October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

पाकिस्तानमा स्नातक गरेका विद्यार्थीहरु सम्मानित

1 min read


काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरूबाट स्नातक उत्तीर्ण गरेका नेपाली नागरिकहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै पाकिस्तानी राजदूतावासले काठमाडौंको एक होटलमा आफ्नो वार्षिक पूर्व विद्यार्थी गेट टुगेदरको आयोजना गरेको छ । यी स्नातकहरूमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (PTAP) अन्तर्गत एमबीबीएस, बिडिएस,. फार्मेसी, द्यक् इन्जिनियरिङ् आदिमा छात्रवृत्ति प्राप्त गर्नेहरूका साथै जनसञ्चार र कृषि लगायतका अन्य क्षेत्रमा स्नातक गरेकाहरू पनि समावेश थिए ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित थिइन् । नेपाल र पाकिस्तानबीचको पब्लिक टु पब्लिक सम्बन्धलाई मजबुत बनाउन योगदान पु¥याउने प्रमुख शिक्षाविद् र सामाजिक व्यक्तित्वहरू पनि सहभागी थिए ।
सो अवसरमा आफ्नो मन्तव्यमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले नेपाल–पाकिस्तान मैत्रीपूर्ण सम्बन्धको गहिराइ र न्यानोपनको स्मरण गर्दै नेपालको विकास र विशेषगरी प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरिन् ।


नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटता झल्काएको बताए । राजदूतले उच्च शिक्षाका लागि पाकिस्तान जाने विद्यार्थीलाई सहजीकरण गर्ने प्रयासलाई निरन्तरता दिने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.