February 12, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

कौडीको भाउँमा लिजमा लिँदा पनि भाडा छुट लिने लबिङमा ल्होत्से सहकारी


काठमाडौं । वि.स.२०४० सालमा नयाँ बसपार्कको १४७ रोपनी जग्गा जनतासँग अधिकरण गरिएको थियो । २०४२ साल देखि जापन सरकारले जाइका मार्फत निर्माण सुरु गरिएको यो नयाँ बसपार्कमा २०४९ सालमा पूर्णरुपमा काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
वि.स.२०५४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बनेका केशव स्थापितले खुला प्रतिस्पर्धा बिनै ल्होत्से सहकारीलाई ४५ वर्षका लागि लिजमा दिए । यसरी १४७ रोपनी मध्ये ६५ रोपनी जग्गामा बसपार्कको रुपमा सञ्चालन गरिएको छ । १५ रोपनी जत्ति जग्गा व्यक्तिका नाममा दर्ता गरिइसकिएको छ । बाँकी जग्गामा ल्होत्से सहकारीले घर बनाएर भाडा असुल गर्दै आएको छ । यसरी अहिले ल्होत्से सहकारीले मासिक रुपमा १० हजार देखि पाँच लाखसम्म लिने गरिएको छ । अहिले ल्होत्से सहकारीले खाली सटर तीन महिनासम्मका रकम लिएर अग्रिम बुकिङ गर्ने गरिएको छ । यात्रुले काटेको बस टिकटमा पनि ल्होत्सेलाई २० प्रतिशत कमिसन दिनुपर्ने हुन्छ । स्थानीय स्तरमा चलेका गाडीहरुको दैनिक शुल्क दुई सय लिने गरिएको छ । तर, लामो रुटको गाडीहरु बसपार्क भित्र छिर्ने बित्तिकै ६ सय तिनुपर्ने हुन्छ । यसरी दैनिक करोडौको उठन्ती गरेपनि ल्होत्सेले काठमाडौं महानगरपालिकालाई वार्षिक रुपमा जम्मा ९० लाख दिदैं आएको छ । सरकारी जग्गा व्यक्तिको नाममा धमाधम दर्ता गरिँदा पनि महानगरपालिका कर्मचारी र जनप्रतिनिधिहरु अनुगम नगरी कानमा तेल हालेर बसेका छन् ।
नेपाल सरकारले चैत्र ११ गते देखि चार महिनासम्म लकडाउन गरेका कारण र लामो दूरीका गाडीहरु असोज एक गतेसम्म बन्द गरिएको हुँदा ल्होत्से सहकारीले छ महिनाको छुट दिनुपर्ने भन्दै लबिङ गरिरहेको छ । कौडीको मूल्यमा सरकारी जग्गा लिजमा दिएको काठमाडौं महानगरपालिकाले कुनै हालतमा भाडा छुट दिन नहुने बताउँछन् अभियन्ता प्रेम बहादुर थापा । किनकी उक्त जग्गा अन्य कसैलाई भाडामा दिएको भए वार्षिक तीन करोड भन्दा बढि आय हुने थियो ।
अहिले ल्होत्से सहकारीका अध्यक्ष दिपक कुँवरले अवैध महासंघका नेताहरु योगेन्द्र कर्मचार्य, विजय स्वार, डोलनाथ खनाल, होम प्रसाद अधिकारी, भरत नेपाल लगायतले ल्होत्सेसँग मासिक र वार्षिक रुपमा चन्दा असुली गरिरहेका छन् ।
खुला प्रतिस्पर्धा बिनै ल्होत्सेलाई लिजमा दिएको खुलासा
ल्होत्से सहकारीलाई तत्कालिन मेयर केशव स्थापितले खुला प्रतिस्पर्धा बिनै ४५ वर्षका लागि लिजमा दिएका थिए । नयाँ बसपार्क बनाउने विषयमा कलंकीमा सार्ने पहिलो रोजाईमा रहेको भए पनि अर्जुन नरसिंह केसी, राम चन्द्र पौडेल, रघुबिर महासेठहरुले गंगबुमा बनाउने सहमति गरेका थिए । यसरी अहिले ल्होत्सेले यातायात व्यवसायीसँग २० प्रतिशत कमिसन लिने हुँदा यात्रु थप महंगीको मारमा परेका छन् । बसपार्कमा व्यवस्थापन नभई कमिसनकै खेलमा राजनीतिक दलका नेताहरु र महासंघका पदाधिकारीहरु लागि परेको आरोप लाग्ने गरेको छ ।
कमिसन नमिल्दा मुद्दा
सार्वजनिक यातायात केन्द्रीय महासंघले काठमाडौं महानगरपालिकाले कौडीको मोलमा ल्होत्से सहकारीलाई लिजमा दिइएको भन्दै मुद्दा दायर गरे ।यो महासंघका अध्यक्ष होम प्रसाद अधिकारी हुन् । उनलाई मुद्दा फिर्ता गराएर लेन देनमा मिलाउँने प्रयास गरेका थिए । अधिकारीले तर, पनि उनी समेत पैसा नै बार्गेनिङ गरेको बताउँछन्, यातायात क्षेत्र सुधारका अभियन्ता प्रेम बहादुरथापा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.