April 19, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

नेकपा ‘रेट्रोफिटिङ’का लागि उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमका तीन माग

वामदेव गौतम संयोजक, नेकपा एकता राष्ट्रिय अभियान, उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)


काठमाडौं । नेकपाका उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टीलाई जोगाउनका लागि तीन माग अघि सारेका छन् । हिजो फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीद्वारा संघीय संसदको प्रतिनिधि सभा विघटनका विरुद्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरिदिएपछि संयोजक गौतमले आज १२ गते एक विज्ञप्ती जारी गर्दै उक्त माग अघि सारेका हन् । एकता अभियानका संयोजक गौतमले जारी विज्ञप्तीमा भनेका छन् “संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको छ ।
यो दिन हाम्रो सम्मानीत सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गरको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ । आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान कÞानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै उपाध्यक्ष गौतमले प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु संयोजक गौतमले जनाएका छन् ।


संयोजक गौतमको तीन माग
१) सम्माननिय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्छ ।
२) प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजिनामा दिनु पर्छ ।
३) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष कमरेड केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित केन्द्रीय ार्यालयमा वोलाउन अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.