भूकम्प सुरक्षा दिवसको मूल नारा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’

काठमाडौं । भूकम्पबाट हुने आर्थिक, सामाजिक, भौतिक प्रभाव र जोखिमलाई न्यूनिकरण गर्न एकीकृत रुपमा व्यवस्थित भएर कार्य गर्न वा कार्य सम्पादन गर्न सकेको खण्डमा जोखिम न्यून गर्न सकिन्छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने मूल नाराका साथ २५ औं भूकम्प सुरक्षा दिवस भब्यताका साथ मनाइने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । यसका लागि २५ औ भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम काठमाडौं महानगरपालिकाको आयोजनामा हुने विभागले जनाएको छ । विभागमा गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक ई. सुरेन्द्र मोहन श्रेष्ठले भवन संहिता कार्यन्वनमा रहेका समस्या र हालसम्म गरिएका कामका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विभागका उपमहानिर्देशकहरु, नेपाली सेनाका प्रमुख सेनानी सन्तोष गुरुङ्गलगायतका सरोकारवला निकायका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भूकम्प सुरक्षा दिवस मनाउनका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा ४१ सदस्यीय उपसमिति बनाइएको छ । विभागले २९ गते एक पत्रकार सम्मेलन गरी उक्त कुरा जानकारी गराएको हो ।
भूकम्प सुरक्षा दिवस देशभरी नै एकरुपता कायम गरी मनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ पनि तर्जुमा भइसकेको विभागका महानिर्देशक श्रेष्ठले बताए । वि.स. १९९० साल माघ २ गते दिनको २ बजेर १४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार गृहमन्त्रालयको स्मृतिमा २०५५ साल देखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आएको छ ।
गोरखाको बारपाकमा केन्द्र बिन्दू बनाएर गएको भूकम्प २०७२ साल वैशाख १२ गते पछि भएका ठूलो धनजनबाट पाठ सिकेर सरकाले भवन संहिता कडाईका साथ लागू गरी कार्यन्वयन गरीरहेको छ । स्थानीय तहमा कडाईका साथ भवन निर्माण संहिता लागू भइरहेको छ । स्थानीय तहमा कार्यन्वयन भइरहेका भवन संहिताको आवश्यक सहयोग, सहजीकरण, अनुगमन, मुल्यांकन र नियमन संघ र प्रदेशले गरिरहेका छन् ।
विज्ञ र वैज्ञानिकहरुको पूर्वअनुमानमा कार्ययोजना
नेपालको पश्चिम क्षेत्रमा ५०० वर्ष देखि नै ठूलो भूकम्प नगएको हुँदा उर्जा संकलित भइबसेको र ठूलो भूकम्प प्रवल सम्भावना रहेको बिज्ञहरुले बताएका छन् । त्यसैले कमजोर भवन संरचनाको आपुर्ति रोकी निर्माण गर्न भवन संहिता बमोजिम निर्माण गर्नैपर्ने र बनिसकेका संरचनाहरुलाई प्रबलिकरण गरी सुरक्षित बनाउनुपर्ने हुन्छ । त्यसैले पनि भवनसंहिताका विषयमा प्रचार प्रसार गरी भूकम्पिय जोखिमका विषयमा जनचेतना जगाउनु पनि भूकम्प सुरक्षा दिवस एउटा महत्वपूर्ण अवसर पनि हो ।
किन भवन संहिता प्रभावकारी कार्यन्वयन हुन सकेन ?
स्थानीय तहमा प्राविधिक जनशक्तिको कमि, सरोकारवला विशेष गरी घरधनीहरुमा जनचेतनाको कमि, निर्माण कार्यमा प्राविधिक सुपरभिजनको कमि, निर्माण कालीगढमा आवश्यक दक्षताको कमि, कार्य प्रकृति बमोजिम संस्थागत संरचना नहुनु, निर्माण सामाग्री र निर्माण कार्यको गुण्स्तर नियन्त्रणमा कमि, सरोकावला निकायहरु बीच सहकार्य र समन्वयको कमि जस्ता बिभिन्न समस्याहरुले गर्दा भवन संहिता आशातित रुपमा कार्यन्वयन हुन नसकेको अवस्था हो । आवश्यक मानव स्रोत र आर्थिक स्रोतका कारण भवन निर्माण संहितालाई प्रभावकारी रुपमा कार्यन्वयनमा लैजान समस्या परेको पनि महानिर्देशक श्रेष्ठले जानकारी दिए । भवन संहिता कार्यन्वयनका लागि नीतिगत व्यवस्था, जनचेतना तथा अभिमुखिकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्यहरु, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मुल्यांकन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरुमा आवश्यक कार्यहरु भइरहेको छन् ।
भवन संहिता कार्यन्वयनका लागि आवश्यक कार्यहरु
१. भवन प्रतिरोधी सुरक्षित भवन निर्माणका लागि महत्वपूर्ण भवन संहिता स्वीकृत भइसकेको अवस्था रहेको । भवनसंहिता प्रयोग गर्ने विधि स्पष्ट पार्ने आवश्यक सहायक दस्तोबजहरु तयार भइ तालिमहरु सञ्चालन सुरु भएको ।
२. सुरक्षित भवन निर्माण सम्बन्धि प्रचार प्रसार गरी जनचेतना अभिवृद्धि गर्न वार्षिक रुपमा अडियो भिडियो कार्यक्रम तयार गरी प्रसारण गर्ने, प्रचार प्रसारका सामाग्री तयार गरी वितरण गर्ने जस्ता कार्यहरु भइरहेका । यहि २०७९ माघ २ गते विभागबाट टेलिभिजनमार्फत भूकम्पिय सचेतना सम्बन्धि भिडिओ परिसम्बाद कार्यक्रम प्रसारण गर्ने ।
३. काठमाडौं उपत्यकामा भवन संहिताको प्रभावकारी कार्यन्वयन गर्न जाइकाको प्राविधिक सहयोगमा चार वर्षे आयोजना सञ्चालन गरिएको । विगतका भवनसंहिता कार्यन्वयनमा देखिएका कमि कमजोरीहरुलाई सुधार गरी पालिकाहरुमा नक्सा पास देखि निर्माण सम्पन्नसम्मका प्रक्रिया परिमार्जन गरिएको । नयाँ भवन निर्माण कार्यविधि तर्जुमा भएर देशभरका सातवटा पालिकामा कार्यन्वयनका लागि अगाडि बढाइएको । केहि पालिकाहरुमा नयाँ कार्यविधि स्वीकृत भइसकेको अवस्था रहेको । कार्यन्वयनको सिकाईबाट परिष्कृत हुँदै एक रुपता कायम हुने गरी कार्यविधि देश भर लागू गरिएको । आवश्यक जनचेतनामूलक कार्यक्रम, तालिमहरु अभिमुखिकरण र दस्तावेजहरु तयार गरिने ।
४. नेपालको पश्चिम क्षेत्रमा भविष्यमा आउन सक्ने भूकम्पबाट आउन सक्ने ब्यापक रुपमाक कमजोर संरचनाहरु सुरक्षित गर्न प्रवलिकरण गर्न आवश्यक छ । प्रबलिकरणको डिजाइन तथा निर्माण गर्ने विधि सम्बन्धित गाह्रो वला, पिल्लर वला र कच्ची घरहरुका लागि छुट्टै गाईडलाईन तयार भइसकेको । देशका बिभिन्न ठाउँमा रहेको केहि विद्यालय र कार्यालयको भवनहरुको प्रबलिकरण कार्यलाई निरन्तरता दिन देशका बिभिन्न जिल्लाहरुमा प्रबलिकरण विकास तथा विस्तार छुट्टै बजेट तथा कार्यक्रमको यस आर्थिक वर्षमा बिभिन्न भवनहरुको प्रबलिकरण कार्य अगाडि बढेको ।
केहि निकायबाट जोखिम न्यूनिकरण सम्बन्धि कार्यहरु
राष्ट्रिय बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणतर्फ, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र भूकम्प प्रविधि राष्ट्र समाजको तर्फबाट भूकम्प सुरक्षा सम्बन्धि बिभिन्न कार्यहरु गरिँदै आएका छन् । बिगत एक वर्षको अवधिमा २१७१९ जना व्यक्तिलाई बिपद् व्यवस्थापन पूर्व तयारी र सुरक्षित निर्माणका लागि प्रशिक्षण दिइएको छ । ३१३५ व्यक्तिहरु विपद् व्यवस्थापन, पूर्व तयारी र सुरक्षित निर्माणका सम्बन्धमा अभिमुखि कार्यक्रममा सहभागि भएका थिए । नगरपालिकाका नक्सापास प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्नका लागि ७ वटा पालिकाहरु भरतपुर महानगरपालिका, ब्यास नगरपालिका, कावासोती नगरपालिका, धनगढी नगरपालिका, सिद्धार्थनगर नगरपालिका, पुतलीबजार नगरपालिका, भिमेश्वर नगरपालिका सफ्टवेयर माध्यमबाट नक्सापास प्रक्रिया सञ्चालन भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका ४ जिल्लाहरुमा कमजोर विद्यालयको प्रबलिकरण गर्ने कार्य गरेको छ ।