संघीय सांसद, राप्रपाका नेता तथा पूर्वमन्त्री बोहोराको निधन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संघीय संसद सदस्यमा नर्वाचित पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन भएको छ । बोहराको उपचारका क्रममा चैत्र १९ गते मंगलबार बिहान ओम अस्पताल निधन भएको हो । आमा निमा चन्द र बाबु प्रतिमान चन्द बोहोराको सुपुत्रको रुपमा २००७ साल चैत्र १८ गते तानसेन पाल्पामा जन्मिएका बोहोरा रुपन्देही क्षेत्र नम्बर तीनबाट संघीय संसद सदस्यमा निर्वाचित भएका थिए । उनी बहालवला शक्तिशाली गृहमन्त्री बालकृष्ण खाँणलाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सांसद बोहोरालाई २०७७ साल जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि बोहराको स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमणको केही समयपछि उनलाई पोस्ट–कोभिड लक्षणहरू लेखिएको थियो । स्वरमा परिवर्तन र समस्या देखिएकाले उनी चुनावी प्रचार–प्रसारकै क्रममा समेत बोल्न नसक्ने अवस्थामा थिए । थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा स्पिच थेरापी लिँदै आएका थिए । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ लिँदै आएका थिए ।
बोहोरा नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायकमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।
बोहोरालाई माधव नेपाल नेतृत्वको सरकारमा वन तथा भूसंरक्षणमन्त्री हुँदा पूर्व पञ्च प्रधानमन्त्री सूर्य बहादुर थापालाई नै माथ गर्ने गरी वन फाडनी गरेको गम्भीर आरोप लगाउँछन् । २०५३ सालमा सालमा नेपालको सांसद खरिद् विक्रीमा बोहोराको चलखेलले हदैसम्मको सीमा नाघेको थियो । उनी सरकार ढाल्ने र बनाउने खेलमा सधै सामेल हुने गर्दथे । बिराटनगरका उमेश गिरी, खुम बहादुर खड्का र दीपक बोहोराहरु संसद खरिद बित्रलीका लागि चर्चित नाम हुन् ।