October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

चौरासियाका हत्यारालाई अविलम्ब कारबाही गर्न अध्यक्ष प्रचण्डको सरकारसँग माग

1 min read


काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्ला कमिटीका सदस्य मुकेश चौरासियाका हत्यारालाई अविलम्ब कारबाही गन सरकारसँग माग गरेका छन् । आज आइतवार साँझ विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ’म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको प्रचण्डको भनाई थियो । प्रचण्डले ’केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
६ कात्तिकमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा भएका आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरासिया गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको थियो । नेकपा पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गर्दै जारी गरिएको विज्ञप्तिमा आफ्नो समर्थन रहेको प्रचण्डले स्पष्ट पारेका छन्् । घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै धर्ना र प्रदर्शन भए पनि प्रहरीले अहिलेसम्म मुद्दा दायर गरेको छैन । पार्टीका नेताकै आक्रमण गरी हत्या गरिएपछि घटनाको सत्यतथ्य बुझ्न नेकपाका स्थायी कमिटी सदस्य मातृका यादव, सुरेन्द्र पाण्डे सहितका नेताहरु पर्सा पुगेका थिए । केन्द्रको दबाबकै कारणले प्रहरीले अहिलेसम्म मुद्दा दायर नगरेको पीडित पक्षले आरोप लगाएका छन् । आफ्नै कार्यकर्ताको हत्या हुँदा पनि दोषीलाई पक्राउ गरेर कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्ति जारी गरेर कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरिसकेको छ ।
स्मरणीय कुरा के छ भने पर्साको बिन्दबासिनीमा भएको यो घट्नामा नेकपाको दुई समूहबीच झडप हुादा पार्टीका सचिव चौरासियाको मृत्यु भएको हो । प्रतिपक्ष नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्व प्रकाश शर्मालेसमेत दोषी माथि तत्कालै कारबाही गर्न माग गरेका छन् । तर, प्रधानमन्त्री ओलीकै निर्देशनमा हत्यारालाई कारबाही गर्नबाट रोकिएको पीडित पक्षको आरोप छ । पूर्व सांसद राज कुमार गुप्ताले अपराधिक समूह ल्याएर हत्या गर्न लगाएको उनीहरुको आरोप छ ।

Press release of Chairman Prachanda

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.