भीरबाट हाम्फाल्न खोजेका फरार व्यक्तिलाई प्रहरीद्वारा सकुसल उद्धार गरि नियन्त्रण लिन सफल
काठमाडौं । नेपाल प्रहरीलाई आफ्नो पेसामा स्वतन्त्र पूर्वक काम गर्न दिने वातावरणको सिर्जना गरी अनाआवश्यक राजनीतिक हस्तक्षेप नगर्ने हो भने जुनसुकै अवस्थाका विपद् व्यवस्थापनका समस्या र जहाँ सुकै पुगेका अभियुक्त वा दोषीहरु सहजै पक्राउ गर्न सक्छन् । एकदमै न्यून साधन र स्रोतको वावजुद पनि नेपाल प्रहरीले कुशलता पूर्वक काम सम्पन्न गरेको उदाहरणहरु धेरै छन् । यहि चैत्र एक गते काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका– ४ सुन्ताखाना बस्ने राज कुमार पण्डित क्षेत्री घरमा चोरी गरी फरार रहेका मकवानपुर जिल्ला हाडीखोला घर भई हाल काठमाडौ जिल्ला वसुन्धरा वस्ने ३६ को खन्ति भन्ने सुकलाल वाईवालाई महानगरीय प्रहरी वृत वौद्दवाट परिचालन भएको टोलीले खोजतलास गर्ने क्रममा आत्महत्या गर्न खोज्दा सकुसल उद्दार गरेको छ ।
हिजो आइतवार दुई बजेको समयमा गोकर्णेश्वर नगरपालिका– ४ उत्तरवाहिनी स्थित कान्ति भैरव मन्दिर नजिकै लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गर्न लाग्दा भागेको र प्रहरीले पछयाउदै जाने क्रममा गोकर्णको खोचको रुखमा चढी हाम फालेर मर्छु भने पश्चात वौद्द वृतका डिएपीको कमाण्डमा पुगेर उनलाई हाम नफाल्न र रुखवाट तल आउन आग्रह गर्दा नमानेकोले घटनाको बारेमा परिसर काठमाडौमा जाहेर गरेका थिए ।
त्यसपछि परिसर काठमाडौवाट डिएसपीको कमाण्डमा विपद व्यवस्थापनको उद्धार टोली परिचालन गरिएको थियो । त्यसपछि आत्महत्या गर्न लागेको वाइवालाई सम्झाई वुझाई सकुशल फर्काउनका लागी नेपाल प्रहरी अस्पताल मानसिक रोग विशेषज्ञ प्रा.प्रहरी उपरीक्षक डा. आशिष दत्तलाई उक्त संकटको अवस्था जानकारी गराई घटनास्थलमा तत्काल लगिएको थियो । डा. आशिष दत्तले आत्महत्या गर्न लागेका व्यक्तिलाई कुसलतापूर्वक करिव एक घण्टाको मनोपरामर्श पश्चात फर्काएका थिए । व्यक्ति फर्कन मानेकोले विपद व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गई वाइवालाई व्यक्तिलाई रुखवाट सकुशल उद्धार गरी माथि ल्याउन सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार वस्नेतले बताए ।
काठमाडौ प्रहरी परिसर, वृत्त वौद्द, नेपाल प्रहरी अस्पतालका मानसिक रोग विज्ञ र विपद व्यवस्थापनको उद्धार टोली समेतको समूहगत प्रयासमा करिव ४ घण्टाको अवधिमा उक्त व्यक्तिलाई सफतापूर्वक आत्महत्या गर्नबाट जोगाई उद्धार पश्चात कानूनी कारवाहीको दायरामा समेत ल्याईएको छ ।