पाँचखालमा टिप्पर आंतक /पाँचखाल एमालेले दियो ज्ञापनपत्र/ प्रहरी प्रशासनको मिलेमतो
1 min read
विष्णु प्रसाद होमागाई
काभे्र । नेकपा एमाले पाँचखाल नगरकमिटीका अध्यक्ष बिष्णुहरि पौडेल नेतृत्वको टीमले अरनिको राजमार्गमा भएका टिप्पर आतंक बन्द गर्न प्रहरी चौकी पाँचखालमा ज्ञापन पत्र बुझाएका छन् । स्थानीय चौकी प्रमुखलाई बुझाइएको ज्ञापन पत्रमा प्रेसर हर्न बजाएर रातको समयमा ध्वनी प्रदुषण गराएको, साँझको ६.३० बजेदेखि ८ बजेसम्म मालबहाक टिप्परको अव्यवस्थित पार्किङले अतिआवश्यक सवारी साधन सञ्चालनमा कठिनाई उत्पन्न हुनुका साथै सम्भावित दूर्घट्ना उत्पन्न भएको जानकारी दिइएको छ ।
काभ्रेको पाँचखालमा अहिले टिप्पर आतंक तिब्र बनेको छ । अधिकांश टिप्पर चालकहरु माधक पदार्थ सेवन (मापसे) गरी चलाउन नपाएपछि अहिले बाटोमा गोटी, गाँजा, चरेश सेवन गरी चलाउने गरिएको कारण आसपासका बस्तीहरुमा आतंक फैलिएको स्रोतको दावी छ । अहिले बाटोका रक्सी भट्टिहरुमा गाजा, चरेस लगायतका प्रतिबन्धित लागू औषध खुला रुपमा विक्री वितरण र सेवन गर्दै आएको बुझिएको छ । तथापि ट्राफिक प्रहरीहरु र सुरक्षाका लागि बनाइएका चेकपोष्टहरुमा पैसा बुझाएपछि सातखत माफ हुँदै आएको स्थानीयहरुले बताएका छन् । स्थानीय प्रहरहिरुले प्रत्येक टिप्परसँग एक सयका दरमा दैनिक २५ सय टिप्परसँग एउटा पोष्टबाट दुई लाख पचास हजार दैनिक उठाउने गरिएको बुझिएको छ ।
अरनिकोे राजमार्गमा ८ बजे पछि मात्रै टिप्पर गुडाउन पाउने अनुमति प्रशासनले दिएको भए पनि पास बोकेर कोहि हिडेका छैनन् किनकी सलामी बुझेपछि कहिँ पनि चेकिङ हुँदैन । टिप्परहरु चौविसै घन्टा गुडेको बाटोमा सहजै देख्न सकिन्छ । ‘अहिले पास भएकाहरुलाई मात्रै छुट दिएका छौ,तर पास न दिएर समय दिएर छुट गरे राम्रो हुने थियो, अहिले दिनको ३ बजेको छ, टिप्पर सडकमा लोड लिएर आईसकेको हुन्छ । एकजना दुलाल थरका किसानले गुनासो गरे’ ।
नेकपा एमाले पाँचखाल नगरकमिटीका अध्यक्षको नेर्तत्वमा गएको टोलीसँग ज्ञापन पत्र बुझ्ने क्रममा चौकीका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले आफु यो चौकीको प्रमुख भएर भरखरै आएको र यस केहि बिषयमा मात्र जानकार रहेको बताए । पाँचखालमा लागू औषध लागू पदार्थ सेवन गर्ने हरुको जमात दिन प्रतिदिन बढने क्रम जारी रहेको पसलहरुबाट नै गोटी, गाँजा, चरेश खुला रुपमा बिक्री वितरण भइरहेकोे सूचना र यसमा संलग्न ब्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याएर कार्वाही गर्ने र तराईको बाटो हुदै विपि राजमार्ग भकुण्डेवेसी हुदै वालुवा तिनपिप्ले देखि खावासम्म सेन्टर प्वान्टसम्म बिक्री वितरण गर्ने थलोको रुपमा विकसित भइरहेको बिषयमा चिन्ता व्यक्त गर्दै यसका लागि कानूनी कारबाही गरिने बताए साथै यसलाई नियन्त्रण गर्ने काममा सहयोग गर्न स्थानीय सरोकारवालाहरुको नै बढि सहयोग चाहिने हुँदा सूचना दिन आग्रह गरे । हामी कार्वाही गर्ने छौ, हैन भने बालबालिकाहरु दूव्यसनीबाट बिग्रिएको भन्दै निरीक्षक तामाङले चिन्ता ब्यक्त गरे ।
मालबहाक गाडीहरु धुलिखेलबाट ९ बजे छुट्ने हुँदा दोलालघाट देखि धुलिखेलको तलसम्म सडकमा टिप्पर पार्किङ गरेको देख्न सकिन्छ । यो क्षेत्रमा दिनमा करिव २ हजार देखि २५ सय टिप्पर गुड्ने गर्छन् । प्रत्येक टिप्पर चालकहरुले रु पाँचसय नबोकी हिड्नैै पर्दैन किनभने दोलालघाट देखि नलिनचोक सम्म ५वटा प्रहरी चेक पोस्ट छन् प्रत्येकलाई रु १०० बुझाउनुपर्ने नियम जस्तै बनेको छ । ओभरलोड होस् वा पानीको धारा बगाउदै हिडे पनि कुनै मतलव छैन । एक जना टिप्पर चालकले यो प्रतिनिधि समक्ष गुनासो गरे । उनले भने खाजा र चिया नखाएर भए पनि पाँचसय बोक्नुपर्छ । जिल्ला स्थित टिप्पर व्यवसायी संघले पनि मासिक रुपमा तल देखि माथि सम्म मोटो रकम बुझाए पनि सडकमा बस्नेले रु एक सय नतिरुन्जेल गाडी अघि बढाउन पाइदैन ।
ज्ञापन पत्र बुझाएका पाँचखाल नगर कमिटीका अध्यक्ष बिष्णु हरि पौडेलले भने ‘‘पाँचखालका जनताको समस्या बोकेर सडक देखि सिहदरवार सम्म पनि जनता बोकेर हामी जान तयार भएका छौ । कसले कहाँ खाईपाई आएको छ । कसले कहाँ खान पाएकोे छैन । यसमा सरोकार कै बिषय हैन, हामीले ध्यानाकर्षण पत्र मात्रै बुझाएका हौं । कसले दैनिक रुपमा घुस लिएर गैरकानूनी कार्य गरेको छ । कसले दैनिक, हप्ता वा मासिक बुझाउने र बुभ्mने गरेकोछ । कसले डिजल पेट्रोल निःशुल्क भर्ने गर्छ, त्यस बिषय को सरोकार नै हैन । नेकपा एमाले पाँचखाल जनताको साथमा छ र जनताको मागलाई ध्यानाकर्षण मात्रै गराएका हौ ।’’ ध्यानाकर्षणपत्रलाई हल्का लिएमा भोलिको दिनमा आउने समस्यामा सम्बन्धित निकाय नै जवाफदेही हुने छ । हामी गृहमन्त्रालय मात्रै हैन प्रधानमन्त्री सम्म पनि यो कुरा लिएर जाने छौं उनले भने ।