October 8, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मजदुरको रोजगारी र व्यवसायीको व्यवसाय जोगिने गरी काम गरिएको छ ।

दिनेश घिमिरे, उपमहासचिव, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, केन्द्रीय कमिटी

अहिले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा ग¥यो । यहि कारण पर्यटन क्षेत्र पनि ध्वस्त बन्ने अवस्था आयो । मजदुर र श्रमिकहरुको अवस्था कस्तो पाउनुभएको छ  ?

अहिले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा एकदमै ठूलो असर परेको छ । हुनतः सबै क्षेत्रमा यसको असर परेको छ । यसमध्ये पनि सबैभन्दा बढि असर पर्यटन क्षेत्रमै छ । नेपालको सन्दर्भमा पर्यटन क्षेत्र श्रमिकहरुको व्यवस्थापनका लागि होटल व्यवसायीहरुको संगठन (हान) र रेष्टुरन्टहरुको संगठन (रेवान)सँग एक खालको सहमति गरिसकेका छौं ।  त्यसै गरी क्यासिनो व्यवसायी नेपालसँग पनि छलफल भइरहेको छ । त्यस भन्दा सानो फास्टफुड रेष्टुरन्ट, दोहोरी साँझ, लगायतका व्यवसायीहरुको आधिकारिक संगठन नभएका कारण त्यसमा पनि श्रमिकहरुको व्यवस्थापनमा केहि समस्याहरु छन् । तथापि ठूला–ठूलो होटलहरुको भने एक खालको सहमति नै गरिएको छ । मजदुरको रोजगारी पनि जोगिने र व्यवसायीको व्यवसाय पनि जोगिने गरी काम गरिएको छ ।

० होटल व्यवसायी संघ नेपाल (हान)ले १२ प्रतिशत मात्रै तलब दिने भने निर्णय गरेको थियो त्यसमा मजदुर संगठन र सरकार समेत सहमत भएन । कसरी सहमति गरियो त ?

१२ प्रतिशत भनेर गरिएको निर्णय सहमतिमा थिएन । त्यो त हानको एकल निर्णय मात्रै थियो । त्यसै कारण हाम्रा तीन वटा ट्रेड युनियनका संगठनहरु पूर्व नेकपा माओवादीसँग सम्बन्धित, संगठन, पूर्व नेकपा एमालेसँग सम्बन्धित संगठन र नेपाली कांग्रेससँग सम्बन्धित संगठन मिलेर हानका प्रतिनिधिसँग छलफल पश्चात साढे १२ प्रतिशत भनेर गरिएको एकपक्षिय निर्णय फिर्ता लिन लगायौं ।  त्यसपछि हाम्रो अर्को सहमति भयो ।

त्यसमा दुई सय भन्दा बढि डिलक्स कोठा भएको पाँच तारे होटलमा काम गर्ने श्रमिकहरुलाई खाई पाई आएको तलब भत्ता लगायत सुविधाहरु यथावतै रुपमा पाउने, अहिले नै काम गर्न नपरेका  कर्मचारीहरुलाई बिदामा  बस्ने व्यवस्था मिलाउने । त्यसरी बिदामा बसेका कर्मचारीहरुलाई मासिक १० हजार पाउने छन् । दुई सय भन्दा कम श्रमिक भएको पाँच तारे होटलमा नौ हजार पाउनेछन् । चार तारे होटलमा चाहि ८ हजार चारसय पचास मात्रै पाउनेछन् । त्यसै गरी सबैभन्दा कम कोठा भएका चार तारे होटलबाट आठहजार रुपैया प्रति महिना पाउने गरी निर्णय गरिएको छ । तीन तारे होटलमा काम गर्नेहरुलाई पाँच हजार पाँच सय र दुई तारे होटलबाट चार हजार तीनसय पाउने व्यवस्था गरिएको छ । जुन कार्यन्वयनकै प्रक्रियामा छ । रेवानसँग पनि सहमति भएको छ । जुन सहमति अनुसार रेष्टुरन्ट क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई काम गरिरहेको अवस्थामा खाईपाई आएको यस अघिकै व्यवस्था बमोजिम र अहिले आवश्यक नभएर घरमै बिदामा बसेको अवस्थामा मासिक चार हजार एक सय पाउने गरी सहमति भएको छ ।

० अहिले सरकारले पर्यटन क्षेत्रका लागि सरकारले बजेट मार्फत राहत कार्यक्रम पनि ल्याएको छ । यसबाट पुरानै अवस्थामा फर्कन सकिएला ?

सरकारको प्याकेजले व्यवसायमा कस्तो प्रभाव पार्ला हामीलाई जानकारी भएन । कतिपय व्यवसायीले चाहिँ सरकारले ल्याएको प्याकेज खोज्दै अन्यौलमा परिरहेका छौं भन्नुभएको छ । मजदुरलाई चाहिँ सरकारले वास्ता नगरेको महसुस गरेका छौं ।

० नेपाल सरकारले श्रमिकहरुलाई न्यूनतम ज्यालासमेत तोकेको छ । पर्यटन क्षेत्रमा कति कार्यन्वयन भएको छ ?

नेपाल सरकारले श्रमिकहरुका लागि  तोकेको न्यूनतम १३ हजार ४ सय ५० रुपैया मासिक तलब काठमाडांैको परिप्रक्ष्यमा लागु भएको छ । केहि साना दुई तीन जना कामदार राखेर पारिवारिक रुपमा सञ्चालन गरिएका रेष्टुरन्टहरुमा नभएको पनि हुन सक्छ । अन्यथा काठमाडौंका होटल, क्यासिनो र रेष्टुरन्टहरुमा न्यूनतम तलब भत्ता लागु भएको छ ।

काठमाडौं बाहेक चितवनको सौराहा, पोखरा, बिराटनगरलगायतका ठाउँमा भएका तारे होटलहरुमा पनि न्यूनतम ज्याला कार्यन्वयनमै छ । तर, काठमाडौं उपत्यका बाहिरका साना तिना होटलहरुमा अझै पूर्ण रुपमा कार्यन्वयन हुन सकिरहेको छैन ।

० होटल, रेष्टुरन्टमा काम गर्ने महिला कर्मचारीहरुको सुरक्षा पहिला भन्दा केहि सहज भएको हो ?

रोजगारीमा सुरक्षाका लागि त महिला र पुरुषको रुपमा भिन्न व्यवस्था छैन । तथापि रातको समयमा घरमा जान, सुत्केरी अवस्थामा बिदामा बस्न जस्ता महिलाका समस्याहरुलाई पहिलाको तुलनामा अहिले सहज छ । युनियनको पहलमा त्यसको व्यवस्था सम्बन्धित प्रतिष्ठानहरुबाटै भएका छन् । सुत्केरी बिदाको विषयमा श्रम ऐनमै व्यवस्था गरिएको छ ।

० मजदुर नेताहरु आफु करोडपति बन्ने मजदुरको चाहिँ अवस्था उस्तै रहेको भन्ने आरोप लाग्ने गरेको छ नि ?

अपवादमा केहि व्यक्तिहरु त्यस्तो भएको हुन सक्छ । त्यसलाई नै लिएर सिंगो ट्रेड युनियनलाई जोड्नु हुँदैन ।

० लक्ष्मण बहादुर वस्नेत जस्ता ट्रेड युनियनका नेताहरु त सधै विदेश भ्रमणमा बिताएको भन्ने गुनासाहरु सुनिन्थ्यो नि ?

केहि व्यक्तिहरुले टे«ड युनियनको आन्दोलनलाई व्यक्तिगत स्वार्थसँग जोडे । प्रशस्त सम्पत्ति कमाउन लागे । ति थोरै र औंलामा गन्न सकिनेहरु मात्रै हुन् । अन्यथा ट्रेड युनियन आन्दोलनमा लागेका नेताहरुमा कुनैपनि समस्या छैन । ट्रेड युनियनका नेताहरु श्रमिककै हकहित, सुरक्षाका लागि लडिरहँनुभएको छ । विदेश जाने विषयमा त त्यहाँ टे«ड युनियन गतिविधिका लागि नेपालका श्रमिक नेताहरु अन्य देशका नेताहरुसँग  एक आपसमा छलफल र सहकार्यका लागि जानु स्वाभाविकै हो ।

बालश्रमिकहरुको प्रयोग अहिले पनि काठमाडौं उपत्यका लगायत बिभिन्न सहरमा भइरहेका छन् । त्यसको पूर्ण निषेधका लागि कसरी काम गरिरहँनु भएको छ ?

बाल श्रमिकहरुको प्रयोग पहिलाको तुलनामा अहिले त न्युन छ । तर, साना पारिवारिक रेष्टुरन्टमा त्यो समस्या छ । तर, हामी टे«ेड युनियनबाट पहल गरिरहेका छौं । मूख्यतः यसका लागि सरकारले नै जिम्मेवार ढंगले लाग्नुपर्दछ भन्ने लाग्छ ।

मजदुरहरुका निमित्त तपाईहरुको टे«ड युनियनले गर्नैपर्ने भावी कार्यक्रमहरु के–के छन् ?

अहिलेको विषम परिस्थितिका बारेमा त बताइसकेँ ।  हामीले क्यासिनोका श्रमिकहरुको सुरक्षाका निमित्त व्यवसायीहरुसँग छलफल गरिरहेका छौं । साना साना रेष्टुरन्टमा काम गर्ने मजदुरहरुका लागि पनि छलफलकै क्रममा छौं । यो महामारीको अवधिबाट हामीले उन्मुक्ति पाएपछि श्रमिकका हितमा गर्ने गतिविधिहरु पूर्ववत रुपमा नै गरिनै रहनेछौं । बजार अनुसारको सेवा सुबिधा बढाउनका लागि निरन्तर रुपमा लागि नै रहेका छौं ।

० मसाज सेन्टरहरुका विषयमा नकरात्मक समाचार आउने गरेका छन् । त्यसलाई व्यवस्थित बनाउनका लागि तपाईहरुको कस्तो पहल हुँदैछ ?

त्यस विषयमा हामीहरु छलफल गरिरहेका छौं । मसाज सेन्टरमा काम गर्ने महिलाहरु बढि पीडित थिए । उनीहरु रातको समयमा ड्यटी गर्नुपर्ने, रातमा घरमा जानुपर्ने, साथै रातमा ड्युटीका लागि आउनुपर्ने जस्ता कामहरुको व्यस्थापन नहुँदा अत्यन्तै समस्यामा थिए । अहिले समाधान भइसकेको पनि छ । काम गर्ने क्रममा आउने बिभिन्न समस्याका समाधानका लागि ट्रेड युनियन र व्यवसायी बीच छलफल भइरहेको छ । त्यसका समाधानको निमित्त व्यवस्थापन गरिरहेका छौ ।

० तपाईहरु वामपंथी राजनीतिसँग जोडिएको ट्रेड युनियनका नेताहरु हुनुुहुन्छ । नेपाली कांग्रेस निकट ट्रेड युनियन र नेकपा निकट टे«ड युनियनबीच फरक के छ ?

कांग्रेस आवद्ध होस् वा कम्युनिस्टसँग सबै ट्रेड युनियनहरुको उद्देश्य एउटै हो । हामी कोहि सिधै बाटोबाट जान्छौ । कोहि भने गल्लि गल्लिबाट जाने गर्दछौं । पार्टीमा विचारको लडाई हुन्छ । तर, हाम्रोमा बिचारको लडाई हुँदैन  श्रमिकको हकहितका लागि लड्ने उद्देश्य मात्रै हुन्छ ।

० अहिले मजदुर र किसानको हितमा काम गर्छ भन्ने विश्वास गरिएको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा सरकार छ । तपाईहरुको पेसागत हितमा काम भएका छन् ?

 कम्युनिस्ट पार्टीको सरकार स्वाभाविकै रुपमा मजदुरको पक्षमा हुन्छ । पहिलाको तुलनामा धेरै कामहरु भएका छन् । कम्युनिस्ट पार्टीको सरकार भएका कारण टे«ड युनियनको पक्षमा काम गर्न निकै सहज भएको छ । जसले गर्दा आम श्रमिक र मजदुरले ठूलो राहत प्राप्त गरेका छन् । यस अघि ट्रेड युनियनका आन्दोलनमा धेरै समस्याहरु आइपरेका थिए । हामी आवद्ध पार्टी सरकारमा रहँदा ट्रेड युनियनका गतिविधि सन्चालन गर्न धेरै सहज भएको छ । हाम्रा मागहरु पुरा भएका छन् ।

० अन्तमा केहि भन्नु छ की ?

कोरोना महामारीको विषम परिस्थितिको समाधान  भएपछि ट्रेड युनियन आन्दोलनको पूर्ववत रुपमा नै अघि बढ्नेछ । काठमाडौं लगायत नेपालका मूख्य ठूला सहरहरु भन्दा बाहेक साना साना प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुका हक हितमा काम गर्नका लागि पहल गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.