पाकिस्तानी दुतावासमा मनाइयो रक्षा दिवस
काठमाडौं । ६ सेप्टेम्बर २०२४ को साँझ काठमाडौंमा पाकिस्तानको रक्षा तथा शहीद दिवस मनाइयो । नेपाली सेनाका कामु प्रधानसेनापति लेफ्टिनेन्ट जनरल अशोक राज सिग्देल प्रमुख अतिथिको रूपमा सो अवसरमा उपस्थित थिए । उच्चस्तरीय नेपाली सैनिक तथा निजामती अधिकारीहरु, राजदूतहरु, पूर्व प्रधानसेनापतिहरु, शिक्षाविदहरु, कूटनीतिक कोर्पहरुका सदस्यहरु, रक्षा सहचारीहरु, संयुक्त राष्ट्रसंघीय निकायहरु, सञ्चारकर्मीहरु र पाकिस्तानी समुदायका सदस्यहरु सहित सेवानिवृत्त वरिष्ठ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रधानसेनापति लेफ्टिनेन्ट जनरल अशोकराज सिग्देलले आफ्नो मन्तव्यमा नेपाल र पाकिस्तानबीच आर्थिक, व्यावसायिक, शिक्षा, प्राविधिक सहयोगका साथै सैन्य लगायतका बहुपक्षीय द्विपक्षीय सम्बन्ध रहेको बताए ।
राजदूत अबरार एच हाश्मीले आफ्नो मन्तव्यमा दिनको महत्वलाई उजागर गर्दै मातृभूमिको रक्षाका साथै शान्ति र स्थिरता सुनिश्चित गर्न आफ्नो जीवन आहुति दिने सशस्त्र सेना, कानून प्रवर्तन एजेन्सीहरू र पाकिस्तानी नागरिकहरूको बलिदानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
कर्नल मुहम्मद अली अल्वी, रक्षा सहचारीले आफ्नो भाषणमा रक्षा र शहीद दिवसको महत्त्व र पाकिस्तानको रक्षा र विश्व शान्तिको लागि पाकिस्तान सशस्त्र बल र कानून प्रवर्तन एजेन्सीहरूको योगदानमा प्रकाश पारका थिए । उनले यस क्षेत्रमा शान्ति र स्थायित्व हासिल गर्ने साझा दृष्टिकोणबाट निर्देशित दुई दाजुभाइ देशबीचको बलियो सैन्य सम्बन्धको पनि चर्चा गरे ।