प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद भंग गर्नुभएको छ, अदालतले उचित निर्णय गर्नेछ
बाबु नोइन्द्र बहादुर खाँण र आमा टोप कुमारी खाँणबाट वि.स. २०१७ साल असार १८ गते गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको साबिक मल्याङकोट गाविस–८ मा जन्मनुभएका बालकृष्ण खाँण बिघटित प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक हुनुुहन्थ्यो । राजनीतिक शास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तर खाँण वि.स. २०३३ साल देखि नै राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा २०४५/०४६ सालको आन्दोलनताका निकै चर्चित खाँण पटक पटक गरी दुई वर्ष जेल जीवन बिताउनुभयो । उहाँ नेपाल तरुण दलको अध्यक्ष, रक्षामन्त्री र यस अघि पनि पटक पटक सांसदसमेत हुनुभयो । उहाँसँग राजनीतिका समसामयिक विषयमा कार्यकारी सम्पादक नारायण प्रसाद शर्माले गरेकोे विशेष वार्ताः
० नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक विवादका कारण गत पुष ५ गते प्रधानमन्त्री ओलीले संघीय संसदको विघटन गरे । तपाईले यसलाई कसरी लिनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारका प्रधानमन्त्रीमा केपी ओलीले नियुक्ति भएकै दिनबाट संविधानमाथि नै प्रहार गर्न सुरु गर्नुभयो । सबै भन्दा पहिला सूचना विधेयक ल्याउनुभयो । जुन हाम्रो संविधानमा उल्लेख गरिएको विचार, वाक स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको बर्खिलापमा नियन्त्रण गर्न लाग्नुभयो । त्यसरी नै राजधानीमा भेला हुने, सहमति र असहमित जनाउने ठाउँहरु रत्नपार्क, माइतीघर मण्डलालगायतमा भेला हुन नपाइने भन्दै सरकारले उर्दि नै जारी ग¥यो । त्यसै गरी नेपालको ज्यादै पुरानो संस्कृति र परम्परा स्थापित भएका गुठीलाई नियन्त्रण गर्न विधेयक ल्याउनुभयो । अन्तर्राष्ट्रिय मानवअधिकारको सन्धि र महासन्धिको बर्खिलापमा संविधानको बिपरित मानव अधिकार आयोग, राष्ट्रिय सुरक्षा विधेयक र पछिल्लो पटक संवैधानिक परिषद्को संशोधन सम्बन्धी अध्यादेश पनि जारी गर्न लगाउनुभयो । यहि क्रममा उहाँले संघीय संसदको विघटन गर्नुभयो । जुन संविधान र संवैधानिक प्रावधानको बिपरिते छ । प्रधानमन्त्री ओलीले नेकपाको बहुमतको सरकार बनाएपछि संविधानको रक्षा, आम नेपाली जनतको जीवन र मौलिक अधिकारको रक्षा गर्नुपर्नेमा संविधानको मर्म र भावनामा प्रहार गर्नुभयो । वहाँहरुलाई संघीय गणतन्त्रमा पनि रुचि छैन । साथै लोकतन्त्रको मूल्य र पद्धतिमा पनि अन्तरहृदयले स्वीकार गर्न सकेको अवस्था छैन । अहिलेको हाम्रो संविधान बहुलबादमा आधारित लोकतान्त्रिक शासन व्यवस्था र संघीय गणतन्त्र संविधानका मूल आधारहरु हुन् । ती आधारहरु प्रति नै प्रधानमन्त्री र उहाँको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा गम्भीर छैन । यी कुराहरु आम मानिसले स्वीकार गरेका कुराहरु हुन् ।
० सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा सदर गरिदियो भने निर्वाचन हुन सक्ला ?
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले अंगिकार गरेको छ । त्यसैकारण पनि हाम्रो न्यायपालिका कार्यपालिकाको छायाँका रुपमा होइन, स्वतन्त्र न्यायपालिकाको रुपमा चित्रण हुनुपर्दछ । प्रधानमन्त्रीले जसरी असंवैधानिक ढंगले संसद भंग गर्नुभएको छ । त्यसमा अदालतले उचित निर्णय गर्नेछ भन्ने मलाई लागेको छ ।
० संवैधानिक निकायमा नियक्तिका लागि पनि अध्यादेश ल्याउनुभयो । तर, पनि नेपाली कांग्रेसले सशक्त रुपमा विरोध गर्न सकेन नि ?
अध्यादेशका नाममा संविधान संशोधन गरिनुलाई संविधानमा भएको व्यवस्थालाई कमजोर बनाउनु नै हो । त्यसैकारण पहिला पटक र दोस्रोपटक अध्यादेश ल्याउँदा पनि नेपाली कांग्रेस पार्टीले असंवैधानिक भनिरहेको छ ।
० तपाई २०४५ /०४६ सालको चर्चित विद्यार्थी नेता हुनुुहुन्छ । तथापि पार्टीको नेतृत्वमा आउन अझै सक्षम हुनुभएको छैन नी । यसरी कहिलेसम्म पुस्तान्तरण होला ?
नेपाली कांग्रेसको प्रतिनिधि छनौट र चयन महाधिवेशन प्रतिनिधिले नै गर्ने हो । चौधौ महाधिवेशनमा पनि युवाहरुको बाहुल्यता हुन्छ भन्ने मलाई लाग्छ ।
० पार्टीमा त युवाहरुको बिचार र मत त कमजोर देखिन्छ नि ?
नेपाली कांगेस नेपालको सबैभन्दा पुरानो पार्टी हो । सबै राजनीतिक पार्टीहरुको पनि पार्टी हो । किनकी नेपाली कांग्रेसका स्थापना हुँदा कुनै पनि पार्टीको अस्तित्व थिएन । यसरी नेपाली कांग्रेस पार्टीमा २००७ साल, २०१७, २०३६ र २०४६ सालको पुस्ता पनि छ । यसरी नेपाली कांग्रेस वि.स.२००७ सालको आन्दोलनमा होमिएका हजुरबाको पुस्ता र नातीहरुको समिश्रणबाट खारिएको पार्टी हो । त्यसै सबै पुस्तालाई मिलाएर अघि बढाउनुपर्दछ भन्ने नेपाली कांग्रेसको मूल मान्यता पनि हो । तर पनि नेतृत्वको हकमा अहिलेको चुनौतिलाई सामना गर्न सक्ने, पार्टीको आन्तरिक व्यवस्थापनलाई सुधार्न सक्ने र बाँकीलाई पनि जनताप्रतिश सशक्त र उत्तरदायी बनाउन सक्ने त्यसखालको नेतृत्व आओस् भन्ने महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्ताहरुको धारणा देखिन्छ ।
० आगामी भदौमा नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न होला ?
हामीले जसरी पनि भदौ महिनामा महाधिवेशन गर्नैपर्दछ । त्यसका लागि हाम्रो चुनौति, कर्तव्य र उत्तरदायित्व पनि हो । मुलुकको विधि विधान र पार्टीको विधानले पनि आगामी भदौमा त महाधिवेशन गर्नैपर्दछ ।
० तपाईले रक्षामन्त्रालयको जिम्मेवारी पनि सम्हालीसक्नुभयो । अहिले प्रधानमन्त्री ओलीले संकटकाल पनि लगाउने सक्नेतर्फ ध्यानाकर्षण गरिरहेका छन् । तपाईलाई कस्तो लाग्छ ?
वास्तवमा केपी ओलीजीलाई धेरै ठूलो अवसर थियो । संविधान जारी भएपछिको पहिलो निर्वाचनमा उहाँको गठबन्धनले सहज बहुमत प्राप्त गरेको थियो । साथै अन्य दलहरु मिलाएर सरकारमा सामेल गराएर दुई तिहाई नै पु¥याउनुभएको थियो । दुई तिहाईको सरकारलाई उहाँले मुलूक एक ढिक्का बनाउने, परिवर्तनलाई आत्मसात गर्ने, जनताको घर दैलोमै सिहंदरबारका साच्चिकै सेवा र सुबिधाहरु पु¥याउने र नेपाललाई समृद्धिको दिशामा लैजान, लोकतान्त्रिक शासन व्यवस्था, संसदीय शासन प्रणाली, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउने काममा उहाँ गम्भीर रुपमा चुक्नुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाको कम्युनिस्ट सरकार मात्रै होइन, कम्युनिस्ट प्रणाली नै बनाउन खोज्नुभयो । जुन हाम्रो देश नेपालमा कुनै हालतमा सम्भव छैन । त्यस भन्दा अगाडि पनि निरंकुशताका दिशामा अघि बढेका कदमहरुलाई नेपाली जनताले तिरस्कार गरिरहेका छन् । कम्युनिस्ट अधिनायकबादमा प्रधानमन्त्री ओलीले डो¥याउनु भयो । जुन उपलब्धी संविधानको दुरुपयोग गरेर संकटकाल लगाउनुभयो भने आफ्नै खुट्टा माथि बन्चरो हान्नु सरह नै हो । लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीले संकटकाल घोषणा गर्नुभयो भने कुनै पनि पार्टीले स्वीकार गर्ने छैनन् । एक ढिक्का भएर लोकतन्त्रको समर्थन, जनअधिकार र मानवअधिकारको समवद्र्धनमा लाग्नेछन् । त्यसपछि ओलीका विरुद्धमा आधिबेहरी नै आउनेछ । त्यो आधिवेरीले हिजोका निरंकुस शासकहरुलाई फाले जस्तै ओलीलाई फाल्नेछ । मैले ओलीजीलाई त्यस्तो भूल नगर्नुहोस् भन्न चाहन्छु ।
० प्रधानमन्त्री ओली निकट नेताहरुले संघीयता र धर्मनिरपेक्षता पनि खारेज गर्नुपर्दछ भन्दै छन् नी । तपाईलाई यो भनाई कस्तो लाग्छ ?
प्रधानमन्त्री ओली झनै संविधानमा उभिएर प्रधानमन्त्री बन्नुभएको हो । हामी सबैको दायित्व नै संविधानको रक्षा गर्ने हो । संविधानमा केहि कमजोरी छन् भने संशोधन गर्न पाईन्छ । तात्पर्य संविधानलाई नै छत विक्षत पारेका छन् र संघीय गणतन्त्र, लोकतन्त्र हाम्रो संविधानको आधारशीला नै हो । त्यसै नै सबै भन्दा पहिला ओलीजीले नै ठूलो मूल्य चुकाउनुपर्दछ ।
० संविधानतः पछिल्लो समयमा पनि उपसभामुखको समयमै निर्वाचन गर्न आवश्यक थियो । तथापि लामो समय देखि निर्वाचन नै भएन । एक पछि अर्को गरी अध्यादेशबाटै संविधान संशोधन गरी संवैधानिक निकायहरुमा अध्यक्ष, सदस्य र प्रमुख आयुक्त र आयुक्तसहित ३२ जना आसेपासेलाई भरखरै नियुक्ति दिलाउँनुभयो । नेपाली कांग्रेस के गर्दै छ त ?
राजा महेन्द्रले पनि जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला र निर्वाचनबाट गठन भएको प्रतिनिधिसभालाई भंग गरी शासन हातमा लिनुभयो । तथापि हामीले त्यो शासन फाल्नका लागि केहि समय लाग्यो । साथै राजा महेन्द्रको कदम उपयुक्त थिएन भनेर पछि धेरै मानिसहरुले थाह पाए । कालान्तरमा त्यो समूहले पनि महेन्द्रको रक्षा गर्न सकेन । त्यसै गरी राजा ज्ञानेन्द्र पनि नेपाली जनता र जनआन्दोलनको बलमा नागर्जुनमा जानुपर्ने भयो । अहिले ओलीजी महेन्द पथ वा ज्ञानेन्द्रको पथमा लम्किरहँनु भएको छ । उहाँको हालत पनि त्यहि नै हुन्छ ।
० प्रधानमन्त्री ओलीले तपाईको गृहजिल्ला रुपन्देहीको बुटवलमा र शनिवार विराटनगरमा विशाल जुलुसको प्रदर्शन गरिएकाले सबै जनताले समर्थन गरेको भनेर भन्नुभएको छ नि ?
तत्कालिन राजा ज्ञानेन्द्रले शक्ति र सत्ता हातमा लिएर राजा आफै नै प्रधानमन्त्री भएको अवस्थामा पूर्व पश्चिम सबैतिर ठूला ठूला आमसभा गर्नुभयो । सरकारी ल्याकतमा बाद्य बनाइएका भीडले कुनै पनि विचार र आस्थालाई समाप्त गर्न सक्दो रहेनछ । भन्ने कुराको त केहि वर्ष अगावै नेपालमा देखिइसकिएको छ । ओलीजीको हालत पनि त्यस्तै नै हुन्छ ।
० अन्तमा केहि भन्नु छ कि ?
तपाईको मिडियाको सूचना र सञ्चारमा प्रभाव बढिरहोस् । पत्रिका पनि जीवन्त रहोस् । जहाँ प्रजातन्त्र सबल हुन्छ त्यहाँ पत्रकारिता सफल हुन्छ । जहाँ पत्रकारिता सबल हुन्छ, त्यहाँ लोकतन्त्रको भविश्य हुन्छ । पत्रकारिता र लोकतन्त्र एक खालका अन्यास्रोसित पुरक विषयहरु हुन् । एउटै सिक्काका दुई पाटा हुन् । लोकतन्त्रको समद्र्धनमा लागौं र स्वतन्त्र पत्रकारितामा पनि हामी सबै लागौं ।