पशुपति क्षेत्र विकास कोषमा दुई सय पचास भन्दा बढिको जमघट कार्यक्रम
माक्स बिनै उपस्थिति / सरकारी कार्यक्रममै निर्देशन अवज्ञा
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यहि २३ गते शुक्रवार बिमोचन गरेको पुस्तक ‘पाशुवत क्षेत्रको सास्कृर्तिक सम्पदा (मूर्त–अमूर्त) अनुसन्धान ग्रन्थ तथा पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेभसाइट, मोबाइल एप्स, सोसल मिडिया प्लेटफर्म लोकार्पण समारोहमा दुई सय पचास भन्दा बढि जमघट भएका थिए । कोभिड –१९ का कारण सरकारले कुनै सभा, समारोह, भेला, विवाह ब्रतबन्ध नगर्न र गर्नै परेमा ५० जना भन्दा घटी हुनु पर्ने भन्दै आएको भएपनि कोषमा भने दुईसय पचास भन्दा बढिको उपस्थिति रहेको समाचार स्रोतको दाबी छ । कार्यक्रमको प्रमुख अतिथिमा सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराई थिए । हाम्रो समाचार स्रोतले दुईसय पचास भन्दा बढिको संख्यामा उपस्थिति भएको पत्ता लगाएपछि कोषका सूचना अधिकारी भोला सिटौलासँग प्रतिक्रिया माग्दा उनले सचिवालयका कर्मचारी गोकर्णलाई सोध्नु भन्दै पन्छिएका थिए । मन्त्री योगेश कुमार भट्टराईसँगै फोटो खिचाउने २८ जनाले नत मास्क लगाएका छन् , नत भौतिक दूरी नै कायम छ ।
पशुपतिमा नेपाली पुजारी डा. विष्णु दाहाललाई नियुक्ति गरेपछि खाइपाई आएका दक्षिण इण्डियाका पुजारी भट्ट र राजभण्डारीहरुले तिब्र बिरोध गरे । नेपाली पुजारी राखेर भेटी घाटीलाई पारदर्शी बनाउनका लागि तत्कालिन माओवादीको सरकारका संस्कृति मन्त्री गोपाल किराती कस्सिएर लागे । तर, भट्टको पक्षमा नेपाली कांग्रेसका नेताहरु नविन्द्रराज जोशीलगायतका यो निर्णय फिर्ता गर्नका लागि आन्दोलन नै गरे । आखिरमा सरकार नै ढल्ने स्थिति आएपछि माओवादीका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त निर्णय फिर्ता लिए ।
पशुपति क्षेत्र विकास कोषमा रहेर करोडौं रुपैया कमाउँ धन्दा गर्न पल्केकाहरु अहिले पनि कुनै न कुनै रुपमा सक्रिय हुँदै आएका छन् । कोषको गुरुयोजनाको विरोधमा अहिले पनि गगन थापा लगायतका नेताहरु न्वारान देखिकै बल लगाएर लागेका छन् । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा इण्डियन भट्टहरुलाई हटाएर नेपाली पुजारी विष्णु दाहाललाई नियुक्ति गर्दा पनि आन्दोलनको नेतृत्व गर्दै आएका थिए । पशुपति क्षेत्र विकास कोषमा गणतन्त्र आएको लामो समय पछि पनि पारदर्शिता र विधिमा जान सकिरहेको छैन । भेटी घाटी अहिले पनि व्यवस्थित छैन । राजभण्डारी र इण्डियन भट्टको आदेशमा कोषका सदस्य सचिव र कार्यकारी निर्देशकले मनोमानी ढंगले काम गर्दै आएका छन् । पुशपति क्षेत्र विकास कोषमा रहेका गुठी र सम्पत्तिहरुको पनि लेखा प्रणालीमा चुस्त र दुरुस्त हुन सकिरहेको छैन । भक्तहरुले चढाएको सुनलाई पनि सुन जस्तो देखिने पित्तल भनेर भण्डारणका कर्मचारीहरुको मिलेमतोमा गायव गरिँदै आएको छ । यसका निमित्त पारदर्शि बनाउन जोडिने सीसी क्यामेरा बाँदरले बिगारेको भन्दै दोष दिएर गोलमाल गरिँदै आएको भएपनि अहिलेसम्म कारबाही भएको छैन ।
कोषमा नियुक्ति भएका सञ्चालकहरु बालुवा बेच्ने देखि बिभिन्न ठेक्का पट्टमा संलग्न हुदै आएका छन् । सदस्य सचिवमा प्रदीप ढकाल नियुक्ति भएपछि पुशपति क्षेत्र विकास कोषमा भारतीय पहुँच बढ्दै गएको छ । त्यस बारेमा मन्त्री भट्टराईलाई समेत सदस्य–सचिव ढकालले गुमराहमा राखेका छन् ।