July 9, 2025

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा रिजाल


काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वती नगर चाबाहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
चौथो राष्ट्रिय सम्मेलनवाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी, उपाध्यक्षमा उद्धप्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी, महासचिवमा सबनम मुखिया, उप माहासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, सचिवमा अमिर दोग, सचिवमा रिमेश अधिकारी, कोषाध्यक्ष राज बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सदस्य विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगायत ५१ सदस्य केन्द्रिय कमिटी सदस्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.