घुस मागेको अडिओ सार्वजनिक गरिदिएर बास्कोटाको मन्त्री पद खुस्काइदिने मिश्र काठमाडौंमा
नेपाल एयरलाइन्सको खानाबाट यात्रु मिश्रलाई फुड प्वाइजनिङ
कार्तिक ७, २०७७
काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक गरेका विजय मिश्र आज ७ गते शुक्रबार काठमाडौं उत्रिएका छन् । मिश्र नेपाल एयरलाइन्सले जापानको नारिताबाट काठमार्डौं आउँदा दिएको खाना खाएपछि ‘भोमिट र डायारिया’ भएका कारण स्ट्रेचरमा बसेर बाहिरिनु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनको म्याद दिएर हाजिर हुन आदेश गरेका कारण मिश्र जापानको नारिताबाट काठमाडौं आएका हुन् । अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले आफ्नो कार्यकालको अन्त्यमा गोकुल बास्कोटाको अडिओ काण्डलाई तामेलीमा राख्ने सुरसार सञ्चार माध्यममा जानकारी भएपछि मिश्रको खोजी गरिएको थियो । मिश्रले आफु जापानमा गोकल बास्कोटाकै भिडिओ लिन गएको तथा तत्कालिन अनुसन्धान अधिकृतलाई जानकारी दिएको बताएका छन् । आजै जापानको नारिताबाट काठमाडौं आएका मिश्र नेपाल आउँदा नेपाल एयरलाइन्सको खानाबाट फुड प्वाइजनिङ भएको भन्दै व्यवस्थापनलाई उजुरी गरेका छन् ।
उनै मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकणमा घुस मागेको अडियो सार्वजनिक गरिदिएपछि तत्कालिन सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले फागुन ८ गते २०७६ सालमा मन्त्रीबाट राजिनामा दिएका थिए । मिश्रले आफुसँग अडियो मात्रै नभएर भिडिओ नै भएको दाबी गरेका छन् । दशैंपछि सबै कुराको पत्रकार गरेर खुलासा गर्ने बताए । कर्मचारीलाई अस्लिल भाषामा गाली गरेका बास्कोटाको उक्त अडिओ सार्वजनिक भएपछि सञ्चार माध्यमले तपाई भन्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीे पनि नैतिक बन्धनमा परेका छन् ।
झण्डै ६ अर्ब कमिसन खाने व्यवस्था मिलाउँदै आएका बास्कोटाको पद त्यहि अडिओ काण्डले हात धुनु परेको छ । प्रधानमन्त्री ओलीका विश्वास पात्रहरुले सञ्चालन गरेको यति होल्डिङ्स एजेन्ट रहेको कम्पनीलाई जालझेल गरेर ठेक्का सदर गर्ने योजनामा लागेका बास्कोटाको आखिरमा पद मात्रै होइन भ्रष्टाचारकै कारण जेलजान सक्ने बताईन्छ ।