September 3, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मानिसभित्रको चारित्रिक रस भाव उसको जिब्रोमा रहेका पञ्चस्वाद यन्त्रको गुण र चरित्रमा निर्भर गर्दछ

1 min read

प्राध्यापक डा. जे.एन. पाण्डे ‘हिमाली’, चिकित्सक, नेपालको पहिलो पेट रोग विज्ञ/ दार्शनिक

स्वर, सुभाष र स्वभाव

जिब्रोको बनौट सामान्यतया जिब्रोकोआकार प्रकार, गुण, कार्यक्षमता मानिस अनुसार हड्डी देखि नरम र लचक कोशिकाले बनेको करिब १० सेमी लामो र पाँच सेमी चौडा भएको मुखभित्रको खाली ठाउँ दाँतको घेराभित्र रहेको जरो घाँटीको अण्डारी भन्दा तल्लो भागमा गएर टासिएको शरीरको मुखभित्रको अंग हो । यसलाई शरीरको अंग किन भनिन्छ भने यसले स्वतन्त्र रुपमा उसलाई अह्राएको काम गर्दछ । जिब्रोको काम सामान्यतया आवाज निकाल्नका लागि सहयोगी भूमिका निर्वाह गर्नु, खानाको वा कुनैपनि खाद्य वस्तुको स्वाद पत्ता लगाउनु, खाना खाँदा र खाना चपाउँदा दाँतमा पालैपाले ओहिरो हाल्नु, थुक निल्न सघाउ पु¥याउनु, मुखको खाली ठाउँलाई पूर्णता दिनु, पेट ठीक छ कि छैन भनेर जनाउँ दिनु, कुफत पर्दा र पेटमा बिकार हँुदा (ग्यासट्राइटिक्स) रोग पहिचान गर्न लेठ लगाउनु, सुसेली बजाउनु, मिठो स्वरको लय निकाल्नु, अनि मर्ने त्यहि जिब्रो अण्डारीको स्वास नलीमा ढकनी लागेर स्वास प्रस्वास रोकेर शरिरलाई निर्जिब बनाउनु जस्ता काम जिब्रो अंगले सम्पादन गर्ने गर्दछ ।
हामीले यस अक्षरांशमा जिब्रोले खाद्य वस्तुको स्वाद कसरी पत्ता लगाउँछ ? जिब्रोको कुन भागले कस्तो स्वाद पत्ता लगाउँछ ? भन्ने विषयको चर्चा गर्नु नै विषयको सान्दार्भिक पक्षतर्फ लेखन अगाडि बढाउँनु लेखन औचित्य र आसय हो । त्यो भन्दा पनि बेसी किन सबै मानिसका जिब्रोले एकै खालका मिठास शब्दालय निकाल्न सक्दैनन् ? किन फरक फरक हुन्छन् ? जिब्रोबाट निस्किएको बोलीले मानिसको बानी व्यवहार मन पर्ने हुन्छ ।
बानी ब्यवहार चालचलन साथी नातागोता सम्बन्ध ब्यक्तिगत चारित्रिक मूल्यांकन र जीवनको तमाम सेरो फेरोलाई सह्मालेर लैजन्छ त भन्ने विषयमा विकासको प्राकृर्तिक नियती हो भन्ने कुरा बुझ्न र बुझाउन जरुरी देखिन्छ ? मानिस लगायत जीव जगतको अस्थित्व उसको भौतिक बनौट रकेन्द्रीत रहेर यो कथा, उपन्यास, लेख जे भने पन प्रायस खोजिएको हो ।
जिब्रोको माथिल्लो र दायाँबायाँ सतहमा डल्लाहरु रहेका देखिन्छन् । भने पछिल्ले भागमा केहि उठेको गोलाकारका चौडा दानाहरु जिब्रोको जरासम्म नै फैलिएर बसेका हुन्छन् । ति स–साना ठूलो चौडा दानाहरु खाद्यबस्तुको स्वाद निर्धारण गर्नेृ स्नायु तन्तुले बनेको हुन्छ । जसमा जिब्रो टुप्पोले नूनिलो मध्य भागले गुलियो पछाडिको भागले तितो र टर्रो दायाँ र बायाँले अमिलो र पिरो यी पाँच प्रकारको स्वादको पहिचान गर्ने गर्दछन् ।
अनौठों कुरा त के छ भने मानिसको शरीरले भिन्न मानिसको भिन्न मनपराउने गदछन् । यो उनीहरुको शारीरीक बनौटका कोशिकाका आवश्यक आवश्यकताबाट निस्किएको उदगार मान्नस पर्दछ । यो स्पष्ट भएको सामाजिक परिचालनको विषय यो छ कि गर्भिणी महिलालाई विशेष प्रकारको स्वाद मन पर्छ , कसैलाई नून अत्यन्त मन पर्छ, कस्रैलाई अमिलो, पिरो, तितो कसैलाई टर्रो र कसलाई फलफल अति नै मन पर्ने हुन्छ ।
यसको कारण के भने यो स्पष्ट गर्भमा रहेको भ्रुडलाई जे कुराको बढि आवश्य उनकाmे कोशिकाले गरेका हुन्छन् । केहि कुरा आमाको रगत मार्फत हार्मोनको माध्यमबाट उसको आवश्यकता आमाको चहानाबाट परिपुर्ति गर्दछ । मार्नौ् त्यो भ्रुणको आवश्यकता कारणले भविश्यमा उसको जीवनमा स्वाभाव, चरित्र, बानी , ब्येहोरा र बोलीको स्वाद कस्तो प्रकारको हुने हो । आमाको गर्वगृहमा रहेको भ्रुणले गर्भभित्रैबाट उसको स्वाभावको निर्धारण गर्ने गर्दछ । यो दृष्टिकोण सम्भवतः यस लेखमार्फत यस मितिमा विश्वमा नै पहिलो यस प्रकारको लेखाई प्रकाशनमा ल्याउने प्रयास भइरहेको छ । लाग्छ यस प्रकारको विश्लेषडात्मक अनुभूति र वैज्ञानिक तथ्य परकमा आधार लिएर गरिएको अनुसञ्धानमूलक लेख आजसम्म विश्वमा प्रकाशित भएको जसतो लाग्दैछ । यस अर्थमा खानाको स्वादको रुचि र बोलीको मिठासको बीचमा सिधा अन्तसम्बन्ध भएको हुन्छ भन्ने तथ्यपरक अनुसन्धानात्मक लेख विश्वमै प्रथम भएको हुनुपर्दछ ।
यहाँसम्म कुरोले विषय प्रशंग समातेपछि जोड, घटाउँ, गुणन र भाग सन्तुलनको शून्यले ब्रम्हण्डीय जगत छोएर अवतरण गरीसकेपछि विषय प्रसंगका निरस भाव अभिब्यक्तिको मानवीय स्वाभाव र चरित्र माथि केहि दखल पु¥याउदै जाँदा मानिसको स्वाभाव सुभास गर्भअवस्था नै निर्धारण हुन्छ भन्ने कुराको पुष्टि यसरी गर्न सकिन्छ कि भ्रुण गर्भगृहमा रहेको बेला जब २०÷२५ हप्ताको हुन्छ तब गर्भिणी आमाको क्रियाकलापमा परिवर्तन आउन सक्तछ । त्यो परिवर्तन भ्रुणको जन्म पछिको स्वाभाव, सुभास जुन उसको शरीरभित्र प्रवेश गर्न खोज्दछ त्यति बेला उसले गर्भगृहमे रहेका बेला आमालाई आफ्नो शरीरले चाहेको बस्तु खाइदिन हर्मोनमार्फत अनुरोध गर्दछ । त्यो अनुरोध गर्ने माध्यम जीवन सञ्चालन रस जसलाइ अंग्रेजीमा हर्मन भनिन्छ ले गर्दछ । त्यसैले ब्यवहारमा के देखिन्छ भने गर्भिणी महिलाले बिभिन्न पञ्चस्वाद मध्ये एक स्वाद अति नै मनपराउने कसैले माटो खाने, नून खाने, गुलियो, अमिलो, पिरा,े टर्रो, तितो खानको इच्छा गर्नुको कारण पनि यहि हो । जुन आमाले नून बढि रुचाउँछिन उसले जन्मदिने सन्तानको स्वाभाव नून जस्तै गुणको हुने गर्दछ । नूनको स्वाद नलागेपनि खल्लो बेसस्वादिलो लाग्न,े बढि लागेपनि बेस्वादिलो र ठीक्क लागे मिठो हुने गर्दछ । त्यस्तै त्यस्ता ब्यक्तिको बोली र सुभास हुने गर्दछ ।
गुलियो बढि खाएर जन्मेका बच्चाको स्वाभाव गुलियोे हुन्छ । उसले जे काम गरेपनि, जे कुरा बोले पनि मिठो लाग्ने खालको हुन्छ । कतिपय बच्चाको बालकबाल देखि नै बिरसिलो टर्रो स्वाभावको देखिन्छ भने कतिपयको उनीहरुले बोलको आवाज च्वास्स घोच्ने याने पिरोपनाको हुने गर्दछ । कतिको बानी ब्यवहार टर्रो लाग्ने त कतिको बोली बचन आवाजको उद्गार नै तितो लाग्ने हुन सक्दछ । मानिसको गुण, गुन स्वाभाव, सुभाष, बोलीबचन, व्यवहारको बारेमा लेख्नु ज्यादै नै कठिन र गहन विषय हो । यो ज्यादै गहन अध्यन र अनुसन्धानको विषय तत्व पनि हो । र मननका लागि मार्मिक विषय पनि हो । कसैलाई यो कुराको पत्यार नै नलाग्न पनि सक्छ । तर, बास्तवमा यहि ा किनकी पञ्चतत्वको यस सृष्टि जगतमा तिनै पञ्चतत्वभित्र मानविय जीवनका क्रियाकलाप को जगत आवद्ध छ । फरक विषय तत्व कुनै छैन र हुन पनि सक्तैन । यो कुनै दैविय बरदान हैन । शाश्वत विषयगत तत्व हो ।
मानिसले कर्म र भाग्यको कुरा गर्दछ । र आफ्नो कर्म र उपलब्धिलाई भाग्यसँग सम्बन्ध जोडाउँदछ । बास्तवमा उसको कर्म र कर्मको मर्म र भाग्यको अनुग्रह उसकै भित्र रहेका ति नै पञ्चगुणत्मक रसका तत्वभित्र तिनै तत्वले कर्म र भाग्यको निर्णायक भूमिका निर्धारण गरेको हुन्छ । किनकी उसको शरीरमा भ्रुण बस्ता देखि नै जस्तो स्वादयुक्त गुणमा आधारित हुन्छ, त्यस्तै नै गुण स्वाभावले उसको जीवन चरित्रको बनौट निर्धारण गरिने हुँदा त्यस्तै आवाज देखाउनु स्वाभाविकै उसको प्राकृतिक नियति हो भन्ने कुरा बुझ्न बुझाउन जरुरी देखिन्छ ।
मानिस लगायत जीव जगतको अस्थित्व उसको भौतिक बनौट र चेतनाको बनौटको संयोजनबाट बनेको हुन्छ । भौतिक तत्वले जीवको भौतिक परिणामले निर्धारण गरेको परिवेशभित्रको वृत्त परिवेशमा सञ्चालन गतिशील हुन सक्छ,भने चेतनशील तत्वले जीवको चेतना परिणामले निर्धारण गरेको परिवेश भित्रको वृत्त परिवेशमा सञ्चालन गतिशील हुन सक्छ भने चेतनशील तत्वले जीवको चेतना परिणामले निर्धारण गरेको परिवेश भित्रको वृत्त सञ्चालनमा गतिशील हुन सक्छ ।
चेतना भावानात्मक अदृश्य तत्व हो । जसलाई जीवको भौतिक शरिरको आकार, प्रकार र अवस्थामा उसको चेतना उद्गार शक्ति देखिन सक्छ । यी दुबै विषय तत्वभित्र मानिसको जीवन पद्धति र श्रृंखला निर्धारण भएको हुन्छ भने आजको पश्चिमा समाजको विज्ञानले भने भावानात्मक चेतना उद्गारको प्रवृत्तिलाई पछाडि राखेर भौतिक विषय तत्वलाई मात्र विज्ञान र जीवन सफलताको दृष्टिले हेरिनु चेतना र विष तत्वको बीचको सारतत्व भन्दा फरक भएको देखिन्छ र नै जत्ति भौतिक विकास भएतापनि मनोभावना चेतलाई अवमूल्यन गर्दा सामाजिक जगतमा विज्ञानको सफलताले मानिसको चेतलाई सन्तुष्ट दिन सकिरहेको देखिदैन । यो प्रशंग फरक र छोटो उद्गार मात्र हो ।
मानिसको स्वर भौतिक शरीरबाट निस्कने मनोभावनाको सांकेतिक चिन्ह ध्वनीको रुपमा प्रस्फुटन हुन्छ ।जुन ध्वनीको लयभित्र उसले उदगार गरिएका मनोभावनाको चेतलाई कति अर्को व्यक्तिलाई श्रवणयोग्य बनाएको छ त वा बनाउन सक्छ ? भन्ने कुराको प्रसंग नै लेखनको प्रमुख भूमिका हो । मानिसबाट ब्यक्त गरिएको चेतना शब्दको लय भित्रको मिठास, रुखो, तितो, अमिलो, पिरो, गुलियो, टर्रो अनुभूतले नै फरक मिठासलाई कस्तो असर पर्न र पार्न सक्तछ । अनि त्यो असरले उसको पूर्ण जीवन सञ्चालनमा वरपरको मानवीय वातावरणले कसरी ग्रहण गर्दछ ? भन्ने कुरा नै यस अध्ययनको अनौठो परिसूचक मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.