ओली राष्ट्रवाद नागरिकतामा नाङ्गो /नेपाललाई फिजी बनाउन नागरिकता सम्बन्धी अध्यादेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारसमा राष्ट्रपति विद्या देवी भण्डारीले “नेपालको नागरिकता (पहिलो सशोधन) अध्यादेश २०७८” प्रमाणिकरण गरेका कारण देश फिजीकरण हुने दिशामा अघि बढेको छ । देशका मूलबासीहरुलाई अहिले पनि नवनेपालीहरुले समस्या पारिरहेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या देबी भण्डारीले स्वीकृत गरेको यो अध्यादेशले नक्कली जन्म दर्ता गरी जन्मको आधारमा नागरिकता पाउनेका सन्तानले सहजै बंसजको नागरिकता पाउने जस्तो विवादित विषय अध्यादेशमा छ । सार्वभौम संसदलाई छलेर जस्केलाबाट प्रधानमन्त्रीले जारी गरेको अध्यादेशबाट भारतीय प्रधानमन्त्री मोदीको लाइन र आदेशमा गरिएको हैन भन्ने ठाउँ देखिदैन । यसबाट जसपाका महन्थ ठाकुर र राजेन्द्र महत्तोहरु खुशी भएपनि तराई र मधेशका भूमिपुत्रहरु भने अत्यन्तै दुःखी छन् । उनीहरु सीमा पारीबाट आएका भारतीयहरुको दवाव र प्रभावमा छन् । राष्ट्रपति विद्या देबी भण्डारीले २०७८ साल जेष्ठ ९ गते अध्यादेश मार्फत प्रमाणिकरण गरेका कारण नेपालमा भारतीयहरुको राजनीतिक, सांस्कृतिक रुपमा आक्रमण हुने ठहर राष्ट्रवादी नेपालीहरुले गरेका छन् । निकट भविश्यमा फिजीकरण हुने ठोकुवा गरेका छन् ।
उपदफा (४) मा “२०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु वा आमा दुबै नेपाली नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पुरा भएपछि बंसजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।”
अध्यादेश अनुसार गरिएको यहि संशोधनले झण्डै १० लाखले नेपालको नागरिकता पाउने अनुमान गरिएको छ ।
त्यसै गरी उपदफा (५)नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
यो अध्यादेश संसदबाट स्वीकृत भएमा देशलाई सिक्कीमीकरण र फिजीकरण गर्नमा लेण्डुप दोर्जीको नेपाली संस्करणका रुपमा केपी ओलीको नाम दर्ज हुनेछ ।
नेपाल भारतीयको रेमिटान्स ल्याउने देश मध्ये पाँचौं
नेपालमा २० औ लाख भारतीयहरु बिभिन्न काम गरी विश्वभर रहेका भारतीयहरुले वर्षेनी खबौ रुपैया लैजाने गर्दछन् । भारतकै एउटा अनुसन्धानका अनुसार भारतीय नागरिकले रेमिटान्स भित्राउने देश मध्ये नेपाल पाँचौं स्थानमा छ । काठमाडौंमा मात्रै झण्डै १० लाख भारतीयहरु कबाडीको समान बटुल्ने, निर्माणकार्यहरु गर्ने, तरकारी र फलफुल बच्ने, कपडा, दाल चामल र तेलको ब्यापार गर्नेलगायतका काममा आवद्ध छन् ।
फिजीकरण भनेको के हो ?
फिजि भन्ने देशमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गरियो । सन् १९८७ देखि १९९० सम्म फिजी राष्ट्र संविधान विहिन अवस्थामा रह्यो । यो संवैधानिक संकटको फाइदा उठाएर भारतले उक्त समयमा फिजीमा रहेका सबै भारतीय मुलका नागरिकहरुलाई नागरिकता दिनुपर्ने दबाब अनुसार फिजीमा जन्मेका जुनसुकै भारतीय नागरिकले नागरिकता पाउन सक्ने फिजीको संबिधानको धारा २० मा ब्यबस्था गरियो । सन् १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतीयहरु सन् १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुगे । नक्कली नागरिकताको आडमा भारतीय नागरिक महेन्द्र चौधरीले फिजीको चुनाव लडे । ७१ सिट रहेको फिजीको संसदीय चुनावमा ३७ सिट भारतिय मुलकाले जिते र भारतिय नागरिक महेन्द्र चौधरी फिजीको प्रधानमन्त्री बने ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता सम्बन्धी अध्यादेशको दिशा पनि यहि हो । महाकाली सन्धिको संसदबाट अनुमोदन गर्दाका समयमा भारतीय पक्षमा लबिङ गरेका ओलीले पाँच वर्ष अघि भने नागरिकता सम्बन्धी ऐन खुकुला बनाएर चकलेट बाडे सरह बाड्ने वस्तु होइन भन्दै मञ्चमा भाषण गरेका थिए ।