October 13, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

राष्ट्रका शिर्ष र युवा नेतृत्वहरुमा आग्रह

मिठाराम पौडेल, तामाकोशी गाउँपालिका–३,जफे, दोलखा


राष्ट्रमा रहेका कुनै पनि राजनीतिक दलका युवा देखि जेष्ठ नागरिकको हैसियतमा रहेका नेताहरु विगतमा के गर्नु भएको थियो ? के काम गरियो ? के नगर्नु पर्ने गरियो ? विगत कोट्याउँदै जाने हो भने देखिने पनि र नदेखिने पनि देखिन्छ । तर, के गर्नु कतिपय कुरा देखाउँनै पर्ने हुन्छ ।
भन्नुको अर्थ भ्रष्टाचार भयो भनेर पार्टीका नेतालाई दोष लगाउँछन् । त्यो नेतालाई कारबाहीका लागि पार्टीबाट छानविनका लागि आयोग गठन गरी अनुसन्धान गरिन्छ । छानविन सुरु गरेपछि शिषर्थ नेता नै दोषि ठहरिन्छ । त्यसैकारण लहरो तान्दा पहरो थर्किने भएकै कारण छानविन आयोगले गर्ने सम्पूर्ण काम नै बिट मारिन्छ । किनभने सम्बन्धित निकाय शिषर्थ नेताका पोल्टाका मानिसहरु हुन्छन् । त्यसैले अन्याय, अत्याचार, भ्रष्टाचार बढ्नु मात्रै नभई संघीयताले गर्दा छोटे राजाहरुको संख्या बढेको छ । समाजसेवाको भावना पुरै हटेको छ । तलब र भत्ता खानेहरु बढे । राज्यको साधन र स्रोतले धानेन । भएका उद्योग, कलकारखाना कमिसनको लोभमा कौडीको मोलमा बेचेँ । गरिखाने युवा शक्तिलाई विदेश जान बाद्य बनाइयो । रेमिटान्सले देश चलाउँछु भन्नाले नै यो विकराल अवस्थाको मार गरिब समुदायले भोग्नु परेको छ ।


हिजो ढिडो र गु्न्द्रक खाएर वा भोकै बस्ने जनता आज दाल भात र तरकारी अचारसमेत खान पाएका छन् । तर, जनताहरु भोकै भए पनि राजा ल्याउनुपर्छ भन्दै किन तयार भए ? निरंकुशतन्त्र राजाको समयमा थियो । अहिले त दलका नेताहरु झनै निरंकुश बनिरहेको अवस्था छ । बोल्न पाउनु ठूलो करा होइन । यदि गणतन्त्रमा बोल्न पाइने थियो भने दुर्गा प्रसाईलाई किन घरमै नजरबन्दमा राखियो ? उनले बोल्नुपर्ने कुरा ठीक हो । इट्टा भट्टिमा किन मान्छे पोलियो ? भनेका छन् । त्यसैगरी भाला रोपी रोपी मान्छे मार्ने रेशम चौधरीलगायतलाई कारबाही गर भनेका छन् । जिउँदै आगो लगाएर आत्मदाह गर्ने, पुलबाट हाम्फालेर वा झुण्डिएर मर्ने अवस्था सिर्जना भयो भन्दा किन नजरबन्द गरियो ? वास्तवमा दुर्गा प्रसाई माओवादी हुन् भन्ने सुनिन्छ । उनी आफै भन्छन् एमाले अध्यक्ष ओलीको नाती हुँ । तथापि उनी लोकतान्त्रिक व्यवस्था भित्रकै मान्छे हुन् । किन राजाबादी भए त ?


लोकतन्त्रभित्रका प्रमुख पात्रहरु ज्यानमारा अभियोग लागेका परे । कहिले एमाले, कहिले कांग्रेस त कहिले जनमोर्चा, राप्रपा लगायतले च्यापेर १७ हजार नेपाली जनता मारेर देश भाडोभैलोमा पु¥याए ? आफैले बनाएका नीति नियम र विधि विधान नमान्ने, सञ्चालन भइरहेका उद्योग कलकारखाना बेच्ने, चारकोशे झाडी र डाँडाकाडा, मैदान सबै बेच्न तयार हुने, एमसीसी, बिप्पा लगायतका सन्धि सम्झौता गरी अनिर्णयको बन्दी बनाउने मात्रै गरेनन्, भ्रष्टाचार, अन्याय, अत्याचार अति नै भयो । अन्तर्राष्ट्रिय समुदायले भूइचालो र कोरोनाको समयमा जनताका लागि दिएको सहयोगसमेत लुटेर खान तयार भए । मन्त्री नै पाल र जस्तापाता खान तयार देखिए । यसरी खान नसकेको खाद्यन्न माटो मुनि पनि फाले । जनतालाई वितरण गर्नुको सट्टा कुहाएर झाडीमा फाले । यस्ता पात्रहरुलाई नत जनताको वा राष्ट्र कसैको माया छैन । अतः गत चुनाव अगावै हामीले भनेका थियौं, युवा नेतृत्व आउँ देश बचाउँ ।


युवा नेतृत्वलाई कतिपय ठाउँमा जनताले जिताए । ज्ञानेन्द्र शाही, डा. स्वर्णीय वाग्ले, रबि लामिछाने, राजेन्द्र लिङदेन, सोबिता गौतम, गगन थापा, पदम गिरी, प्रदिप पौडेल, योगेश भट्टराई लगायतले संघीय संसदको निर्वाचनमा विजयी बने । तर, उनीहरुले आफ्नो जन्मभूमिको पूर्वाधारमा विकास गर्दै विकसित शक्ति राष्ट्रको रुपमा देशलाई रुपान्तरण गर्ने खाका जनताका सामु देखाउन सकेनन् । अन्ततः जस्तो सबै दलका पूर्वज नेतृत्वले राष्ट्र र जनता माझ मिठास भाषण र नारा ल्याएर मख्ख पार्दथे । राष्ट्रको विकास गर्नुपर्ने बजेट चुनावमा भोट किन्न सुरु गरे । झन विकराल अवस्थाको सामाना जनताले गर्नुपर्ने अवस्था आयो । त्यसपछि कुनै दलका युवा नेतृत्वले राष्ट्रबासी जनताको मन जित्न युवा नेतृत्वले पनि सकेनन् ।


२२० वर्ष शासन चलाएको शाह शाासनलाई निरंकुश राजतन्त्र भनेर हटाएको ३० वर्षमै राजाबादी दुर्गा प्रसाईको २०८० साल मंसिर ७ गतेको एक दिनको आन्दोलनले लोकतन्त्रका पक्षधरलाई सबैतिर पछारिदिएको छ । झन निरास जनता झनै निरास बने । सबै नेतृत्व प्रमुखहरुले राजाबादीहरुको आन्दोलनलाई साथ दिन्थे होलान् । तथापि २२० वर्ष शासन गरेको राजतन्त्रलाई खोपाको देवता मानेर कसरी काम गर्लान् भनेर राजतन्त्र पुनःस्थापनाका लागि पूर्ण साथ नदिएका होलान् ।


नेपाली कांग्रेसलाई तीन पटकसम्म बहुमत दिएकै थिए । तर, मध्यवधिमा किन गए । नेपाल कम्युनिष्ट पार्टीलाई पनि झण्डै दुई तिहाई बहुमत दिएकै थिए उनीहरु पनि किन संसद विघटन गरे ? मध्यवधिमा जान किन प्रयास गरे । यस राष्ट्रका सबै खालका जनतालाई घात प्रतिघात गर्ने, वार्ता अन्यत्र गर्ने कार्यले गर्दा शर्तहरु थपिदै गए । देशको सार्वभौमिकता लुटियो । दवाव र प्रभाव बढ्यो , बाह्य दवाव चिर्न सक्ने क्षमता हामीमा हुन सकेन । यो दवाव चिर्न कम्युनिष्टहरु एक ढिक्का, नेपाली कांग्रेस ढिक्का वा राजाबादीहरु मात्रै एक ढिक्का भएर हुँदो रहेनछ । हामीले देखिसकेका छौं त्यसैले राष्ट्रबासी सचेत नागरिकहरु एक ढिक्का भएर बाह्य दवाव चिर्न सकौं । जुन काम सदाबहार होस् । के का लागि हामी एक ढिक्का हुने त ? सहज उत्तर छ सबै दवाव चिर्नका लागि । राष्ट्रको सुरक्षा, संरंक्षण र विकास कसरी गर्ने ? यस विषयमा यसरी गर्न सकिन्छ ।


देश यसरी समृद्ध बनाउन सकिन्छ ।ः
० कुनै पनि दलका नेताहरु रअ, सिआइएलगायतका जासुसी संस्थाहरुको एजेन्ट बन्न नपाइने ।
० देश स्वतन्त्र छ तर, हामी स्वतन्त्र हुन सकेनौं । त्यसैले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाउने ।
० राष्ट्रको भूबनावट अनुसार विकास गर्न नक्सा कोरेर देखाइने ।
० उल्लेखित कार्य गर्नेका लागि साधन र स्रोत देशभित्रै जुटाउनु पर्ने ।
० पचास हजार देखि एक लाख सम्मको जनशक्तिलाई यसै राष्ट्रभित्र रोजगार दिनसक्ने गरि कार्यन्वयन गरिने ।
० ५० हजार देखि १ लाख जनताले रोजगारी पाएको ६ महिना एक वर्ष भित्र राष्ट्रमा जत्ति छौं, सबैलाई रोजगारी दिन तिनै एकलाखले रोजगारी दिनसक्ने गरि काम गर्ने ।
० शाहकाल देखि अहिलेसम्म आफ्नै ज्ञान, बुद्धि र विवेक प्रयोग गर्ने अन्य राष्ट्रमा रहेका वैज्ञानिकहरुको खोजी गरी सबै नेपालीहरुको परिश्रम र पसिना चुहाई आत्मनिर्भर जनशक्ति तयार गर्न सकेनन् । राष्ट्र सुरक्षा र संरक्षण गर्न नसकेको देखिएका कारणले नयाँ विकल्प अप्नाएर कार्य गर्ने ।
० अहिलेसम्म विकास गर्छु र आत्मनिर्भर गराउँछु साथै जनशक्तिलाई आत्मनिर्भर बनाउँछु भन्ने नाममा कति शहीद भए र बनाइए । अब आइन्दा जनयुद्धको नाममा यु र आन्दोलनको नाममा आ पनि सुन्न नपर्ने गरी काम गर्ने ।
० अहिले ३३ वर्ष भयो परनिर्भर भएर बाच्न परेको अब चाहिँ आत्म निर्भर भएर बाच्ने गरि काम गरिने छ ।
० छिमकी र अन्य राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग सम्बन्ध राख्दै आफ्ना ग्ुमेका भूभाग फिर्ता गराएर नेपाल र नेपालीको अस्थित्व उच्च स्थानमा राख्ने ।
० यो कार्य सुरु गरेको ३० वर्षसम्म कसैले चुनावको नाममा चु पनि गर्न पाइनेछैन । किनकी चुनावबाट देशको खर्बौ रुपैया गुमेको छ । त्यसका लागि निर्वाचन आयोग नै खारेज गर्ने ।
० ल्याइते शिक्षाले भूगोलको विकास सम्भव छैन । यो त केबल फोहोरी राजनीति हो । त्यसैले यो फोहोरी राजनीतिको अन्त्य गरिन्छ ।
० राष्ट्रबासी सबैको सल्लाह र सुझाव संकलन गरी अहिले भइरहेको फोहोरी राजनीति अन्त्य गरिने छ । आफुलगायत विज्ञहरु जुटाएर बनाइएका कानूनहरु पटक पटक संशोधन गर्नबाट बन्देज गरिने ।
० राष्ट्रमा विकराल अवस्था आउनुमा हामी सबै जना भोट माग्ने र दिने दोषी छौं । सबै निर्दोषी भएर शान्तिपूर्ण तरिकाले नकरात्मक कामको अन्त्य गरिने ।
० यस राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख र लगायत सबै जनाले पनि यी माथिका प्रश्नहरुको उत्तर खोज्न आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.