October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

आजको दशै

1 min read

(डी.बी.कार्की)


आयो दशैं, हुनेको लागी जुटेर खानलाई,
गरिवको लागी पुर्खाको थलो बेचेर जानलाई ।
शोषक, दलाल, गरिबमारा, सपना बाँड्दैछन्,
सुनको स्वर्ग पु-याँउछु भनी, भएको भाँड्दैछन् ।

स्वर्गको इन्द्र बन्दैछन् यहाँ लुच्चा र लुटेरा,
गरिब र अच्छा भन्नेलाई यहाँ मार्दैछ कुटेर ।
स्वार्थको लागी आफ्नो र अर्को भन्दैन्न् पराई,
भिमसेन, मदन आश्रितको जस्तो हुनेछ मराइ ।

दशै, तिहार चाड र पर्व हुने र खानेलाई,
राजनीतिमा न हुन्छ आफ्नो न हुन्छ पराई ।
स्वार्थकै लागि मार्ने र मर्ने जे पनि गरिने,
आशिर्वाद दिनुको साटो श्रापले मारिने ।

पद र पैसा प्रतिष्ठा खाँतिर गर्दछन् मनपरी,
जनताले भन्छन् वाक्क र दिक्क भैसक्यो मनभरी ।
सन्तान खोज्न कहाँ पो जानु संसारका कुनामा,
घर छाडी गयौ, पराई भयौ बैरीका टुनामा ।

दशै र तिहार साँस्कृतिक पर्व नबनाउँ खर्चिलो,
मद्यपान त्यागी जुवातास छाडी बनौ है गर्बिलो ।
नियम मानौँ सबैले जानौ, कोरोना भगाऔँ,
सरकारी सेवा सरल सुलभ मिलेर बनाआँै ।
छाडेर सदा नराम्रा वानी, असल वन्नु छ,
असल बनि यो देश अब जनताले धन्नु छ ।
बदलाँै सोच, चिन्तन गरौ पवित्र बन्नलाई,
कठिन छैन तीन चार करोड जनता धान्नलाई ।

छोडेर जेथा, बनेका नेता त्यागैमा रमाउँदा,
गर्वले छात्ती फुल्थ्यो हाम्रो ती हात समाउँदा ।
सत्तामा हामी, सडकमा हामी यो देश बनाउँने,
समृद्ध जनता, सुन्दर देश वनाइ रमाउँने ।

अस्तुः डोबका “घृतकौशिक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.