November 16, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

यातायात कार्यालयका ‘बिचौलिया’हरु प्रहरीको नियन्त्रणमा


शिव कुमार थापा
काठमाडौं । यहि चैत्र ७ गते यातायात कार्यालय गर्जुधाराबाट १७ जना बिचौलियाहरु पक्राउ परेका छन् । आम जनताको जनगुनासो भएपछि काठमाडौं जिल्ला प्रहरी कार्यालय भद्रकालीबाट खटिएको प्रहरी टोलीले सेवाग्राहीलाई दुःख र हैरानी दिने बिचौलियाहरु नियन्त्रण लिएर अनुसन्धान गरेको छ ।


जिल्ला प्रहरी कार्यालय काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार पक्राउ पर्नेहरुमा झापा जिल्ला अन्तर्गत बिर्तामोड नगरपालिका–६ घरभई काठमाडौं जिल्ला काठमाडौं महानगरपालका वडा नम्बर ५ बस्ने वर्ष २० का अभिशेष चौधरी, मकवानपुर जिल्ला थाह नगरपालिका–५ घरभई काठमाडौं महानगरपालिका – ५ बस्ने वर्ष २२ को विशाल लामा योन्जन, मकवानपुर जिल्ला थाह नगरपालिका–५ घरभई काठमाडौं महानगरपालिका– ५ बस्ने वर्ष २४ को सन्तोष कुमार बम्जन, कैलाली जिल्ला लम्कीचुहाँ नगरपालिका वडा नम्बर ७ घरभई ललितपुर महानगरपालिका– ४ बस्ने वर्ष ३४ को विक्की चौधरी, काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका –१ बस्ने वर्ष २० को दोर्जे लामा, काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका घर भई ललितपुर महानगरपालिका – ४ बस्ने वर्ष २४ को सुदीप तामाङ, काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–७ मातातिर्थ बस्ने वर्ष २५ को कुशल तामाङ, कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका – ८ घरभई चन्द्रागिरि नगरपालिका – ४ बस्ने वर्ष २४ को विशाल सिंह विष्ट, काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका– ८ मातातिर्थ बस्ने वर्ष २२ को पवन तामाङ, काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका– ८ मातातिर्थ बस्ने वर्ष २३ को विनायक केसी , जिल्ला सिन्धुली दुधौली नगरपालिका –८ घरभई चन्द्रागिरि नगरपालिका– ८ बस्ने वर्ष १९ को बादल लामा योगी, धादिङ जिल्ला धार्के गाउँपालिका –४ घर भई काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका –५ बस्ने वर्ष २६ को मनोज तामाङ, गोरखा जिल्ला सिरानचोक गाउँपालिका–७ घर भई काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–१२ बस्ने वर्ष २४ को राजिव नेपाली, सिन्धुली जिल्ला दुधौली नगरपालिका –२ घर भई काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका –५ बस्ने आयुषा वाइवा, जिल्ला सिन्धुली घ्याङले गाउँपालिका –५ घर भई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ४ बस्ने वर्ष २३ को मनिर लामिछाने, चितवन जिल्ला खैरेनी नगरपालिका–१ घरभई काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–१२ बस्ने वर्ष ३५ को प्रदिप सुनार, धादिङ जिल्ला गजुरी गाउँपालिका –८ घर भई काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका –५ बस्ने वर्ष ३३ की चण्डिका अधिकारी रहेका छन् । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहोराले बताए ।


यातायात कार्यालयमा सेवाग्राही आफै काम गर्न नसक्ने वातावरण बनाएर बिचौलियाहरु कर्मचारीसँग मिलेर असुली धन्दा चलाई रहँदा राज्य मुकदर्शक बनिरहेको आरोप लाग्दै आएको थियो । पछिल्लो पटक प्रहरीको अप्रेशनबाट भुक्तमान पाएका सेवाग्राहीहरु खुशी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.