छैन ? त्यो छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलनलाई जोड्दै गएर मुलधारको पार्टी कसले बनायो ? उहाँ (ओली) कम्युनिस्ट आन्दोलन प्रति बेइमान भएको भए जुन किसिमको माधव र प्रचण्डजीले भने जस्तै १४ वर्ष कारागारमा बस्दा त्यो बेलाको प्रतिक्रियावादीले कुनै आश्वासन दिएका थिएनन् होला ? त्यो अवस्थामा उहाँ जस्तो चतुर मान्छे मन्त्री र प्रधानमन्त्री बन्न सक्नुुहुदैनथ्यो ? यत्ति सानो कुरा पनि नबुझ्ने कोहि छ ? अहिले अध्यक्ष ओलीको लोकप्रियता बढ्दै गयो । त्यसपछि नै उहाँहरुलाई डाह भयो । त्यो लामो समयसम्म पार्टीको नेतृत्व गर्दा पनि माधवजीलाई हामीले राजिनामा गर्नुहोस् भनेका थिएनौं । उहाँले त पार्टीलाई तेस्रो स्थानमा पु¥याउनुुभएको थियो । ओलीले त नेपालको राजनीतिमा सबै भन्दा ठूलो पार्टी नेकपा एमालेलाई बनाउनुभयो । जनता यी कुराहरुमा राम्ररी परिचित छन् । यसको न्याय नेपाली जनताले गर्नेछन् ।


० माधव नेपालले हिजो मात्रै आफुले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको छ नी ?
माधव नेपालजीको बारेमा कुरा गर्दा समय खेरा फाल्नु मात्रै हो । किनकी मलाई व्यक्तिगत रुपमा विश्वास नै छैन । किनकी नेपालको कम्युनिस्ट आन्दोलन भित्र म पनि २०२६ साल देखि कम्युनिस्ट पार्टीमा लागेर २०२८ सालमा पुष्पलाल समूहको सदस्यता प्राप्त गरेको हुँ । सुरेश तिमिल्सिनाले निडलले औलामा घोचेर रगतको छाप लगाएर सदस्यताको फर्म बुझाएको हुँ । जो अहिले पनि बिराटनगरमा बस्नुभएको छ ।
मदन भण्डारीको निधन पश्चात म पनि त माधव नेपालकै नेतृत्वमा काम गर्दै आएको हुँ । उहाँले युवा पुस्तालाई हस्तान्तरण गर्ने कुरा अन्तरआत्माले भन्नुभएको हो भने एक कार्यकाल केपी ओलीलाई सरकार चलाउन छाडिदिँदा के फरक पर्दथ्यो । आधा आधा कार्यकाल सहमति गरेको भन्ने प्रचण्डले पनि मंसिर ६ गते केपी ओली अस्पतालमा रहँदा प्रधानमन्त्री तपाई नै चलाउनुस मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेका थिए । आफुले बचन दिएको कुरा किन बिर्सने ? ओलीलाई बिहान अध्यक्षबाट राजिनामा गर भन्ने, दिउसो प्रधानमन्त्रीबाट राजिनामा गर भन्ने त्यसैगरी बेलुकी दुबै पदबाट राजिनामा गर भनियो । यसरी नत पार्टीमा चयनसँग बस्न दिइयो नत सरकारमा नै । स्थायी कमिटीको बैठकमा कुन दिन ओलीले १० वटा गाली सुन्नु परेन ? तथापि उहाँले यो अवस्थामा पार्टीलाई ल्याउनुभयो । माधवजीहरुले निर्वाचित अध्यक्षलाई साधारण सदस्यताबाट हटाउने जस्तो काम गर्नुभयो । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको अध्यक्षलाई साधारण सदस्यबाट कारबाही गर्ने अधिकार यिनीहरुलाई कसले दियो ? कतिसम्म निच काम गर्नुभयो ? केपी ओलीले ‘छ महिना अघि नै महाधिवेशन गरौं’ पार्टी अध्यक्ष छाडिदिन्छु भन्नुभएकै हो । त्यसपछि आगामी निर्वाचन पछि प्रधानमन्त्री पनि दावी गर्ने छैन भन्नुभएको थियो । त्यति पनि धैयता नगरी देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुले विश्वमा कम्युनिस्ट आन्दोलन ओरालो लागेको बेलामा नेपालमा उकालो लागेर सगरमाथाको शिखर पुगेर झण्डै दुई तिहाई प्राप्त गरेको थियो । तर, प्रचण्डले पहिला सूर्य चिन्हबाट निर्वाचन लड्ने सहमति गर्नुभएको थियो । माओवादीको स्थायी समितिले निर्णय गरेर हामी भिन्दै चुनाव चिन्ह लिएर लड्छौं भन्दा झण्डै १० लाख हाम्रो पार्टीको मत बदर भएको छ । जनताको त कुनै छैन । जनताले हामीलाई सगरमाथाको शिखरमा पु¥याएको कुरा विश्वका प्रतिक्रियावादीहरुलाई मन परेन, अपच भयो । त्यसैकारण षडयन्त्र सुरु भयो । जनताको अभिमतबाट यो स्थानमा पुगेको कम्युनिस्ट पार्टीलाई पश्चिमाबाट प्रभावित अदालतको आडमा परमादेशबाट प्रधानमन्त्री जन्माएका छन् ।


० माधव नेपालले त पद्धतिको कुरा नै गरिरहँनु भएको छ । तर, यो तुष रहँनुमा तपाईको के लाग्छ ?
(हास्दै) म पनि बुझ्दै छु । उहाँ नेपालका लागि कहिल्यै पनि इमान्दार रहँनुभएन । उहाँ एउटा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा पुगेर दुई पटक पार्टी विभाजन गराउँनुभयो । मनमोहनजीको नौ महिने सरकारमा जनताको सहानुभूति प्राप्त गरेको कम्युनिस्ट पार्टी २०५५ सालमा महाकालीको नाममा विभाजन गरिदिनुभयो । त्यति बेला उहाँ जत्ति विधिको उलंघन गर्ने नेता कुनै छैनन् । हाम्रो पार्टीको तत्कालिन विधानमा महासचिव बाहेक उपमहासचिवको व्यवस्था नै थिएन । तर, वामदेवजीले माधवजी उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनेपछि सबै चिज तपाई नै भन्दै घुक्र्याएपछि लौ त उपमहासचिव बन्नुस् भन्दै विधानमै नभएको व्यवस्था गर्नुभयो । उहाँले यसरी आफ्नो व्यक्तिगत स्वार्थका लागि विधान मिचेर वामदेवजीलाई उपमहासचिव बनाउनुभएको हो । जुन हामीले भोगेका छौं । लोकतन्त्रमा दुई ठाउँबाट पराजित मानिस प्रधानमन्त्री बन्छ ? संसारमा यो भन्दा लज्जा केहि हुन्छ ? यस्तो पनि विधि र विधान हुन्छ ? दिनमै रात प¥यो भन्ने अनि आफुलाई लोकतान्त्रिक विधि र पद्धतिको मानिस हुँ भन्ने ? माधव नेपालको कुरा सुन्दा र व्यवहार हेर्दा नै म बुढो भइसके ।


यहि गठबन्धन सरकारले चुनाव गर्ने अवस्था छ । तपाईहरुको संगठन निर्माणको तयारी कस्तो छ ?
हामी त सबैलाई आव्हान गरिसकेका छौं । कोहि चोइटिएर मन्त्री बनौं र दुई चार पैसा कमाउँ भन्ने लोभी पापीहरु यहि समाजमा पनि छन् । त्यस प्रकारका लोभी पापीहरुको नेतृत्व माधवजीले गर्नुभएको छ । मन्त्री भएर झण्डावला गाडीमा हिड्ने लोभ गर्नेहरु बाहेक अन्य चाहिँ पार्टीमै फर्कने छन् । हामीले माधव नेपाल बाहेक सबै जनालाई पार्टीमै फर्कन आव्हान पनि गरिसकेका छौं । हामी अगाडि बढिरहेका छौं । आगामी असोज ५—७ सम्म पार्टीको विधान महाधिवेशन गर्ने छौं । त्यसपछि मंसिर १०—१२ मा महाधिवेशन गर्नेछौं । वैधानिक र नयाँ उर्जासहितको पार्टी बनाएर सम्पूर्ण रुपमा निर्वाचनमा जुट्नेछौ । सबै कुरा जनताले देखेका छन् । कांग्रेस आफ्नो भविष्य हेर्छ कि हेर्दैन ? शेर बहादुुर देउवाले आदेश गर्दैमा प्रचण्डजीको छोरीलाई जिताउन जालझेल गरेर मतपत्र च्यात्नुपर्ने अवस्था आयो । जनताले नेताले भने बमोजिम नै गर्छन् भन्ने छैन ।


० त्यसो त एमालेको कार्यकर्ता र माओवादीको नेता जस्तो भएमा मात्रै कम्युनिस्ट पार्टी जस्तो हुन्थ्यो भन्नेहरु पनि छन् । एमालेका नेताहरु यसमा चुकेका हुन् ?
कमजोरी त सबैमा हुन्छ । तर, हिजो बोर्डिङ स्कूलहरुमा आगो लगाउँदै हिड्ने प्रचण्ड र बाबुराम भट्टराईहरु जसले पुजारी र शिक्षकहरुलाई मार्दै हिड्ने, धर्म संस्कृतिलाई खत्तम बनाएर पश्चिमाहरुको सेवा गर्नेहरु कसरी राम्रो हुन्छन् । पश्चिमाहरुको सेवा गर्न माधव नेपालले क्रिश्चियनहरुको पैसामा होलीवाइन पिएका हैनन् ? उहाँहरुले कुन ठाउँमा राम्रो काम गर्नुभयो ? छरिएर रहेका कम्युनिस्टहरुलाई एकठाउँमा ल्याएर आमुल परिवर्तन गर्दै लैजाउँ भन्ने को हो ? तर, यहाँ त एकताका नाममा प्रचण्डले धोका दिए । प्रचण्डलाई उकास्ने र भड्काउने माधवजी नै हुन् । माधव नेपाल सामान्त मात्रै हैनन्, महासामान्त हुन् । किनकी उहाँले एकल नेतृत्वमा १५ वर्षसम्म पार्टी चलाउँनुभयो । माधवजी दुई ठाउँबाट हार्दा हाम्रा सबैजसो शिर्ष नेताहरु हानुभयो । तर, झलनाथ इलामबाट चुनाव जित्नुभयो । संसदीय दलको नेता उहाँ नै हुनुुहन्थ्यो । तर, दुई ठाउँबाट हारेको मान्छे सुटुक्क प्रधानमन्त्री बन्नुभयो । त्यो बेला सडकमा कस्ता तमसाहरु भए ? कहिले माधवलाई हटाउन र झलनाथलाई ल्याउन वामदेवले पनि सडकमा तमासा देखाउनुभयो । हाम्रा नेताहरुको यस्ता नौटंकी नेपाली जनताले हेर्दै आएका छन् ।


० प्रदेश नम्बर दुईमा बढि दलित र गरिबहरुको समुदाय बसोबास गछैन् । उनीहरु कथित उच्च जातका भनिएका जातिहरुको दवदवामा छन् । यसरी त्यहाँको विभेदपूर्ण समाजको अन्तका लागि के गर्नुपर्छ ?
हाम्रो पार्टीको मूल उद्देश्य नै आधारभूत वर्गका जनताहरु जो सदियौ देखि नै उपेक्षित गरिएको छ । सामान्ती राज्यसत्ता धर्म र संस्कृतीबाट तलसम्म पु¥याएको छ । अहिलेसम्म पनि कथित छुवाछुतको समस्या छ । धेरै प्रकारका सामाजिक विकृतिहरु पनि विद्यमान छन् । गणतन्त्रको युगमा पनि यस्ता विषयलाई निमुल पार्नुको सट्टा झांगिदै गएको छ । सामाजिक क्षेत्रमा दाइजो प्रथा पनि विद्यमान छ । दाइजोका लागि महिलाहरु जिउँदै जलाएका छन् । भरखरै जेठमै सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक जना दासकी छोरीको हत्या गरियो । अहिले मुद्दा चलिरहेको छ । यस्ता समाजिक विकृतिका घट्नाहरु घटिरहेका छन् । जनघनत्वका हिसावमा पनि पहाडमा भन्दा तराईमा बढि नै छ । दलित जनता त पहाडमा पनि छन् । त्यहाँ पनि छुवाछुत अझै छ । तराईकै कथित उपल्लो जात भनिएकाहरुबाट थिचोमिचो गरिएको छ । त्यसका लागि अहिले हामीले धेरै काम गर्न बाँकी नै छ । त्यसका लागि ति समुदाय र वर्गलाई समेटेर अगाडि बढाउने काममा पार्टी जुटिरहेको छ । तथापि यसले लामो कोर्स लिनेछ ।


० अन्तमा केहि भन्नु छ कि ?
मैले सबै नेपाली जनतालाई के भन्न चाहन्छु भने ‘सबै धर्म र कुकर्महरु जुन भइरहेका छन्, त्यसको न्यायिक फैसला नेपाली जनताले आगामी निर्वाचनमा गरिदिन आग्रह गर्दछु’ । जुन फैसला मैले ईश्वरले नै गरेको भन्ने ठान्छु । म दोषी छु भने मलाई सजाय दिउन् हैन अरु नै छन् भने तिनीहरुले नै सजाय पाउन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.