सुन्दर आवरणले तनाबमुक्त पार्नुका साथै ओंठमा मुस्कान ल्याउँछ – सौन्दर्यविद् दुर्गा विष्ट
सौन्दर्यविद् मध्ये अग्र पंक्तीमा आउने नाम हो दुर्गा बिष्ट । विष्टले दर्जनौ वृत्तचित्र, म्युजिक भिडियो, टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा आफ्नो कला देखाउनुभएको छ । मोरङ जिल्लाको तत्कालिन बयरबन गाउँ विकास समिति वडा नं.–३ मा स्व. खम्बसिंह बिष्ट र नरमायाका ६ छोरी तथा १ छोरामध्ये पाँचौं सन्तानको रूपमा दुर्गा विष्टको जन्म विक्रम सम्वत् २०४८ कात्तिक २० गते भएको हो । उहाँको दिदी शान्ता, सुमित्रा, शारदा, लक्ष्मी र बहिनी कला एवम् भाई दिनेश हुनुहुन्छ । सानैबाट दुर्र्गाको सोच पृथक थियो । त्यसैले त अहिले यो क्षेत्रमा आफूलाई अब्बल सावित गर्नुभएको छ । नेपाली सौन्दर्यक्षेत्रमा आफ्नो नामलाई थप उचाई तर्फ अग्लायाउँदै लग्नुभएको दुर्गासँग डायरी एक्सप्रेसका लागि कमला अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–
यतिवेला के गर्दै हुनुहुन्छ ?
यतिवेला कोरोना भाइरस (कोभिड–१९)को कहरले सबैतिर कष्टकर बनाइरहेको छ । यो कहरमा धेरै कष्टमा आफ्ना जीवन व्यतित गर्न सबैजना बाध्य हुनुहुन्छ । यो विश्वव्यापी कहरले हामीलाई पनि नराम्ररी प्रभावित बनायो । यस्तो कहरमा सानो भए पनि सहयोग हुन्छ भनेर केही सहयोगका हातहरू बढाए मैले पनि । अनि आफ्ना केही व्यक्तिगत कामहरू, केही व्यवसायिक कामहरू र आफ्ना दैनिक कामहरूमा यतिवेला मेरो दैनिकी वितिरहेको छ भन्नुपर्ला ।
सौन्दर्य क्षेत्रमा हुनुहुन्छ, कस्तो छ यो क्षेत्र ?
सुन्दर र सौन्दर्य शब्द कुनै ब्यक्ति वा बस्तुको आवरणको ब्याख्या गर्न प्रयोग गरिन्छ । सौन्दर्यले मानिसमा आत्मबिस्वास बढाउने गर्दछ । सबैलाई सुन्दर र चिटिक्क देखिन मनपर्छ । यो स्वयंहितको लागि मात्र नभएर अरुको लागि पनि लाभदायक हुन्छ । एउटा सुन्दर आवरणले कसैलाई तनाबमुक्त पार्नसक्छ अनि ओंठमा मुस्कान ल्याउनसक्छ । यस विषयमा मानिसहरूको विशेष लगाव हुँने गर्दछ । आफूमा भएको सुन्दरतालाई अझ निखार ल्याउने काम सौन्दर्यविदहरूले गर्नुहुन्छ । सौन्दर्यविदहरूको पछिल्लो समय राम्रै माग हुने गरेको छ यतिवेला ।
यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ ?
मोरङ जिल्लाको तत्कालिन बयरबन गाउँ विकास समिति वडा नं.– ३ मा स्व. खम्बसिंह बिष्ट र नरमायाका ६ छोरी तथा १ छोरामध्ये पाँचौं सन्तानको रूपमा विक्रम सम्वत् २०४८ कात्तिक २० गते मेरो जन्म भएको हो । मेरो दिदी शान्ता, सुमित्रा, शारदा, लक्ष्मी र बहिनी कला एवम् भाई दिनेश छन् । म दिदी सुमित्राको साथ लागेर काठमाडौं आएको थिए पहिलो पल्ट । काठमाडौं आएपछि म सिनामंगलस्थित तत्कालिन श्री गुह्यश्वरी माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना भए । त्यहाँ मैले कक्षा नौ सम्म अध्ययन गरेभने थापाथलीको अल्फा एकेडेमी बाट एसएलसी उतीर्ण भए । मैले सानो उमेरदेखि नै सौन्दर्यमा विशेष ध्यान दिने गर्थे । म सानैदेखि साथीहरूको तुलनामा थप आकर्षक बन्थें । घर बस्दा होस् या स्कुल जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस्– आफूलाई फरक देखाउन चाहन्थेँ । त्यसैले शरीर सुहाउँदो कपडा लगाउनेमात्रै होइन– त्यहीअनुसार मिल्दो श्रृङ्गार पनि गर्दथेँ । यस अर्थमा साथी भाइ, छरछिमेक, विद्यालय सबैतिर मेरो पहिरन अनि सौन्दर्यको चर्चा–प्रशंसा हुन्थ्यो । त्यतिबेलादेखि अहिलेसम्मको मेरो त्यो विशेषतामा कुनै क्रमभङ्ग भएको छैन, बरु थप परिमार्जित छ ।
सौन्दर्यकलाको क्षेत्रमा कहिलेदेखि जोडिनुभयो ?
माथि भने जस्तै मेरो सानैदेखि यो क्षेत्रमा लगाव भए पनि एसएलसी पास भएसँगै म सौन्दर्यकलाको क्षेत्रमा जोडिए । मेकअप आर्ट सम्वन्धी तालिममार्फत यो क्षेत्रमा जोडिएकी हुँ । म उच्च शिक्षा अध्ययनका लागि ललितपुरको बालकुमारीमा अवस्थित माइलस्टोन कलेजमा भर्ना भए भने अर्कातिर थापाथलीमा मेकअप आर्टको प्रशिक्षण लिन थाले । जहाँ मेरो सानैदेखिको सपना साकार हुने र लक्ष्यमा पनि पुग्ने मार्ग पहिल्याएँ भन्ने महशुस हुन थाल्यो । त्यहाँ मैले वेसिक, डिप्लोमा (एडभान्स) र स्पेशल गरी एकवर्षे प्रशिक्षण लिए । यससँगै मैले थापाथलीमा नै कस्मेटिक पसल पनि सञ्चालनमा ल्याए ।
तपाईं केही समय पोखरा पनि रहनुभयो होइन ?
हो, सौन्दर्य सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेपछि म पोखरा गए । त्यहाँ मैले थप ६ महिना मेकअप सम्वन्धी प्रशिक्षण लिए । यससँगै पोखराको सभागृह चोकमा मेकअप स्टुडियो सञ्चालनमा ल्याए । यो क्रम चार वर्षजति चल्यो ।
अनि पछि फरि काठमाडौं आउनुभयो ?
पोखराको चार वर्षजति बसाई पछि म पुनः काठमाडौं नै फर्किए । काठमाडौं आएपछि मैले मैतिदेवीमा मेकअप स्टुडियो र प्रफेक्ट मिडिया एकेडेमी सञ्चालनमा ल्याए । यसैगरी क्रमशः मैले डिवाइटी टिभी र कान्तिपुर मोडल एजेन्सी पनि सञ्चालनमा ल्याए, जुन राम्रै भयो । अर्थात मलाई थप सफलता दिलायो । मैले वर्षौसम्म सिकेको र यो क्षेत्रको लगावको परिणाम आउन थाल्यो ।
प्रशिक्षक रहेर थुप्रै प्रशिक्षार्थीलाई प्रशिक्षण पनि दिनुभयो होइन ?
हो, सौन्दर्य क्षेत्रमा लागेको यो १२÷१३ वर्षको अवधिमा प्रशिक्षार्थी ५ सयभन्दा बढी भइसकेका होलान, खुसी लाग्छ यतिवेला फर्किएर हेर्दा ।
विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ, विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गर्नुभएको छ, यो क्षेत्रबाट यहाँले पैसा र प्रतिष्ठिा दुवै कमाउन सफल हुनुभयो नि ?
विभिन्न सामाजिक राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थामा आबद्ध रहेकी छु । यस्तैै सक्रियताले गर्दा दर्जनौ उपाधिसहित विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएकी छु भने विभिन्न सौन्दर्य प्रतियोगितामा निर्णयकको भूमिकासमेत निर्वाह गर्दै आएकी छु । मेरा विभिन्न कम्पनीबाट प्राप्त मुनाफाको केही प्रतिशत रकम समाजसेवाका लागि खर्चिने गरेकी छु । जिन्दगीमा मैले पनि धेरै संघर्ष गरें । अनाथलयका बृद्धबृद्धा, बालबालिका, गरिब, जेहेन्दारका लागि केही गरौं भन्ने भावना जाग्छ । हाम्रो सानो सहयोगले कसैले भविश्य बन्छ भने किन नगर्ने ? सवैले यसैगरी अलिअलि सहयोग गरे त धेरै भइहाल्छ नि । अनि सहयोग गर्न पाउँदा मन पनि आनन्दित हुन्छ ।
नेपाली कला क्षेत्रमा मेकअप आर्टिस्टमा पछिल्लो समयमा महिलाहरूको अवस्था कस्तो छ ?
कला क्षेत्रमा मेकअप आर्टिस्टमा पछिल्लो समयमा महिलाहरूको माग रहेको छ । धेरै कुरा आफूमा भर पर्छ, महिला भएकै कारण विभिन्न अप्ठायारो आउनु र पुरुष भएका कारण सजिलो हुन्छ भन्ने होइन, त्यो कुरा आफू कस्तो छु भन्ने कुरामा निर्भर गर्छ । यो क्षेत्रमा पारिश्रमिक पनि राम्रै छ । यो क्षेत्रमा लागेर राम्रै गरेकी छु मैले ।
यो क्षेत्रमा नयाँ आउन चाहनेका लागि के भन्नुहुन्छ ?
यो क्षेत्रमा आउन चाहनेहरूका लागि आफूले मिहिनेत गर्नुसक्छु भनेर सिकेर आउँनुहोस् भन्न चाहन्छु । आफूले राम्रो दिन सक्नुपर्छ, राम्रो छ भन्न चाहन्छु नयाँ आउनेहरुलाई ।
अन्त्यमा ?
मेरो केही कुरा र नेपाली सौन्दर्य क्षेत्रका कुराहरू राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद । सुन्दर र चिटिक्क देखिन सबैलाई मन पर्छ तर सौन्दर्य सामाग्री प्रयोग गर्दा ध्यान पु¥याउनु पर्छ । जस्तो पायो त्यस्तै प्रयोग गर्दा फाइदा भन्दा पनि नोक्सान पु¥याउन सक्छ । यसतर्फ सचेत हुन जरुरी छ भन्न चाहन्छु तपाईंहरूको यो लोकप्रिय सञ्चार माध्यम मार्फत ।