October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

काठमाडौंमा खानेपानीको अवस्था र केयुकेएलको आगामी यात्रा

मिलन कुमार शाक्य, प्रमुख कार्यकारी अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड



पानी हाम्रो जीवनमा दैनिक आवश्यक पर्ने वस्तु हो । अहिले काठमाडौं उपत्यकामा खानेपानीको ४३ करोड लिटरको दैनिक रुपमा माग भएपनि मुस्किलले आठकरोड लिटर पानी आपुर्ति भइरहेको छ । जसको कारणले हाम्रा दुई लाख तीस हजार ग्राहकहरुलाई प्रयाप्त मात्रामा पानी दिन सकिरहेका छैनौं । हामीले नौ दिनको अन्तरमा मात्रै पानी दिँदै आएका छौं । कतिपय ठाउँमो तीन दिनको अन्तरमा पानी दिँदै आएका पनि छौं । त्यसलाई पनि हाम्रो राम्रो सेवा भन्न बाद्य भएका छौं । जबकी खानेपानी भनेको चौबिसै घण्टा आपुर्ति गर्नुपर्दछ । हाम्रा कर्मचारी र ग्राहकहरुको आशा र भरोसा भनेकै मेलम्चीको पानी हो । मेलम्चीको पानी छिटो आएपछि मात्रै कम्पनीको आर्थिक अवस्था सुदृढ हुनेछ । कर्मचारी युनियनका मागहरु पनि तुरुन्तै सम्बोधन हुन सक्तछ । ‘हाम्रा आम पभोक्ताहरुले पनि केयुकेएलका कर्मचारीहरु धेरै नै मेहनत गरी रातो दिन खटिरहेका छन्, घर दैलोमा आए पनि पानी नै नभएका कारण आपुर्ति सहज बनाउन सकिरहेका छैनन् । तर, पनि निर्धारित रुपमै पानी दिने प्रयास गरेको देखिन्छ भन्ने आशा र विश्वास लिएर बसेको देखिन्छ । मेलम्चीलाई अहिले सबैको आशा भरोसा र विश्वासकै रुपमा रहेको छ’ । अहिले हाम्रा मन्त्रालयको मन्त्रीमा मणिचन्द्र थापा नियुक्ति भएर आउनुभएपछि पटक पटक बोलाएर मेलम्चीको तयारी कसरी गरिँदैछ ? साथै सुख्खा मौसममा खानेपानीको आपुर्तिका लागि कसरी व्यवस्थापन गरिँदैछ ? भनेर पटक पटक जानकारी लिनुभएको छ । यसरी मन्त्रीले नै निकै चासो राखेर महत्वका साथ हेरिरहँनुभएको छ । हामीले अहिले कम्पनीका योजना र रणनीतिहरु शेयर गरेका छौं । साथै प्राप्त निर्देशनहरु परिस्कृत गरेर अघि बढेका छौं ।
के के छन् केयुकेएलका आगामी योजनाहरु ?
सुख्खा मौसम व्यवस्थापन
अहिले सुख्खा मौसम भएका कारण यसको व्यवस्थापनका लागि हामी लागिरहेका छौं । हामीकहाँ पानीको माग ४३ करोड लिटर भएपनि आपुर्ति मात्रै आठ करोड छ । यसै अनुसार काठमाडौं उपत्यकाका बिभिन्न क्षेत्रहरुलाई पानी आउने क्षेत्रलाई ग्रिन जोन, कम पानी आउने क्षेत्रलाई एल्लो जोन, आउँदै नआउने क्षेत्रलाई रेड जोन र न्यून आय भएका क्षेत्रहरु जसले पानी किन्न पनि नसक्ने र धारा लिन पनि नसक्ने अवस्थामा रहँनेहरुलाई ब्लु जोन भनेर क्षेत्र विभाजन गरेका छौं । हाम्रा प्राविधिक टोलीहरु फिल्डमा खटेर कहाँ कति पानी आउँछ ? त्यसको कसरी आलोपालो मिलाउन सकिन्छ ? भनेर समय तालिकामै पानी दिने निर्धारित तालिका बनाएका छौं । त्यसै गरी पानी नै नजाने ठाउँका लागि हामीले विशेष व्यवस्था मिलाएका छौं । यसरी सुख्खा ठाउँका चोक चोकमा पाँच हजार लिटरका ट्याङ्कीहरु वडा सदस्य, अध्यक्ष र उपभोक्ताहरुको समन्वयमा काम गर्न सकिन्छ, त्यस खालका ट्याङ्की जडान गर्न नसक्ने ठाउँहरुमा पाइप नै जडान गर्न मिलेको अवस्थामा इन्जेक्ट प्वाइन्ट जडान गरेर ट्याङ्करबाट पानी हालेर पठाउने व्यवस्था मिलाउने छौं । अहिलेसम्म यस प्रकारका ट्याङ्कीहरु १३० वटा छन् । त्यसमा ३० ठाउँ थपेर १६० ठाउँमा पानीको वितरण गर्ने योजनामा छौं । यसै गरी अहिले ११० ठाउँमा इन्जेक्ट प्वाइन्टहरु छन् भने ३० ठाउँ थप गरी १४० ठाउँमा पु¥याइने छ ।
यसरी व्यस्थापन गर्ने क्रममा कुन ठाउँमा कुन समयमा पानी आउँछ ? भन्ने कुराको ग्राहकहरुलाई जानकारी नभएर समस्या परेको हुँदा मन्त्रीज्यूबाटै निर्देशन भएर हरेक शाखामा आ–आफ्ना फेसबुक खोल्ने र त्यसमा पानी आउने समय तालिका, मर्मत गर्दा, पानी वितरण गर्दा बाधा पुगेका सूचनाहरु फेसबुकमा जनाउँ दिने, समय तालिका परिवर्तन भएको छ भने त्यसमा पनि सूचना दिने काम गरिएको छ । यसरी वडा अध्यक्ष, सदस्य लगायतका जनप्रतिनिधिहरुसँग सम्पर्क गरी छिटो भन्दा छिटो जानकारी दिने निदेशन अनुसार नै शाखाहरुमा फेसबुक एकाउन्ट खोल्ने काम भइसकेको छ । यसै गरी सूचनाहरु कम्पनीका वेभ साइटमा पनि राख्ने गरिएको छ । साथै पत्रपत्रिकामा पनि प्रकाशन गर्ने गरिएको छ । हाम्रा कर्मचारीहरुले पनि नजिकका ग्राहकहरुलाई यसको जानकारी गराउँदै आएका छन् । यसरी हामीले मेहनतपूर्वक पठाएको पानी ग्राहकहरुलाई पठाएको पानी जानकारी होस् भनेर नै सूचनाहरु सम्प्रेषण गरिरहेका छौं । चुहावट, मर्मत र प्रदुषणलाई पनि विशेष प्राथमिकतामा राखेर सडक खन्ने स्वीकृति पाएको ४८ घण्टाभित्रमा मर्मत गर्ने तयारी गरिएको छ । यसका लागि चाहिने सामानहरु, जनशक्तिहरु, निर्माण व्यवसायीहरु तयारी गरी मौजुदा सूचि बनाएका छौं ।
पानीको उत्पादन कुनैं उपयाबाट बढ्छ भने बढाउने गरी डिप ट्युबेलहरु मर्मत गरेका छौं । गत वर्ष हामीले २० वटा ट्युबेल बनाउँदा ६० लाख लिटर थप पानी प्रति दिन उत्पादन गरिएको थियो । यसरी थप गर्ने काम पनि अघि बढाएका छौं । त्यसै गरी १० वटा नयाँ ट्युबेल निर्माण गरेर करिब तीन करोड लिटर दैनिक पानी उत्पादन गर्ने योजनामा काम भइरहेको छ । यी कामहरु कसरी भइरहेका छन् भन्ने कुराको पनि निरन्तर रुपमा अनुगमन गर्न जरुरी छ । त्यसैले शाखागत रुपमा पनि फिल्डमा खटिएर अनुगमन गरिएको छ । साथै काठमाडौं उपत्यका खानेपानी बोर्डबाट पनि अनुगमन कार्य भइरहेको छ । साथै कतिपय अनुगमनहरु संयुक्त रुपमा पनि भइरहेका छन् ।
मेलम्ची खानेपानीको वितरण तयारी कस्तो छ ?
जब मैले केयुकेएलमा प्रमुख कार्यकारी अधिकृतको रुपमा १६ महिना अगाडि जिम्मेवारी सम्हाल्ने पाएँ । मेरो पहिलो काम नै मेलम्चीको खानेपानीका लागि कसरी व्यवस्था गर्ने भन्ने थियो । कसरी ग्राहकहरुको धारा धारामा पानी जान्छ ? त्यो सुनिश्चितता हामीले गर्नुपर्ने हुन्छ । त्यसका लागि सम्बन्धित निकायहरु थुप्रै छन् । सर्वप्रथम मेलम्ची खानेपानी आयोजना जसले सुन्दरीजलसम्म पानी ल्याउने छ । त्यसपछि आयोजना कार्यन्वयन निर्देशनालय जसले सुन्दरीजलसम्म आएको पानीलाई नयाँ पोखरीहरुमा भर्ने, नयाँ पाइप लाइनहरुमा घर घरमा पानी पठाउने यो काम काम गर्छ । सुन्दरीजलसम्म पानी नआउँदा ग्राहकहरुले काम हुँदैछ भनेर धैर्य गरिरहेका छन् । जब सुन्दरी जलमा पानी झर्छ तब नयाँ पोखरी र पाइपलाइन परीक्षण हुन बाँकी छ । पानी पछि दिउँला भनेर कुर्ने अवस्था थिएन । त्यसो भएर हामीले पुरानो पोखरीमा पनि पानी हालौं । पुरानो पोखरीमा पनि पानी दिऔं । र नयाँ पाइपलाइन परीक्षण गर्दै रहुँ । जसले गर्दा समानान्तर रुपमा पुरानो र नयाँ लाइनमा पानी वितरण र परीक्षणका काम हुन्छन् । त्यसले गर्दा सुन्दरीजलमा पानी आउनासाथ घरघरमा पुग्यो भन्ने राम्रो सन्देश जान्छ । साथै वर्षौै देखिको समस्याको समाधान हुन्छ । त्यसैले हामीले सवै अवयवलाई प्रयोग गरी समन्वयत्मक ढंगले काम गर्नुपर्दछ । तब मात्रै सफल हुन सक्दछौं । त्यसका लागि केयुकेएलका सिइओको नेतृत्वमा एउटा कमिटी बन्यो । त्यसमा खानेपानी मन्त्रालय, मेलम्ची आयोजना, आयोजना कार्यन्वयन निर्देशनालयका प्रतिनिधिसमेतको तयारी समिति बन्यो । यसरी यो समितिले के के तयारी गर्नुपर्दछ ? पानी वितरण कसरी गर्नुपर्दछ भन्ने मूख्य विषयलाई हामीले ठम्यायौं । त्यसपछि उपसमितिहरु बनायौं । पोखरी र पाइपलाइनहरु कति छन् । त्यसलाई सञचालन गर्ने अप्रेसन अफ स्टाण्डर्ड पनि बनायौं । ति सबै विषयमा समितिले नै हेर्ने भनेर निर्णय ग¥यौं ।
पानी वितरण गर्दा जुन खालको चुहावट हुन्छ । त्यसको नियन्त्रणका लागि ‘¥यापिड एक्सन’मा जानुपर्ने हुन्छ । हाम्रा विभागीय प्रमुखको नेतृत्वमा छुट्टै उपसमिति बनाएका छौं । पानीको सञ्चालनमा चुहावटको नियन्त्रण गर्ने, ¥यापिड टेष्ट टिमलाई परिचालन गर्ने, फिटिङका लागि चाहिने सामाग्रीहरुको व्यवस्थापन गर्ने जस्ता कामहरु सुरु गरिएको छ । निर्माण व्यवसायीहरुलाई योग्यताका आधारमा सूचिकृत गरेका छौं । जसले गर्दा कहिँ पनि चुहावट भयो भने तत्कालै परिचालन गरेर काम गर्न सक्छौं । हाम्रो ¥यापीड रेपोन्स टिमले घर घरमै पुगेर समस्या समाधान गरिदिनेछ । धारामा मिटर नभएको, टुटी नै नभएको अवस्थामा पनि सहयोग गर्न सकिने व्यवस्था मिलाएका छौं । पानीको मात्र पनि अनुमान गर्न सक्छौं । मौजुदा पोखरीहरुमा पानी कति राख्ने ? परीक्षणमा कति पानी दिने ? यसरी हामीले १८ करोड लिटर जत्ति सप्लाईमा दिन्छौ । बाँकी रहेको तीन करोड लिटर जत्ति मात्रै परीक्षणका लागि प्रयोग गर्दछौं । यसरी आयोजना कार्यन्वयन निर्देशनालयबाट थप हाइड्रोलिक मोडलिङका लागि काम भइरहेको छ । जसले गर्दा पुरानै नेटवर्कमा पानी दिँदा कस्तो हुन्छ ? भनेर सेमिनार पनि गरेका छौं । हाम्रो केयुकेएलको तयारी र मेलम्ची, आयोजना कार्यन्वयन निर्देशनालय, काठमाडौ. उपत्यका खानेपानी बोर्डबाट के–के सुझावहरु आउन सक्तछ ? भनेर जानकारी लियौं । चावहिलमा पानी लिकेज भयो भने के हुन्छ ? त्यो अवस्थामा तीस तलासम्म पानीले डुबाउन सक्तछ । त्यसपछि कति क्षति हुन सक्छ ? यस्ता विषयमा पनि छलफल भए । मेलम्चीको पानी वितरणलाई अवसर र चुनौतिका रुपमा लिएका छौं । यसरी चिर्ने भनेर हामीले योजना बनाएका छौ । ति योजनाहरुलाई अद्यावधि गर्दै जानुपर्ने हुन्छ । त्यसैकारण अहिले नै सार्वजनिक गर्न प्रतिक्षा गरिरहेका छौं ।
मेलम्चीको खानेपानी वितरण गर्ने क्रममा ‘सुन्दरीजल ट्रिटमेन्ट प्लान्ट’ र गुहेश्वरी ट्रिटमेन्ट प्लान्ट कसले चलाउने ? हामी कहाँ अन्यौल भइरहेको थियो । जुन खानेपानी मन्त्रालयको पहलमा टुङ्गिएको छ । यि सबै ट्रिटमेन्ट प्लान्टहरु केयुकेएलले नै सञ्चालन गर्न पाएको छ । त्यसै गरी ढल व्यवस्थापनको काम अलिक ओझेलमा परिरहेको थियो । मेलम्चीको खानेपानी काठमाडौंमा आइसकेपछि ढल व्यवस्थापनले पनि प्राथामिकता पाउनुपर्ने अवस्था छ । भरखरै वीर अस्पतालमा ढल फुटेर दुर्गन्ध फैलिएको कारण ठूलो समस्या आयो । समाचार माध्यमहरुमा पनि यो विषयले प्राथमिकता पायो । त्यसै गरी दुई हप्ता अगाडि प्रधानमन्त्री कार्यालय बालुवाटारमा ढल जाम भयो । त्यसको निकासका लागि काम गरियो ।
अहिले खास गरी बिभिन्न निकायले बिना समन्वय काम गर्दा यो अवस्था आएको हो । मेलम्चीको १७ करोड लिटर पानी थप भएपछि ८० प्रतिशत पानी नै ढलमा जान्छ भन्ने हाम्रो ठहर छ । हामीले पोखरी खाली गर्नुपर्ने अवस्था आयो भने त्यो पानीलाई ढलमा पठाउँछौं । त्यसकारण त्यहाँ ओभर फ्लो हुने सम्भावना पनि छ । त्यसैकारण पोखरीमा जोडिएका ठाउँमा उल्टोबाट खोल्दै जाने र त्यसलाई चालु अवस्थामा राख्ने व्यस्था मिलाएका छौं । केयुकेएल, मेलम्ची खानेपानी विकास समितिले मसिनो ढंगले काम गरिरहेका छौं । हाम्रा कार्यक्रम र योजनाहरु फिक्स्ड गरेर अघि बढेको हुँदा सबै जनामा आश्वस्त हुन अनुरोध गर्दछु ।


कर्मचारीको माग र सुशासन
कर्मचारीको माग र उनीहरुलाई प्रोत्साहित गर्दै अहिले भन्दा बढि काम गर्ने वातावरणका लागि छलफल गरेर टुङ्गोमा पु¥याउन अघि बढिरहेका छौं । यसमा हामीले ‘पार्टिसिपेटरी एप्रोच’लाई अप्नाएका छौं । त्यसैकारण कम्पनीमा ब्यापक मात्रामा छलफल भइरहेको छ । ति सबै छलफल, विवाद, तर्कहरुबाट निस्कर्ष निस्कियोस् । त्यसबाट हाम्रा उपभोक्ताको धारा धारामा पानी आपुर्ति गर्न सहज हुनेछ । कर्मचारीहरुको एकबाट दुई, दुईबाट तीन र तीनबाट चार तहमा स्वतः बढुवा हुने भएको छ । त्यसै गरी तह पाँचबाट तह ११ सम्म ५५ जनालाई बढुवा गरिएको छ । यसरी तह पाँच देखि नौसम्म पचास जनाका लागि लोकसेवा आयोगमार्फत परीक्षा लिएर पदपुर्ति गर्दैछौं । यसरी नै आवश्यक जनशक्ति आपुर्ति हुने क्रममा छ । त्यसै गरी केहि आवश्यक जनशक्ति करार सेवामा पनि लिन खोज्दा १३ वटा पदमा ९० जनाको आवश्यकता निकाल्दा १० हजार सात सय सातवटा निवेदनहरु परे । जसले गर्दा अन्र्तवार्ता छिटो गर्नुपर्ने अवस्था छ । कर्मचारीहरुका संस्थातर्फ नै लागेका छौं । कतिपय मागहरु हाम्रो संस्थागत गर्दा नै हुने खालको छ । साथै दरबन्दीलाई पुनरावलोकन गर्दा पनि हुने खालका छ, भने कतिपय मागहरु सञ्चालकको छुट्टै कमिटी बनेको छ । साथै प्रस्ताव तयार गर्नका लागि अर्थ तथा प्रशासन विभाग प्रमुखको नेतृत्वमा उपसमिति बनाएर कार्यरत नै छ । यसरी हामीले कमपनीको बिजनेस मोडेलमा अर्गनाइजेशन स्टक्चर बनाउँदै छौं । हाम्रा कतिपय सेवाहरुलाई व्यवसायीकरण गरी बजारमा लगेर फाइदा गराई महसुललाई धेरै वृद्धि गराउनबाट रोक्नेछौं । महसुल वृद्धि गर्नु भनेको उपभोक्ताहरुलाई थप भार थप्नु नै हो । उपदान, सेवाशुल्क र बीमा रकम बढ्नु पर्छ भन्ने विषयका माग कर्मचारी विनियमले समेट्नेछ । जुन मन्त्रालयबाट सिफारिस भएर लोकसेवा आयोगमा पुगेको छ । यसरी कम्पनीलाई हामीले बिजनेस मोडेलमा लग्दा संशोधन र कपि पेष्ट गर्दा पनि हुँदैन । कर्मचारी विनियमलाई पुनःलेखन नै गर्नुपर्दछ । यो क्रममा विज्ञहरुको सुझाव लिएर अन्य संस्थाहरुको पनि बिनियम अध्ययन गरी प्रतिनिधित्व गर्ने ट्रेड युनियनसँग सरसल्लाह गरी सुझाव र मागहरु लिएर समेट्दै जान सकिन्छ । त्यसको लागि पुनः लेखन र संगठनको पुनः संरचनाबाट सबै कुराको समाधान हुन्छ भन्ने अपेक्षा गर्दछ । हाम्रा कर्मचारी युनियनहरुले अन्य संस्थाका कर्मचारी सरह नै पाउँ भन्ने भएकाले हामीले समाधान गर्नुपर्दछ ।
मेलम्चीको सञ्चालनमा कर्मचारीको जिम्मेवारी
हामी कहाँ झण्डै एक हजार जना कर्मचारीहरु छन् । मेलम्चीको पानी सुन्दरीजलबाट रिङरोडमा आएर वितरण प्रणालीको पाइपहरु पठाउँदा हरेक पाइपलाइनको जक्सनमा हामी बसेर कुनै समस्या आउनासाथ छिटो भन्दा छिटो खबर गरी मर्मत गर्नुपर्दछ । साथै ठीक ढंगले भयो कि भएन भनेर आफैले हेर्नुपर्ने हुन्छ । यसरी हामी सबै कर्मचारीहरु केयुकेएलको एप्रोन लगाएर बिभिन्न मोर्चा, पाइपलाइन र नाकामा उभिन तयार हुनुपर्दछ ।
शेयर धनी नगरपालिकाहरुको सहयोग
रिङरोड भित्र र त्यसको आसपासमा हामीले मेलम्चीको पानी दिन सक्नेछौं । अहिलेको मुहानबाट आएको पानीहरु उक्त क्षेत्रमै वितरण गर्नेछौं । यसरी वितरण गर्न खोजिएको मुहान क्षेत्रमा पानीको ट्रिटमेन्टको व्यवस्था छैन । त्यसैले ट्रिटमेन्ट प्रशोधन बनाउनका लागि माग आउन थालिसकेको छ । त्यसकारण जग्गा प्राप्तीका लागि निकै महंगो पर्ने भएकाले हामीले समन्वय गर्न जरुरी छ । टोखा नगरपालिकाले हामीलाई जग्गा नै उपलव्ध गराएको छ । बुढानीलकण्ठ नगरपालिकाले पनि जग्गा नै उपलब्ध गराउँन लागेको छ । दक्षिणकाली नगरपालिकाले कार्यालय सञ्चालनका लागि भवन नै दिन राजी भएको छ । कतिपय नगरपालिकाहरुको नजिकको सहकार्यमा हामी लागिरहेका छौं । चांगुनारायण नगरपालिकामा खानेपानी विभागबाट एउटा आयोजना सञ्चालन गरिएकोे आयोजना जुन अधुरो नै थियो ।
सहयोगी संस्थाहरु
त्यसलाई काठमाडौं उपत्यका खानेपानी बोर्डको आर्थिक सहयोगमा सम्पन्न गरायौं । यसरी निकट भविष्यमा काठमाडौंका सबै ठाउँहरु केयुकेएलका सेवा क्षेत्र हुनेछन् । जसका लागि तयार भएर बस्नुपर्ने हुन्छ । काठमाडौं उपत्यका खानेपानी बोर्डमा पनि हामी निकट सम्बन्ध राखेर काम गरिरहेका छौं । बोर्डबाट हामीले तालिम, बजेटको सहयोग र बिभिन्न कार्य योजनाका लागि सरसल्लाह प्राप्त भएका छन् । त्यहि अनुसार अघि बढेका छौं ।
कम्पनीको क्षमता अभिवृद्धिका लागि बिभिन्न संस्थाहरुको सहयोग जारी नै छ । त्यसमा सबै भन्दा ठूलो सहयोगी संस्था एशियाली विकास बैंक (एडीबी) हो । त्यसै गरी अष्ट्रेलियन वाटर अप्रेटर पार्टनरसीप भन्ने कार्यक्रम, ढाकाको वासा, जापनिज सहयोग संस्था (जाइका) जसबाट ट्रिटमेन्ट प्लान्ट सञ्चालनका लागि सघाउन तयार छ । युएसआइडीबाट तालिमका लागि सहयोग प्राप्त भइरहेको छ ।
उपभोक्तालाई थप सेवा
उपभोक्ताहरु हाम्रा भगवान हुन् । त्यसैकारण प्राथमिकतामा राखेर छिटो छरितो सेवाका लागि अनलाइन सेवा दिने तरखरमा छौं । अनलाइन पेमेन्ट सिस्टम, मोबाइल एप्स, फेसबुक, एसएमएस, मोबाइल सम्पर्क गरेर उपभोक्तालाई नजिक बनाएका छौं । पानी नआएका कारण धेरै उपभोक्ताले पानीको महसुल तिर्न सक्दैनौं भन्नुभएको हुँदा हामीले स्वीकार गर्दै जरिवानामा छुट दिएर राहत प्रदान गरिएको छ ।
कम्पनीको शेयर र मेलम्चीको पानी ?
वि.स. २०७८ सालमा मेलम्चीको पानी काठमाडौंमा आउँछ । त्यो समयमा हाम्रो सबै लेखापरीक्षण रिपोर्ट पास हुनेछन् । यसरी हाम्रो कम्पनी अद्यावधिक हुन्छ । त्यसपछि हामी शेयर निष्कासनका लागि परिपक्क हुन्छौं । सुरुमा साधारण शेयर निष्कासन गर्दा नै कर्मचारीहरुले पाँच प्रतिशत शेयर प्राप्त गर्नेछौं । त्यसपछि शेयर लिन कसैले इन्कार गरेको खण्डमा कर्मचारी र अन्य शेयर धनीहरुले लिन सक्नेछन् । अहिले कम्पनीमा ग्राहक र कर्मचारीहरुको अत्याधिक सहभागिता भएपछि कम्पनी विकासका लागि आवश्यक अपनत्व प्राप्त हुनेछ । साथै पब्लिकमा बढि शेयर जाँदा खानेपानीको गुणस्तर र वितरणमा दिशानिर्देश गरी कम्पनीलाई अघि बढाउन मद्दत गर्नुहुनेछ । त्यसकारण शेयर सम्बन्धमा पनि आगामी साधारणसभाबाट समाधान हुनेछ भन्नेमा म पनि आशावादी छु ।

(काठमाडौं उपत्यका खानेपानी लिमिटेडको फागुन एक गते शनिवार तेह्रौ वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत शाक्यद्वारा व्यक्त विचारलाई समसामयिक लागेर प्रस्तुत गरिएको छ । )
प्रस्तुतिः नारायण प्रसाद शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.