बिकाउँ खालको शिक्षा प्रदान गर्नका लागि प्राविधिक शिक्षाको सुरुवात गरेका छौंःअध्यक्ष गोलञ्जर गाउँपालिका, सिन्धुली

पुष्प बहादुर कार्की, अध्यक्ष गोलञ्जर गाउँपालिका, सिन्धुली
० विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देखि १२० दिनसम्म लकडाउन (बन्दाबन्दी) को घोषणा पनि गरेको थियो । नियन्त्रणका लागि गोलञ्जोर गाउँपालिकाले के–के काम ग¥यो ?
कोरोना भाइरस नियन्त्रणका लागि हामीले सुरुमै गाउँपालिकामा हेल्प डेक्सको स्थापना ग¥यौं । असंगठित र बिपन्न मजदूरहरुका लागि राहतको वितरण गरियो । त्यसै गरी सुरक्षाका लागि सेनिटाइजर, मास्क, पन्जा जस्ता सामाग्रीहरु गाउँका बस्ती बस्तीमा पु¥यायौं । देशभित्रै बिभिन्न कामले अन्यत्रै जानुभएका दाजुभाइ, दिदी बहिनीहरुलाई जीवीकोपार्जनका लागि समस्या भएकाले गाउँमै ल्याउने व्यवस्था ग¥यौं । उहाँहरुलाई स्वास्थ्य परीक्षण गरेर सुरक्षितसँग बसोबासका लागि व्यवस्था मिलायौं । यसरी नै विदेशबाट आउने साथीहरुलाई गाउँसम्म ल्याउनका लागि पीसीआर परीक्षण गरी बस्नका लागि क्वारेन्टाइनको व्यवस्था गरियो ।
० तपाई कहाँ क्वारेन्टाइनमा बस्नेहरुको संख्या अहिलेसम्मको कति पुग्यो ?
हाम्रो गाउँपालिकामा सुरु देखि नै ३० जना जत्ति बस्नु भएको थियो । अहिले चाहिँ एक जना पनि क्वारेन्टाइनमा हुनुहुन्न । अहिलेसम्म हाम्रो गाउँपालिकामा पीसीआर परीक्षण गर्नेहरु मध्ये सबैको नै नेगेटिभ आएको छ । हामी कहाँ भारतलगायतका विदेशबाट आउनेको संख्या पनि तीस जना नै हो ।
० कोरोना भाइरस नियन्त्रणका लागि संघ र प्रदेशबाट आर्थिक सहयोग प्राप्त भएन ?
हामीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भनेर प्रदेश सरकारबाट १० लाख रुपैया प्राप्त भएको छ । तर, संघीय सरकारबाट भने एक रुपैया पनि सहयोग पाउन सकिएन । अन्य खर्च हामी गाउँपालिका आफैले व्यवस्था गरेका छौं ।
० महालेखाको ५७ औ प्रतिवेदनमा गोलञ्जोर गाउँपालिकाले स्करर्पियो भाडामा लिएर १७ लाख ३८ हजार रुपैया भुक्तानी गर्नुका साथै अनुगमनका नाममा १० लाख ९३ हजार रुपैया खर्च गरेको छ । तर, अनुगमन गरिएका सडकहरुको नामै छैन भनेर उल्लेख गरिएको छ नी ?
हामीले उक्त रकम दिएको हो । हामीले त डबल क्याब बुलेरो भाडामा लिएका हौं । महालेखाको प्रतिवेदनमा चाहिँ स्करर्पियो भनियो । उक्त बुलेरो अनुगमनमा जाँदा उपाध्यक्षले चढ्नु भएको छ । कहिलेकाँही प्रमुख प्रशासकीय र कहिले बिभिन्न ठाउँबाट सामान ढुवानी गर्नका लागि प्रयोग गर्ने गरेका छौं । यद्यपि हामीले यो वर्ष देखि त्यस खालको व्यस्थामा पनि नियन्त्रण गर्नेछौं ।
० स्थानीय तहमा पारदर्शिताको कमि भयो भन्नेहरु पनि छन् नी ?
आवश्यक खर्च त हामी प्रतिनिधिहरुले गर्नैपर्छ । यस अघि पनि महालेखाको प्रतिवेदनमा जनप्रतिनिधिहरुले लिने बैठक भत्ताको विषयमा कुरा उठ्यो । त्यसलाई हामीले पछिल्लो वर्षमा नियन्त्रण गरेका छौं । यसरी हामी काम गर्दा सिक्दै सुधार गर्दै गइरहेका छौं ।
० तपाईको गाउँपालिकामा कति वटा ऐनहरु निर्माण गर्नुभयो ? कति राजपत्रमा प्रकाशन भएका छन् ?
अहिलेसम्म २१ वटा ऐनहरु तयार गरेका छौं र सबै राजपत्रमै प्रकाशन भइसकेका छन् ।
० अहिले प्रदेशले निर्माण नगर्दा अप्ठ्यारो परेका ऐन कानूनहरु पनि छन् कि ?
प्रदेश सरकाले खासै सहयोग गरेको पनि छैन । नियम अनुसार ससर्त रुपमै पाउने बजेट आएकै छ । कतिपय बजेट उहाँहरुले आफ्ना पकेट कार्यकर्ता भएका ठाउँमा लानुहुन्छ । त्यसमा हाम्रो कुनै भनाई नै रहेन । राजश्व वाँडफाँडको नियम अनुसार पाउने रकम र सशर्त रकम बाहेक अन्य कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन ।
० सामुदायिक विद्यालयहरु अहिले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण झनै मारमा छन् । वैकल्पिक शिक्षाका लागि पनि राज्यले कार्यविधि बनाएको छ । त्यसको गुणस्तर वृद्धिको लागि तपाई निर्वाचित भएपछि के कस्ता कामहरु गर्नुभएको छ ?
गोलञ्जोर गाउँ पालिकामा हामी निर्वाचित भएपछि एउटै मात्रै लक्ष्य लिएका थियौं । किनकी सबैतिर हात हालेमा लक्ष्यमा पुग्न पनि सकिदैन । शिक्षा क्षेत्रलाई बलियो बनाउन सकियो भने भविश्य उज्वल हुन्छ भन्ने उद्देश्य लिएर हामीले गणस्तरीय शिक्षा प्रदान गर्नका लागि पहलकदमी लिएका छौ । हामीले फुर्कोट माध्यामिक विद्यालय (सामुदायिक विद्यालय)मा हरुमा सुबिधाका लागि बस प्रदान गरेका छौं । त्यसै गरी हाम्रो सामुदायिक विद्यालयमा ठूलो संख्यामा ए प्लस ल्याउने विद्यार्थीहरु छन् । जनज्योति सामुदायिक विद्यालयमा अहिले ‘डी प्लस’ भन्दा तलको एक जना पनि विद्यार्थी छैनन् । दोस्रो कुरा हाम्रा प्रमाणपत्रहरु खल्तिमा हालेर हिड्नु बाहेक कहिँ पनि बिकेनन् । त्यसैले बिकाउँ खालका शिक्षा प्रदान गर्नका लागि प्राविधिक शिक्षाको सुरुवात गरेका छौं । अहिले वडा नम्बर ५ को नयाँखर्क स्कूलमा कृषि विषयको जेटिएको अध्यन गराइन्छ, कौशिका मावि, ग्वाल्टारमा भेटेरीनरी विषयको पढाई हुन्छ, त्यसै गरी खुर्कोटमा सिभिल इन्जिनियरिङको ओभरसियरको पढाई हुन्छ । यसरी हामीले पढेका प्रमाणपत्र जुनसुकै कुनामा जाँदा पनि बिक्ने बनाएका छौं । हाम्रो जनशक्तिलाई शिक्षाको माध्ययमबाट उत्कृष्ट बनाउने प्रयास गरिरहेका छौं । अहिले सरकारले निर्देशन गरेअनुसार हामीले वैकल्पिक शिक्षाका लागि रेडियोबाट सुरु गरेका छौं । तथापि धेरै प्रभावकारी हुन सकिरहेको छैन । पहिल्लो समयमा शिक्षा मन्त्रालयबाट सामाजिक सञ्जालमा उपलव्ध भएका निर्देशन अनुसार भाद्र १ गतेबाट भर्ना अभियान अघि बढाउने भन्ने देखिन्छ । सम्भवतः पढाईलाई निरन्तरता दिनुपर्छ भनिकन आएको हुनुपर्दछ भन्ने अनुभव हामीले गरेका छौं । हामीे नियमित रुपमा विद्यालय खोल्ने विषयमा ध्यान केन्द्रीत गर्दैछौं ।
० तपाईको पालिकामा सबै खालका सामुदायिक विद्यालयको संख्या कति हो ?
हाम्रोमा जम्मा ६० वटा विद्यालयहरु छन् । नौ वटा उच्च माविहरु छन् ।
० पालिकामा स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?
हाम्रो पालिकाका साविकका गाउँ विकास समितिमा सबै ठाउँमा स्वास्थ्य चौकीहरु छन् । साथै हामीले दुई ठाउँमा अस्थायी सामुदायिक पोष्टहरु खडा गरेर राखेका छौं । एक ठाउँमा त्यहिबाट पनि स्वास्थ्य सेवा प्रदान गरिएको छ । वडा नम्बर ७ मा अगाडिबाटै सुरु गरिएको छ । वडा नम्बर ६ मा यो वर्ष देखि नै सुरु गरिँदै छ । यहि हिसावले पनि जनताले ४०÷४५ मिनेट हिडेपछि सामान्य खालका स्वास्थ्य सुबिधा सहज रुपमा पाउन भन्ने उद्देश्य राखेका छौ । त्यसको प्रमावकारिता पनि देखिएको छ ।
० तपाई निर्वाचित भएको अवधि पनि तीन वर्ष भन्दा बढि भएको छ । यो अवधिमा जनतासँग बाचा गरेका के –के कामहरु गर्नुभयो ?
समग्रमा हामीले जनतासँग बाचा गरेका धेरै कामहरु बाँकी नै छैनन् । किनकी हामीले निर्वाचनताका झुठा आश्वासन नै दिएनौं । मलाई निर्वाचनका बेलामा मत माग्दा केहि ठाउँमा माइन्यूटिङ नै गर्नुपर्छ भन्नुभयो । तर, पनि हामीले तमसुक गर्न आएका होइनौं । केबल मत मात्रै माग्न आएका हौं भनेका थियौं । किनकी कागज गरेर निर्वाचनमा जित्नु भनेको झुठको खेती गर्नु हो । अहिले पनि एउटा वडाबाट एक अर्बको योजनाका माग जनताबाट आएको हुन्छ । कागज गरेको अवस्थामा के हुन्थ्यो । त्यसैले सकेजति मात्रै बोल्ने र गर्ने हो । हामीले बाचा गरे अनुसारका काम अघिल्लो वर्ष नै टुङ्याएका छौं ।
अहिले बाचा गरेअनुसार काम गरिसक्यौं भनेर कानमा तेल हालेर बस्ने अवस्था चाहिँ होइन । विदेशमा रहेका युवाहरु नेपाल फर्कने क्रम जारी छ । उनीहरुको जीवीकोपार्जनका लागि नेपाल फर्किने बित्तिकै आर्थिक उपार्जनका व्यवस्थाका लागि कृषिका क्षेत्रमा लगाउने विषयमा कोशिश गरिरहेका छौं । त्यसका लागि सुनकोशीको पानी तानेर ¥याफ्टिङ गरी तरकारी खेतीका लागि व्यवस्था मिलाएका छौं । यो वर्षबाट हामीले तरकारी उत्पादन सुरु हुँदैछ । यो वर्ष देखि कसरी नगद कमाउन सकिन्छ ? त्यहि उद्देश्यका साथ हामी अघि बढिरहेका छौं । विदेशबाट फर्केका र गाउँमै बेरोजगार बनिरहेका युवाहरुलाई केहि हदसम्म भएपनि समेट्ने कोशिशमा छौं ।
० कृषि क्षेत्रमा किसानहरुले बजारीकरण र उत्पादनमा मात्रै अनुदान दिए राम्रो हुन्थ्यो भन्छन् । तर, सरकारको नीति नै उल्टो छ भन्छन् नी ?
हामीले उत्पादनका लागि प्रेरित गराउने उद्देश्यले मल र बीउ उपलव्ध गराउँछौं । बजारका लागि अहिले तरकारी र फलफूल संकलन गर्ने केन्द्रहरु स्थापना गरिएका छन् । त्यसपछि किसानलाई मध्स्थताका भूमिकामा रहेर बजारसम्म लैजाने व्यवस्थाका लागि र बजारका मानिसहरु कसरी गाउँसम्म पुग्छन् भन्ने विषयमा हाम्रो मूख्य ध्यान नै त्यसतर्फ छ ।
० अहिलेको गाउँपालिकाको प्रमुख भएर काम गर्दा कस्तो अनुभूति भइरहेको छ ?
पहिला गाउँ विकास समिति स्थानीय निकाय भएपनि केन्द्रबाट निर्देशित थियो । साथै निर्देशित भएर काम गर्नुपर्दथ्यो । अहिले भने स्वयत्तता नै छ । गाउँपालिकाले चाहेको ठाउँमा जनताले देख्न सक्ने गरी काम गर्न सकिने अवस्था छ । केहि पालिकाका जनप्रतिनिधिहरु सिक्दै पनि हुनुहुन्छ । पाँच वर्षमा समय व्यापक सदुपयोग गरेर जनताको काम गर्न सकिन्छ भन्ने हाम्रो बुझाई छ ।
० संघीय सरकारबाट सहयोग हुनुपर्ने तर, नभएको केहि छ कि ? साथै तपाईका भावी योजनाहरु के के छन् ?
हाम्रो पर्यटन क्षेत्रमा विकास गर्नु हो । हाम्रो गाउँपालिकामा बढि भन्दा बढि पर्यटक भित्राउने हाम्रो लक्ष्य छ । त्यसबाट मात्रै हाम्रो आर्थिक समृद्धिमा टेवा पुग्न सक्छ । हामीले गढीको क्षेत्र सोल भन्ज्याङ देखि भ्यू टावर रहेको ठाउँसम्म जानका लागि ‘साइकल जोन’ तयार गरेका छौं । त्यसका लागि फुर्कोटमा ठाउँ तयार छ । त्यसै गरी गोलञ्जोरमा भ्यू टावर तयार गरिएको छ । यसरी यी तीनै कुरालाई जोडेर वडा नम्बर पाँचको सम्पूर्ण भाग, वडा नम्बर ६ को माथिल्लो भाग, वडा नम्बर तीनको माथिल्लो भाग, वडा नम्बर चारको सम्पूर्ण भागमा ‘ होम स्टे’ सुरु गरी पर्यटकहरुलाई भित्राउने अवस्थाको सिर्जना भएको खण्डमा गाउँपालिकाले धेरै छिटो आर्थिक उन्नति गर्ने अवस्था रहन्छ । त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्दछ । विगतमा म निर्वाचित भएसँगै हमाीलाई कुनै योजना दिनुपर्दैन, पर्यटकीय क्षेत्रमा खर्च गरिदिनुस् भन्दै आएको छु । निर्माण भएपछि खर्च उठाउने जिम्मेवारी हामी लिन्छौं भनेर ग्यारेन्टी पनि गरेको छु । तपाईहरुलाई उठेको राजश्व बाँडफाँडमा ५०÷५० प्रतिशत गरौं पनि भने । तथापि संघीय सरकारका कसैले पनि लगानी गर्ने इन्छा जाहेर गर्नुभएको छैन । हाम्रो कुरा सुन्नुभएको छैन । त्यसपछि अन्य काम लिएर गएको छैन । तथापि उहाँहरुले आफ्ना कार्यकर्ता पाल्नका लागि एउटा योजना पकेट क्षेत्र हेरी राखिदिनुभएको छ । तथापि मेरो सधै विरोध रहेको छ । यसरी गाउँपालिकाले त्यो विषयमा धेरै चासो पनि दिएको छैन ।
० पर्यटकीय क्षेत्रमा कार्यक्रमका लागि तपाईहरुको पर्यटन बोर्डसँग सहकार्य हुन नसकेको हो ?
पर्यटन बोर्डमा पनि हामीले तयार गरेको गुरुयोजना पठाएका छौं । तथापि कुनै शुभ संकेत प्राप्त भएको छैन ।
० अन्तमा केहि भन्नु छ कि ?
हामी जुन परिस्थितिमा छौं यसमा हामी आफुलाई सम्हाल्न सक्नुपर्दछ । आफु भन्दा माथि रहेका सार्वजनिक व्यक्तिहरुलाई स्थानीय तहले हेर्नुपर्दछ । किनकी हामी जनताले महसुस गर्ने सरकार हौं । उहाँहरुको संरक्षण र आर्थिक समृद्धिका लागि के गर्न सकिन्छ ? सोच्न जरुरी छ । हामीले गरेको पर्फमेन्सले यो व्यवस्थामा चुनौतिका रुपमा आफै अघि बढिरहेका छौं कि भन्ने लाग्दछ । त्यसकारण व्यवस्थालाई चुनौतिका रुपमा हैन, सहजिकरणका रुपमा कसरी जनताका नजरमा पार्न सकिन्छ ? त्यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ । गोलञ्जोर गाउँपालिकाले आफ्नो सम्पूर्ण शक्ति जनताले चाहेको र सोचेको काममा लगानी गर्ने बाटोमा लागेको छ । अन्य पालिकालाई पनि यहि अनुरोध गर्दछु ।