October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

कोरोना भाइरस (कोभिड–१९) को अन्तिम अपडेट

कोरोना भाइरस (कोभिड–१९) को अन्तिम अपडेट

काठमाडौं । वल्डोमिटरका अनुसार विश्वभर आइतवार बेलुकी ८ बजेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ करोड ५२ लाख ६ हजार ६ सय ६४ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १० लाख ३९ हजार एक सय १९ पुगेको छ । अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भई निको हुनेहरुको संख्या दुई करोड ६१ लाख ८५ हजार सात सय ८८ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ७९ लाख ८१ हजार सात सय ५७ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढि संयुक्त राज्य अमेरिकामा ७६ लाख तीन हजार ७४ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या दुई लाख १४ हजार दुई सय ८६ पुगेको छ । त्यसैगरी विश्वमै दोस्रो बढि संक्रमित हुने देश मध्येको भारतमा ६५ लाख ५९ हजार सात सय ७७ पुगेको छ भने मृत्यु हुनेको संख्या एक लाख एक हजार नौ सय दश पुगेको छ । संक्रमित हुने तेस्रो देश मध्येको ब्राजिलमा ४९ लाख छ हजार आठ सय ३३ जना संक्रमित भएका छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या चाहि भारतमा भन्दा बढि छ ।
विश्वमा सबै भन्दा पहिलो पटक कोराना देखा परेको चीनलाई नेपालले पनि उछिनेको छ । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को भाइरस पत्ता लागेको थियो । तथापि मृत्युदर चाहिँ कम भएका कारण केहि सन्तोष गर्नुपर्ने ठाउँ पनि छ । चीनमा ८५ हजार चार सय पचास संक्रमित हुँदा चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । नेपालमा आज आइतवारसम्म संक्रमित हुनेको संख्या ८६ हजार आठ सय २३ पुग्दा पाँच सय ३५ जनाको मृत्यु भएको छ ।
विश्वमा सबै भन्दा कम मृत्युदर भएको देश सिंगापुर हो । जहाँ ५७ हजार आठ सय १२ संक्रमित हुँदा २७ जनाले मात्रै ज्यान गुमाएका छन् ।
नेपालको पछिल्लो अवस्था
पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै ५३५ जनाको मृत्यु भएको छ । ६४ हजार ०६९ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १३२९ जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभरमा २२ हजार २१९ संक्रिय संक्रमित छन् । ११ हजार ८९३ जना होम र १० हजार ३२६ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२६ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङका ८१ जना, कैलालीका ५५, सुर्खेतका ५४, चितवन र रुपन्देही ५२/५२ जना, बर्दियाका ५०, नवलपुरका ४०, मकवानपुरका २२, कञ्चनपुरका २१, तनहुँका १९, झापाका १६, पाल्पाका १५, नुवाकोटका १४, बाँकेका १३ र काभ्रेका १० जनामा संक्रमण देखिएको छ ।
धनुषा र दाङका ९/९ जना, सुनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक, दैलेख ८/८ जना, बारा, सिराहा र लमजुङका ७/७ जना, सर्लाहीका ६, रौतहट र प्युठानका ५/५ जना, कास्की र स्याङ्जाका ४/४ जना, खोटाङ, सप्तरी र बाग्लुङका ३/३ जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पूर्व र सल्यानका २/२ जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेलधुरा, बझाङ र बैतडीका १/१ मा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.