October 4, 2023

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मानवअधिकार आयोग द्वारा मानवअधिकार उलंघनकर्ताको नाम सार्वजनिक

1 min read



हेरौ को–को छन् ? उलंघनकर्ताहरुलाई कारबाही होला ?

काठमाडौंं । लामो अध्ययन पछि मानवअधिकार आयोगले २८८ जना गम्भिर रुपमा मानवअधिकार उलंघन गर्नेहरुको नाम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीका अनुसार उलंघनकर्ताहरुको नाम आयोगका अध्यक्ष अनुपराज शर्माले सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिवेदनमा सशस्त्र द्वन्द्वसँग सम्बन्धित ९४० वटा सिफारिस र सशस्त्र द्वन्द्वसँग सम्बन्ध नभएका २५५ वटा सिफारिसहरु रहेका छन् । यसरी सिफारिस गरिएका मध्ये सबैभन्दा बढि हत्यासँग सम्बन्धित र सबैभन्दा कम शरणार्थीको अधिकारसँग सम्बन्धित छन् । सार्वजनिक गरिएको प्रतिवेदनमा ११ वटा निकायको नाम किटान गरी तिनलाई मानवअधिकार उलंघनकर्ताको रुपमा पहिचान गरिएको छ । सुरक्षाकर्मीको संयुक्त फौज, नेपाली सेना, सशस्त्र प्रहरी बल, निजामति सरकारी निकाय, तत्कालिन नेकपा माओवादी, प्रतिकार समूहलगायत छन् ।
आयोगका सिफारिस मध्ये १६३ वटा पूर्ण रुपमा कार्यन्वयन भएका छन् । त्यसै गरी ४४५ वटा सिफारिसहरु आंशिक रुपमा कार्यन्वयन भएका छन् । बाँकी ५८७ वटा सिफारिसहरु अझै कार्यन्वयन नभएको जारी विज्ञप्तीमा जनाइएको छ ।
यहि आश्विन २९ गते उलंघनकर्ताका रुपमा आयोगले सार्वजनिक गरेको मानवअधिकार उलंघनकर्ताहरु नेपाल सरकारका सचिवसहित निजामति सेवाका कर्मचारीहरु १६ जना, नेपाल प्रहरीका ९८ जना, नेपाली सेनाका ८५ जना, सशस्त्र प्रहरीबलका ८ जना, तत्कालिन नेकपा माओवादीका ६५ जना, शिक्षकहरु ४ जना, चिकित्सकहरु २ जना, सुराकी, प्रतिकार समूह, सेवागृह सञ्चालक एवं कैदीसमेत गरी सात जना, एकजना मानवअधिकारकर्मीसमेत रहेका छन् । यी मध्ये केबल ३० जना माथि मात्रै कानूनी कारबाही भएको देखिन्छ । बाँकी २५६ जना माथि कुनै कारबाही भएको छैन । मानवअधिकार प्रतिको प्रतिवद्धता राजनीतिक दलहरुबाट कार्यन्वयन हुन र दण्डहिनताको स्थिति अन्त्य गरी मानव अधिकारको सम्मान गर्नुका साथै सञ्चार माध्यमले पनि मानवअधिकारको विषयलाई प्राथमिकता दिन जारी प्रतिवेदनमा आग्रह गरिएको छ ।
आयोगले गरेको सिफारिस सरकारले हालसम्म कार्यन्वयन नगरिएकोमा आयोगले सार्वजनिक गर्न बाद्य भएको जनाइएको छ । गम्भिर रुपमा मानवअधिकार उलंघन गरी जनताको करबाट अहिले सरकारी पेन्सन खाएकाहरुको दशैको मुखमा रुवाबासी भएको छ । कारबाहीको सिफारिस गरिएकाहरुमा प्रहरी महानिरीक्षक बनेर सेवा निवृत भइसकेका कुबेर सिंह राना, अतिरिक्त महानिरीक्षक बनेर सेवानिवृत भएकाहरु तारिणी प्रसाद लम्साल देखि सचिव भएर सेवा निवृतहरु हुनेहरु संलग्न छन् । तत्कालिन प्रमुख जिल्ला अधिकारीहरु श्याम प्रसाद मैनाली, बालकृष्ण प्रसाई, रेवती रमण काफ्ले, नरेन्द्र दाहाल, भोला प्रसाद शिवाकोटी, राम श्रेष्ठलगायत रहेका छन् ।
धनुषामा चार जना युवाहरुलाई जिउँदै खाल्डोमा पुरेर हत्या गरेको आरोप लागेका डा. चुडा बहादुर श्रेष्ठको मृत्यु भइसकेको छ । उनी पनि उलंघनकर्ताको सूचिमा छन् । त्यसैगरी मानव बधशालाको रुपमा चर्चित भैरवनाथ गणका कर्णेल राजु वस्नेत, मेजरहरु पदमसिंह खत्री, राजाराम केसी, विवेक विष्ट, हरेन्द्र बहादुर सिंह, क्याप्टेनहरु इन्दिवर राणा र सागर केसी, लेफ्टिनेन्टहरु राजेन्द्र बोगटी, हरिबोल केसी, रामहरि विष्टलगायत तत्कालिन प्रधानसेनापति प्यार जंग थापा सम्मको नाम गम्भिर मानवअधिकार उलंघनकर्ताका रुपमा सार्वजनिक गरिएको हो ।


को को हुन् मानव अधिकार उलंघनकर्ताहरु ?
१. श्याम प्रसाद मैनाली (तत्कालिन प्रमुख जिल्ला अधिकारी) र
२. अरुण कुमार सिंह (प्रहरी उपरीक्षक),
घट्नाः कारागारका कैदी माथि गोली प्रहार गर्दा कैदीको मृत्यु
३. जसध्वज गुरुङ (प्रहरी नायव उपरीक्षक, चितवन)
घट्नाः चितवनको भरतपुरमा गोली चलाउँदा गौरी सापकोटाको मृत्यु ।
४.बालकृष्ण प्रसाई (प्रमुख जिल्ला अधिकारी) र
५. भरत बहादुर जिसी (प्रहरी उपरीक्षक)
घट्नाः सप्तरीको राजबिराजमा चलाएको गोलीबाट खुशीलाल यादवको मृत्यु ।
हस्त बहादुर कुमाल (नेपाली सेना) र
७. तेज बहादुर रोइला (नेपाली सेना उदयपुर, गाइघाट)
घट्नाः खोटाङ डम्मरखु शिवालयका हरि कुमार भट्टराई, दुर्गा प्रसाद कोइराला र डाकमणि कोइरालाको हत्या ।
८.प्रकाश राज शर्मा (प्रहरी निरीक्षक)
घट्नाः जनकपुर नगरपालिका जनकचोकमा प्रहरीद्धारा चलाइएको गोलीबाट कार्यकर्ता रामचन्द्र यादव र राष्टिय मानव अधिकार आयोगका मानवअधिकार सहायक दयाराम परियारको मृत्यु ।
९. सुरेश थापा (प्रहरी उपरीक्षक) घट्नाः बन्दीहरुको विवादमा अन्धाधुन्द गोली चलाउँदा बन्दीको मृत्यु ।
१० भरत खड्का (प्रहरी नायव निरीक्षक)
घट्नाः वडा प्रहरी कार्यालय सिहंदरबारमा बोलाएर शारीरिक तथा मानसिक यातना दिएको ।
११.माधव बहादुर थापा (सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक)
घट्नाः आम हड्तालको क्रममा प्रदर्शनकारी माथि बल प्रयोग ।
१२. चुडा बहादुर श्रेष्ठ (प्रहरी बरिष्ठ उपरीक्षक),
१३.कुबेर सिंह राना ( प्रहरी उपरीक्षक),
१४. अनुप अधिकारी (मेजर)ं र
१५. रेवती रमण काफ्ले (प्रमुख जिल्ला अधिकारी)
घट्नाः जनकपुर नगरपालिका –४ धनुषाबाट दिपु भन्ने संजिव कुमार कर्ण, दुर्गेश लाभ, प्रमोद नारायण मण्डल, शैलेन्द्र कुमार यादव, जितेन्द्र झासमेतलाई पक्राउ गरी बेपत्ता पारेको ।
१६. निरन्जन वस्नेत (मेजर, नेपाली सेना)
घट्नाः बेपत्ता पछि हत्या, काभ्रेको श्री भगवत माविकी विद्यार्थी मैना सुनुवारलाई पक्राउ गरी बेपत्ता पारेको ।
१७. खड्कराज लामा (प्रहरी हवल्दार),
१८. कर्णज्वज थापा (मेजर),
१९. बाबुराम थापा (क्याप्टेन)
घट्नाः बेपत्ता पछि हत्या, काभ्रका हरि प्रसाद बोलखेलाई पक्राउ गरी मिसनमा सँगै घुमाई बेपत्ता पछि हत्या ।
२०. कृष्ण प्रसाद शर्मा (प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय पर्सा) घट्ना ः वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरमा सञ्जय पटेल, मनोज कुमार कुर्मी र बम बहादुर चौधरीलाई मारेको ।
२१. भेन्टे भन्ने शंकर लामा (तत्कालिन माओवादी दोलखा),
घट्नाः अपहरण पछि हत्या, श्री सेरगण (क) गुल्म चरिकोट, दोलखामा कार्यरत विनोद कुमार खड्कालाई रामेछापको दोरम्बाबाट अपहरण गरी हत्या गरेको ।
२२. नवल सिंह रोकाया (तत्कालिन नेकपा माओवादी) र
२३ मिन बहादुर रोकाया (तत्कालिन नेकपा माओवादी)
घट्नाः अछाम रामारोशन–२का डबल बहादुर साउदलाई अपहरण पछि मारेको ।
२४. नरेन्द्र दाहाल (प्रमुख जिल्ला अधिकारी, कपिलवस्तु) र
२५. विकास श्रेष्ठ (सशस्त्र प्रहरी बल उपरीक्षक)
घट्नाः कपिलवस्तु बिरपुर–३ का अब्दुल मोहित खाँको, शिवपुर –६ बालापुरमा मोटर साइकलमा चढेर आएका व्यक्तिहरुले हत्या गरेपछि भडकिएको हत्यामा ३१ जनाको मृत्यु र ५७२ घर परिवार विस्थापित, १५० भन्दा बढि सवारी साधनको आगजनी र तोडफोड तथा तीनसय घरमा आगजनी तथा लुटपाट भएको ।
२६. ओम बहादुर कार्की (हुद्धा)
२७. युवराज बोगटी (सिपाही)
२८. कृष्ण बहादुर बि.क. (मेत्तर)
(कार्यरतः नेपाली सेना सिहंदरबार गण )
घट्नाः संखुवासभा सिद्धकाली –५ का दोर्जे शेर्पाको हिरासतमा मृत्यु ।
२९. विनोद शाह (सैज)
३०. जीवन शाही (सैज)
३१. मिलन शाह (सैज) नेपाली सेना राजा सैनिक ब्यारेक बाँके
घट्नाः बर्दिया पशुपतिनगर–२ का सुरत बहादुर रावतलाई पक्राउ गरि यातना दिएको ।
३२. पर्शुराम कुमाल (सैज) नेपाली सेना बरख दल गण, ठाकुरद्धारा बर्दिया, घट्ना हत्या र यातना, बर्दिया न्यौलापुर गाविस.–४ का भौना चौधरीलाई घर भित्र खाना खाइरहेको अवस्थामा भित्रै गोली हानी हत्या । बर्दिया न्यौलापुर –४ का अमृत थारु, बसन्ती थारु र लोटन थारु गरी तीन जनालाई नेपाली सेनाद्धारा पक्राउ गरी यातना दिएको ।
३३. सुभाष केसी (कमाण्डर) भवानी दल गुल्म खोटाङ
३४. मनिष मल्ल (प्रहरी नायव निरीक्षक) जिल्ला प्रहरी कार्यालय खोटाङ
घट्नाः खोटाङ चिसापानी–४ का देब बहादुर राई, कैलाश कार्की, थिर बहादुर कार्की र दिपक विष्टलाई कब्जामा लिई हत्या ।
३५. रणजित (सचिव) तत्कालिन माओवादी दैलेख,
घट्नाः रेडियो नेपालका पत्रकार डेकेन्द्र राज थापालाई कब्जामा लिई मारेको
३६.
मेश शेखर बज्राचार्य (प्रहरी उपरीक्षक, कैलाली)
घट्नाः मानव अधिकारको संरक्षणमा ध्यान नदिई आयोगलाई गैर जिम्मेवार जवाफ दिएको ।
३७.जयराम थापा (उपसेनानी) र
३८. हरि बहादुर पाण्डे (हवल्दार मेजर)
घट्नाः काभ्रे पाखरी चौरी –७ का उद्धव कुमार गौतमलाई काठमाडौं नरदेबीबाट पक्राउ गरी नेपाली सेनाको हिरासतमा राखी यातना दिएको ।
३९. राम सिंह भाट (प्रहरी जवान सशस्त्र प्रहरी)
घट्नाः महोत्तरी भरतपुर–९ का सुरेन्द्र महत्तोलाई हरिपुरको सडकमा गोली चलाउँदा सुरेन्द्र महत्तोको मृत्यु भएको ।
४०. विकास विक्रम शाह (क्याप्टेन), नेपाली सेना भिमगिठ्ठे सुरक्षा क्याम्प, बाग्लुङ
घट्नाः बाग्लुङ बोगादोभान गाविस–८ का गंगा बहादुर पुन सहित ६ जनाको हत्या । बाग्लुङ बुर्तिबाङ–२ का मिथुन महत (भानु) र हिक्मत महतलाई घरबाट नियन्त्रणमा लिएर हत्या । बाग्लुङकै राजकुट–७ का लोप्चनलाई बुर्तिबाङ–१ बाट पक्राउ गरि खोलामा हामफालेको भनि लास समेत नदिएको ।
४१. सुवोध कुँवर (उपसेनानी) नेपाली सेना ज्वाला दलगण ठाकुर्द्धारा,
घट्नाः सुर्खेत हरिहरपुर गाविस–२ का चन्द्रकला विक, देबीसरा बिक र अमृता बिकको बर्दिया राष्ट्रिय निकुञ्जको बासपानी क्षेत्रमा सेनाको गस्ति टोलीद्धारा प्रहार गरिएको गोली लागि हत्या ।
४२. यज्ञ बहादुर रजौरे (प्रमुख नेपाली सेना मध्य पश्चिम पृर्तना हेडक्वाटर)
घटनाः बाँके खास कारकाँदो –१ का दयानिधी बर्माको पक्राउपछि हत्या ।
४३. नक्कु गोडिया १ (तत्कालिन नेकपा माओवादी),
४४. नक्कु गोडिया २,(तत्कालिन नेकपा माओवादी)
४५. प्रमोद खड्का (तत्कालिन नेकपा माओवादी) र
४६. वंशावली (तत्कालिन नेकपा माओवादी)
घट्नाः बर्दिया गुलरिया –४ का राजेन्द्र बन्जरालाई कुटपिट पछि हत्या ।
४७. गोपी जैसी (तत्कालिन नेकपा माओवादी अछाम) अछाम कालेकाँडा गाबिस –२ का उदयराम जैसीको अपहरण पछि हत्या ।
४८. किरण दाहाल भन्ने टहल बहादुर दाहाल (तत्कालिन नेकपा माओवादी, दोलखा) रामेछापको खिम्तीबाट काठमाडौं आउँदै गरेका बसका यात्री नेपाली सेनाका अमल्दार बेद बहादुर थापा, प्युठ धन प्रसाद आचार्य र सिपाही कृष्ण खडकालाई दोलखाको टुँडे क्षेत्रबाट अपहरण गरी ओखरबोट इलाकामा हत्या गरेको । जिल्ला दोलखा नाम्दु –१ का राजकुमार उप्रेतीको हत्या गरेको ।
४९. श्याम कृष्ण केसी (प्रहरी निरीक्षक) र
५० दुर्गा घिमिरे (प्रहरी जवान)
घट्नाः ढल्केवर गाबिस–३ का २५ बर्षिय बिनोद यादवको इलाका प्रहरी कार्यालय ढल्केवरको हिरासतमा मृत्यु
५१. भोला रावल (प्रहरी नायव उपरीक्षक),महानगरीय प्रहरी वृत कालिमाटी,
५२. मधुसुदन बिष्ट (प्रहरी सहायक निरीक्षक),महानगरीय प्रहरी प्रभाग स्विचाटार,
५३.रोशन विष्ट (प्रहरी जवान) महानगरीय आयुक्तको कार्यालय ,
५४. कृष्ण प्रसाद खतिवडा (प्रहरी जवान) मप्रअबिसु गार्ड गौचर, घट्नाः ललितपुर गोदावारी गाविस–९ का सानु सुनार समेतलाई महानगरीय प्रहरी बिट कलंकी खसी बजारले पक्राउ गरी कालिमाटीमा बुझाएकोमा सो वृतको हिरासतमा उपचारको क्रममा मृत्यु ।
५५. राजु बस्नेत (कर्णेल),
५६. पदम सिंह खत्री (मेजर),
५७. राजाराम केसी (मेजर),
५८. विवेक बिष्ट (मेजर),
५९. हरेन्द्र बहादुर सिंह (मेजर),
६०. इन्दिवर राणा (क्याप्टेन),
६१. सागर केसी (क्याप्टेन),
६२. जगन्नाथ खड्का (लेफ्टिनेन्ट),
६३. राजेन्द्र बोगटी (लेफ्टिनेन्ट),
६४. हरिबोल केसी (लेफ्टिनेन्ट)
,
६५ रामहरि विष्ट (लेप्mिटनेन्ट),
६६. खडक बहादर महत (हवल्दार),
६७. मिननाथ पन्त (हवल्दार),
६८ दिनेश पौडेल (हवल्दार),,
६९ केशव ढकाल (हवल्दार),,
७०. धनवीर खत्री (जमदार)
७१. बेणु गोपाल श्रेष्ठ (जमदार)
७२. लाल बहादुर चन्द (जमदार)
७३. रण बहादुर बुढाथोकी (जमदार)
७४. शंकर वस्नेत (जमदार)
७५. सूर्य केसी (नायक)
७६. गिरीराज घिमिरे (नायक)
७७. शिव किरण केसी (सिपाही)
७८. विनोद थापा (सिपाही
)
७९. अर्जुन सापकोटा (सिपाही)
८०. हरिशरण खड्का (सिपाही)
८१. कुल प्रसाद बन्जरा (सिपाही)
८२. बाबुराम परियार(सिपाही)
८३. तत्कालिन सेनापति प्यार जंग थापा
८४. नेपाली सेना १० नम्बर बाहिनीका तत्कालिन बाहिनीपति
घट्नाः भैरवनाथ गण, महाराजगञ्जमा थुनामा राखी बलपूर्वक ४३ जनालाई बेपत्ता बनाएको
८५. अजित थापा (मेजर) र
८६. रमेश स्वार (क्याप्टेन)

घट्नाः बलपूर्वक बेपत्ता बनाइएको, १) बांके नौबस्ता गाबिस–७ की धन कुमारी चौधरीलाई नेपाली सेनाको चिसापानी ब्यारेकबाट बेपत्ता पारेको, २) बर्दिया धधबार गाविस–८ का राजन कुमार चौधरी, सीता जानकी् चौधरी र चैतेलाल चौधरीलाई पक्राउ गरी बेपत्ता पारेको,३) बाँके बनकटुवा गाविस–८ का राम प्रसाद थारुलाई पक्राउ गरी बेपत्ता पारेको, ४) बाँके कोहलपुर –३ बस्ने राम प्रसाद पोखरेललाई पक्राउ गरी बेपत्ता पारेको, ५) बर्दिया बेलुवा–७ का आनन्द परियार पल्टा थारु, सर्ज थारु, र रोहित थारुलाई पक्राउ गरी बेपत्ता पारेको, ६) बाँके बनकट्वा गाविस–४ का कमल दाहाललाई पक्राउ गरी हत्या गरेको, ७. बाँक े नौबस्ता गाविस–८ का कर्ण बहादुर थारुलाई ्िचसापानी ब्यारेकबाट आएका क्याप्टेन रमेश स्वारसहितका टोलीले घरैबाट पक्राउ गरी चिसापानी ब्यारेकमा लगि हालसम्म बेपत्ता पारेको । ८) बर्दिया धधबार गाविस–८ का सगुनलाल चौधरीलाई पक्राउ गरी बेपत्ता पारेको, ९) बर्दिया न्यौलापुर –४ का केशर बहादुर बस्नेत र रुपन्देही मोतिपुर गाविस–८ का शालिकराम अर्याललाई पक्राउ गरी बेपत्ता पारेको, १०) बाँके नवकट्वा –४ का कमल दाहाललाई पक्राउ गरी हत्या गरेको ।
८७. महेन्द्र जंग थापा (जमदार),
घट्नाः बलपूर्वक बेपत्ता पारेको, बर्दिया देउडाकला गाविस–५ का तिर्थ बहादुर थापा, श्रीराम चौधरी, बम बहादुर शाही, हिरा सिंह बाठामगर र राम चौधरीलाई पक्राउ गरी बेपत्ता पारेको ।
८८. गणेश विक्रम शाह (प्रहरी निरीक्षक),
घट्नाः बर्दिया ताराताल गाविस –२ का मोतीलाल अधिकारीलाई यातना दिएको ।
९. राजेन्द्र प्रसाद श्रेष्ठ (प्रहरी निरीक्षक) र
९०. जंग बहादुर केसी (प्रहरी सहायक निरीक्षक)
घट्नाः यातनाः बर्दिया सोनाश्री –का सीताराम थारुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सोनाश्री र जिल्ला प्रहरी कार्यालय बर्दियामा लगि कुटपिट गरी यातना दिएको ।
१. राम बहादुर कार्की (सेनानी), भजनी रिपिटर टावरको सुरक्षार्थ खटिएका नेपाली सेना लालबोझि घट्नाः बर्दिया मगरागढी –५ का कृष्ण प्रसाद काफ्लेलाई पक्राउ गरी जथाभावी कुटपिट गरी थुनेको ।
९२., ९३, ९४ नयनराज राज दाहाल (
गणपति, भवनी बक्स गण), घट्नाः यातना र हत्या, क) दैलेखको नारायण नगरपालिका –३ रत्ना रेग्मीलाई पक्राउ गरी गणमा पु¥याएर यातना दिएको, ख) दैलेखको नारायण नगरपालिका –३ उदय रेग्मी र सुकुल सिंहको पक्राउ गरी हत्या गरेको, ग) दैलेखका डाँडापराजुल गाविस–अमर हमालको शाही नेपाली सेना र सेनाबाट नियुक्त भिजिलान्तेबाट हत्या ।
९५. जय बहादुर भाट (सैनिक),
घट्नाः यातना, बाजुरा मार्तडी गाविस–५ का पत्रकार राम बहादुर रावललाई कुटपिट गरी यातना दिएको ।
९६. देव बहादुर बोहोरा (प्रहरी नायव उपरीक्षक) घट्नाः बाजुरा सत्य माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरु गणेश बहादुर सिंह, लाल बहादुर बम र प्रेम बहादुर रोकायालाई यातना दिएको ।
९७. सुरज थापा (सहसेनानी) र
९८. रमेश पण्डित (प्रहरी निरीक्षक
)ः
घट्नाः हत्या, पर्सा पिडारी गुठी गाविस–९ का नविन सिंह पौडेल र महादेवपट्टि –२ बस्ने दिनदयाल चौधरीलाई पक्राउ गरी हत्या गरेको ।
९९. धन बहादुर सिंह (सशस्त्र प्रहरी सहायक निरीक्षक)
घट्नाः हत्या, बर्दिया मानपुरटपरा गाविस–३ का टोप बहादुर कार्की र भोज बहादुर कार्कीको हत्या गरेको ।
१००. शिव प्रसाद नेपाल (प्रमुख जिल्ला अधिकारी, लम्जुङ),
१०१. पिताम्बर अधिकारी (प्रहरी नायव उपरीक्षक) र
१०२.सन्तोष सिंह ठकुरी (मेजर¬)

घट्नाः लम्जुङ सिम्पानी गाविस–३ का तेज बहादुर भण्डारीलाई पक्राउ गरी हत्या गरेका ।
१०३. नन्दराम ढुंगेल (जासुस)ः बाग्लुङ तारा गाविस–४ का धलिन्द्र बस्नेतलाई मार्न नेपाली सेना खड्गदल गुल्मका युनिफाइड कमाण्डलाई सहयोग गरेका ।
१०४. शंकर कुमार श्रेष्ठ (मेजर),
घट्नाः हत्या, कास्की लुम्ले गाविस–९ का पूर्ण बहादुर गुरुङको घरमा सुरक्षकर्मीले गोली चलाउँदा घरधनी वीरसुब्बा गुरुङ, रुकुम घर भएका विज्ञान भन्ने टंक बहादुर घर्ति, सर्लाहीका भावना सुनार र गोरखाका मीन कुमारीको हत्या भएको ।
१०५. शिव पौडेल (सहसेनानी, नेपाली सेना खड्गदल गुल्म),
घट्नाः हत्या, बाग्लुङ नगरपालिका –२ का डिल्ली प्रसाद सापकोटालाई पक्राउ गरी हत्या गरेको ।
१०६. किसन सिंह बडाल (प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय, जोगबुढा) र
१०७. आनसिंह भण्डारी (प्रहरी सहायक निरीक्षक),
घट्नाः डडेल्धुरा जोगबुढा –६ का दलबहादुर धामी र सोही गाविस वडा –५ का दिल बहादुर जाग्रीलाई मालपोत बुझाई घर फर्कर्ने क्रममा पक्राउ गरी बेपत्ता पछि हत्या गरेको ।
१०८. तमाओका आत्मराम भन्ने उज्जल (तत्कालिन नेकपा माओवादी बाग्लुङ), बाग्लुङ देविस्थान गाविस–९ का खल बहादुर मल्ललाई अपहरण गरी हत्या गरेको ।
१०९. सन्तोष श्रीवास्तव (प्रतिकार समितिका अध्यक्ष),
घट्नाः अपहरण पछि हत्या, रुपन्देही रामपुर गाविस–८ बर्मानन्द बरुणलाई नेकपा माओवादी प्रतिकार समितिका ब्यक्तिहरुले अपहरण गरी हत्या गरेका ।
११०. हरि गुरुङ, नेपाली सेनाको बाइस जाँगर सुरक्षा बेस क्याम्प, घट्नाः यातना, तनहुँ पुर्कोट गाविस–३ का इन्द्रनिधि पाण्डेलाई बाइसुजाँगर सुरक्षा बेस क्याम्पमा कुटपिट गरी यातना दिएको ।
१११. भोला प्रसाद शिवाकोटी (प्रमुख जिल्ला अधिकारी, काठमाडौं), घट्नाः काठमाडौं जिल्ला कामनपा– १२का राजेन्द्र श्रेष्ठको घर नभत्काउन सर्वोच्च अदालतले दिएको आदेश बिपरित घर भत्काइदिएको ।
११२. अजित प्रताप सिंह (उपसेनानी, नेपाली सेना) र
११३. मिन बहादुर तामाङ (प्रहरी सहायक निरीक्षक)
घट्नाः हत्या, नुवाकोट जिल्ला कुमारी गाविस –६ की पार्वती पौडेललाई लखेट्दै लगि बेलकोट गाविसको ढुंगेनीमा पु¥याई हत्या गरेको ।
११४. धर्मराज सुनार (प्रहरी निरीक्षक)
घट्नाः हत्या, बाँके कोहलपुर –६ का नन्दराम पक्राउ पछि हत्या, सोहि गाविस–४ का जीत बहादुर पुन र चन्द्र बहादुर बिकलाई पक्राउ गरी हालसम्म बेपत्ता ।
११५. प्रदीप कुमार श्रेष्ठ (सहसेनानी, संयुक्त सुरक्षा फौज गरुडा), घटनाः हत्या, रौतहट डुमरिया मटिऔन गाविस–२ का सुरेन्द्र ठाकुर हजामसहित माओवादीका कार्यकर्ताहरु कमलदेव महत्तो, दिपेन्द्र साह र भोला यादवको हत्या गरेको ।
१६. कर्मेन्द्र लिम्बु (गणपति, नेपाली सेना शेरदल गण),
११७. शेर सिंह विष्ट (सहायक गणपति),
११८. सरोज बस्नेत (उपसेनानी),
११९. देवान थापामगर (जमदार),
१२०. शेर बहादुर रानाभाट (हुद्धा),
१२१. काजी बहादुर कार्की (अमलदार),
१२२. बल बहादुर श्रेष्ठ,
१२३. जगेन्द्र प्याकुरेल (प्युठ),
१२४. खेटराज तामाङ (सिपाही),
१२५. दिपक नेपाली (सिपाही)
१२६. लीला प्रसाद बि.क. (सिपाही)

घट्नाः काभ्रे कुडारी गाविस–६ का टासी लामाको हत्या गरेको ।
१२७. रमेश बहादुर सिंह (प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा समेत),
घट्नाः हत्या र पुन पक्राउ, धनुषा मखनाह –८ का मदन यादवलाई पक्राउ गरी हत्या गरेको, दान बहादुर फडेरालाई पुन पक्राउ गर्ने क्रममा आयोगको कार्यालय घेराउ गरेको ।
१२८. कुमार राज पौडेल (प्रहरी नायव निरीक्षक, इलाका प्रहरी कार्यालय धनुषा),
घट्नाः हत्या, धनुषा मखनाह गाविस–८ का मदन यादवलाई पक्राउ गरी हत्या गरेको ।
१२९. जय नारायण यादव (प्रहरी सहायक निरीक्षक),
१३०. टेक बहादुर गुरुङ (प्रहरी नायव उपरीक्षक), जिप्रका धनुषा,
१३१. उपेन्द्र यादव (प्रहरी जवान),
१३२. राम दिनेश यादव (प्रहरी जवान),
१३३. दिनेश साह (प्रहरी जवान),
१३४. दिलिप साफी,
घट्नाः हत्या, धनुषा मुखियापट्टि मुसहरनिया–२ का फुलझारी मुखियाको हत्या गरेका । साथै आयोगको अनुसन्धानमा असहयोग गरेको ।
१३५. श्याम बहादुर खत्री (प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय बारा),
१३६. रण बहादुर रायमाझी (प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालय बारा) र
१३७. श्याम बहादुर कार्की (सशस्त्र प्रहरी निरीक्षक)
घट्नाः हत्या, बार जिल्ला हर्दिया गाविस–८ का जमुना सिंहलाई सुतिरहेको अवस्थामा हत्या गरेको ।
डायरी एक्सप्रेस साप्ताहिकबाट

बाँकी आगामी अंकमा

1 thought on “मानवअधिकार आयोग द्वारा मानवअधिकार उलंघनकर्ताको नाम सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.