January 13, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सर्वोच्च बारमा निर्वाचनका लागि आज उम्मेदवारी

अध्यक्ष पदका उम्मेदवारहरु वरिष्ठ अधिवक्ता रबिनारायण खनाल र प्रा. पूर्णमान शाक्य र सचिव पदका उम्मेदवारहरु अञ्जिता खनाल र ऋषिराम घिमिरे

२०७७ साल पौष ४ गते हुन गईरहेको सर्वोच्च अदालत बार एशोसिएसन कार्यसमितिको निर्वाचनमा आज उम्मेदवारी दर्ता हुँदैछ । पौष ४ गते शनिवार सम्पन्न हुन गइरहेको निर्वाचनमा नेकपा समर्थक (एनएलए) र नेपाली कांग्रेस समर्थक (डिएलए) बीच नै प्रतिस्पर्धा हुन गइरहेको छ । दुबै समूहमा उम्मेदवारहरु छनौट भइसकेका छन् ।

प्रगतिशिल, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूह (एनएलए)को तर्फका निम्न उम्मेदवारहरु छन् ।
१)अध्यक्षमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल,२)उपाध्यक्षमा अधिवक्ता मुकुन्दप्रसाद पौडेल, ३) सचिवमा अधिवक्ता अन्जिता खनाल, ४) कोषाध्यक्षमा अधिवक्ता श्यामकुमार खत्री, ५) सहसचिव अधिवक्ता शोभा कार्की, ६) महिला सदस्यहरुमा अधिवक्ता देवी रेग्मी, ७) सदस्य अधिवक्ता कृष्णप्रसाद न्यौपाने, ८) सदस्य अधिवक्ता अनन्त कार्की, ९) सदस्य अधिवक्ता अनन्तराज लुइटेल, १०) सदस्य अधिवक्ता तिलकविक्रम पाण्डे, ११) सदस्य अधिवक्ता दिपनारायण शाह, १२) सदस्य अधिवक्ता रमेशराज शर्मा सिग्देल, १३) सदस्य अधिवक्ता छविलाल घिमिरे, १४) सदस्य अधिवक्ता लेखनाथ भट्टराई, १५) सदस्य अधिवक्ता दिलकुमारी राई छन् ।


त्यसै गरी डिएलएका तर्फबाट उम्मेदवारका लागि सिफारिस हुनेहरुमा
१) अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा. पूर्णमान शाक्य, २) उपाध्यक्षमा अधिवक्ता नमराज रिजाल, ३. सचिवमा अधिवक्ता ऋषिराम घिमिरे,४. सह–सचिवमा अधिवक्ता शर्मिला श्रेष्ठ, ५. कोषाध्यक्षमा अधिवक्ता विनोद कुमार कार्की, ६) महिला सदस्यमा अधिवक्ता अमिता गौतम पौडेल र सदस्यहरुमा ७) अधिवक्ता विजय कुमार प्रधान, ८) अधिवक्ता ओमकृष्ण श्रेष्ठ, ९) अधिवक्ता ज्योतिदेव पनेरू, १०) अधिवक्ता विकाश शर्मा भट्टराई, ११) अधिवक्ता राजेन्द्र प्रसाद साह, १२) अधिवक्ता खडानन्द कंडेल, १३) अधिवक्ता मिराज श्रेष्ठ, १४) अधिवक्ता श्री डा.रामहरि त्रिपाठी, र १५) अधिवक्ता निर्मला भण्डारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.