April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

खोजमूलक उपन्यास ‘अनुराग’को सान्दर्भिकता

1 min read


ठाकुर शर्मा भण्डारी

नेपाली उपन्यास जगत्को वर्तमान् समयमा विभिन्न स्रष्टाहरुको उपस्थिति महङ्खवपूर्ण रहेको छ । नेपाली समाजको परिवेश, जीवनशैलीका विविधपक्षहरुलाई समेटेर उपन्यासकारको लेखन अगाडि बढेको देखिन्छ । जीवन र जगत्लाई निकटबाट हेर्ने उपन्यासहरुको बहुलता अहिले नेपाली साहित्यमा देखिएको छ । नेपालको साहित्यिक इतिहासमा माध्यमिक कालको ‘वीर चरित्र’देखि अहिलेसम्म धेरै उपन्यासहरु आएका छन् । साहित्यमा यथार्थ मात्रै भयो भने त्यो विवरण हुन्छ, त्यसैले पनि यथार्थसँग कल्पना जोडिनु र सम्भावनाका पाटाहरुलाई पहिल्याउँदै अगाडि बढ्नु साहित्यको स्वरूपलाई प्राप्त गर्नु हो । नेपालको साहित्यिक विकासको प्रक्रियाको सन्दर्भमा स्रष्टाहरुले आप्mना रचनामा नेपालको सामाजिक एवं राजनीतिक इतिहासलाई विभिन्न प्रकारले जोडेका पनि छन् । विविध सामाजिक विषयवस्तुलाई आप्mनो कला–कौशलद्वारा आकर्षण प्रदान गर्ने सुन्दर प्रस्तुतिले भरिपूर्ण उपन्यासहरु साहित्यको फाँटमा आएका छन्, यसै परिप्रेक्ष्यमा नारायणकैलास सिग्देलको उपस्थिति पनि विशिष्ट रहेको देखिन्छ ।
पिता ज्ञानीशङ्कर उपाध्याय माता तिलादेवी उपाध्यायका सुपुत्र नारायणकैलास सिग्देलको जन्म २०१६ चैत्र १० गते भिमाद १, किहुँ तनहूँमा भएको हो । स्नातकोत्तर (एम.ए.) सम्मको अध्ययन गर्नुभएका सिग्देलको जीवन अङ्ग्रेजी भाषा–शिक्षणमा समर्पित भएको छ । नेपाली साहित्यको स्तरोन्नतिका लागि प्रयत्नशील व्यक्क्तित्व सिग्देल लेखनाथ साहित्य प्रतिष्ठान, शुक्ला साहित्य सङ्गमका सदस्य र सेतीकाली साहित्य सङ्गमका अध्यक्षसमेत रहनुभएको छ । नेपाली साहित्यका उपन्यास, कथा, निबन्ध, कवितामा कलम चलाउनुभएका स्रष्टा नारायणकैलाशका हालसम्म प्रकाशनमा आएका कृतिहरु हुन् ः विगतलाई फर्केर हेर्दा (संस्मरणसङ्ग्रह, २०६९), विगतलाई फर्केर हेर्दा (संस्मरणसङ्ग्रह, २०७०), नारी अस्मितामाथि पुरुषको गन्ध (२०७१), पीडा देख्न सकिन्न (कवितासङ्ग्रह, २०७२), मेरी बहिनी (कथासङ्ग्रह, २०७३), नयाँ बाटो (उपन्यास, २०७४), मृषा (उपन्यास, २०७४) र सङ्घर्ष (उपन्यास, २०७५) । प्रकाशोन्मुख उपन्यास ‘अनुराग’ पनि मुस्लिम समुदायको विषयलाई खोजपूर्ण तरिकाबाट नवीनतम शैली लिएर प्रस्तुत गरिएको छ र पाठकलाई अवश्य पनि नयाँ स्वाद प्रदान गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।


‘अनुराग’ उपन्यासभित्र सामाजिकताको आडमा नेपालमा देखिने गरेको उच–नीच, जातीय विभेद वा दलितप्रतिको भावना, राजनीतिक र शैक्षिक विकास प्रक्रिया एवं जातिगत प्रेमको सन्दर्भलाई विस्तृत रुपमा चर्चा भएको पाइन्छ । यसमा मुस्लिमको सन्दर्भ मुख्यतया उठाउनु र त्यसैलाई व्याख्या गर्नु वा मुख्य विषयवस्तु बनाउनु त्यस जातिप्रतिको सद्भाव र अवस्थालाई पूर्णरुपमा जनसमक्ष ल्याउनु हो । मुस्लिम समुदायको पीडा–व्यथा कुनै एक ठाउँको नभई मानवीय चेतनाको सन्दर्भ भएको हुनाले लेखनमा कुनै सीमामा बाँधिएको छैन, यो उपन्यासको विषयवस्तु सबै नेपाली मुस्लिम समुदायको विवरणात्मक कथा–व्यथा बन्न पुगेको छ ।
प्रस्तुत उपन्यासको शीर्षक ‘अनुराग’ राखिएको सन्दर्भ छ । यसको उद्देश्य नेपालमा प्रवेश गरेका मुस्लिम सम्प्रदायको बसाइ, सामाजिक अवस्था, सांस्कृतिक अवस्थाप्रति अनुराग हो जस्तो लागेको छ र यसमा आख्यानात्मकभन्दा पनि विवरणात्मक शैली छ, अर्थात् औपन्यासिक कथावस्तुको न्यूनता देखिन्छ तर उपन्यासको म पात्र र सिनाको सम्बन्धको कुराले कथानकको पुष्टिचाहिँ अवश्य गर्छ । यसमा प्रश्नोत्तर शैली अपनाएर चुरोटे भाषा र नेपाली भाषालाई प्रयोग गरिएको छ । गाउँका बुढापाका र युवायुवतीसँग उनीहरुको रहनसहन, संस्कारबारेमा प्रश्न सोध्ने र उत्तर लिई जस्ताको त्यस्तै राख्ने काम पनि भएको छ । नेपाली समाजको सेरोफरोमा उपन्यास घुमेको छ, यसको परिवेश नेपाली पर्वतीय भूभाग हो । देशप्रतिको माया सद्भाव उनीहरुमा प्रशस्त रहेको सन्दर्भलाई लिएर भनिएको छ ः हामी पनि यही देशका नागरिक हौँ । हाम्रा बाबुबाजे हाम्रो पुर्खा नै यहीँ जन्मेका हुन् । हामी पनि यहीँ जन्मेका हौँ । हामीसँग यो भूमि, यहाँका रुख–बिरूवा, जङ्गल–पहाड, नदीनाला, खोल्साखोल्सी, सबैसँग युगौँयुगदेखि माया बसिसकेको छ । हामी कहीँ जान सक्दैनौँ । हामी मर्न परे पनि यही भूमिको लागि रगतको खोलो बगाएर एक मुठी सास रहेसम्म लड्नेछौँ । (पृष्ठ १७)
चार सय वर्ष पहिलेदेखि बसोवास भएको ‘मियाँ गाउँ’ गण्डकी अञ्चल, किहुँ गाविस वडा नं. ७ तनहूँ (हाल भिमाद नगर पालिका वडा नं. १)मा पर्दछ । यसमा बस्ने मुस्लिम मात्रको नभई त्यहाँबाट अन्यत्र बसाइ सरेका (जस्तै ः जलाम्बी, कुलिन खोला, पोखरा, चोरमारा, कावासोती, स्याङ्जा, चितवन, कुकुरमारा आदि विभिन्न ठाउँमा) व्यक्तिहरुको सन्दर्भमा खोजमूलक चर्चा गरिएको छ । यसमा पहिलेको चुरौटे गाउँ अहिले मिया गाउँ अर्थात् मुस्लिम समुदाय बसेको विकट गाउँको विषयमा त्यहाँका बुढापाका र युवा व्यक्तिद्वारा पाइएको जानकारीलाई तिथिसहित वर्णन गरिएको छ ।
२०७२ सालको भूकम्पले क्षतविक्षत भएको विषयलाई समाविष्ट गरिएको यसको खोजको प्रारम्भ उपन्यासकारले २०७२ चैत्रबाट प्रारम्भ गरी उपन्यासलाई चार भागमा विभाजित गर्दै मुस्लिमहरुको इतिहास केलाउने काम भएको छ । उपन्यासकारको उद्देश्य अनुरूप मियाँ गाउँको विषय बढी उठाइए तापनि नेपालमा बसोवास गर्ने मुस्लिमहरु प्रथमतः कहाँबाट, कसरी आए र कसरी बसेका छन् भन्ने सन्दर्भलाई विशेष रुपमा केलाइएको हुनाले पनि ऐतिहासिक र वर्तमान समयको सामाजिक यथार्थ स्थितिलाई देखाउँछ र पाठकलाई भिन्न स्वाद दिने अनुसन्धानमूलक उपन्यास बन्न पुगेको छ ।
यसको इतिहास केलाउने क्रममा मुस्लिमको आगमनको सन्दर्भलाई उपन्यासकारले विस्तृत चर्चा गर्नुभएको छ । पन्ध्रौँ शताब्दीतिर मुस्लिम नेपाल प्रवेश गरेको भनाइ यस्तो यस्तो रहेको छ ः …इतिहासलाई खोतलखातल पार्ने हो भने नेपालमा मुस्लिमहरु ६०० वर्षभन्दा पहिला नेपालमा आएको देखिन्छ तर मानिसहरु योभन्दा पहिला नै मुस्लिमहरु नेपालमा आएका थिए भनेर भन्छन् । आधिकारिक रुपमा भन्नुपर्दा १५औँ शताब्दीमा राजा प्रताप मल्लको पालामा मुस्लिमहरु व्यापारीको रुपमा नेपाल प्रवेश गरेका हुन् भन्ने बुझाइ छ । (पृष्ठ २६)
उपन्यासको कथावस्तुभित्र रहेका पात्रको सन्दर्भमा म पात्रको माध्यमद्वारा विभिन्न मुस्लिम गाउँका चरित्रहरुलाई यसमा समाविष्ट गरिएको छ । म पात्र र सिनाको केन्द्रमा उँभिएको कथानक चौथो भागमा अत्यन्त संवेदनायुक्त रहेको छ । प्रेम प्रसङ्गको क्रममा पनि द्वन्द्वात्मकता प्रस्तुत गर्दै उपन्यास नै अन्त हुन्छ । केही काल्पनिक र केही यथार्थताकै धरातलमा उपन्यासलाई उतार्न खोजिएको छ । जीवन र जगत्को यथार्थतालाई उजागर गर्ने प्रस्तुत उपन्यासममा मानवीय आवश्यकतालाई सृजना गर्दै नवीनतम चिन्तनको धरातलमा उभ्याएर पाठकमनलाई आकर्षण गर्ने काम भएको छ । अन्य पात्रहरु जस्तै ः खुदाबख्त मियाँ, मुनाफदिन मियाँ, दावातुल्ला मियाँ, फैजुल्ला, किफायत तुल्ला, जन्नतन, समिरन, मदिन मियाँ, हिरासिंह, ज्ञानी पाध्ये, सविना खातुन, पुष्पा, अस्मिता पुन, क्याम्दिन मियाँ, सिद्धिक मियाँ, इसुवदिन मियाँ, अब्दुल भजित, जलाल मियाँ, सकिला मियाँ, फैजा मियाँ, रोजिना, सइरन, समिर खातुन, महामाजु मियाँ, स्माइल मियाँ, सफिउल्ला आदि विविध पात्रहरु यसमा रहेका छन् ।
अस्सी घर भएको मियाँ गाउँमा मिश्रित संस्कृति छ । बालविवाह अद्यापि रहेको र महिला बढी देखिने गाउँँमा कृषिको काममा वास्ता नगरी किनेर खाने प्रवृत्ति रहेको देखिन्छ । पहिलेभन्दा केही परिवर्तन भएर अन्तर्जातीय विवाहको सन्दर्भ देखाइको छ, यसले समाजमा जातीय समन्वय छ भन्ने कुरा स्पष्ट पार्छ ।
हिन्दूधर्मको मूल ग्रन्थ वेदका कुरा, नेपाली साहित्यका महाकवि देखकोटाको यात्री कविताको सन्दर्भ र अन्य विशिष्ट इतिहासवेत्ताका सन्दर्भ पनि उल्लेख गरेर आधिकारिकता एवं आफ्नो भनाइलाई पुष्टि गर्ने काम भएको छ । संसारका मुख्य धर्मको विषय अर्थात् हिन्दू, बुद्ध, क्रिस्चियन आदिसहित मुस्लिम धर्मको विषयमा भनिएको छ ः धर्मको उत्पत्तिका हिसाबले पनि मुस्लिम धर्म अरबमा फले फुलेको हो । यसका प्रवर्तक पैगम्बर मुहम्मद हुन् । उनले यो धर्मको सूत्रपात करिब पन्ध्र सय वर्ष पहिले गरेका हुन् । त्यस्तै जिससले क्रिस्चियन धर्मको शुरूवात दुई हजार वर्ष पहिला गरेका हुन् । गौतम बुद्धले अट्ठाइस सय वर्ष पहिले बुद्धधर्मको सूत्रपात गरेका हुन् । हिन्दू धर्मको उत्पत्ति त पाँच हजार वर्षभन्दा पनि पहिला भएको हो । (पृष्ठ ६९)
उपन्यासकार पटक–पटक गाउँमा गई सिनासँग भेटेको र उनीहरुको सम्बन्धमा खोजी गरेको सन्दर्भ आएको छ । मियाँ गाउँबाट वरिपरिका गाउँको चिनारीले त्यहाँको भौगोलिक वातावरणको अवस्थालाई पनि दर्शाउँछ । त्यस सन्दर्भमा ठाउँहरुको चिनारी यसरी दिइएको छ ः उ त्यो ठाउँ पाल्पाको रामपुर हो । त्यो अर्को डाँडो नवलपरासीको गैँडाकोट अनि अलि परको देवचुली, वरचुली हो । यतापट्टिको त्यो कालो बादलमुनिको रक्कुवा, डेढ गाउँको कोट, बुलिङटार, भदौरे अनि अलि तलको अर्खला गाउँ, राम्चे, धवादी भन्दै जानुभयो । (पृष्ठ ८३)
धार्मिक समन्वय, एकत्व भाव, सहिष्णुताका कुरामा जोड दिइनुका साथै हिन्दू धर्म संस्कारभन्दा केही फरक भएको र केही समानता भएको चर्चा पनि गरिएको छ । मुस्लिम धर्ममा पनि एकेश्वरवादको कुरा गरिएको छ । यस सन्दर्भमा भनिएको छ ः इस्लाम आस्थाका छ आधार स्तम्भहरु छन् । त्यसमध्ये पहिलोलाई एकेश्वरवादमा लिन सकिन्छ । यो इस्लामको आदेश हो कि अल्लाह एउटै छन् । उनीको समकक्षी भन्ने नै छैनन् । धर्तीदेखि आकाशसम्म उनैको शासन छ । इस्लामी आस्थाको स्रोत भनेको अल्लाहको तर्फबाट जति पनि सन्देष्टाहरु आए सबै सत्य हुन् । अकाट्य हुन् । पवित्र हुन् । अपरिवर्तनीय हुन् । (पृष्ठ ९३)
यस उपन्यासको तेस्रो भागमा एउटा उपकथा समाविष्ट गरिएको छ, जसले धर्म परिवर्तन भएको सन्दर्भलाई पुष्टि गर्छ । आप्mनो श्रीमान्ले मुस्लिम धर्म अपनाउँदा हिन्दूनारीलाई कति कष्ट हुन्छ भन्ने कुरा कथानकको रुपमा आएको छ र कुनै पनि धर्म नराम्रो होइन तर संस्कारसँग, आप्mनो परिवेशको माटोसँग जोडिएको संस्कार हुन्छ, त्यसको प्रभावबाट जो मानसिकता तयार भएको हुन्छ, त्यो जीवनभर रहने हुनाले पनि धार्मिक सहिष्णुताको कुरा बारम्बार आउने गर्छ । श्रीमद्भगवतद्गीताले पनि ‘स्वधर्मे निधनं श्रेयः’ भनेको छ । अर्कोतिर वर्णविभाजनको कुरा नबुझेर समाजमा दलितको स्वरूप निर्माण भएको छ, यसको विषय पनि उपन्यासले उजागर गर्न पनि पछि परेको छैन । सामाजिक कुसंस्कृतिको सन्दर्भ पनि आएको छ । उदाहरणका लागि हेरौँ – यो धर्ममा हिन्दूधर्ममा जस्तो कठिन संस्कारहरु छैनन्, सजिला छन् । यहाँका सबै मुस्लिमहरु सहयोगी पनि छन् । हिन्दूधर्ममा हामीलाई दलितको संज्ञा दिइएको थियो तर यो धर्ममा प्रवेश गरेपछि न हामी दलित भयौँ, न त हामीले त्यो शब्द सुन्न प¥यो । (पृष्ठ १३८)
यसमा मुस्लिम धर्ममा गरिने संस्कारलाई राम्रोसँग चर्चा भएको छ । कतिपय रमाइला र आश्चर्य लाग्ने ‘सुन्नत’जस्ता कुराहरु दिएर उनीहरुको जीवनसँग सम्बद्ध प्रसङ्गलाई यसरी वर्णन गरिएको छ ः हेर्नुस् यो टुप्पी काट्ने कामलाई सुन्नत भनिन्छ । यो सुन्नत हाम्रो बिहाभन्दा पनि महङ्खवपूर्ण हुन्छ । कुनै शुभकार्य गर्नुप¥यो भने यो काटेविनाको मुन्छे काम लाग्दैन …। सुन्नतपछि ‘हकिका’ गरिन्छ । (पृष्ठ १४६)
यस्तै विवाह संस्कारको सम्बन्धमा भनिएको छ ः मियाँ गाउँका छोराछोरीहरुको विवाहमा खास निकाहा पठाउने भन्ने महङ्खवपूर्ण हुँदो रहेछ । त्यसको लागि दुई जना साक्षी÷गवाही राखेर काजी÷पण्डितले निकाहा पढाउने भन्ने रहेछ । ….मुस्लिम विवाहमा हिन्दू विवाहमा जस्तो छोरी र जुवाइँको खुट्टा धोएर पानी अचाउनुपर्ने, अनेक प्रकारका टीकाटाला गर्नुपर्ने झन्झट रहेनछ । एकदम छिटो र मीठो सँग विवाह सम्पन्न हुने रहेछ । (पृष्ठ १५४)
सामूहिक माया वा जातिगत माया छ, देशप्रतिको माया छ, यहाँ युगल मायाको सन्दर्भ म पात्र सिनाप्रति आकर्षित भएको अवश्य देखाइएको छ र उपन्यासको विषय टुङ्ग्याइएको छ । त्यो शालीनतापूर्वक प्रस्तुत भएको छ, प्रेममा समर्पणभाव छ, कुनै स्वार्थ छैन, समाजको भनाइ सहनुभन्दा बिहे नगरी बस्नु राम्रो हुन्छ भन्ने देखाइएको छ । सिनाले धेरै कुरा बुझाएपछि म पात्रको भनाइ यस्तो छ ः मेरो उपन्यासको यो अन्तिम पाना हो सिना । त्यसो भए म पनि अन्तिम नै हुनेछु । तिम्रो जीवनको सार आप्mनै ढर्रा रहेछ । मैले आजसम्म बुझेको रहेनछु । त्यो बल्ल आज बुझेँ । तिमीलाई नमस्ते …..। (पृष्ठ १८६)
नारायणकैलाशजीको आख्यान र निबन्धात्मक लेखनकला–कौशलको नमूना बनेको यो उपन्यास पढ्दा मुस्लिम इतिहास पढेजस्तो लाग्छ, यहाँ काल्पनिकता छैन, यथार्थमा आधारित छ, सम्पूर्ण उपन्यास प्रश्नोत्तरले भरिएको छ । आद्योपान्त प्रभाव पार्ने चरित्रका रुपमा म पात्रका साथ सिना मियाँले दिएकी छ, तथापि यसमा कोही शिक्षक, समाजसेवी, धर्म–संस्कृतिका विषयमा लागेका व्यक्तिहरुका साथै मदरसामा पढ्ने विद्यार्थी र अन्यबाट विविध जानकारी लिइएको छ र त्यस ठाउँमा बसेका मुस्लिम व्यक्तिहरुको सन्दर्भमा उपन्यासमा मुस्लिम इतिहासका साथै वर्तमान समयको अवस्थालाई यथार्थ रूपमा वर्णन गरिएको छ । अन्धविश्वास, कुरीति, सामाजिक विकासमा ध्यान नदिने गरेको सङ्कुचित मानसिकतालाई हटाउने क्रममा गरिएका त्यहाँका व्यक्तिहरुको सत्प्रयासप्रतिको यथार्थ स्वरुपलाई विस्तृत रुपमा अवलोकन गरी दर्शाइएको छ ।
उपन्यासकार नारायणकैलाश सिग्देलबाट सिर्जित ‘मियाँ गाउँ’ सरल हुँदाहुँदै पनि महिमायुक्त ऐतिहासिक र स्थानीय झल्को दिने उपन्यास हो । स्थानीय एवं ग्रामीण वाक्यहरुको प्रयोग प्रशस्त भएको छ । प्रस्तुतिमा संवादात्मक विधि अपनाई खोजपूर्ण, मार्मिक, गम्भीरता प्रदान गर्नु नै यस उपन्यासको महङ्खवपूर्ण पक्ष हो । यसमा अन्तर्जातीय विवाहको कुरा पनि ठाउँ ठाउँमा आएको छ । पहिलेको मुस्लिम समाज र वर्तमान मुस्लिम समाजको भिन्नता प्रस्ट देखिन्छ । समाज क्रमशः परिवर्तनको दिशातर्फ उन्मुख छ, एक जातीय परिवर्तनको यावत् सन्दर्भहरुलाई समेट्न खोज्नु यसको मुख्य उद्देश्य हो र यसमा यो उपन्यास सफल रहेको देखिन्छ ।
नेपाली समाजमा बस्दै आएका व्यक्ति वा एक जातिको यथार्थ पक्षलाई देखाउनु, आदर्श समाजको परिकल्पना गर्नु, विविध अन्धविश्वास, कुरीति हटाई स्वतन्त्र समाजको चाहना गर्नु उपन्यासको राम्रो पक्ष हो । तसर्थ अनुसन्धानमूलक र कलात्मक सौन्दर्य भरिएको सुन्दर कृति नेपाली साहित्यको फाँटमा शब्दार्थ प्रकाशनबाट प्रकाशित हुन लागेको छ । नारायणकैलाश सिग्देलको ‘अनुराग’ उपन्यास पठनीय एवं सङ्ग्रहणीय बन्ने कुरामा दुई मत छैन । उपन्यासकारलाई धेरै बधाई ।
धुम्बाराही काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.