May 3, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ को हस्तान्तरण


काठमाडौं । यहि जेड ९ गते मंगलवार पाकिस्तानी राजदूतावासले काठमाडौंको शहीद गंगालाल हृदय रोग अस्पताल नजिकैको बाँसबारी क्लबमा ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’ को हस्तान्तरण समारोहको आयोजना ग¥यो । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा कामनपा वडा नं ३ का अध्यक्ष प्रेम थापा, काठमाडौं लायन्स क्लबका अध्यक्ष अनन्त भेटवाल, नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले काठमाडौंमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क निर्माणमा काठमाडौं सिटी र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गरे । उनले यो पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको र पाकिस्तान र नेपालका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए । उनले यस सुन्दर निकुञ्जको विकासमा दूतावासलाई सहयोग गर्ने अवसर प्रदान गरेकोमा काठमाडौंका प्रशासक र नगरपालिका, सरकार र नेपाली जनतालाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथिहरुले नेपालका जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनीहरुले पार्कले दुई देशबीचको मित्रता र सहयोगको दीर्घकालीन प्रतीकका रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरेका छन् । पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क पाकिस्तान र नेपालका जनताबीचको साझा आकांक्षा र मित्रताको अन्त्यका लागि समर्पित छ । निकुञ्जले बाँसबारी क्लबमा रहेका सबै उमेर समूहका मानिसहरूका लागि साझा सुविधाको रूपमा काम गर्नेछ ।
उक्त सुविधाका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास र स्थानीय नगरपालिकालाई धन्यवाद दिएका थिए । उनीहरुले ‘ओपन एयर जिम’ स्थापना गरेकोमा हर्षोल्लास व्यक्त गरेका थिए जसलाई उनीहरुका बालबालिका तथा वृद्धवृद्धाहरुले उनीहरुको स्वास्थ्यको हितमा उपयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.