गम्भीर मानवअधिकार उल्लंघनकर्ताहरुलाई कारबाही होला ?
1 min read
यी हुन् राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेका २८८ जना उल्लंघनकर्ताहरु
काठमाडौंं । लामो अध्ययन पछि मानवअधिकार आयोगले २८८ जना गम्भिर रुपमा मानवअधिकार उलंघन गर्नेहरुको नाम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीका अनुसार गम्भिर मानवअधिकार उल्लंघनकर्ताहरुको नाम आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिवेदनमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित ९४० वटा सिफारिस र सशस्त्र द्वन्द्वसँग सम्बन्ध नभएका २५५ वटा सिफारिसहरु रहेका छन् । यसरी सिफारिस गरिएका मध्ये सबैभन्दा बढि हत्यासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा ११ वटा निकायको नाम किटान गरी तिनलाई मानवअधिकार उल्लंघनकर्ताको रुपमा पहिचान गरिएको छ । सुरक्षाकर्मीको संयुक्त फौज, नेपाली सेना, सशस्त्र प्रहरी बल, निजामति सरकारी निकाय, तत्कालिन नेकपा माओवादी, प्रतिकार समूहलगायत छन् ।
आयोगका सिफारिस मध्ये १६३ वटा पूर्ण रुपमा कार्यन्वयन भएका छन् । त्यसै गरी ४४५ वटा सिफारिसहरु आंशिक रुपमा कार्यन्वयन भएका छन् । बाँकी ५८७ वटा सिफारिसहरु अझै कार्यन्वयन नभएको जारी विज्ञप्तीमा जनाइएको छ ।
यहि आश्विन २९ गते उल्लंघनकर्ताका रुपमा आयोगले सार्वजनिक गरेको मानवअधिकार उलंघनकर्ताहरु नेपाल सरकारका सचिवसहित निजामति सेवाका कर्मचारीहरु १६ जना, नेपाल प्रहरीका ९८ जना, नेपाली सेनाका ८५ जना, सशस्त्र प्रहरी बलका ८ जना, तत्कालिन नेकपा माओवादीका ६५ जना, शिक्षकहरु ४ जना, चिकित्सकहरु २ जना, सुराकी, प्रतिकार समूह, सेवागृह सञ्चालक एवं कैदीसमेत गरी सात जना, एकजना मानवअधिकारकर्मीसमेत रहेका छन् । यी मध्ये केबल ३० जना माथि मात्रै कानूनी कारबाही भएको देखिन्छ । बाँकी २५६ जना माथि कुनै कारबाही भएको छैन । मानवअधिकार प्रतिको प्रतिवद्धता राजनीतिक दलहरुबाट कार्यन्वयन हुन र दण्डहिनताको स्थिति अन्त्य गरी मानव अधिकारको सम्मान गर्नुका साथै सञ्चार माध्यमले पनि मानवअधिकारको विषयलाई प्राथमिकता दिन जारी प्रतिवेदनमा आग्रह गरिएको छ ।
आयोगले गरेको सिफारिस सरकारले हालसम्म कार्यन्वयन नगरिएकोमा आयोगले सार्वजनिक गर्न बाद्य भएको जनाइएको छ । गम्भिर रुपमा मानवअधिकार उलंघन गरी जनताको करबाट अहिले सरकारी पेन्सन खाएकाहरुको रुवाबासी भएको छ । कारबाहीको सिफारिस गरिएकाहरुमा प्रहरी महानिरीक्षक बनेर सेवा निवृत भइसकेका कुबेर सिंह राना, अतिरिक्त महानिरीक्षक बनेर सेवानिवृत भएकाहरु तारिणी प्रसाद लम्साल देखि सचिव भएर सेवा निवृतहरु हुनेहरु संलग्न छन् । तत्कालिन प्रमुख जिल्ला अधिकारीहरु श्याम प्रसाद मैनाली, बालकृष्ण प्रसाई, रेवती रमण काफ्ले, नरेन्द्र दाहाल, भोला प्रसाद शिवाकोटी, राम श्रेष्ठलगायत रहेका छन् ।
त्यसैगरी मानव बधशालाको रुपमा चर्चित भैरवनाथ गणका कर्णेल राजु वस्नेत, मेजरहरु पदमसिंह खत्री, राजाराम केसी, विवेक विष्ट, हरेन्द्र बहादुर सिंह, क्याप्टेनहरु इन्दिवर राणा र सागर केसी, लेफ्टिनेन्टहरु राजेन्द्र बोगटी, हरिबोल केसी, रामहरि विष्टलगायत तत्कालिन प्रधानसेनापति प्यार जंग थापा सम्मको नाम गम्भिर मानवअधिकार उल्लंघनकर्ताका रुपमा सार्वजनिक गरिएको हो ।
को को छन् गम्भिर मानव अधिकारउल्लंघनकर्ताहरु ?
१. श्याम प्रसाद मैनाली (तत्कालिन प्रमुख जिल्ला अधिकारी) र
२. अरुण कुमार सिंह (प्रहरी उपरीक्षक),
घटनाः कारागारका कैदी माथि गोली प्रहार गर्दा कैदीको मृत्यु
३. जसध्वज गुरुङ (प्रहरी नायव उपरीक्षक, चितवन)
घटनाः २०५७ साल मंसिर ४ गते चितवनको भरतपुरमा गोली चलाउँदा गौरी सापकोटाको मृत्यु ।
४.बालकृष्ण प्रसाई (प्रमुख जिल्ला अधिकारी) र
५. भरत बहादुर जिसी (प्रहरी उपरीक्षक)
घटनाः हत्या, २०५७ पौष १६ मा सप्तरीको राजबिराजमा चलाएको गोलीबाट खुशीलाल यादवको मृत्यु ।
६ हस्त बहादुर कुमाल (नेपाली सेना) र
७. तेज बहादुर रोइला (नेपाली सेना उदयपुर, गाइघाट)
घटनाः हत्या २०६० मंसिर २० गते खोटाङ डम्मरखु शिवालयका हरि कुमार भट्टराई, दुर्गा प्रसाद कोइराला र डाकमणि कोइरालाको हत्या ।
८. प्रकाश राज शर्मा (प्रहरी निरीक्षक)
घटनाः २०६२ चैत्र ११ गते जनकपुर नगरपालिका जनकचोकमा प्रहरीद्धारा चलाइएको गोलीबाट कार्यकर्ता रामचन्द्र यादव र राष्ट्रिय मानव अधिकार आयोगका मानवअधिकार सहायक दयाराम परियारको मृत्यु ।
९. सुरेश थापा (प्रहरी जवान) घट्नाः हत्या, २०६१ मंसिर २३ मा बन्दीहरुको विवादमा अन्धाधुन्दा गोली चलाउँदा बन्दीको मृत्यु ।
१० भरत खड्का (प्रहरी नायव निरीक्षक)
घटनाः यातना, २०६० असोज २५ मा वडा प्रहरी कार्यालय सिंहदरबारमा बोलाएर शारीरिक तथा मानसिक यातना दिएको ।
११.माधव बहादुर थापा (सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक)
घटनाः अत्याधिक बल प्रयोग, २०६२ चैत्र २४ गते देखि २०६३ वैशाख २ सम्म आम हड्तालको क्रममा प्रदर्शनकारी माथि बल प्रयोग ।
१२. चुडा बहादुर श्रेष्ठ (प्रहरी बरिष्ठ उपरीक्षक),
१३.कुबेर सिंह राना (प्रहरी उपरीक्षक),
१४. अनुप अधिकारी (मेजर) र
१५. रेवती रमण काफ्ले (प्रमुख जिल्ला अधिकारी)
घटनाः बलपूर्वक बेपत्ता, २०६० पौष २१ मा जनकपुर नगरपालिका –४ धनुषाबाट दिपु भन्ने संजिव कुमार कर्ण, दुर्गेश लाभ, प्रमोद नारायण मण्डल, शैलेन्द्र कुमार यादव, जितेन्द्र झासमेतलाई पक्राउ गरी बेपत्ता पारेको ।
१६. निरन्जन वस्नेत (मेजर, नेपाली सेना)
घटनाः बेपत्ता पछि हत्या, २०६० फागुन ५ गते काभ्रेको श्री भगवत माविकी विद्यार्थी मैना सुनुवारलाई पक्राउ गरी बेपत्ता पारेको ।
१७. खड्कराज लामा (प्रहरी हवल्दार),
१८. कर्णज्वज थापा (मेजर),
१९. बाबुराम थापा (क्याप्टेन)
घटनाः बेपत्ता पछि हत्या, २०६० पौष १२ मा काभ्रेका हरि प्रसाद बोलखेलाई पक्राउ गरी मिसनमा सँगै घुमाई बेपत्ता पछि हत्या ।
२०. कृष्ण प्रसाद शर्मा (प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय पर्सा) घटना ः २०६४ चैत्र १८ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरमा सञ्जय पटेल, मनोज कुमार कुर्मी र बम बहादुर चौधरीलाई मारेको ।
२१. भेन्टे भन्ने शंकर लामा (तत्कालिन माओवादी दोलखा),
घटनाः अपहरण पछि हत्या, २०६० जेठ २४ मा श्री सेरगण (क) गुल्म चरिकोट, दोलखामा कार्यरत विनोद कुमार खड्कालाई रामेछापको दोरम्बाबाट अपहरण गरी हत्या गरेको ।
२२. नवल सिंह रोकाया (तत्कालिन नेकपा माओवादी) र
२३ मिन बहादुर रोकाया (तत्कालिन नेकपा माओवादी)
घटनाः अपहरण पछि हत्या, २०६१ भाद्र २२ मा अछाम रामारोशन–२ का डबल बहादुर साउदलाई अपहरण पछि मारेको ।
२४. नरेन्द्र दाहाल (प्रमुख जिल्ला अधिकारी, कपिलवस्तु) र
२५. विकास श्रेष्ठ (सशस्त्र प्रहरी बल उपरीक्षक)
घटनाः शान्ति सुरक्षा गर्न नसकेको, २०६४ भदौ ३० मा कपिलवस्तु बिरपुर–३ का अब्दुल मोहित खाँको, शिवपुर –६ बालापुरमा मोटर साइकलमा चढेर आएका व्यक्तिहरुले हत्या गरेपछि भडकिएको हत्यामा ३१ जनाको मृत्यु र ५७२ घर परिवार विस्थापित, १५० भन्दा बढि सवारी साधनको आगजनी र तोडफोड तथा तीनसय घरमा आगजनी तथा लुटपाट भएको ।
२६. ओम बहादुर कार्की (हुद्धा)
२७. युवराज बोगटी (सिपाही)
२८. कृष्ण बहादुर बि.क. (मेत्तर)
(कार्यरतः नेपाली सेना सिहंदरबार गण )
घटनाः २०६२ जेठ १३ गते संखुवासभा सिद्धकाली –५ का दोर्जे शेर्पाको हिरासतमा मृत्यु ।
२९. विनोद शाह (सैज)
३०. जीवन शाही (सैज)
३१. मिलन शाह (सैज) नेपाली सेना राजा सैनिक ब्यारेक बाँके
घटनाः यातना २०५९ कार्तिक ४ गते बर्दिया पशुपतिनगर–२ का सुरत बहादुर रावतलाई पक्राउ गरि यातना दिएको ।
३२. पर्शुराम कुमाल (सैज) नेपाली सेना बरख दल गण, ठाकुरद्धारा बर्दिया,
घटनाः हत्या र यातना, २०५९ जेठ १५ मा बर्दिया न्यौलापुर गाविस.–४ का भौना चौधरीलाई घर भित्र खाना खाइरहेको अवस्थामा भित्रै गोली हानी हत्या । २०५८ असार १६ मा बर्दिया न्यौलापुर –४ का अमृत थारु, बसन्ती थारु र लोटन थारु गरी तीन जनालाई नेपाली सेनाद्धारा पक्राउ गरी यातना दिएको ।
३३. सुभाष केसी, (कमाण्डर) भवानी दल गुल्म खोटाङ
३४. मनिष मल्ल (प्रहरी नायव निरीक्षक) जिल्ला प्रहरी कार्यालय खोटाङ
घट्नाः हत्या, २०६० भदौ १ गते खोटाङ चिसापानी–४ का देब बहादुर राई, कैलाश कार्की, थिर बहादुर कार्की र दिपक विष्टलाई कब्जामा लिई हत्या ।
३५. रणजित (सचिव) तत्कालिन माओवादी दैलेख,
घटनाः अपहरण पछि हत्या, रेडियो नेपालका पत्रकार डेकेन्द्र राज थापालाई कब्जामा लिई मारेको
३६. रमेश शेखर बज्राचार्य (प्रहरी उपरीक्षक, कैलाली)
घटनाः अपहरण, मानव अधिकारको संरक्षणमा ध्यान नदिई आयोगलाई गैर जिम्मेवार जवाफ दिएको ।
३७.जयराम थापा (उपसेनानी) र
३८. हरि बहादुर पाण्डे (हवल्दार मेजर)
घटनाः बेपत्ता यातना, २०६० साल मंसिर ४ देखि २०६१ भदौ २९ सम्म काभ्रे पोखरी चौरी –७ का उद्धव कुमार गौतमलाई काठमाडौं नरदेबीबाट पक्राउ गरी नेपाली सेनाको हिरासतमा राखी यातना दिएको ।
३९. राम सिंह भाट (प्रहरी जवान सशस्त्र प्रहरी)
घटनाः हत्या, २०६६ जेठ २४ गते महोत्तरी भरतपुर–९ का सुरेन्द्र महत्तोलाई हरिपुरको सडकमा गोली चलाउँदा सुरेन्द्र महत्तोको मृत्यु भएको ।
४०. विकास विक्रम शाह (क्याप्टेन), नेपाली सेना भिमगिठ्ठे सुरक्षा क्याम्प, बाग्लुङ
घटनाः हत्या र बेपत्ता, २०५८ फागुन १६ गते बाग्लुङ बोगादोभान गाविस–८ का गंगा बहादुर पुन सहित ६ जनाको हत्या । बाग्लुङ बुर्तिबाङ–२ का मिथुन महत (भानु) र हिक्मत महतलाई घरबाट नियन्त्रणमा लिएर हत्या । २०५९ असार १९ मा बाग्लुङकै राजकुट–७ का लोप्चनलाई बुर्तिबाङ–१ बाट पक्राउ गरि खोलामा हामफालेको भनि लास समेत नदिएको ।
४१. सुवोध कुँवर (उपसेनानी) नेपाली सेना ज्वाला दलगण ठाकुर्द्धारा,
घट्नाः हत्या, २०६६ फागुन २६ गते सुर्खेत हरिहरपुर गाविस–२ का चन्द्रकला विक, देबीसरा बिक र अमृता बिकको बर्दिया राष्ट्रिय निकुञ्जको बासपानी क्षेत्रमा सेनाको गस्ति टोलीद्धारा प्रहार गरिएको गोली लागि हत्या ।
४२. यज्ञ बहादुर रजौरे (प्रमुख नेपाली सेना मध्य पश्चिम पृर्तना हेडक्वाटर)
घटनाः हत्या, बाँके खास कारकाँदो –१ का दयानिधी बर्माको पक्राउपछि हत्या ।
४३. नक्कु गोडिया १ (तत्कालिन नेकपा माओवादी),
४४. नक्कु गोडिया २, (तत्कालिन नेकपा माओवादी)
४५. प्रमोद खड्का (तत्कालिन नेकपा माओवादी) र
४६. वंशावली (तत्कालिन नेकपा माओवादी)
घटनाः हत्या, बर्दिया गुलरिया –४ का राजेन्द्र बन्जरालाई कुटपिट पछि हत्या ।
४७. गोपी जैसी (तत्कालिन नेकपा माओवादी अछाम),
घटनाः अपहरण पछि हत्या, अछाम कालेकाँडा गाबिस –२ का उदयराम जैसीको अपहरण पछि हत्या ।
४८. किरण दाहाल भन्ने टहल बहादुर दाहाल (तत्कालिन नेकपा माओवादी, दोलखा)
घटनाः हत्या, २०६१ साल चैत्र ३ गते रामेछापको खिम्तीबाट काठमाडौं आउँदै गरेका बसका यात्री नेपाली सेनाका अमल्दार बेद बहादुर थापा, प्युठ धन प्रसाद आचार्य र सिपाही कृष्ण खडकालाई दोलखाको टुँडे क्षेत्रबाट अपहरण गरी ओखरबोट इलाकामा हत्या गरेको । २०६१ भदौ २९ मा जिल्ला दोलखा नाम्दु –१ का राजकुमार उप्रेतीको हत्या गरेको ।
४९. श्याम कृष्ण केसी (प्रहरी निरीक्षक) र
५० दुर्गा घिमिरे (प्रहरी जवान)
घटनाः हिरासतमा मृत्यु, ढल्केवर गाबिस–३ का २५ बर्षिय बिनोद यादवको इलाका प्रहरी कार्यालय ढल्केवरको हिरासतमा मृत्यु
५१. भोला रावल (प्रहरी नायव उपरीक्षक),महानगरीय प्रहरी वृत कालिमाटी,
५२. मधुसुदन बिष्ट (प्रहरी सहायक निरीक्षक),महानगरीय प्रहरी प्रभाग स्विचाटार,
५३.रोशन विष्ट (प्रहरी जवान) महानगरीय आयुक्तको कार्यालय ,
५४. कृष्ण प्रसाद खतिवडा (प्रहरी जवान) मप्रअबिसु गार्ड गौचर,
घटनाः हिरासतमा मृत्यु, २०६७ जेठ ९ गते ललितपुर गोदावारी गाविस–९ का सानु सुनार समेतलाई महानगरीय प्रहरी बिट कलंकी खसी बजारले पक्राउ गरी कालिमाटीमा बुझाएकोमा सो वृतको हिरासतमा उपचारको क्रममा मृत्यु ।
५५. राजु बस्नेत (कर्णेल), नेपाली सेना भैरवनाथ गण
५६. पदम सिंह खत्री (मेजर), नेपाली सेना भैरवनाथ गण
५७. राजाराम केसी (मेजर), नेपाली सेना भैरवनाथ गण
५८. विवेक बिष्ट (मेजर), नेपाली सेना भैरवनाथ गण
५९. हरेन्द्र बहादुर सिंह (मेजर), नेपाली सेना भैरवनाथ गण
६०. इन्दिवर राणा (क्याप्टेन), नेपाली सेना भैरवनाथ गण
६१. सागर केसी (क्याप्टेन), नेपाली सेना भैरवनाथ गण
६२. जगन्नाथ खड्का (लेफ्टिनेन्ट), नेपाली सेना भैरवनाथ गण
६३. राजेन्द्र बोगटी (लेफ्टिनेन्ट), नेपाली सेना भैरवनाथ गण
६४. हरिबोल केसी (लेफ्टिनेन्ट), नेपाली सेना भैरवनाथ गण
६५ रामहरि विष्ट (लेप्mिटनेन्ट), नेपाली सेना भैरवनाथ गण
६६. खडक बहादर महत (हवल्दार), नेपाली सेना भैरवनाथ गण
६७. मिननाथ पन्त (हवल्दार), नेपाली सेना भैरवनाथ गण
६८ दिनेश पौडेल (हवल्दार), नेपाली सेना भैरवनाथ गण
६९ केशव ढकाल (हवल्दार), नेपाली सेना भैरवनाथ गण
७०. धनवीर खत्री (जमदार), नेपाली सेना भैरवनाथ गण
७१. बेणु गोपाल श्रेष्ठ (जमदार), नेपाली सेना भैरवनाथ गण
७२. लाल बहादुर चन्द (जमदार), नेपाली सेना भैरवनाथ गण
७३. रण बहादुर बुढाथोकी (जमदार), नेपाली सेना भैरवनाथ गण
७४. शंकर वस्नेत (जमदार), नेपाली सेना भैरवनाथ गण
७५. सूर्य केसी (नायक), नेपाली सेना भैरवनाथ गण
७६. गिरीराज घिमिरे (नायक), नेपाली सेना भैरवनाथ गण
७७. शिव किरण केसी (सिपाही), नेपाली सेना भैरवनाथ गण
७८. विनोद थापा (सिपाही), नेपाली सेना भैरवनाथ गण
७९. अर्जुन सापकोटा (सिपाही), नेपाली सेना भैरवनाथ गण
८०. हरिशरण खड्का (सिपाही), नेपाली सेना भैरवनाथ गण
८१. कुल प्रसाद बन्जरा (सिपाही), नेपाली सेना भैरवनाथ गण
८२. बाबुराम परियार (सिपाही), नेपाली सेना भैरवनाथ गण
८३. तत्कालिन सेनापति प्यार जंग थापा,
८४. नेपाली सेना १० नम्बर बाहिनीका तत्कालिन बाहिनीपति,
घट्नाः बलपूर्वक बेपत्ता, २०६० वैशाख देखि २०६१ फागुनसम्म सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मीहरुद्वारा पक्राउ गएिका व्यक्तिहरुलाई नेपाली सेनाको १० नम्बर बाहिनीमा अन्तर्गत भैरबनाथ गण तथा युद्ध भैरब गण महाराजगञ्ज, काठमाडौंको थुनामा राखी कम्तिमा ४३ जनालाई बलपूर्वक बेपत्ता बनाएको ।
८५. अजित थापा (मेजर) र
८६. रमेश स्वार (क्याप्टेन, नेपाली सेना रम्भापुर ब्यारेक, बर्दिया),
घटनाः बलपूर्वक बेपत्ता, १) २०५८ साल पौष २८ मा बांके नौबस्ता गाबिस–७ की धन कुमारी चौधरीलाई नेपाली सेनाको चिसापानी ब्यारेकबाट बेपत्ता पारेको, २) २०५८ पौष ५ मा बर्दिया धधबार गाविस–८ का राजन कुमार चौधरी, सीता जानकी् चौधरी र चैतेलाल चौधरीलाई पक्राउ गरी बेपत्ता पारेको, ३) २०५८ फागुन ९ मा बाँके बनकटुवा गाविस–८ का राम प्रसाद थारुलाई पक्राउ गरी बेपत्ता पारेको, ४) २०५८ फागुन ११ मा बाँके कोहलपुर –३ बस्ने राम प्रसाद पोखरेललाई पक्राउ गरी बेपत्ता पारेको, ५) २०५९ असार २८ मा बर्दिया बेलुवा–७ का आनन्द परियार पल्टा थारु, सर्जु थारु, र रोहित थारुलाई पक्राउ गरी बेपत्ता पारेको, ६) २०५८ पौष १५ मा बाँके बनकट्वा गाविस–४ का कमल दाहाललाई पक्राउ गरी हत्या गरेको, ७) २०५८ पौष १७ मा बाँके नौबस्ता गाविस–८ का कर्ण बहादुर थारुलाई ्िचसापानी ब्यारेकबाट आएका क्याप्टेन रमेश स्वारसहितका टोलीले घरैबाट पक्राउ गरी चिसापानी ब्यारेकमा लगि हालसम्म बेपत्ता पारेको । ८) २०५८ पौष १२ मा बर्दिया धधबार गाविस–८ का सगुनलाल चौधरीलाई पक्राउ गरी बेपत्ता पारेको, ९) २०५८ फागुन १७ मा बर्दिया न्यौलापुर –४ का केशर बहादुर बस्नेत र रुपन्देही मोतिपुर गाविस–८ का शालिकराम अर्याललाई पक्राउ गरी बेपत्ता पारेको, १०) २०५८ पौष १७ मा बाँके नवकट्वा –४ का कमल दाहाललाई पक्राउ गरी हत्या गरेको ।
८७. महेन्द्र जंग थापा (जमदार),
घटनाः बलपूर्वक बेपत्ता पारेको, बर्दिया देउडाकला गाविस–५ का तिर्थ बहादुर थापा, श्रीराम चौधरी, बम बहादुर शाही, हिरा सिंह बाठामगर र राम चौधरीलाई पक्राउ गरी बेपत्ता पारेको ।
८८. गणेश विक्रम शाह (प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालय, बर्दिया),
८९. राजेन्द्र प्रसाद श्रेष्ठ (प्रहरी निरीक्षक) र
९०. जंग बहादुर केसी (प्रहरी सहायक निरीक्षक)
घटनाः यातनाः क) २०५९ पौष २५ मा बर्दिया ताराताल गाविस –२ का मोतीलाल अधिकारीलाई यातना दिएको । ख)बर्दिया सोनाश्री –का सीताराम थारुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सोनाश्री र जिल्ला प्रहरी कार्यालय बर्दियामा लगि कुटपिट गरी यातना दिएको ।
९१. राम बहादुर कार्की (सेनानी, भजनी रिपिटर टावरको सुरक्षार्थ खटिएका नेपाली सेना लालबोझि), घट्नाः यातना, २०६१ फागुन ११ मा बर्दिया मगरागढी –५ का कृष्ण प्रसाद काफ्लेलाई पक्राउ गरी जथाभावी कुटपिट गरी थुनेको ।
९२., ९३, ९४ नयनराज राज दाहाल (गणपति, भवनी बक्स गण), घटनाः हत्या, क) २०६१ पौष ५ मा दैलेखको नारायण नगरपालिका –३ रत्ना रेग्मीलाई पक्राउ गरी गणमा पु¥याएर यातना दिएको, ख) २०६२ भदौ २० मा दैलेखको नारायण नगरपालिका –३ उदय रेग्मी र सुकुल सिंहको पक्राउ गरी हत्या गरेको, ग) २०६२ माघ ८ मा दैलेखका डाँडापराजुल गाविस–अमर हमालको शाही नेपाली सेना र सेनाबाट नियुक्त भिजिलान्तेबाट हत्या ।
९५. जय बहादुर भाट (सैनिक),
घटनाः यातना, बाजुरा मार्तडी गाविस–५ का पत्रकार राम बहादुर रावललाई कुटपिट गरी यातना दिएको ।
९६. देव बहादुर बोहोरा (प्रहरी नायव उपरीक्षक) घटनाःयातना, २०५९ जेठ १४ मा बाजुरा सत्य माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरु गणेश बहादुर सिंह, लाल बहादुर बम र प्रेम बहादुर रोकायालाई यातना दिएको ।
९७. सुरज थापा (सहसेनानी) र
९८. रमेश पण्डित (प्रहरी निरीक्षक)ः
घटनाः हत्या, २०६१ फागुन १ मा पर्सा पिडारी गुठी गाविस–९ का नविन सिंह पौडेल र महादेवपट्टि –२ बस्ने दिनदयाल चौधरीलाई पक्राउ गरी हत्या गरेको ।
९९. धन बहादुर सिंह (सशस्त्र प्रहरी सहायक निरीक्षक)
घटनाः हत्या, २०५९ पौष २० मा बर्दिया मानपुरटपरा गाविस–३ का टोप बहादुर कार्की र भोज बहादुर कार्कीको हत्या गरेको ।
१००. शिव प्रसाद नेपाल (प्रमुख जिल्ला अधिकारी, लम्जुङ),
१०१. पिताम्बर अधिकारी (प्रहरी नायव उपरीक्षक) र
१०२.सन्तोष सिंह ठकुरी (मेजर¬)
घटनाः बेपत्ता पछि हत्या, २०५८ पौष १६ मा लम्जुङ सिम्पानी गाविस–३ का तेज बहादुर भण्डारीलाई पक्राउ गरी हत्या गरेका ।
१०३. नन्दराम ढुंगेल (जासुस)ः बाग्लुङ तारा गाविस–४ का धलिन्द्र बस्नेतलाई मार्न नेपाली सेना खड्गदल गुल्मका युनिफाइड कमाण्डलाई सहयोग गरेका ।
१०४. शंकर कुमार श्रेष्ठ (मेजर),
घटनाः हत्या, २०६० चैत्र १२ मा कास्की लुम्ले गाविस–९ का पूर्ण बहादुर गुरुङको घरमा सुरक्षकर्मीले गोली चलाउँदा घरधनी वीरसुब्बा गुरुङ, रुकुम घर भएका विज्ञान भन्ने टंक बहादुर घर्ति, सर्लाहीका भावना सुनार र गोरखाका मीन कुमारीको हत्या भएको ।
१०५. शिव पौडेल (सहसेनानी, नेपाली सेना खड्गदल गुल्म),
घटनाः हत्या, २०६१ मा २६ मा बाग्लुङ नगरपालिका –२ का डिल्ली प्रसाद सापकोटालाई पक्राउ गरी हत्या गरेको ।
१०६. किसन सिंह बडाल (प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय, जोगबुढा) र
१०७. आनसिंह भण्डारी (प्रहरी सहायक निरीक्षक), घटनाः हत्या, २०५८ माघ १५ मा डडेल्धुरा जोगबुढा –६ का दलबहादुर धामी र सोही गाविस वडा –५ का दिल बहादुर जाग्रीलाई मालपोत बुझाई घर फर्कर्ने क्रममा पक्राउ गरी बेपत्ता पछि हत्या गरेको ।
१०८. आत्मराम भन्ने उज्जल (तत्कालिन नेकपा माओवादी बाग्लुङ),
घट्नाः हत्या, २०६० भदौ १० मा बाग्लुङ देविस्थान गाविस–९ का खल बहादुर मल्ललाई अपहरण गरी हत्या गरेको ।
१०९. सन्तोष श्रीवास्तव (प्रतिकार समितिका अध्यक्ष),
घटनाः अपहरण पछि हत्या, २०६० असोज ३० मा रुपन्देही रामपुर गाविस–८ बर्मानन्द बरुणलाई नेकपा माओवादी प्रतिकार समितिका ब्यक्तिहरुले अपहरण गरी हत्या गरेका ।
११०. हरि गुरुङ, नेपाली सेनाको बाइस जाँगर सुरक्षा बेस क्याम्प,
घट्नाः यातना, २०५८ वौष ४ मा तनहुँ पुर्कोट गाविस–३ का इन्द्रनिधि पाण्डेलाई बाइसुजाँगर सुरक्षा बेस क्याम्पमा कुटपिट गरी यातना दिएको ।
१११. भोला प्रसाद शिवाकोटी (प्रमुख जिल्ला अधिकारी, काठमाडौं),
घट्नाः २०६६ असोज ४ गते काठमाडौं जिल्ला कामनपा– १२का राजेन्द्र श्रेष्ठको घर नभत्काउन सर्वोच्च अदालतले दिएको आदेश बिपरित घर भत्काइदिएको ।
११२. अजित प्रताप सिंह (उपसेनानी, नेपाली सेना) र
११३. मिन बहादुर तामाङ (प्रहरी सहायक निरीक्षक)
घटनाः हत्या, २०६२ फागुन १६ गते नुवाकोट जिल्ला कुमारी गाविस –६ की पार्वती पौडेललाई लखेट्दै लगि बेलकोट गाविसको ढुंगेनीमा पु¥याई हत्या गरेको ।
११४. धर्मराज सुनार (प्रहरी निरीक्षक)
घटनाः हत्या, २०५९ जेठ २७ मा बाँके कोहलपुर –६ का नन्दराम पक्राउ पछि हत्या, २०५९ वैशाख २९ मा सोहि जिल्लाको कोहलपुर–४ का जीत बहादुर पुन र चन्द्र बहादुर बिकलाई पक्राउ गरी हालसम्म बेपत्ता ।
११५. प्रदीप कुमार श्रेष्ठ (सहसेनानी, संयुक्त सुरक्षा फौज गरुडा),
घटनाः हत्या, २०६२ फागुन २५ मा रौतहट डुमरिया मटिऔन गाविस–२ का सुरेन्द्र ठाकुर हजामसहित माओवादीका कार्यकर्ताहरु कमलदेव महत्तो, दिपेन्द्र साह र भोला यादवको हत्या गरेको ।
११६. कर्मेन्द्र लिम्बु (गणपति, नेपाली सेना शेरदल गण),
११७. शेर सिंह विष्ट (सहायक गणपति),
११८. सरोज बस्नेत (उपसेनानी),
११९. देवान थापामगर (जमदार),
१२०. शेर बहादुर रानाभाट (हुद्धा),
१२१. काजी बहादुर कार्की (अमलदार),
१२२. बल बहादुर श्रेष्ठ,
१२३. जगेन्द्र प्याकुरेल (प्युठ),
१२४. खेटराज तामाङ (सिपाही),
१२५. दिपक नेपाली (सिपाही)
१२६. लीला प्रसाद बि.क. (सिपाही)
घटनाः २०६० फागुन १ गते काभ्रे कुडारी गाविस–६ का टासी लामाको हत्या गरेको ।
१२७. रमेश बहादुर सिंह (प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँद्धा समेत),
घटनाः हत्या र पुन पक्राउ, २०६७ असार २० मा धनुषा मखनाह –८ का मदन यादवलाई पक्राउ गरी हत्या गरेको,२०७६ वैशाख ८ मा दान बहादुर फडेरालाई पुन पक्राउ गर्ने क्रममा आयोगको कार्यालय घेराउ गरेको ।
१२८. कुमार राज पौडेल (प्रहरी नायव निरीक्षक, इलाका प्रहरी कार्यालय धनुषा),
घटनाः हत्या, २०६७ असार २० मा धनुषा मखनाह गाविस–८ का मदन यादवलाई पक्राउ गरी हत्या गरेको ।
१२९. जय नारायण यादव (प्रहरी सहायक निरीक्षक),
१३०. टेक बहादुर गुरुङ (प्रहरी नायव उपरीक्षक), जिप्रका धनुषा,
१३१. उपेन्द्र यादव (प्रहरी जवान),
१३२. राम दिनेश यादव (प्रहरी जवान),
१३३. दिनेश साह (प्रहरी जवान),
१३४. दिलिप साफी,
घट्नाः हत्या, २०६८ असोज १९ मा धनुषा मुखियापट्टि मुसहरनिया–२ का फुलझारी मुखियाको हत्या गरेका । साथै आयोगको अनुसन्धानमा असहयोग गरेको ।
१३५. श्याम बहादुर खत्री (प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय बारा),
१३६. रण बहादुर रायमाझी (प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालय बारा) र
१३७. श्याम बहादुर कार्की (सशस्त्र प्रहरी निरीक्षक)
घटनाः हत्या, २०६४ भदौ १३ मा बारा जिल्ला हर्दिया गाविस–८ का जमुना सिंहलाई सुतिरहेको अवस्थामा हत्या गरेको ।
१३८. भुवनसिंह थापा (टाइगर ग्रुप) र
१३९. हरि बहादुर चन्द (नेपाली सेना भवानीबक्स गण दैलेख) घट्नाः हत्या, २०६२ भदौ २० मा दैलेख नगरपालिका वडा नम्बर ३ का उदय रेग्मी र सुकुल सिंहको पक्राउ गरी हत्या गरेको ।
१४०. यम बहादुर शाही (नेपाली सेना भवानी बक्सगण, दैलेख) घट्नाः हत्या, २०६२ माघ ८ मा दैलेख डाँडापराजुल गाबिस –५का अमर हमालको नेपाली सेना र सेनाबाट नियुक्त भिजिलान्तेबाट गोली हानी हत्या गरेको ।
१४१. चण्डेश्वर आचार्य (प्रमुख जिल्ला अधिकारी) जिल्ला प्रशासन कार्यालय दोलखा, घट्ना हत्या, २०६० मंसिर ३ गते दोलखा मैलुङ गाविस–७ का हरिशंकर भण्डारीको हत्या घट्नाको छानविनमा तदारुखता नदेखाएको ।
१४२. तेज बहादुर केसी (प्रहरी निरीक्षक), इलाका प्रहरी कार्यालय कात्तिके देउराली, काभ्रे,
घट्नाः २०५५ कार्तिक १९ मा काभ्रे सुगुरे गाविस–८ का सरला अधिकारीको हत्या गरेको । साथै काभ्रे भुम्लुसल्ले –९ का कुमार चौलागाईलाई पक्राउ गरी हत्या गरेको ।
१४३. प्रेम तामाङ,
१४४. दमाई सिंह तामाङ,
१४५. हिरा लामा,
१४६. हर्के तामाङ,
१४७. काले तामाङ,
१४८. बहिदार तामाङ,क
१४९. रेनुका मगर, (नेकपा माओवादीका कार्यकर्ता, ठूलोभोर्ले –५, रसुवा),
घट्नाः हत्या, २०६० चैत्र २५ मा रसुवा भोर्ले गाविस–५ ठूलोभोर्लेका कमान सिंह मोक्तानलाई कुटपिट गरी हत्या गरेको ।
१५०. हिमाल भन्ने गणेश गौतम र
१५१. मनिकेश गौतम (नेकपा माओवादी जुम्ला),
घटनाः २०५९ भदौ २९ मा जुम्ला जिल्ला, हाँकु गाविस–७ का जयलक्ष्मी भन्ने सरास्वती पाण्डेलाई कुटपिट गर्दा सोहि कारणले पाण्डेको मृत्यु भएकोे ।
१५२. प्रविण (एरिया इन्चार्ज), तत्कालिन नेकपा माओवादी जुम्ला, घटनाःहत्या, २०६० फागुन १९ मा जुम्ला तलिउम गाविस–१ का मन प्रसाद उपाध्यायलाई अपहरण गरी हत्या गरेको ।
१५३. धन बहादुर मल्ल,
१५४. दिपक केसी,
१५५. प्रकाश स्याडा र
१५६. हरि कुँवर (तत्कालिन माओवादी बझाङ),
घट्नाःहत्या २०५९ असार १३ मा जिल्ला बझाङ, खिरातडी गाविस– ७ का प्रहरी हवल्दार मिन बहादुर सिंहको हत्या गरेको ।
१५७. कुन्दन भनिने नरेन्द्र फौजदार,
१५८. लाल बहादुर चौधरी
१५९. मनेजर गिरी,
१६०. राम एकबाल सहनी र
१६१. हरेराम पटेल (तत्कालिन नेकपा माओवादी, बारा)
घटनाः अपहरण पछि हत्या, २०६४ असोज १८ मा जिल्ला बारा घर भएका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार विरेन्द्र कुमार साहलाई अपहरण गरी हत्या गरेको ।
१६२. प्रज्वल भन्ने कैले रोका र
१६३ विश्लेषण भन्ने धन बहादुर थापा (तत्कालिन नेकपा माओवादी थवाङ–८ रोल्पा,
घट्नाः २०६० असोज ८ गते अपहरण पछि हत्या, जिल्ला रोल्पा थवाङ–८ का डोर बहादुर वलीलाइ अपहरण पछि हत्या गरेको ।
१६४. गोविन्द थपलिया (इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँके),
घटना बलपूर्वक बेपत्ता, २०५९ वैशाख २९ मा जिल्ला बाँके, कोहलपुर–४ मुसुरी खेतका जित बहादुर पुन र चन्द्र बहादुर बिकलाई पक्राउ गरी बेपत्ता पारेको ।
१६५. रवि प्रताप राणा (प्रहरी उपरीक्षक),
१६६ं रण बहादुर गौतम (प्रहरी नायव उपरीक्षक) र
१६७. केदार कोइराला ्(प्रहरी निरीक्षक) जिल्ला प्रहरी कार्यालय, बर्दिया,
घटनाः बलपूर्वक बेपत्ता, २०५९ पौष ७ मा जिल्ला बर्दिया, बानियाभार–१ का सुरेश कुमार वलीलाई पक्राउ गरी बेपत्ता पारेको ।
१६८. लब कुमार रायमाझी (तत्कालिन प्रमुख, ठाकुरद्धारा ब्यारेक बर्दिया),
घटनाः बलपूर्वक बेपत्ता, २०५९ फागुन २७ मा जिल्ला बर्दिया, नेउलापुर –४ का केशर बहादुर बस्नेत र जिल्ला रुपन्देही, मोतीपुर–८ का शालिकराम अर्याललाई पक्राउ गरी बेपत्ता पारेको ।
१६९. राम बहादुर थापा ‘सुन्दर’ (जनअदालत प्रमुख),
१७०. भीम बहादुर चौधरी ‘भीम’ (वकिल)
१७१. जेहेन्दार (तत्कालिन माओवादी दाङ),
घटनाः अपहरण, २०५८ माघ १५ मा जिल्ला दाङ हेकुली–४ का युवराज शर्मालाई अपहरण गरी बेपत्ता पारेको ।
१७२. तमाओका लक्षीराम यादव
१७३. प्रमोद खड्का,
१७४. प्रतिभा..,
१७५. …गुरुङ र
१७६. जीवन…(तत्कालिन माओवादी, बर्दिया)
घट्ना अपहरण, २०६१ कार्तिक १२ मा जिल्ला बर्दिया, गुलरिया नगरपालिका–२ का निरज यादव भनिने रमेश यादवलाई अपहरण गरी बेपत्ता पारेको ।
१७७. हरिबोल केसी (प्रहरी सहायक निरीक्षक),
१७८. सोभन राणा (प्रहरी नायव निरीक्षक),
१७९. ईन्द्र बहादुर मल्ल (प्रहरी सहायक निरीक्षक),
१८०. हरिलाल थापामगर (प्रहरी हवल्दार) र
१८१. रञ्जित खड्का (प्रहरी जवान) जिल्ला प्रहरी कार्यालय दैलेख, २०६८ कार्तिक १ मा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापा, एभिन्यूज टिभीका सम्वाददाता भुपेन्द्र शाही, हिमालयन टिभीका सम्बाददाता रत्न शाही र जिल्ला विकास समिति दैलेखका नायव सब्बा खगेन्द्र थापालाई कुटपीट गरेको ।
१८२. हिरा कुमारी चौधरी (प्रहरी),
१८३. भगवती रानामगर (प्रहरी) र
१८४. शोभेन्द्र ठाकुर (जिल्ला प्रहरी कार्यालय, महोत्तरी)
१८५. सत्य नारायण यादव (प्रहरी नायव निरीक्षक, जिल्ला प्रहरी कार्यालय)
१८६. नुनु पाण्डे (कार्यालय सहयोगी, कारागार कार्यालय, महोत्तरी) र
१८७. बिकु मिजार (चौकिदार, कारागार कार्यालय महोत्तरी),
घटनाः कुटपिट र यातना, २०६८ चैत्र १० मा महोत्तरी कारागारका बन्दी सरोजी सिंह, श्रीवती मण्डल, निर्मला झा, ललिता सिंह, उष देबी झा र अमरिका पासवानलाई कुटपिट गरी यातना दिएको ।
१८८. गोविन्द महत्तो कोइरी (प्रहरी सहायक निरीक्षक), महुवन प्रहरी चौकी पर्सा,
घटना कुटपिट र यातना, २०६८ असार २४ मा पर्सा गम्हरिया–३ का अमरिका यादवलाई कुटपिट गरी यातना दिएको ।
१८९. नवराज खरेल (इन्चार्ज), शान्ति सेवागृह गौशाला, काठमाडौं, घट्नाःकुटपीट, २०६३ साउन २५ मा शान्ति सेवागृह गौशला, काठमाडौंमा बस्ने शोभित बुढाथोकीलाई कुटपिट गरी बेहोस बनाएको ।
१९०. रवि प्रताप राणा (प्रहरी उपरीक्षक),
१९१. रण बहादुर गौतम (प्रहरी नायव उपरीक्षक) र
१९२. केदार कोइराला (प्रहरी निरीक्षक), जिल्ला प्रहरी कार्यालय बर्दिया,
घट्नाः यातना, २०६५ जेठ २० मा जिल्ला बर्दिया बानियाभार–१ का पदम बहादुर वलीलाई यातना दिएको ।
१९३. राज बहादुर थापा (प्रहरी नायव निरीक्षक), इलाका प्रहरी कार्यालय धनौल, बाँके,
घटनाः यातना, २०६५ चैत्र २० मा जिल्ला बाँके बागेश्वरी–२ का पिताम्बर लामिछानेलाई पक्राउ गरी यातना दिएको ।
१९४. राम बहादुर ढकाल (प्रहरी नायव निरीक्षक),
१९५. हरिशंकर यादव (हेक) र
१९६.सुरेन्द्र चौधरी (प्रहरी जवान), जिल्ला प्रहरी कार्यालय सिराहा,
घटनाः हत्या, २०६५ असोज २८ मा जिल्ला सिराहा अर्नामा प.पी.–२ का चन्द्र कुमार यादवलाई पक्राउ गरी यातना दिँदा हिरासत भित्रै मृत्यु ।
१९७. रुपेन्द्र बुढाथोकी (सेनानी), नेपाली सेना इन्द्रदल गुल्म, ताप्लेजुङ,
घटनाः हत्या, २०६२ कार्तिक २ मा जिल्ला ताप्लेजुङ, थेचम्बु–६ का अर्जुन सुब्बा (म्याङ्बो)लाई नियन्त्रणमा लिई गोली हानी हत्या गरेको ।
१९८. दान बहादुर घिमिरे (प्रहरी), जिल्ला प्रहरी कार्यालय सुनसरी देवानगञ्ज,
घटनाः हत्या, २०६८ साउन १३ मा जिल्ला सुनसरी देवानगञ्ज –२मा गोली चलाउँदा सानु यादवको मृत्यु भएको ।
१९९. जगन्नाथ तामाङ र
२००. दयाराम ठकहर (तत्कालिन नेकपा माओवादी धनुषा),
घटनाः हत्या, २०६३ साउन २१ मा दीप नारायण यादवलाई नियन्त्रणमा लिई दुबै हात पछाडि बाँधि कुटपिट गर्दै कमला नदीमा पु¥याई पानीमा डुबाएर हत्या गरेको ।
२०१. श्याम गुरुङ (प्रहरी हवल्दार), जिल्ला प्रहरी कार्यालय मोरङ,
घटनाः यातना, २०६८ वैशाख ११ मा जिल्ला मोरङ, बिराटनगर–८ का रहमत अलीलाई पक्राउ गरी जिप्रका मोरङको हिरासतमा राखी यातना दिएको ।
२०२. चुडामणि शर्मा (प्रमुख जिल्ला अधिकारी),
२०३. भोग बहादुर थापा (प्रहरी उपरीक्षक),
२०४. अवदेश विष्ट (प्रहरी निरीक्षक),
२०५. दिपक आचार्य (प्रहरी सहायक निरीक्षक),
२०६. बल बहादुर विष्ट (प्रहरी नायव निरीक्षक)
२०७. नरेश बहादुर शाही (प्रहरी नायव निरीक्षक), जिल्ला प्रशासन कार्यालय, ललितपुर÷ महानगरीय प्रहरी परीसर ललितपुर,
घटनाः गैरकानूनी थुनामा राखेको, २०६८ चैत्र १ गते देखि २१ गतेसम्म सुनसरी धरान नगरपालिका –१० का ग्लोब मानवलाई गैरकानूनी थुनामा राखेको ।
२०८. नकुल प्रसाद साह, शिक्षक (जनता निम्न माध्यामिक विद्यालय देउरी, सप्तरी),
घट्नाः शारीरिक दण्ड, २०६७ असार ११ मा सप्तरीको श्री जनता निम्न माध्यामिक विद्यालय देउरीमा कक्षा ५ र ६ मा अध्ययनरत दिब्यरोशनी साह र दिब्य ज्योति साहलाई थप्पड, मुड्की र लठ्ठीले हिर्काएर सख्त घाइते बनाएको ।
२०९. महेन्द्र खत्री (प्रहरी नायव निरीक्षक),
२१०. मुकुन्द प्रसाद बिडारी (प्रहरी नायव निरीक्षक),
२११. सुरेश प्रसाद यादव (प्रहरी हवल्दार),
२१२. नकुल राई (प्रहरी जवान),
२१३. राम कुमार बोगटी (प्रहरी जवान),
२१४. कैलाश खत्री (प्रहरी जवान),
२१५. चन्द्र खड्का (प्रहरी जवान),
२१६. देवराज माझी (प्रहरी जवान),
२१७. नारायण खड्का (प्रहरी जवान),
२१८. राजीव बहादुर खड्का (प्रहरी जवान) र
२१९. रमेश कुमार देव (प्रहरी निरीक्षक), जिल्ला प्रहरी कार्यालय खोटाङ,
घटनाः यातनाबाट मृत्यु, २०७० असार २१ मा जिल्ला खोटाङ, पाथेका गाविस–२ का भुदेउ भन्ने किरण राईलाई हिरासतबाट भागेको आरोपमा सोहि दिन पक्राउ गरी यातना दिँदा मृत्यु भएको ।
२२०. डा. नोवेल किशोर झा (जिल्ला स्वास्थ्य कार्यालय, खोटाङ),
घटनाः यातनाबाट मृत्यु, २०७० असार २१ मा बिरामीको उपचारमा कानूनी जटिलताका विषयमा संवेदनशिल नभएको, मातहतका कर्मचारीले गरेको काम उपर प्रभावकारी सुपरिवेक्षण नगरेको ।
२२१. अर्जुन प्रसाद सापकोटा (सशस्त्र प्रहरी नायव उपरीक्षक),
घट्ना बलको अत्याधिक प्रयोग गरेको, २०७१ असोज २५ मा बाराको सिमरौनगढमा विद्यार्थीहरुले निकालेको जुलुसमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर जयनारायण पटेलको घट्ना स्थलमै मृत्यु भएको ।
२२२. अर्जुन भन्ने झंक नाथ घिमिरे (नेकपा माओवादी प्युटार, वडा नम्बर १, ललितपुर),
२२३. दिपक पुलामी मगर (नेकपा माओवादी, माल्टा–७ ललितपुर),
२२४. रेणु मगर (नेकपा माओवादी, माल्टा–८ ललितपुर) र
२२५. गोमा घर्तिमगर (नेकपा माओवादी, माल्टा–८ ललितपुर),
घटनाः कुटपिट गरी हत्या, २०५० असोज २० मा ललितपुर पुसेल गाविस–३ की फुलमाया स्याङतानको हत्या गरेको ।
२२६. दिवाकर भन्ने रामशरण (नेकपा माओवादी), दुई पिपल–७ नुवाकोट,
घटनाः अपहरण पछि हत्या, २०६० साउन २४ मा तारादल गण देवीघाट ब्यारेक, नुवाकोटमा कार्यरत सरोज तामाङलाई अपहरण पछि हत्या गरेको ।
२२७. बाबुराम पोखरेल (कार्यालय प्रमख), इलाका प्रहरी कार्यालय सिजुवा मोरङ,
घटनाः हिरासतमा मृत्यु, २०७१ कार्तिक ७ मा जिल्ला मोरङ, सिजुवा गाविस–३ का मधु ताजपुरियालाई होहल्ला गरेको भन्ने आरोपमा पक्राउ गरी हिरासतमा राखेकोमा उपचारका लागि कोशी अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको ।
२२८. सन्जिव शर्मा दास (प्रहरी नयव उपरीक्षक), जिल्ला प्रहरी कार्यालय, रामेछाप,
घटनाः समयमा अनुसन्धान नगरेको, जिल्ला रामेछाप सैपु–१ की सुन्तली तामाङलाई कर्तब्य गरी मारेको घट्नामा किटानी जाहेरी दर्ता गर्न पटक पटक लैजादा पनि जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न इन्कार गरेको ।
२२९. राम सिंह बोहोरा (लेफ्टिनेन्ट), भजनी बेस क्याम्प, कैलाली,
घट्नाः हत्या र बलपूर्वक बेपत्ता, २०५९ पौष १८ मा जिल्ला कैलाली लालबोझी –६ का श्यामा देबी डगौरालाई मारेको, जिल्ला कैलाली रतनपुर–४ का भागीराम चौधरीलाई मारेको, जिल्ला कैलाली लालबोझी –५ का रामचरण चौधरी र लालबोझी –१ का रामेश्वर कठरियालाई पक्राउ गरी बेपत्ता पारेको । २०५८ फागुन १ मा जिल्ला कैलाली भजनी –९ कन्हैयापुर बस्ने जगन्नाथ डगौरा र रामशंकर डगौरालाई घरबाट पक्राउ गरी बेपत्ता पारेको ।
२३०. खडानन्द चौधरी (सप्रनाम) सशस्त्र प्रहरी बल उग्रतारा गण,
२३१. लक्ष्मण बहादुर सिंह (प्रहरी उपरीक्षक, नेपाल प्रहरी), घटना हत्या तोडफोड तथा क्षति, जिल्ला कैलालीको टिकापुर घट्नामा फितलो सुरक्षा योजना बनाएको एवं लार्पाबाही गरी धनजनको क्षति रोक्न समुचित प्रयास नगरेको ।
२३२. राज कुमार श्रेष्ठ (प्रमुख जिल्ला अधिकारी, कैलाली) र
२३३. सुमन धिताल, इलाका प्रशासन कार्यालय टिकापुर, कैलाली,
घटनाः हत्या तोडफोड तथा क्षति, २०७२ भाद्र ७ गते कैलालीको टिकापुर घट्नामा मानव अधिकार उलंघन रोक्ने कार्यमा कार्य उदासिनता (एक्ट अफ ओमिसन) देखाएको ।
२३४. नारायण गोपाल मलेगो (सचिव, गृहमन्त्रालय),
२३५ं तोयम रायमाझी, जिल्ला प्रशासन कार्यालय,
२३६. तारिणी लम्साल (प्रहरी उपरीक्षक), जिल्ला प्रहरी कार्यालय, मोरङ,
घट्नाः बलको अत्याधिक प्रयोग, २०७२ माघ ७ मा तराई मधेश आन्दोलनमा संयुक्त मधेसी मोर्चा र नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले मोरङको रंघेलीमा आ–आफ्नो कार्यक्रम गर्ने सन्दर्भमा प्रहरी र मोर्चाका कार्यकर्ता बीच झडप हुँदा आन्दोलनकारी सहित तीन जनाको मृत्यु, प्रहरी र केहि ब्यक्ति घाइते भएका र सम्पत्ति क्षति भएको ।
२३७. लुमाकान्त भण्डारी (नेपाली सेनाको बरख दल गण, घट्नाः यातना, बर्दिया नेउलापुर गाविस–४ बस्ने अमृत थारु, बसन्ती थारु र लोटन थारुसमेत तीन जनालाई पक्राउ गरी यातना दिएको ।
२३८. सुवास थापा (सेनानी, नेपाली सेना), घट्ना हत्याः जिल्ला धादिङ क्षत्रे देउराली गाविस–८ का प्रकाश कण्डेललाई खेतमा काम गरिरहेको अवस्थामा मारेको ।
२३९. तुलसी थापा (मानव अधिकारकर्मी),
घटनाः प्रहरीलाई गलत नियतले जानकारी नगराएको, २०७३ वैशाख २७ मा मानवअधिकारकर्मी तुलसी थापाले गरेका क्रियाकलापहरु निज कार्यरत संस्थाको विधान बिपरित कार्यक्षेत्र बाहिर भएका र निजले प्रहरीलाई असल नियतले टिकाबहादुरका बारेमा खबर नगरेको देखिएकाले र निजको भनाईको प्रभावमा परी प्रहरीले यथेष्ट आधार र कारण बिना पक्राउ गरी हिरासतमा राख्दा खोटाङ घर भएका टिका बहादुर राईको मृत्यु भएको ।
२४०. लेखनाथ भट्टराई (प्रधानाध्यापक), श्री पब्लिक उच्च मा.वि धरान, घटनाः शिक्षाको अधिकार, २०६५ सालको वार्षिक परीक्षामा उत्तिर्ण भएपनि प्रधानाध्यापकले परीक्षामा अनुत्तिर्ण गराएका ।
२४१. सुरेन्द्र केसी (प्रहरी नायव उपरीक्षक) र
२४२. धर्मेन्द्र सिंह (प्रहरी सहायक निरीक्षक), जिल्ला प्रहरी कार्यालय, बारा, घटनाः हत्या, २०६६ चैत्र २२ मा जिल्ला बारा श्रीनगर बैरिया–८ का रामबाबु सहनीको नियन्त्रणमा लिई हत्या गरेको ।
२४३. मोहन लामा (सशस्त्र प्रहरी हवल्दार), सशस्त्र प्रहरी बल,
घटनाः हत्या, २०७४ साल वैशाख ३० गते काभ्रे नमोबुद्ध –४ का नवराज पाठकको हत्या गरेको ।
२४४.तत्कालिन माओवादीका सुन्तली भन्ने देवकी जिरेल (तत्कालिन नेकपा माओवादी दोलखा),
घटनाः हत्या, सुन्तली भन्ने देवकी जिरेलले दोलखा जुगु गाविस–७ का भीम कुमारी जिरेल, रुपा जिरेललगायतलाई प्रलोभनमा पारेर माओवादीमा लगाएको र सोहि कारणले सुरक्षाकर्मीले मारेको ।
२४५. मदन प्रसाद केशरी (प्रहरी निरीक्षक), रातमाटा प्रहरी कार्यालय, सिन्धुली,
घटनाः यातना, २०५५ कार्तिक १७ मा जिल्ला सिन्धुली, पुरानो झँगाझोली–६ का पवल दाहालसमेत पाँच जनाको हत्या गरेको र अन्य तीन जनालाई यातना दिएको ।
२४६. राम कुमार स्याङतान (तत्कालिन माओवादी), कालेश्वर–७, ललितपुर,
२४७. रामहरि तिमिल्सिना (तत्कालिन माओवादी), कालेश्वर–३, ललितपुर,
२४८.राजन तिमिल्सिना (तत्कालिन माओवादी), कालेश्वर–३, ललितपुर,
२४९. जुमान सिंह स्याङ्तान (तत्कालिन माओवादी), कालेश्वर–७, ललितपुर,
२५०. कुमारी मोक्तान (तत्कालिन नेकपा माओवादी), ललितपुर र
२५१. नविन भन्ने फणिन्द्र देवकोटा (तत्कालिन नेकपा माओवादी), ललितपुर,
घटनाः हत्या, जिल्ला ललितपुर, कालेश्वर –७ का मणिकलाल वाइवालाई २०५९ कार्तिक १० मा अपहरण गरी घरदेखि लगभग १० मिनेट पर घट्टेखोलामा पु¥याई हत्या गरेको ।
२५२. अविरल भन्ने बिमलराज गिरी (तत्कालिन माओवादी, सिन्धुपाल्चोक),
घट्नाः हत्या, जिल्ला सिन्धुपाल्चोक पिपलडाँडा–२ का कृष्ण बहादुर बस्नेतलाई २०६१ साल फागुन १३ गते अपहरण गरी हत्या गरेको ।
२५३. दिवाकर भन्ने रामशरण सुबेदी (तत्कालिन माओवादी, धादिङ),
घट्नाः हत्या, जिल्ला धादिङ, केबलपुर गाविस–२ का गोमा कोइरालालाई २०६० पौष २८ मा अपहरण गरी हत्या गरेको ।
२५४. भक्ति प्रसाद पाठक (तत्कालिन माओवादी, झापा), घटना हत्याः जिल्ला झापा कुमारखोद गाविस–७ का चुडामणि मैनालीलाई झापा बजारमा चन्दा उठाइरहेका माओवादी कार्यकर्ताहरुले २०६२ कार्तिक २१ गते गोली हानी हत्या गरेको ।
२५५. हितेन्द्र सिंह (इन्स्पेक्टर भारतीय एसएसबी) र
२५६. मदन सिंह सोडार (भारतीय एसएसबीका जवान)
घटना हत्याः २०६७ जेठ ११ मा जिल्ला मोरङ अमाहीवरियाती –७ का बासुदेव साहलाई भारतीय एसएसबी ( भारतीय सीमा सुरक्षा बल)का सुरक्षाकर्मीहरुले नेपाल भारत सीमाको दशगजा नजिकै नेपालको भूभाग मोरङ अमाहीवरियती–७ स्थित खयरवना भन्ने स्थानमा प्रवेश गरी हत्या गरेको । तर हालसम्म पनि कारबाहीका लागि सिफारिस नगरिएको ।
२५७. मित्रराज गिरी (हुद्दा, नेपाली सेना सिंहनाथ गण सूर्य बिनायक भक्तपुर)
घटनाः यातना, २०६१ चैत्र २४ मा ताथली–३, भक्तपुर बस्ने केशव थापालाई सिंहनाथ गण सूर्य विनायक व्यारेकमा बोलाई कुटपीट गरी यातना दिएको ।
२५८. विरेन्द्र यादव (प्रहरी जवान, जिल्ला प्रहरी कार्यालय, सुनसरी),
२५९. सञ्जय थापा (प्रहरी जवान, जिल्ला प्रहरी कार्यालय, सुनसरी) र
२६०. अजित कुमार साह (प्रहरी जवान, जिल्ला प्रहरी कार्यालय, सुनसरी),
घटनाः अपहरण पछि हत्या, कुटपीट र दूव्यवहार, जिल्ला झापा, मेचीनगर नगरपालिका –११, काकरभिट्टाका दिल कुमार तामाङलाई जिल्ला प्रहरी कार्यालय, इनरुवा सुनसरीको परिसरभित्र काम लगाईरहेको अवस्थामा कुटपीट र दूव्यवहार गरेको ।
२६१. तेजराज शर्मा (सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी बल बारा),
घटनाः अपहरण पछि हत्या, कुटपीट र दूव्यबहार, २०६६ साल भाद्र ६ गते जिल्ला बारा, बेलदारी –७ का लोकनाथ यादवसमेतका व्यक्तिहरुको घर खानतलासी गर्ने क्रममा सशस्त्र प्रहरीको टोली घरभित्र प्रवेश गरी जथाभावी कुटपीट र दूरव्यवहार गरेको ।
२६२. गणेश रावल (क्याप्टेन, नेपाली सेना नयाँ गोरखनाथ गण, लिबाङ, रोल्पा),
घटनाः अपहरण पछि हत्या, जबर्जस्ती यौन सम्पर्क राखेको, रोल्पा लिबाङ–६ की एक महिलालाई २०६२ साल असोज २५ गते लिबाङ–५ स्थित नेपाली सेनाका निज क्याप्टेनले काठमाडौं बोलाएर होटलमा राखी जबर्जस्त यौन सम्पर्क राखी यातना दिएका र विवाह गर भन्दा बिभिन्न धम्कीहरु दिएका थिए ।
२६३. ईतिहास भनिने सुरेश थापा (तत्कालिन नेकपा माओवादी, ओखलढुङ्गा) र
२६४. चन्द्र प्रकाश भनिने च्वाचे बोगटी (तत्कालिन नेकपा माओवादी, ओखलढुङ्गा),
घट्नाः अपहरण कुटपीट, २०६३ साल चैत्र १२ गते जिल्ला ओखलढुङ्गा मुलाखर्क–२ का अपहरण गरी कुटपीट गरी यातना दिएको ।
२६५. हरिकुमार प्रसाई (प्रहरी नायव निरीक्षक, प्रहरी चौकी, पृथ्वीनगर, झापा),
घट्नाः शान्ति सुरक्षा, घरबाट धनमाल लगेको विषयमा प्रहरी चौकीमा जानकारी गराउँदा पनि प्रहरीले सहयोग नगरेको ।
२६६. ज्ञानेन्द्र थापा (प्राचार्य, नेशनल क्रियसन एकेडमी, पोखरा, कास्की) र
२६७. अस्मिता थापा (शिक्षिका, नेशनल क्रियसन एकेडमी, पोखरा, कास्की), जिल्ला कास्की, २०७३ जेठ १८ मा पोखरा महानगरपालिका–८ नागढुंगाका ६ बर्षिय बालक विवेक बि.क.लाई गृहकार्य नगरेको निहुमा अनुहारमा कालो लगाई दूरव्यवहार गरेको ।
२६८. मणिराम गोपका (कारखाना निरीक्षक, श्रम कार्यालय, बिराटनगर, मोरङ),
घट्नाः मानव अधिकारमैत्री व्यवहार नगरेको, २०७३ साल जेठ २१ गते जिल्ला सुनसरी नरसिंह–१ स्थित अरबिन्द पल्प एण्ड पेपर मिल्स प्रालि नामक कम्पनीमा सुरक्षागार्ड पदमा कार्यरत अनुप रेग्मीको कम्पनीमा जडित मेसिनमा काम गर्दा देब्रे खुट्टा भाचिएपछि निजले कम्पनीमा पाउनुपर्ने क्षतिपुर्ति श्रम कार्यालय मार्फत पाउनुपर्नेमा सो रकम श्रम कार्यालयको खातामा राखी पीडितलाई समयमा नदिएको ।
२६९. अनुप ध्वज अधिकारी (प्रहरी इन्चार्ज सिंगा तातोपानी प्रहरी चौकी, म्याग्दी) र
२७०. सोम प्रसाद लामिछाने (प्रहरी कर्मचारी, सिंगा तातोपानी प्रहरी चौकी, म्याग्दी),
घटनाः हत्या, जिल्ला म्याग्दी बाबियाचौर–८ का बिनोद केसीको हत्या गरेको ।
२७१. कृष्ण देव साह (प्रहरी निरीक्षक,
२७२. बिनोद साह (प्रहरी हवल्दार) र
२७३. सत्य नारायण मिश्र (प्रहरी हवल्दार) घटनाः हत्या, २०७७ साल असार २३ मा जिल्ला सर्लाही बागमति नगरपालिका–२ का कुमार पौडेललाई सर्लाही जिल्लाकै लालबन्दी नगरपालिका–१ को लखन्देही जंगल नजिक लगी मारेको ।
२७४. किरण प्रसाद न्यौपाने (प्रहरी निरीक्षक) र
२७५. सूर्य कुमार कार्की (प्रहरी नायव निरीक्षक)
घटना हत्या, घट्नाको मुचुल्का त्रुटिपूर्ण तरिकाले तयार पारेको ।
२७६. डा. वीरेन्द्र कुमार मण्डल (जिल्ला अस्पताल सर्लाही मलंगवा), शव परीक्षण गर्ने समयमा मापदण्ड बिना न्यूनतम पं्रक्रियाहरुसमेत पुरा नगरेको ।
२७७. अर्जुन वस्नेत (गणपति, नेपाली सेना ब्राबल गुल्म धुन्चे),
घट्नाः हत्या, २०५८ पौष १८ मा जिल्ला रसुवा गोल्जुङ–४ का छिरिङ घलेलाई रसुवाको ब्राबल ब्यारेक धुन्चेबाट मानचेत ब्यारेक लैजाँदै गर्दा हत्या गरेको ।
२७८. राम अवतार यादव (प्रहरी कर्मचारी, इलाका प्रहरी कार्यालय, रुपनी, सप्तरी)
घट्नाः हत्या, २०६३ साल असोज २१ मा सप्तरी रायपुर –९ का बच्चाराम चौधरीको हत्या गरेको ।
२७९. मोहन प्रसाद पोखरेल (प्रमुख जिल्ला अधिकारी, रसुवा )
घटनाः हत्या, २०५८ साल पौष १४ गते कारागारमा रहेका व्यक्तिलाई अनाधिकृत रुपमा सेनालाई लैजान अनुमति दिएको र राष्ट्रिय मानव अधिकार आयोगबाट प्रेसित बन्द सवालको कुनै जवाफ नदिएको ।
२८०. अनुज बहादुर वस्नेत (गणपति, नेपाली सेना शम्शेर दल गण, रसुवा)
घटनाः हत्या, जिल्ला, २०५८ साल पौष १४ गते रसुवा स्याफ्रु –१ का वीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रसुवामा राखेकोमा पछि सेनाले लगि हत्या गरेको ।
२८१. रविन्द्र प्रसाद यादव (सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी बल, छिनामस्त, सप्तरी), घटनाः हत्या , २०६६ साउन २गते जिल्ला सप्तरी विष्णुपुर–४ का किसानहरुले घरायसी प्रयोगका लागि भारतबाट ल्याएको रासायनिक मलको विषयमा स्थानीयहरु र सशस्त्र प्रहरीको गस्ति टोली बीच भएको विवादमा आवश्यकता भन्दा बढि बल प्रयोग गरी गोली चलाउँदा अखिलेन्द्र यादवको मृत्यु र अन्य दुई जना घाइते ।
२८२. कुट्टु भन्ने रजमान तामाङ (तत्कालिन माओवादी, जिल्ला नुवाकोट, गणेशस्थान, दार्मे),
२८३. मान सिंह तामाङ (तत्कालिन माओवादी, जिल्ला नुवाकोट, गणेशस्थान, दार्मे),
२८४. ऋषेश्वर भट्टराई (तत्कालिन माओवादी, जिल्ला नुवाकोट, गणेशस्थान, दार्मे) र
२८५. जयराम अधिकारी (तत्कालिन माओवादी, जिल्ला नुवाकोट, गणेशस्थान, दार्मे),
घटनाः हत्या, नुवाकोट जिल्ला, बागेश्वरी –३, विष्णु प्रसाद अधिकारीलाई अपहरण गरी नुवाकोटको बेतनी जंगलमा पु¥याई हत्या गरेको । साथै नुवाकोट बागेश्वरी–४ चोकदेका नवराज ढकाललाई अपहरण गरी हत्या गरेका
२८६. कर्ण राई (तत्कालिन माओवादी, सिस्नेपानी झापा) र
२८७. मदन शिवाकोटी (तत्कालिन माओवादी दमक, झापा),
घट्नाः हत्या, २०६३ जेठ २० गते जिल्ला झापा डागीबारी–४का दिनानाथ राजवंशीलाई अपहरण गरी हत्या गरेको ।
२८८. राम बिलास दास (प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी बल बरमझिया सप्तरी,
घटनाः यातना, २०६० माघ २२ मा जिल्ला सप्तरी गोइढी –३ का कपलेश्वर सरदारलाई पक्राउ गरी कुटपीट गर्दै सशस्त्र प्रहरी वेस क्याम्प बर्मझियामा राखी प्रहरी नायव उपरीक्षक समेतले यातना दिएको ।