Fri. Nov 27th, 2020

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको इपिसेन्टर बन्दै

1 min read


तस्वीरः बीबीसी नेपाली सेवा

नारायण प्रसाद शर्मा

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण भन्दै जनतालाई चार महिना कठोर लकडाउन (बन्दाबन्दी) घोषणा ग¥यो । तर, भारतबाट अबैद्य रुपमा प्रवेश गर्नेहरुलाई रोक्न सकेन । सीमामा भारतीय प्रहरीले पाँच हजार रुपैया घुस लिएर गाडीहरु प्रवेश गराउने ठेक्का लिएको समाचारहरु प्रकाशन गरिए । अर्थात पहुँचवला वा घुस दिनेवला दुबै थरी सहज रुपमा काठमाडौंसम्म नै आउन सफल भए । वि.स.२०७६ साल चैत्र ११ गते देखि ठ्याक्कै १२० दिन अर्थात साउन ७ गतेसम्म गरिएको लकडाउनको परिणाम पनि खुला सीमाकै कारण असफल हुन पुग्यो । तर, सरकारले भने लकडाउन पछि पनि निषेधाज्ञा भन्दै नेपाली जनतालाई मात्रै कष्टकर जीवन बिताउन बाद्य बनायो । २०७६ साल फागुन ३ गते चीनको वुहानबाट १७५ जना नेपालीहरु उद्दार गरी ल्याइएको थियो । तथापि एक जनालाई पनि कोरोना भाइरसको संक्रमण भएन । अहिले नेपालमा कोरोना भाइरस फैलनुमा भारतीय खुला सीमा नै प्रमुख कारण देखिएको छ । केहि महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतबाट आएको कोरोना भाइरस अति कडा भन्दै सार्वजनिक रुपमा आफ्नो धारणा राखेका थिए ।
पाँच लाख भारतीय काम गर्छन् काठमाडौंमा
सरकारी तथ्यांक नभए पनि बिभिन्न सर्वेक्षण अनुसार झण्डै पाँच लाख भारतीयहरु काठमाडौंमा विभिन्न पेशा अप्नाएर बसेका छन् । तरकारी बेच्ने, कपाल काट्ने, पुराना बोत्तल कागज उठाउने, बदाम, चटपटे र आइसक्रिम बेच्ने, दाल, चामल र तेलको व्यापार गर्ने, फलफूल र तरकारीको थोक तथा खुद्रा व्यापार गर्ने, साइकल, मोटरसाइकल र गाडीका वर्कसप राखेर काम गर्ने, माछा व्यापार, घर बनाउने डकर्मी, सिकर्मीलगायतका काममा उनीहरु संलग्न रहँदै आएका छन् ।
भारतीयले रेमिटान्स भित्राउने पाँचौ देश नेपाल
भारतीय एक सर्वेक्षणका अनुसार प्रवासी भारतीयले रेमिटान्स भित्राउने देश मध्ये नेपाल पाँचौ नम्बरमा पर्दछ । भारतीयहरु बिभिन्न देशमा गएर काम गरी आफ्नो देशमा रेमिटान्स पठाउने गर्दछन् । नेपालबाट भारतीयहरुले अर्बौ रुपैया रेमिटान्सका रुपमा वर्षेनी लैजाने गरेका छन् ।
माधव नेपालले २०५१ सालमै भारतीय पत्रकारलाई यसो भनेका थिए वि.स. २०५१ सालमा नेकपा एमालेको अल्पमतको एकल सरकारमा उपप्रधान तथा रक्षामन्त्री बनेका माधव कुमार नेपाल भारत भ्रमणका क्रममा भारतीय पत्रकारसँग सीमामा खुला गर्नु बेठीक हुने बताएका थिए । त्यसै क्रममा लाखौ नेपालीहरु भारतमा पनि त काम गर्छन् नी भन्ने भारतीय पत्रकारको जवाफमा तत्कालिन रक्षामन्त्री नेपालले भनेका थिए ‘नेपालीहरु भारतमा दासको अवस्थामा छन् भने भारतीयहरु नेपालमा मालिक बनेर बसेका छन्’ । वास्तवमा भारतमा रहेका लाखौ नेपालीहरु घरेलु कामदारका रुपमा अत्यन्तै कष्टकर अवस्थामा जीवन बिताएका छन् ।
दुतावासको संरक्षणमा भारतीयहरुको रवाफ
नेपालमा काम गर्ने भारतीयहरुलाई नियमन र अनुगमन गर्नका लागि भारतीय दुतावासले परिचय पत्र बनाइदिने गरेको छ । भारतीयहरुको सानो तिनो कामका लागि पनि भारतीय दुतावासले नेपालमा छुट्टै शासन गरेको पाईन्छ । भारतीय छात्रवृतिमा पढ्ने नेपालीहरुहरुमार्फत सम्बन्धको बिस्तार गरी बिभिन्न गैर कानूनी कामका लागि संरक्षण गर्दै आएको छ । वीरगन्जमा भारतीय महावाणिज्य दूतावासको स्थापना भएपछि त्यो क्षेत्र पुरै उसैको राज्य जसरी काम गरेको छ ।
भारतमा बिभिन्न छात्रवृतिमार्फत अध्ययन गरेर सरकारी जागिरमा काम गरेका नेपालीहरु दुतावासको सम्पर्क सुत्र बन्ने गरेका छन् । उनका छोरा छोरीहरु मेडिकल, इन्जिनियरिङ, फार्मेसी, कम्पुटर इन्जिनियरिङलगायतमा अधययनका लागि छात्रवृत्ति दिने र तिनीहरुलाई नै नपालको विरुद्धको सूचना आदान प्रदान गराउने माध्यमका रुपमा राख्ने गरेको पाइन्छ । डा. शास्त्र दत्त पन्तद्वारा लिखित पुस्तक ‘नेपालमा रअ’को चलखेलमा पनि यस्ता थुप्रै उदाहरणहरु प्रस्तुत गरिएका छन् ।
२०४९ /०५० सालमा निवर्तमान महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका श्रीमान् रेशमान राईले सञ्चालन गरेको वागबजारको अन्नपूर्ण होटलमा एक जना दक्षिण भारतका व्यक्ति आएर गेष्टका रुपमा बसे । उनी आफू भारतीय कम्युनिस्ट पार्टी मालेको नेता भएको भन्दै उक्त होटलमा बसेका थिए । उनले होटलमा खाएको उधारो बिल धेरै भएपछि निहु खोज्न थाले । त्यसपछि उनले भारतीय दुतावास गएर होटलमा अभद्र व्यवहार गरेको भन्दै झुठो विवरण दिएर पैसा दिनुको सट्टा होटलका मेनेजर लामा थरका व्यक्तिलाई नै थुनाइदिए । त्यसपछि उनी एक पैसा नतिरी भारत फर्किए । उनका सामान दुतावासको आदेशमा नेपाल प्रहरीले बोकेर लगेको थियो ।
नेपालका ठेक्का पट्टामा पनि भारतीय दुतावासको हस्तक्षेप
नेपालमा गरिने ठूला निर्माण सम्बन्धी ठेक्कामा पनि भारतीय दूतावासको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । पप्पु कन्स्ट्रक्सनका हरि नारायण साह रौनियार पनि एक जना प्रतिनिधि पात्र हुन् । उनकै कारण काठमाडौं लगायत देशभरका पुलहरु अहिले पनि अलपत्र परेका छन् । दुतावासका प्रथम सचिवलगायतका व्यक्तिबाटै कहाँ कसरी ठेक्का मिलाइदिने योजना हुने गरेको छ । यस प्रकारका ठेक्काहरुमा नेपाल निर्माण व्यवसायी महासंघका रबि सिंह, लामा कन्स्ट्रक्सनका जीप छिरिङ लामा शेपा, बिकोइ बिल्डर्सका हुम नाथ कोइराला, शर्मा एण्ड कम्पनीका रमेश शर्मा, नेपाली कांग्रेसका संसदसमेत रहेका बहादुर सिंह लामालगायतका व्यक्तिका निर्माण सम्बन्धी कम्पनीहरु भारतीय दुतावासको सेटिङमा काम गर्दै लेभी बुझाउँदै गरेको स्रोतको दाबी छ ।

टेकु अस्पतालको लाइनमा पीसीआर परीक्षणमा अधिकांश भारतीयहरु
अहिले भारतबाट बिभिन्न कामका लागि नेपाल प्रवेश गरेका अधिकांश भारतीयहरु पीसीआर परीक्षणका लागि लाइन लाग्ने गरेको पाईन्छ । सरकारले पीसीआर परीक्षण गर्नका लागि सामान्य परिचयपत्रको फोटो कपी समेत राख्ने गरेको छैन । त्यसैकारण पनि तथ्यांक ठ्याक्कै नआए पनि अधिकांश मानिसहरु भारतीय नै रहेको र नेपाल सरकार अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक भूमिकामा कमजोर प्रस्तुति देखाएको छ ।

चोरी डकैती र ठगीमा नेपालीहरु सहजै पक्रिन्छन् तर, भारतीय छुट्छन्
नेपालमा आएर लाखौ रुपैयाको किराना पसल सञ्चालन गर्दै आएका जैसवाल थरका शंखमुलका एक जना भारतीयले करोडौं रुपैया ठगी गरी फरार भए । उनको जैसवाल स्टोरबाट सयौं नेपालीको करोडौं डुब्यो । उनलाई पक्राउ गर्न सकिएन । त्यसै गरी काठमाडौंको गहना पोखरीमा घर नै बनाएर ठूलो कारोबार गरी बसेका भारतीयले करोडौं रुपैया ठगी गरी फरार भए । काठमाडौंको कपुरधारामा किराना पसल गरी बसेका एक जना भारतीयले केहि महिना अति सस्तो दरमा समान बचे । त्यो ठाउँमा समान किन्न भिड लाग्यो । पछि उनी धेरै थोक व्यापारीको लाखौं रुपैया खाएर फरार भए । यी त केहि प्रतिनिधि पात्र मात्रै हुन् ।
अपहरणकाण्डमा पनि भारतीयकै संलग्नता
वि.स.२०६६ सालमा बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरियो । त्यसको मूख्य नाइके पनि भारतीय नागरिक रोहित पालिवाल अग्रवाल नै थिए । उनी अहिले डडेल्धुरा जेलमा आइफोन चलाएर राजर्सी ठाटका साथ बसिरहेका छन् । उनलाई पाँच किलो सुन फिरौति बापत गोरखपुरमा लगेर बझाइएको माओवादी स्रोतको दाबी थियो ।
विकल्प सीमामा तार जाली वा पर्खाल
भारतीयहरुले सुरक्षाकर्मीले असाध्यै दुःख दिएपछि वीरगन्जको ठोरी गाउँपालिकाका एक वडा अध्यक्षले तार जाली नै लगाए । ठोरी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले आफ्नो वडाको भारतसँग सीमा जोडिएको साढे पाँच किलोमिटर क्षेत्रमध्ये साढे चार किलोमिटरमा काँडेतार लगाइसकेको बताएका छन् । उनले केन्द्र सरकारलाई आफुले बाटो देखाएको बताए । तर, केन्द्र सरकार भने जनताका प्रतिनिधिले गरेका राम्रो कामको सिको गर्न वा प्रशंसा गर्न समेत चुकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *