April 16, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

सरकारको निर्णय व्यवसायीले मानेनन्


तराईबाट आएको टाटा सुमो साँगा चोकबाट उपत्यकामा प्रवेश गरेकोः फोटो डायरी एक्सप्रेस

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित दिन प्रतिदिन बढ्न थालेपछि त्यसको विकल्प तयारी गर्नका लागि समितिको सिफारिसमा मन्त्रीपरिषद्ले सोमवार शर्टडाउन गर्ने निर्णय गरेको थियो । निर्णयमा सरकारले खाद्य, औषधि र पसलहरु खोल्न दिने तथा तरकारी पसलहरु पनि बिहान बेलुकी मात्रै खोल्ने निर्णय भएपनि कार्यन्वयन हुन सकेको छैन ।
कोभिड –१९ रोकथाम तथा नियन्त्रण समितिको वैठकले भाद्र १५ गते सम्म अति आवश्यक बाहेक सबै बन्द निर्णय गरियो । तर काठमाडौंका मूख्य सडकका पसलहरु नै विहिवारसम्म आधा भन्दा बढि खुला नै छन् । सडकमा सार्वजनिक यातायातहरु समेत चलेका देखिन्छन् । नेपाल यातायात, साझा यातायात, मिटर ट्याक्सी, महानगर यातायात लगायत बस र माइक्रो बसहरु चलिरहेका छन् ।,
मन्त्री परिषदको निर्णय नै नमानेर अहिले निजी प्लेटका गाडीहरु, दुई पाङ्ग्रे मोटर साइकलहरु बजारमा चलेका पाइन्छन् । काठमाडौंका नगर प्रमुख विद्या सुन्दर शाक्यले उपत्यकामा नाकाहरुमा कडाई नगर्दा बाहिरका मानिसहरु प्रवेश गरेका कारण काठमाडौं उपत्यका अति जोखिमयुक्त बनेको बताएका छन् । उपत्यकामा सिल गर्नुपर्ने र अत्याआवश्यक सेवा बाहेक अन्य बन्द गराउनु पर्ने बताएका छन् ।
कोरोनाका कारण कतिपय लोभि घरधनी
काठमाडौंमा बहालमा बस्ने अधिकांश उपत्यका बाहिरका मानिसहरु छन् । उनीहरुले चैत्र ११ गते देखि लकडाउन भएका कारण ४ महिनासम्मको घर बहाल दिएका थिएनन् । त्यसैकारण भाडा लिनका लागि घरधनीले फोन नै गरेर उनीहरुलाई तराई र इण्डियाबाट समेत बोलाए । त्यसैकारण अहिले काठमाडौं उपत्यकाका कोरोना संक्रमणको हट स्पोट बन्न लागेको छ । इण्डिया र मधेसबाट निर्वाध प्रवेश गरेकै कारण काठमाडौं उपत्यकामा मात्रै एक हजार पाँच सय भन्दा बढि संक्रमित भएका छन् । उनीहरु नाकामा कुनै परीक्षण बिनै नक्कली पास बनाएर काठमाडौं छिरेका हुन् ।
चैत्र ११ गते देखि लकडाउन कडाई गरिरहेको अवस्थामा काठमाडौंमा संक्रमण शून्य नै थियो । बहालमा बस्नेहरु तराईका गाउँमा सुरक्षित हुन्छ भनेर घर गएकाहरु लामो समय ढोका र पसलमा शटर लगाएर छाडेका थिए । भाडा नपाएपछि काठमाडौंका केहि लोभी घर धनीहरुको चुल्हो बलेन । उनीहरु भाडामा बस्नेहरुलाई एम्बुलेन्स, खाद्यन्न, तरकारी र फलफूलका गाडीहरुमा काठमाडौंको बाटो तय गरे । काठमाडौंमा कोरोना संक्रमणमा तिव्रता आउनुमा काठमाडौंका लोभि पापी घरभेटीहरु जिम्मेवार रहेको बताउँछन् सार्वजनिक यातायात क्षेत्र सुधारका अभियन्ता प्रेम बहादुर थापा ।
काठमाडौं उपत्यकाका पालिकाका प्रमुखहरु भने घरधनीलाई सुनले छर्केर केबल भाडामा बस्नेहरुको मात्रै दोष दिएका छन् । तर, बोलाई बोलाई लुकाई छिपाई राख्ने घरधनीहरु भने मतदाता भएकै कारण गम्भिर गल्ति गर्दा समेत मौन बसेका छन् ।
काठमाडौं उपत्यकाका नगर प्रमुखहरुले दिएको सुझाव नत व्यवसायीले मानेका छन्, नत आफ्ना मतदाता घरधनीहरुले । त्यसैले पनि दोष जत्ति बाहिरबाट आउनेलाई लगाएर काठमाडौंका मेयरहरुले आफु चोखो बनेका हुन् । तर, काठमाडौंमा कोरोना भाइरस कसरी सर्न पुग्यो त्यसको मूख्य कारण खोजि गर्न सकेका छैनन् ।
माक्सको पनि व्यवस्थित छैन
काठमाडौं जस्तो बाक्लो बस्ती भएका ठाउँमा कतिपयले अहिले पनि माक्स लगाउने गर्दैनन् । लकडाउन अघि पाँच रुपैया पर्ने मेडिकल माक्सको मूल्य अहिले पनि १० देखि १५ रुपैया सम्म पर्दछ ।
सेनिटाइजरको प्रयोग हुनै छाड्यो
शुरुमा माक्स, सेनिटाइजर र पञ्जाको प्रयोग गर्ने विषयमा प्रचार प्रसार गरिएको भएपनि सार्वजनिक गाडीमा थर्मल गन, सेनिटाइजर, मास्कलगायतका सुरक्षा उपकरण तर्फ कुनै ध्यान दिइएको छैन । नत सरकारी अनुगमन नै छ ।
उद्योग व्यवसायी बिपत्तिमा गायव
लकडाउन खोल्न प्रेस विज्ञप्ती निकाल्ने नेपाल उद्योग वाणिज्य महासंघका नेताहरु अहिले भूमिगत भएका छ । नेपाल चेम्बर अफ कमर्शका कार्यकारिणी सदस्य देखि कतिपय उद्योगी ब्यापारीहरुलाई कोरोना संक्रमण भइसकेको छ । तर, महासंघका नेताहरु कसरी साधारणसभा सारेर लामो अवधि कुर्सिमै बस्ने रणनीतिक योजना बाहेक देश र जनताको हितमा सोच्ने फुर्सद मिलाएका छैनन् ।
महासंघका निर्वाचन साउनमा हुने भनिएको थियो, तथापि कोरोना भाइरसका जोखिमका कारण हुन सकेन । तर, कहिलेसम्म अनिश्चित कसैलाई थाह हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.