Fri. Nov 27th, 2020

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

कम्युनिस्ट पार्टीमा के को विधि र पद्धति ?

1 min read

केशव प्रसाद भट्टराई


प्रधानमन्त्री ओलीलाई ११ सुझाव



प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नुहोस् ।सरकार स्थिर र जिम्मेवार छ भन्ने साबित गर्नुहोस् नत्र सक्नुहुन्न भने छोडेर जानेहोस् ।
१. नेकपाका केही नेताहरू निरन्तर विधि र पद्धतिको हावादारी कुरा गरिरहेका छन् । तर कम्युनिस्ट पार्टीमा नेता नै विधि हुन् र नेतानै पद्धति हुन् । लेनिन,स्टालिन, माओ, ब्रेजनेभ, गोर्वाचोभ, सी जीनपीङ्ग देखि ओली, प्रचण्ड सबैले आफ्नो व्यवहारबाट त्यसलाई सावित गरेका हुन् ।
२. नेपालकै उदाहरण पर्याप्त छ । ओलीलाई सरकारको नेतृत्व चाहिएको, प्रचण्डलाई पुरानो एमालेको बलियो सुरक्षा कवच, जनाधार र राजनीतिक शक्ति । दुई जना बसे आफ्ना आफ्ना मौजाको तर्फबाट निर्णय गरे जस्तै गरेर आपसमा पद बाँडे, चुनावमा सहकार्य गरे, पार्टी एकता गरे । दुवै पार्टीका हर्ताकर्ता सबै चुनावमा उठ्ने । चुनाव जित्ने सवाल थियो, सबैको स्वार्थ मिल्यो । कोही चुँक्क बोलेन ।
सरकारमा जाने, सत्ता, शक्ति र सुबिधामा राज गर्ने लोभ सबैका अघि थियो । राज्यको ढुकुटीमा भोग गर्ने र मोज गर्ने सपना पनि थियो । देलान र खाउँला भन्ने लोभले पनि काम गर्ने नै भयो । दुई जना बसे, मौजा बाँडे जस्तै, बिर्ता हाँके जस्तै सबै अधिकार आफूसँग राखेर, आफ्नो पद सुरक्षित राखेर, निर्वाचित र मनोनित सबैकोे पद खोसे । कुन विधि र पद्धति थियो त्यो ?
३. कुन बिधि र पद्धतिले चुनावी एकता र पार्टी एकीकरण भयो ?
राजनीतिक जीवनमा ठीक बेठीक, न्याय अन्याय, हत्या, हिंसा सवै गरे होलान । ती आफ्न ठाउँमा थिए होलान्, तर हजारौँ हजारको रगत पसिनाले निर्माण भएको पार्टीलाई एकाएक मेट्ने, समाप्त पार्ने र नयाँ पार्टी गठन गर्ने कुराको निर्णय पार्टीको कुनै तहमा पनि छलफल र अनुमोदन भएको त देखिएन ।प्रमुख नेता मण्डलको स्वार्थ मिल्यो, बस ।कम्युनिस्ट पार्टीमा नेताले निर्णय गरे पछि सकियो । अनि कुन बिधिले समान हैसियतका दुई अध्यक्ष बने, बनाइए ? कुन राजनीतिक र संगठन सिद्धान्त थियो त्यो ?
विधि र पद्धति रे वा !
. विचारको पार्टी रे !
पार्टीलाई मार्ग दर्शन गर्ने विचार र दर्शन कहाँ हो कहाँ, सडक, पुल, ग्याँस, जहाज, त्यही होइन, घोषणा पत्र ! स्कूल, कलेज, अस्पताल, सडक बाटो, रेल, कारखाना र पुल त वीर, चन्द्र, जुद्ध सम्शेरहरूले पनि बनाए – खोले ।
पञ्चायतले पनि बनायो – खोल्यो, चलायो ।
सवाल सडक, पुल, स्कूल र अस्पतालको मात्रै होइन । कुन वैचारिक धरातलमा उभिएर सरकारले, कुन विश्वास र मान्यतामा अडिएर त्यस्तो विकासको काम गर्ने ?
त्यो सवाल महत्वपूर्ण हो । सवाल कुन मूल्य स्थापना गर्न सरकारमा जाने ? कुन मूल्यको लागि पार्टी खोल्ने चलाउने भन्ने हो ? कुन मूल्य रक्षाको लागि पार्टी एकीकरण भएको हो ? त्यो जवाफ सहित सरकारमा गएको हो, पार्टीको वैचारिक आधार निर्माण गरेर पार्टी एक भएको हो ? पहिला सत्ता र सरकार अनि विचार भन्नेहरूले दिने दल र सरकार यस्तै हो ।
५. पद लिने, शक्तिमा पुग्ने, सत्ता हाँक्ने, राज्यको ढुकुटीमा राज गर्ने, सुख सुविधा भोग्ने स्वार्थले एक भएको पार्टी र नेताहरू यस्तै हुन् !
यस्तो पार्टी फुटे के ? जुटे के ?
एक वर्षदेखि रडाको गरिरहेका छन् १
यिनको कारण विकास, ठप्प छ । जनताको पीडा घट्नु भन्दा बढेको बढ्यै छ । एउटै उदाहरण पर्याप्त छ । किनेर पनि जनताले असारमा धानमा मल हाल्न पाएनन् । अव गहुँको सिजन आयो त्यस्तै !
६. यीनको पालामा त बङ्गलादेशसम्मले सापट र पैँचो पनि पत्याएन छ !
र, छिमेकीले ऐंचो र पैंचो पनि नपत्याउनु भनेको ख्याल ख्याल हो ? किन पत्याउनु ? इलमी र पुरुषार्थीलाई पो पत्याउने त हुन् नी सबैले । हिजो जन्मिएको, नेपाल भन्दा हरेक हिसाबले तन्नम बङ्गलादेशले मल कारखाना स्थापना ग¥यो, देश बिदेशमा मल निर्यात गर्दछ । अमेरिकाले विशेष राहत सुविधा दिए पछि बंगलादेशले र नेपालले एकै पटक गार्मेन्ट उद्योग शुरू गरे । आज ‘मेड इन बङ्गलादेश’ लेखिएका लुगाहरू वेलायत, अमेरिका, लगायत संसारका कुना कुनामा पाईन्छन् , नेपाल ?
. अपवाद बाहेक यस्तै हुन् कम्युनिस्ट !
नेपालका झन् ! यस्तै हुन्छ कम्युनिस्टले दुई तिहाई पाए पछि ! कम्युनिस्टलाई दुई तिहाईदिए पछि ! कम्युनिस्टले विकास र समृद्धि दिने विश्वास गर्नेले दुःख पाउँछन नै ।
८. यिनले राजा सहेनन्, । हिन्दु राष्ट्र सहेनन्, संविधान सहेनन्, प्रजातन्त्र र निर्वाचित सरकार सहेनन्, राज्यलाई जातीय द्वन्द्वमा हुले । राज्यको एकताको आधार भत्काए ।
विकासको सिद्धान्त र नीति लथालिङ्ग भताभुङ्ग । विचारहीन र दृष्टिहीन हुन पुगे । राष्ट्र र विशाल युवा जमातलाई पनि त्यस्तै बनाए ।
९. कसैलाई सहन्नन् यिनले !
सबैलाई प्रधानमन्त्री, मूख्यमन्त्री, मन्त्री हुनु छ । राष्ट्रपति, प्रदेश प्रमुख, राजदुत, न्यायाधिश, संवैधानिक निकाय प्रमुख हुनुछ । राज्यको ढुकुटीको मालिक हुनुछ । एक छत्र स्वामित्व लिनु छ । ढुकुटीमा राज गर्नु छ ।
१०. आज प्रधानमन्त्री हटाइन्छ, भोली हटाइन्छ । आजै अध्यक्ष हटाउने, भोली हटाउने ! आजै मन्त्री परिषद पुनर्गठन भोली नै पुनर्गठन । कसले कसको भरोसामा काम गर्ने ? कुन विश्वासमा काम गर्ने ? किन जोखिम लिन ? किन दीर्घकालीन राष्ट्रिय हितमा तर तात्काल्का लागि अलोकप्रिय निर्णय लिने ? यिनका खेताला हुन् प्रधानमन्त्री र मन्त्रीहरू ?
११. हटाउने हुती पुगे हटाउ न विधि पुर्याएर १
के छ÷आठ महिना देखि भैलो खेलिरहेछौ ? प्रधानमन्त्रीजी पनि कि मसक्क आँटेर निर्णय गर्नोस । सरकार स्थिर र जिम्मेवार छ भन्ने सावित गर्नोस् ! कुरा मात्रै होइन काम गरेर देखाउनुस् । सक्नुहुन्न भने छोडेर जानोस् । यो गतिछाडा रत्यौली हेर्न जनतालाई वाध्य पार्ने अवस्था अव लम्बिन नदिनोस् । सर्वशक्तिमान पार्टी अध्यक्ष र दुई तिहाइको प्रधानमन्त्री हुँदा पनि न पार्टी पकडमा न सरकार । अब के भए तपाइँले राम्रोसँग सरकार र पार्टी चलाउनु हुन्छ प्रधानमन्त्रीज्यू ? के पुगेन तपाई मसक्क आँटेर आफ्ना पार्टीका गतिछाडा नेता र मन्त्रीलाई बिदा गर्न ? कस्तो राजनीतिक लाचारी र कायरता हो ? यसरी किन प्रधान मन्त्री रहिरहनु प¥यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *