नयाँ ट्याक्सी दर्ताको सिफारिस पछि महानिर्देशक सरुवा
![](https://ediaryexpress.com/wp-content/uploads/2021/02/Goganji.jpg)
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमाल
काठमाडौं । काठमाडौंका सडकमा वर्षको ६ पटक रंग लगाउँदै हिड्ने मन्त्री बसन्त नेम्बाङले ट्याक्सीको नयाँ दर्ता खोल्न आनाकानी गरिरहेका छन् । मन्त्रीभएपछि काठमाडौंको धुलो धुवा हटाएको भन्दै आफै प्रचार गरेका नेम्बाङले अहिले चुवावी खर्चको जोहोका लागि भन्दै नयाँ नयाँ शिर्षक र मिसन ल्याएर उठन्तीमा लागेका छन् ।
यहि २०७७ साल माघ २७ गते नयाँ ट्याक्सीको दर्ता गरी सिण्डिकेट तोड्न मन्त्रालयमा सिफारिस गर्ने बित्तिकै यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमाल सरुवा गरिए । ट्याक्सी व्यवसायमा २९ वर्ष देखि सिण्डिकेट लगाइएको छ । त्यहि तोड्ने प्रयत्न गरेका महानिर्देशक हमाल अन्ततः यातायात व्यवसायीका नेताहरुको तारो बनेका छन् । यस विषयमा सरुवा गरिएका महानिर्देशक गोगन हमाललाई सम्पर्क गर्दा उनले आफ्नो मोबाइल उठाएनन् ।
त्यसै गरी ७९६ सीसीका ट्याक्सी बेचेर एकलौटी बजार कब्जा गरिरहेकाहरुको पनि उनलाई हटाएर नयाँ महानिर्देशक बनाउन पहल गरेका थिए । अहिले महानिर्देशकमा हेटौडा उपमहानगगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरे सरुवा भएका छन् ।
अहिले ट्याक्सी व्यवसायमा चौधरी ग्रुपको एकलौटी व्यवसाय चलिरहेको छ । बजारमा ७९६ सिसीका ट्याक्सीबाट यात्रुलाई सेवा दिँदा कमसल सेवा प्राप्त गरेको भन्दै सरकारलाई लक्जरी ट्याक्सी खरिद गर्नुपर्ने माग बढेको छ । लक्जरी ट्याक्सी खरिदका लागि २०७६ साल भाद्र ३० गतेको मन्त्रीपरिषद् बैठकले १२ सिसी भन्दा कमको ट्याक्सीमा दर्ता गर्द नदिने बताइएको थियो यसरी चौधरी ग्रुपका गाडी नै नबिकेपछि अहिले २०७६ साल मंसिर ४ गते नै २० वर्षे पुरानो ट्याक्सीको स्क्राइव गरेको नम्बर प्लेटमा ७९६ सीसीको गाडी दर्ता नगर्नु भनेर यातायात व्यवस्था विभागका महानिर्देशक गोमन हमालले परिपत्र नै गरेका थिए ।
त्यसपछि ट्याक्सी व्यवसायी र चौधरी ग्रुप पनि महार्दिेशक हमालसँग आगो भएका थिए । नयाँ ट्याक्सी दर्ताका लागि मापदण्ड परिवर्तन गर्न नमानेपछि उनलाई सरुवाका गर्न भन्दै ट्याक्सी व्यवसायीहरु, अवैधानिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य र मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण वस्नेत पटक पटक मन्त्री र सचिव सामु हारगुहार गरेका थिए । मिडियामा सरकारले नै सिण्डीकेट लगाएको हो भन्दै आएका व्यवसायीहरु भित्रीरुपमा भने सिण्डीकेटका लागि लबिङ गरिरहेका थिए ।
काठमाडौं उपत्यकामा २०५७ साल जेठ १७ गते देखि नयाँ ट्याक्सीको दर्ता बन्द गरिएको छ । दर्ता बन्द हुँदा काठमाडौं उपत्यकामा ट्याक्सीहरुको संख्या ७५०० वटा दर्ता गरिएका थिए । ति मध्ये पाँच हजार ६ सय पचास पेट्रोलबाट सञ्चालित थिए, भने १८५० वटा डिजेलबाट सञ्चालित थिए । डिजेलबाट सञ्चालित ट्याक्सीहरु दुई वर्ष पनि नचलि थन्किएर बसे । त्यसै गरी २०७२ साल जेठ २८ गते १८५० वटा ट्याक्सीको दर्ता खोलिएको थियो । २०७२ साल चैत्र २१ गते एक हजार पाँच सय ट्याक्सीको दर्ता खोलियो । अहिले २० वर्षे पुराना ट्याक्सीको स्क्राइव गरेका नम्बर प्लेट १० देखि ११ लाखमा खरिद विक्री हुँदै आएको छ ।
२०५७ साल पनि काठमाडौंको जनसंख्या दोब्बर भएपनि ट्याक्सीहरुको संख्या भने घट्दो अवस्थामा छ । अहिले सबै गरी नौ हजार मात्र छन् । यसरी ट्याक्सीमा नत मिटरमा हिड्छन् नत भनेको ठाउँमा नै यात्रुलाई सेवा दिन्छन् । एयरपोर्टमा सञ्चालित २०७ वटा हरियो प्लेटका ट्याक्सीहरुले पनि मिटरमा यात्रु बोक्दैनन् । हरियो प्लेटका ट्याक्सीहरुको दर्ता २०५० साल देखि नै खुलेका छैनन् । अहिले पनि ट्याक्सी सञ्चालनका लागि काठमाडौं उपत्याकामा मात्रै अनुमति दियएको छ । साथै ७ वटै प्रदेशमा ट्याक्सी सेवा बन्द रहेको छ ।
यातायात क्षेत्र सुधार अभियन्ता प्रेम बहादुर थापा भन्छन् ‘सरकारले नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्नुपर्दछ । साथै ट्याक्सी किनेर ब्यवसाय गर्नेहरुले पनि रोजगारीको अवसर प्राप्त गर्दछन् । साथै यात्रुहरुले पनि खर्च गरिसकेपछि राम्रो सेवा सुबिधा भएका ट्याक्सीहरु चढ्न पाउनेछन् ’ । २०६९ सालमा एकान्तकुनामा रहेको यातायात कार्यालय बागमतीले तत्कालै लग्जरी ट्याक्सी पाँच हजार ट्याक्सीको दर्ता खोल्नुपर्ने प्रस्ताव गरेको थियो । २०७० सालको दोस्रो संविधानसभापछि त्यतिकै सेलाएर गयो ।
कबाडी ट्याक्सीले पर्यटन व्यवसायीहरु नै मर्कामा
विदेशबाट आउने पर्यटकहरुलाई हाल सञ्चालित ट्याक्सीहरुले सेवा सुबिधा सहज रुपमा दिने सक्ने अवस्थामा छैनन् । साथै नचढ्दै १४ रुपैया उठ्ने । प्रतिकिमी ३९ रुपैया पर्न आउँछ । यसरी यात्रुले भनेकै ठाउँमा जान नखोज्नु जस्ता समस्या रहेका छन् ।