नेपाल बैंक अझै पुरानै ढर्रामा, चेक नम्बर इन्ट्रि नगरी चेक बुक वितरण
![](https://ediaryexpress.com/wp-content/uploads/2021/04/Nepal-Bank-1024x228.jpg)
काठमाडौं । देशमा अहिले २७ वटा वाणिज्य बैंकहरु छन् । ति मध्येका सबै भन्दा जेठो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड अहिले पनि कर्मचारीका कारण ग्राहकहरुलाई समस्या मात्रै थोपर्न उद्धत छ । नेपाल बैंकका कर्मचारीले केहि दिन अघि पनौति नगरपालिकाकालाई दिएको चेकमा चेक नम्बर नै इन्ट्रि नै नगरी पठाइदियो । चेक नम्बर नै इन्ट्रि नभएको चेक साटिदैन । उक्त चेक जम्मा गर्दा दर्जनौ ग्राहकहरुको रकम जम्मा भएन । बैंकमा चेक नम्बर ०११२०६८३…लगायतका केहि चेकहरु बैंकबाट इन्ट्रि नगरी पठाइएका हुन् । बैंकमा गम्भीर त्रुटि गरेका कर्मचारीलाई अहिले पनि नेपाल बैंकले स्पस्टीकरण समेत लिएको छैन ।
बैंकमा अहिले चेक जम्मा गर्ने समय मात्रै १५ दिनदिएको हुँदा अधिकांश व्यक्तिहरु जसले नगरपालिकासँग भुक्तानी लिएका थिए, उनीहरुले चेक नसाटिएपछि अनेक झण्झट ब्येहोर्न बाद्य भए । नगरपालिकासँग त्यसपछि मात्रै बैंकले आफ्नो गल्ति सच्चाएको छ । नेपाल बैंक लिमिटेड पनौति शाखाका प्रवन्धक गणेश भैलले बैंकमा समस्या परेमा सिधै फोन गर्न सक्ने भन्दै डायरी एक्सप्रेस साप्ताहिकका प्रतिनिधिलाई बैंकको भित्तेपात्रोमा बैंक मेनेजरका मोबाइल नम्बर देखाएपनि सर्वसाधारण मानिसहरुको पहुँचभित्र पुग्दैन । सवैसाधारणका लागि उक्त मोबाइल नम्बर बैंकको वेभसाइटमा पनि देखिदैन । साथै बैंकले सूचना अधिकारी र प्रवक्ताको मोबाइल नम्बरसमेत सर्वसाधारणको पहुँचमा पुग्ने गरी वेभसाइटमा प्रकाशन गरेको छैन ।
बैंकले गरेको गल्तिका सम्बन्धमा पनौति शाखाका प्रवन्धक भैलले आइन्दा त्यो खालको त्रुटी नदोहोरिने बताए पनि एक पछि अर्को काण्डमा बैंक फस्दै जाँदा सबैभन्दा पुरानो बैंक कतै बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि इट्टा टायल कारखाना, हेटौडा कपडा उद्योग, भृकुटी कागज कारखाना जस्तै अवस्था पो हुने हो कि भन्ने चिन्ता र चासो देखिएको छ । नेपाल बैंकलाई धारासायी बनाउने काममा म्याच फिक्सिङको काम पनि त्यहि भित्रकै कमचारीहरुले गर्दै आएको महसुस गरिएको छ । नेपाल बैंकका कर्मचारीका विषयमा नेपालका प्रथम चार्टड एकाउन्टेन्ट कुबेर शर्माले अन्तवार्तामा बताए जस्तै अवस्था अहिले पनि विद्यमान रहेको अनुभूति ग्राहकहरुले पाएको भुक्तमानबाट प्रमाणित भएको छ । तथापि नेतृत्वले कसरी लिने हो भविष्यले नै बताउँला ।