देश संविधानबाट चल्छ भने पार्टी विधानले चलाउँनुपर्दछ
नेपाल कम्युनिस्ट पार्टी धेरै जना सर्वहारा र श्रमजिबी वर्गको रगत, पसिना र बलिदानीबाट बनेको छ । यो अवस्थामा ल्याउन धेरै मेहनत परेको छ । पार्टीमा मूख्य नारा नै श्रमजिबी र सर्वहारा वर्गको जसको लागि खानको लागि अन्न छैन र बस्नका लागि बास छैन, मान र सम्मान छैन भने तिनीहरुका निमित्त घरेलु प्रतिक्रियावादीहरुलाई परास्त गर्ने भन्ने थियो । तर, त्यसमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको पनि प्रभुत्व कायम थियो ।
समाजले अछुत बनाएको घरेलु प्रतिक्रियावादका विरुद्धका लागि हामीहरु खटेर कम्युनिस्ट पार्टीमा लाग्यौं । देशभरका नेताहरु कम्युनिस्ट पार्टीमा लागेर जनतालाई बाटो देखाए । सामन्तीहरुको अकुत सम्पत्ति सर्वहारा वर्गलाई बाड्नुपर्दछ । सर्वहारा वर्गलाई माथि उठाउनुपर्दछ भनेर लागियो समाजमा मानव भएर जन्मेपछि सबै जना सम्मानित भएर बस्नका लागि वातावरण हुनुपर्दछ । आम सर्वहारा र गरिबहरुले के खान्थे ? उनीहरुले राम्रो खाना पाउँदैनथे, राम्रो कपडा लाउन र घरमा बस्न सक्तैनथे । तिनीहरुकै हितको निमित्त कम्युनिस्ट पार्टीको स्थापना गरिएको हो ।
अहिले त्यो खालको अवस्था रहेन । कम्युनिस्ट पार्टीमा जनताको सेवा गर्नका लागि निस्वार्थ भावना हुनुपर्दछ । तर, माथिल्लो वर्गको अधिकार कटौति गरिएन । अहिले पनि हाम्रो नजरमा सबै कम्युनिस्ट नेताहरु ठीकै नै थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्लो अवस्थामा ठीक गरेनन् । हाम्रा समस्याहरु उठाएर बहुमत प्राप्त कम्युनिस्ट पार्टीको सरकार बन्यो । तर, यो सरकारको जनतामा जुन विश्वास हुनुपर्दथ्यो त्यो हुुन सकेन ।
कुनै बेला हामी दलितहरु मरेको सिनो खानुपर्दथ्यो । कोदोको रक्सी खानुपर्दथ्यो । त्यसैकारण दलितहरु पचास साथी वर्ष मात्रै बाच्थे । अहिले परिस्थिति बद्लिएको छ । पहिलाका जस्ता शोषणहरु त छैनन् । तथापि अर्का खालका शोषण र दमन कायमै छन् । हामीले बन्दुक नै उठाएर परिवर्तन गरेका हौं । तर, अहिले सत्ताको रसमा सन्दुक लिएर पुगेका छन् । जसका सामु सन्दुक छ तिनै मानिसहरु मन्त्री बन्न सफल भएका छन् । जब कुनै मन्त्रीले सांसदको कुरा मान्दैन, उसले जनताको काम कसरी गर्छ ? जनताको पीडा कसरी बुझ्छ ?
अहिले कोभिड–१९ का कारण कैयौको ज्यान गयो । किसानका लागि पक्षमा, छुवाछुतका विरुद्धमा, दलितका हत्या हुँदा र बलात्कारका घट्ना हुँदा कहाँ नारा जुलुसहरु भए ? यसरी अहिले पनि अत्याचार र हिंसा भएका छन् । कम्युनिस्ट पार्टीका सरकार बनेर त्यसको प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दथ्यो । किसान, गरिब र दलितहरुको अवस्था अहिले पनि उस्तै रहेको छ । चीनमा क्रान्ति भएर साम्राज्यवाद र सामान्तवादको उन्मुलन भएपछि अध्यक्ष माओले पाँचवटा विशेष काम गर्नुभयो ।
यस्ता थिए अध्यक्ष माओका प्रारम्भका कामहरु
क) देश विकासको काम
ख) जनताको स्वास्थ्यमा प्राथमिकता
ग) शिक्षामा जोड
घ) बेरोगारी समस्या हल
ङ) सुरक्षाको व्यवस्था
पार्टीमा अन्तरविरोध हुन्छ तर, पार्टीमै छलफल गरेर अन्तरविरोधको हल गर्नुपर्दथ्यो । अहिले कम्युनिस्ट पार्टीमा रहेर एक अर्काको कुरै नसुन्ने र देख्नै नचाहने अवस्थाको सिर्जना कसरी भयो ? राम्रो बोली नबोल्ने र व्यवहार पनि राम्रो नगर्ने गर्दा नेता प्रतिको विश्वास नै घट्न पुगेको छ । त्यसै कारण वाद विवादले केहि फाइदा हुँदैन । फेरी पनि एक जुट हुनुको विकल्प छैन । माधव नेपालसँग म पनि जेल परेको छु । केपी ओलीलाई जेलब्रेक गरी छुटाउन चार दिन हिडेर भोक भोकै झापा पुग्यौ । त्यसैकारण सबै नेताहरुलाई आग्रह गर्दछु जे भएपनि सबै जना नेताहरु एक जुट भएर राष्ट्र र जनताका लागि काम गर्नुपर्दछ ।
अहिले दशौ तलाको घर र गाडीहरु देखेर मेरो भन्नु नै बेकार छ । किनकी गाडीमा चढेर बाहिर जाँदा दूर्घट्नामा परियो भने घर हुनु र नहुनुमा कुनै अर्थ राख्दैन । देशको परिस्थितिका कारण हिजो शोषण र दमन गरेका तिनै व्यक्तिहरु हावी हुन्छन् ।
अहिलेको नेताहरु बीचको विवाद कुनै सैद्ध