अनलाइन जुवा खेल्ने र खेलाउने ११ भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोलस्थित घर भाडामा लिई अनलाइन जुवा खेल्ने र खेलाउने भारतीयहरु पक्राउ परेका छन् । दुई अर्ब ९६ लाख रकम बराबरको कारोबार अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) अनलाइन जुवा खेल्ने र खेलाउने गरेको जानकारी प्रहरीलाई प्राप्त भएपछि मंगलबार साझ पाँच बजे नै उक्त क्षेत्रमा खोजतलास गर्दा ११ जनालाई नियन्त्रणमा लिएर छानविन गरिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर छानविन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जनाएका छन् । पक्राउ पर्नेहरुमा भारतको राजस्थान स्थित जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका वडा नं. (३ देउला टोल बस्ने वर्ष २४ को सनी मिणा, भारतको राजस्थान प्रदेश आलुवा जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३देउला टोल बस्ने २५ को मोहित वमा भारतको, राजस्थान प्रदेश शिक्कर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष २६ को पिउस भारद्वाजथप अनुसन्धानका लागि थुनामा छन् ।
त्यसैगरी भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका ( ३ देउला टोल बस्ने वर्ष २५ को हरकेश डडैया, भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष २२ को निशांत भारद्वाज, भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष २३ को आकाश वर्मा, भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष १९ को अंकित कुमार सैनी, भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २३ को सन्जु शाकला, भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष २८ को रामसिंह जाठ, भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष १९ को लोकेश कुमार र भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई बूढानीलकण्ठ नगरपालिका (३ देउला टोल बस्ने वर्ष १९ को विकास कुमारलाई पक्राउ गरिएको छ
उनीहरुसँग दसीका रुपमा . विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, विभिन्न कम्पनीको ल्यापटप थान – ५, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) थान – ४, भारतीय बैंक खाताको चेक बुक थान – १४, भारतीय एटीएम कार्ड थान – २७ भारतीय सिमकार्ड – ४० थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक बोहोराले बताए ।