March 29, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

विम्वमा जीवन खोज्ने साहित्यकार फुलारा

1 min read


डोटी जिल्लामा जन्मनुभएका साहित्यकार भीष्मराज फुलाराले कला र साहित्य क्षेत्रबाट मात्र होइन शिक्षा र समाजसेवाका माध्यमबाट समेत समाजलाई योगदान दिनुभएका साहित्य सर्जक हुनुहुन्छ । साहित्य मार्फत न्याय, समानता र परिवर्तनकालागि बिद्यार्थीकालदेखि नै कलम चलाउँदै आउनुभएका फुलारा मेहनति, इमान्दार, सृजनसिल, जिज्ञासु र हक्कि स्वभावका हुनुहुन्छ । मध्यम वर्गीय परिवारमा जन्मनुभएका उहाँ थिचोमिचो र शोषण पटक्कै सहनुहुन्न । गुरुबाट मात्र होइन आफ्नो परिवारबाट पनि ज्ञान आर्जन गर्नुपर्छ भन्ने मान्यताका उहाँ बुवाबाट संघर्ष,जीवनका भोगाई र विभिन्न घटना परिघटनाबाट सिक्दै यहाँसम्म आउनुभएका उदयमान साहित्यकार हुनुहुन्छ । मानविकी र व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्यन गर्नुभएका उहाँलेविभिन्न संघ संस्थामा रहेर महत्वपूर्ण योगदान दिइरहनुभएको छ । उहाँले जन्माएका नफापेको मान्छे (उपन्यास), टुहुरो कुण्डली (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहाँस ः त्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक पठनीय र संग्रहनीय छन । कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएका फुलारा कला साहित्यको विकास, संरक्षण एवं सर्जकको मर्यादा र अनुसाशनलाई सदैव उच्च स्थानमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण रूपले अगाडि बढिरहनुभएका सालीन स्रष्टामा पर्नुहुन्छ । व्यवहारमा सहजता, लेखनमा निखारता, वैचारिकतामा स्पष्टता, आचरणमा अनुशासनीयता, सृजनामा नविनता, सिप र कलामा उत्सुकता र भावनामा कोमलता उहाँका विशेषता हुन । जसले उहाँको साहित्यिक लेखनलाई श्रेष्ठता प्रदान गरिरहेको छ, उत्प्रेरित गरिरहेको छ । बस यसैमा फुलाराको साहित्यीक गति अगाडि बढिरहेको छ । जस्तो सुकै चुनौतिको सामना गरेर लक्ष्य भेदन गर्ने सत्यको पक्षमा सतिसाल झै उभिने उहाँ स्वार्र्थिहरूलाई सालीनतामा बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थ भन्दा समाजको स्वार्थलाई बढि महत्व दिने उहाँ लेखन, कला र साहित्यमा कहिल्यै सम्झैता नगर्ने कृयाशिल स्रष्टा हुनुहुन्छ । सृजनामा खारिँदै गर्नुभएका फुलाराको जीवन संघर्ष अनुभव, अनुभूति, रुचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।


पश्चिम डोटीको रमणीय गाउँ चुडीमा हुर्किनुुभएका साहित्यकार भीष्मराज फुलारा सभ्य, सुसस्कार र गाउँको सामान्य तर सम्मानित परिवारमै जन्मिएका सर्जक हुनुहुन्छ । उहाँका पिताको नाम हरिदत्त र आमाको नाम पद्मादेवी फुलारा हो । बुवा र आमाको निधन भइसकेको छ भने उहाँका एक दाजु अमेरिकामा चर्चित कानून व्यवसायिकको रूपमा परिचय बनाएर बस्नुभएको छ भने परिवारका अन्य सदस्यहरू नेपालमै आ–आफ्नो कर्म क्षेत्रमा सफल र सार्थक भूमिका निर्वाहा गरिरहनुभएको छ । उहाँकी श्रीमती बिमलाले घरको काम र छोराको हेरचाहा गर्नुहुन्छ भने भीष्म साहित्य लेखनमा अविरल बगिरहनुभएको छ । मध्यवर्गीय किसान परिवारमा २०३९ सालमा जन्मेर ३६वर्षे जीवन यात्रामा अगाडि बढिरहनु भएका फुलाराको पारिवारिक पृष्ठभूमि असाध्य गर्भिलो रहेको छ । उहाँका दाजुहरू जेठा मेखराज, माइला केशव, साईला वासुदेब, काईला भुवनेश्वर फुलारा हुनुहुन्छ भने भाई खेमराज, बहिनी गीताकुमारी र लक्ष्मिकुमारी फुलारा हुनुहुन्छ । २०६९ साल माघ १७ गते जिल्लाकै बिमला ओझासँग वैवाहिक बन्धनमा बाँधिनुभएका भीष्मका एक छोरा जोन फुलारा छन् । कुनै खालका खराब काम नगरी कुनै कुलतमा नफसी कला साहित्यको माध्यमबाट समाज परिवर्तनकालागि अनगिन्ति संघर्ष गर्नुभएका उहाँले थुप्रै तिता मिठा अनुभव, अनुभूति संगाल्नु भएको छ, आरोह अवरोह पार गर्नु भएको छ, सानै उमेरमा आमा बित्दाको पिडा सहनदेखि अन्य थुप्रै खालका दुखका भगाँलाहरू पार गर्नु भएको छ । अप्ठयारो बेलामा पनि हिम्मत नहारी साहित्य सृजनामा योगदान गर्नुभएको छ । साहित्य मार्फत आफू र आफ्ना सृजनाहरूलाई देश बासिलाई चिनाउने काम गर्नु भएको छ, जसको सुखद दुखद दुवै अनुभूति छ उहाँलाई । सुखसयलको पर्वाह नगरि साहित्य उत्थानका लागि जस्ता सुकै चुनौतिका पहाड छिचोल्न तयार भएका भीष्मको जीवन अतितको संघर्ष र वर्तमानको सफलता बीचको दुःख सुखको दोभान हो । सफल बरिष्ठ साहित्यकारको रूपमा राष्ट्रपतिले फुलमाला लगाइदिएको, दोसल्ला ओडाई दिएको, नगदसहित विभिन्न पुरस्कार, पदक र प्रमाणपत्रले सुशोभित गरेको सुखद् सन्दर्भदेखि अथितिको रूपमा मञ्चमा भाषण गरेर हिँडेको सन्दर्भ मात्र होइन बारीमा हलो कोदालो गरेको, घास दाउरा काटन उकाली ओराली गरेको, साथी भाईसँग खेलेको विगतदेखि अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित भएको विगत र वर्तमानसमेत उहाँसँग सम्मोहन छ । साहित्य र कलाको विकास र विस्तारकालागि माइक्रो फोनमा बोलेको अनुभूतिदेखि साहित्य पारखी र गाउँले जीवनले भोगेका दुखपीडाका भोगाईहरूको सँगालो टुहुरो कुण्डली अनि साहित्य अनुराग बोलेको त्यहाँदेखि यहाँसम्मको सृजनाको सृष्टि गरेको गौरब गाथा ज्यूँदै छ, उहाँसँग । हरेक सन्दर्भ भोगेर आउनु भएका भीष्म कला र साहित्य पारखिहरूका लागि महत्वपूर्ण योगदान दिने स्रष्टाको रूपमा परिचित हुनुहुन्छ । साहित्य क्षितिजबाट हेर्दा उहाँ र उहाँको परिवार शिक्षा, साहित्य, समाजसेवा र सुसंस्कार दिनसक्ने सबै कुराको संयोजन भएको सुन्दर र शान्त परिवार देखिन्छ ।


बाल्यकालदेखि नै शिक्षा र समाजसेवामा रुचि राख्ने भीष्मराज फुलाराले एस.एल.सी. सम्मको शिक्षा गाउँकै स्कूल सरस्वति मा.वि.मा लिनु भयो भने उच्च शिक्षा नेपाल कमर्स क्याम्पस मीन भवनबाट लिनुभयो । पढाईसँगै साहित्य सृजनामा लाग्नुभएका उहाँले फुलारा लिटरेचर फाउण्डेसन नेपालको अध्यक्ष, राष्ट्रिय साहित्यिक समाज नेपालको महासचिव, काइट्स ईन्टरटेनमेन्टका प्रा.लि.का कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय लेखक संघ प्यान नेपालका सदस्यलगायत दर्जनौ संघसंस्थामा रहेर विभिन्न पदिय सार्थक भुमिका निर्वाह गरिरहनुभएको छ । यो सबैभन्दा महत्वपूर्ण, अनुकरणीय र ग्रहनीय काम हो । उहाँले साहित्य सृजनासँगै आफ्नो जीवनको व्यवस्थापनमा पनि त्यतिकै सम्पन्नता हाँसिल गर्नुभएको छ, जुन कुरा सबैले गर्न सक्दैनन् ।


बाल्यकालदेखि नै कसैसँग झगडा, अन्याय, अत्याचार नगर्ने, सत्यको पक्षमा दृढताकासाथ उभिने, सकेको सहयोग सबैलाई गर्ने र खराब मान्छेबाट टाँढैरहने भीष्मराज फुलारा लेखन, कला साहित्यको माध्यमबाट साहित्यिक आन्दोलनमा लाग्नुभएको हो । बुवासँग सुत्दा बुवाले भनेका कथा साहित्य सृजनाका आधार बनेका उहाँका हाल नफापेको मान्छे (उपन्यास), टुहुरो कुण्डली (उपन्यास), नेपाली भाषा र साहित्यको इतिहाँस ःत्यहाँदेखि यहाँसम्म, ओरपान हरस्कोप अंग्रेजी पुस्तक पठनीय पुस्तको रूपमा बजारमा आएका छन । मान्छेको चेतना स्तर, सोँच, स्वभाव र शैली फरक फरक हुन्छ । कसैले स्वार्थलाई कसैले अहंकारलाई, कसैले धन सम्पतीलाई, कसैले भौतिक सुख सुविधालाई त कसैले सिर्जनात्मक कामलाई महत्व दिएका हुन्छन् । यही फरकपनले मान्छेको गौरवगाथा बन्नेगर्छ । जसबाटै सफल असफल, असल खराब, सानो ठूलो, विद्वान मूर्ख, सम्मानीत, तिरस्कृत परिस्थितिका आधारहरू निर्माण हुन्छन । कतिपयले थुप्रै विषयमा डिग्री गरेका हुन्छन्, सम्मानपत्र झुन्ड्याएका हुन्छन्, कतिपयले त्यसलाई मेहेनत र संघर्षको सम्पति ठान्छन् र त्यसबाट प्रेरणा लिन्छन् । कतिपयले त्यसलाई अहंकार र घमण्डमा उपयोग गर्न खोज्छन् । यसैबाट मान्छेको स्तर छुटिन्छ । कोही बौद्धिक स्तरको कोटिमा रहन्छन भने कोही निम्न र अहंकारी कोटिमा पर्छन र यसैबाट मान्छेको महत्व छुटिन्छ । पद, प्रतिष्ठा, सम्मानलाई थप जिम्मेवारीको भारी सम्झनेहरूका लागि यी सबै कुरा साध्य हुन्छन । यिनै साध्यबाट साधक अघिबढछ, त्यसलाई देखाउने र उपयोगको अस्त्र ठान्नेहरूले गुमाउँदै जान्छ । त्यसैले समाजमा साध्य र साधकको अर्थ र मूल्य हुन्छ । घमण्डि, अहंकारीको मूल्य हुँदैन । यस्तै मूल्यबोकेका पौरखी मान्छेहरू मध्येका एक हुनुहुन्छ साहित्यकार भीष्मराज फुलारा । आधुनिक साहित्यको श्रीबृद्धिमा कलम चलाउँदै आउनुभएका फुलाराले इच्छा शक्ति, निश्चय, निरन्तरता र साहित्यिक भोकलाई संघर्षमा जोड्दै कला र साहित्य साधनामा योगदान दिँदै आफूलाई समाजमा स्थापित गर्न सफल हुनुभयो । त्यस्तै परिवार, समाज, परिस्थिति, परिवेश, घटनाक्रम, जीवन भोगाईलाई साहित्य स्रोत मान्ने फुलाराले थुप्रै उकाली ओराली पार गर्दै भयानक भँगाला र छालहरू पार गर्नुभएको छ । जुन काम उहाँले गर्नुभएको छ, उहाँको साहित्य संघर्षको गौरबगाथा कम पेचिलो, कम अनुकरणीय र कम ग्रहणीय छैन । उहाँको यो संघर्षबाट थुप्रै साहित्य र कला पारखिहरूले धेरै सिक्न सक्छन्, धेरै गर्न सक्छन् तर मेहनत, लगाव र इच्छा शक्ति भने उहाँको जस्तै चाहिन्छ । साहित्य विधाका जस्ता सुकै काम गर्न उत्साहित हुने भीष्म समाजमा योगदान दिने एक बौद्धिक सम्पति हुनुहुन्छ । उहाँको साहित्य यात्राले निरन्तरता पाओस्, सफलता पाओस्, उहाँका सृजना थप सृजनसिल बनून् स्तम्भकारको उहाँलाई थप सफलताको अग्रिम शुभकामना ।


उहाँले राष्ट्रिय÷अन्तर्राष्ट्रियरूपमा थुप्रै सम्मान, पुरस्कार र पदकहरू प्राप्त गर्नुभएको छ । जसमध्ये शिखर नागरिक सम्मान–२०७०, विशेष राष्ट्रिय नागरिक सम्मान–२०७४, राष्ट्रिय ईपिक व्यक्तित्व सम्मान–२०७४,राष्ट्रिय बोस्टर्स साहित्य सम्मान–२०७४, स्टारवन एक्सलेन्स अनर एण्ड अवार्ड–२०७५, राष्ट्रिय शिखर अनर अवार्ड–२०७५, वृत्तचित्र लेखन अवार्ड–२०७६ र विशेष राष्ट्रिय नागरिक जुरी अवार्ड–२०७६ आदिबाट सम्मानित हुनुभएको छ ।
साहित्य र लेखनलाई मूल पेसा बनाउनुभएका भीष्मराज फुलारा अहिलेका लेखकले यो क्षेत्रलाई हल्ला रूपमा लिएको, गुणात्मकता र सृजनात्मकतालाई भन्दा संख्यात्मकतालाई बढि जोड दिएको, साहित्य सृजनामा संवेदनसिलता र गाम्भिर्यता कम भएको आफुले पाएको उहाँ बताउनुहुन्छ । यसले सृजनसिल साहित्यकारलाई चोट पु¥याउनुकासाथै आफ्ना सृजना विक्रीवितरण र पाठकसपक्ष पु¥याउन समस्या भएको उहाँ सुनाउनुहुन्छ । उहाँ जोडै दिएर भन्नुहुन्छ यसमा साहित्य क्षेत्रको ध्यान जानुपर्छ र यस्ता विकृतिको अन्त्य हुनुपर्छ ।
बिद्यार्थी अवस्थादेखि नै साहित्यप्रति सचेत भीष्मराज फुलाराले भविष्यको पर्वाह नगरी सबै जोखिम मोलेर कठिनतम अवस्था सहेर साहित्य सृजना गर्नुभयो, सबैको मन जितेर गाउँ, जिल्ला, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय साहित्य क्षेत्रमा समेत ख्याति कमाउनुभयो । कला र साहित्यमा सकृय रही त्यसका माध्यमबाट समाजमा योगदान गर्नुभयो, यो उहाँको साहित्यिक समर्पण हो ।


साहित्यकार भीष्मराज फुलारा राजनीति गर्नुहुन्न तर राजनीति बुझ्नुहुन्छ । उहाँ मुलुकमा स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर जनताले सोचे अनुरूप राजनीतिक नेतृत्वबाट काम हुन नसकेको र नेताहरूले विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रकृया, वर्गीय पक्षधरता छोडेकाले जनताको सुख समृद्धि टाढागएको धारणा राख्नुहुन्छ । नेताले आपूmलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गरेदेश समृद्ध बन्ने उहाँको तर्कछ । नेताको सोँच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको अपेक्षा विपरित काम भैरहेकोले समस्या भएको बताउँदै मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो साँेच, व्यवहार, संस्कार र स्वभावमा परिवर्तन गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
अधिकांश समय साहित्यमा लगाउने भीष्मराज फुलारा मेहनती, मिलनसार, स्वाभिमानि, हरबखत साहित्य सृजना गर्न उत्साहित हुने, समाजका लागि केही न केही योगदान गर्न तयार हुने कृयाशील साहित्यकारमा पर्नुहुन्छ । साहित्यमा बिम्व र बिम्वमा जीवन खोज्ने फुलारा सबैलाई सृजनशील र साहित्य गर्न प्रेरित गर्नुहुन्छ । उहाँका बुवा र दाजुहरू पनि शिक्षा र साहित्यमा स्थापित व्यत्तित्व हुनुहुन्छ । उहाँहरूले अप्ठायारोमा परेकालाई सहयोग गर्ने भएकोले उहाँ पनि आवश्यकता र सामर्थ अनुसार सकेको सहयोग सबैलाई गर्नुहुन्छ । साहित्यको माध्यमबाट समाजलाई केही दियौँ भन्ने सकरात्मक सोँच राख्नुहुन्छ । यही सोँच, शैली र स्वाभाबले उहाँलाई साहित्यमा अगाडि बढ्न सहयोग पु¥याएको छ ।


भीष्मराज फुलारा पढ्दा होस् वा काम गर्दा होस्, साहित्य सृजना गर्दा होस् वा समाजसेवाका काम गर्दा होस् जस्तोसुकै चुनौति छिचोलेर साहित्य उत्थान र विकासमा काम गर्ने साहित्यकारमा पर्नुहुन्छ । यही कर्मले उहाँलाई यो उचाइ दिएको छ, सम्मान दिएको छ, साहित्य क्षेत्रले चिनेको छ । यो उहाँ र उहाँको परिवारकालागि सन्तुष्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.